YouVersion Logo
Search Icon

प्रस्‍थान 31

31
बजलेल र ओहोलीआबको नियुक्ति
1अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, #प्रस ३५:३०—३६:१ 2“हेर्, मैले यहूदाका कुलको हूरको नाति, ऊरीको छोरो बजलेललाई चुनेको छु। 3मैले त्‍यसलाई परमेश्‍वरका आत्‍माले, र सीप, दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले परिपूर्ण पारेको छु। 4त्‍यसले सुन, चाँदी, काँसाका कलापूर्ण आकार कोर्ने, 5र पत्‍थर काट्‌ने र जड्‌ने, काठ खोप्‍ने र सबै किसिमका कारीगरीका काम गरोस्‌ भनेर हो। 6दानका कुलको अहीसामाकको छोरा ओहोलीआबलाई मैले त्‍यसलाई सहयोग गर्न नियुक्त गरेको छु। जे-जति मैले तँलाई आज्ञा गरेको छु, ती सब बनाउनलाई सबै कारीगरहरूलाई मैले दक्षता दिएको छु: 7अर्थात्, भेट हुने पाल, गवाहीको सन्‍दूक र त्‍यसमाथि हुने कृपा-आसन, र पालका अरू सबै सामानहरू— 8टेबिल र त्‍यसका सामानहरू, शुद्ध सुनको सामदान र त्‍यसका सबै सामान, र धूपको वेदी, 9होमबलिको वेदी र त्‍यसका सबै सामानहरू, धुने बाटा र त्‍यसका खुट्टाहरू— 10बुनेका पोशाकहरू, हारून पूजाहारीको निम्‍ति पवित्र पोशाकहरू र त्‍यसका छोराहरूका पूजाहारी पदमा सेवा गर्ने पोशाकहरू, 11र पवित्रस्‍थानको निम्‍ति अभिषेक गर्ने तेल र सुगन्‍धित धूप तिनीहरूले बनाऊन्‌। मैले तँलाई दिएका सबै आज्ञाअनुसार तिनीहरूले गरून्‌।”
शबाथ
12तब परमप्रभुले मोशालाई भन्‍नुभयो, 13“तैंले इस्राएलीहरूलाई यसो पनि भन्‍नू: तिमीहरूले निश्‍चय मेरा शबाथहरू मान्‍नू। तिमीहरू र मेरो बीचमा यो एउटा चिन्‍ह हुनेछ, कि म, परमप्रभु नै, तिमीहरूलाई पवित्र गर्दछु भनी तिमीहरूले थाहा पाओ।”
14“‘तिमीहरूले शबाथ मान्‍नू, किनभने तिमीहरूका निम्‍ति त्‍यो पवित्र हो। त्‍यो अपवित्र गर्ने निश्‍चय नै मारिओस्‌। जस-जसले त्‍यस दिन केही कामकाज गर्ला त्‍यो आफ्‍ना मानिसहरूबाट बहिष्‍कृत हुनेछ। 15छ दिनसम्‍म कामकाज गरिओस्, तर सातौँ दिनचाहिँ विश्रामको शबाथ हो, जो परमप्रभुको निम्‍ति पवित्र हो। जस-जसले शबाथमा केही कामकाज गर्ला त्‍यो मारिनैपर्छ। #प्रस २०:८-११; २३:१२; ३४:२१; ३५:२; लेवी २३:३; व्‍य ५:१२-१४ 16इस्राएलीहरूले शबाथ मानून्, र त्‍यो दिन आफ्‍ना सारा पुस्‍ताभरि अविराम करारको रूपमा मान्‍ने गरून्‌। 17म र इस्राएलीहरूका बीचमा त्‍यो सदाको निम्‍ति एउटा चिन्‍ह हुनेछ, किनभने परमप्रभुले छ दिनमा आकाश र पृथ्‍वी बनाउनुभयो, तर सातौँ दिनमा उहाँले काम छोड़ेर विश्राम गर्नुभयो’।” #प्रस २०:११
18परमेश्‍वरले मोशासित सीनै पर्वतमा कुरा गरिसक्‍नुभएपछि, उहाँका आफ्‍ना औँलाले लेखेका दुई शिला-पाटीहरू उहाँले तिनलाई दिनुभयो।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in