YouVersion Logo
Search Icon

२ तिमोथी 1

1
1ख्रीष्‍ट येशूमा भएका जीवनको प्रतिज्ञाअनुसार परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावलबाट, 2मेरो प्रिय बालक, तिमोथीलाई:#1:2 ग्रीक भाषामा: तिमोथियसलाई #प्रे १६:१
परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्‍ति।
विश्‍वासयोग्‍य भइरहनलाई प्रोत्‍साहन
3जब म तिमीलाई निरन्‍तर आफ्‍ना प्रार्थनाहरूमा सम्‍झन्‍छु, म परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु, जसको सेवा मेरा पितापुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु। 4तिम्रो आँसु सम्‍झँदा रातदिन तिमीलाई भेट्‌ने मेरो उत्‍कट इच्‍छा हुन्‍छ, र म आनन्‍दले भरिन सकूँ। 5मलाई तिम्रो निष्‍कपट विश्‍वासको सम्‍झना हुन्‍छ। त्‍यो विश्‍वास, जो पहिले तिम्री बज्‍यै लोइसमा थियो, र तिम्री आमा युनिसमा, अनि मलाई निश्‍चय छ, त्‍यो विश्‍वास तिमीमा पनि रहेको छ। #प्रे १६:१ 6त्‍यसैकारण म तिमीलाई याद दिलाउँछु, कि मैले तिमीमाथि हात राखिदिएर तिमीले पाएका परमेश्‍वरको वरदानलाई प्रज्‍वलित राख। 7किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको आत्‍मा दिनुभएको छ।
8यसकारण हाम्रा प्रभुको गवाही दिन शर्म नमान, न त म, उहाँको कैदीको, तर परमेश्‍वरको शक्तिमा सुसमाचारको निम्‍ति दुःख-भोगमा तिमी सहभागी होऊ। 9उहाँले हामीलाई उद्धार गर्नुभयो, र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो। हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्‍नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रीष्‍ट येशूमा युग-युग अघिदेखि हामीलाई दिनुभएको थियो, 10जुन अनुग्रह अब हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूको आगमनद्वारा प्रकट गर्नुभएको छ। उहाँले मृत्‍युलाई नाश गरेर जीवन र अविनाशलाई सुसमाचारद्वारा प्रकाशमा ल्‍याउनुभयो। 11यसै सुसमाचारको निम्‍ति म एक प्रचारक, प्रेरित र शिक्षक नियुक्त भएँ।#१ तिमो २:७ 12यसकारण मैले यी कुरा भोगेको पनि छु। तर म शर्माउँदिनँ, किनभने मैले कसमाथि विश्‍वास राखेको छु सो म जान्‍दछु, र मलाई निश्‍चय छ, जुन कुरा त्‍यस दिनसम्‍म मैले उहाँलाई सुम्‍पेको छु, त्‍यो सुरक्षित राख्‍न सक्‍ने उहाँ हुनुहुन्‍छ।
13ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेममा तिमीले मबाट सुनेका साँचा कुराहरूका नमूनाको अनुसरण गर। 14तिमीलाई जिम्‍मा लाएको सत्‍यलाई हामीमा वास गर्नुहुने पवित्र आत्‍माद्वारा सुरक्षित राख।
15एशियामा हुनेहरू सबै मबाट तर्किएका तिमीलाई थाहै छ, तीमध्‍ये फुगेलस र हर्मोगेनस हुन्‌।
16प्रभुले ओनेसिफरसको घरानालाई कृपा राखून्, किनभने तिनले मलाई अक्‍सर हौसला दिन्‍थे, र मेरो साङ्‌लाको शर्म मान्‍दैनथे, 17तर तिनी रोम आएपछि धुँइधुँइती खोजेर मलाई भेट्टाए। 18प्रभुको दिनमा तिनलाई प्रभुले कृपा प्रदान गरून्‌। तिमीलाई राम्ररी थाहै छ, एफिससमा तिनले मेरो पूरा सेवा गरेथे।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for २ तिमोथी 1