YouVersion Logo
Search Icon

२ शमूएल 9

9
मपीबोशेतमाथि दाऊदको दया
1दाऊदले सोधे, “के शाऊलका घरानाको कोही बाँचेको छ, जसलाई म जोनाथनको खातिर दया देखाउन सक्‍छु?” #१ शमू २०:१५-१७
2शाऊलको घरानामा सीबा नाउँ भएको एक जना नोकर थियो। त्‍यसलाई दाऊदले बोलाइपठाए। राजाले सोधे, “के तँ सीबा होस्‌?” त्‍यसले जवाफ दियो, “हजूरको दास सीबा म नै हुँ।”
3तब राजाले भने, “के शाऊलका घरानाको कोही जीवित छ, जसप्रति परमेश्‍वरको दया म देखाउन सक्‍छु?” #२ शमू ४:४
सीबाले भन्‍यो, “हजूर, जोनाथनका एक जना छोरा जीवित छन्‌। उनी दुवै खुट्टाका लङ्गड़ा छन्‌।”
4राजाले सोधे, “उनी कहाँ छन्‌?”
अनि सीबाले जवाफ दियो, “उनी लो-देबारमा अम्‍मीएलका छोरा माकीरका घरमा छन्‌।”
5तब राजाले मानिसहरू पठाएर लो-देबारदेखि अम्‍मीएलका छोरा माकीरको घरबाट उनलाई झिकाए।
6जब जोनाथनका छोरा, शाऊलका नाति मपीबोशेत दाऊदकहाँ हाजिर भए, तब उनले घोप्‍टो परेर राजालाई दण्‍डवत्‌ गरे।
दाऊदले उनलाई भने, “मपीबोशेत!”
उनले जवाफ दिए, “हजूर, म तपाईंको दास।”
7दाऊदले भने, “नडराऊ। म तिमीलाई तिम्रा पिता जोनाथनको खातिर दया देखाउन चाहन्‍छु। म तिमीलाई तिम्रा बाजे शाऊलका सबै जग्‍गाजमिन फर्काइदिनेछु। तिमी मेरा टेबिलमा बसेर मसँगै खानेछौ।”
8मपीबोशेतले फेरि घोप्‍टो परेर दण्‍डवत्‌ गरी भने, “म को हुँ, र हजूरले म एउटा मरेको कुकुरलाई पनि ख्‍याल गर्नुहुन्‍छ?”
9तब दाऊदले शाऊलको नोकर सीबालाई आफूकहाँ बोलाउने हुकुम गरेर त्‍यसलाई भने, “म तेरा मालिकका नातिलाई शाऊल र उनको घरानाका सबै सम्‍पत्ति दिँदैछु। 10तैंले, तेरा छोराहरू र तेरा चाकरहरूले उनको जग्‍गाजमिनमा खेतीपाती गरेर त्‍यसको फसल तेरा मालिकको घरानालाई जुटाउनुपर्छ। अनि मपीबोशेत, तेरा मालिकका नातिले मेरो टेबिलमा बसेर खानेछन्‌।” (सीबाका पन्‍ध्र छोरा र बीस चाकरहरू थिए।)
11तब सीबाले राजालाई भन्‍यो, “हजूरले हुकुम गर्नुभएबमोजिम म सबै गर्नेछु।” यसैले राजाका छोराहरूमध्‍ये एक जना भएझैँ मपीबोशेतले दाऊदको टेबिलमा खान लागे।
12मपीबोशेतको मीका नाउँ भएको एक जना सानो छोरो थियो। सीबाको घरानाका सबै जना मपीबोशेतका नोकर भए। 13अनि मपीबोशेतचाहिँ यरूशलेममा बस्‍न लागे, र राजाकै टेबिलमा नित्‍य राजासँगै उनले खाने गर्थे। उनी दुवै खुट्टाका लङ्गड़ा थिए।

Currently Selected:

२ शमूएल 9: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in