YouVersion Logo
Search Icon

प्रस्‍थान पुस्‍तक परिचय

पुस्‍तक परिचय
प्रस्‍थानको पुस्तकको शीर्षक प्रस्थान १:१ र उत्‍पत्ति ४६:८ “आ-आफ्‍नो परिवार लिएर याकूबसित मिश्रमा जाने इस्राएलका छोराहरूका नाउँ यिनै हुन्‌” बाट राखिएको हो। यसकारण प्रस्थानको पुस्तक एउटा छुट्टै घटना क्रमको पुस्तक पनि हो।
आफ्‍ना जन इस्राएलीहरूलाई पाप र दासत्वको बन्धनबाट अचम्मको छुटकारा दिने शक्तिशाली ईश्‍वरको रूपमा हामी परमेश्‍वरलाई यस पुस्‍तकमा भेट्टाउँछौं। यस पुस्‍तकले परमेश्‍वरको नाम, गुणहरू, छुटकाराको काम, व्‍यवस्था र उहाँको आराधना कसरी गर्ने भन्‍ने बारेमा ईश्‍वर-विज्ञानको जग बसाल्ने काम गरेको छ। यस बाहेक परमेश्‍वरले आफ्‍ना मानिसलाई वास्‍ता र सम्झना गर्नुहुन्छ भन्‍ने कुरा मुख्य रूपमा उल्‍लेख गरिएको छ (प्रस्थान २:२४; ३:१५-१७; ६:२-८; १९:३-८)।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in