२ राजाहरू पुस्तक परिचय
पुस्तक परिचय
दोस्रो राजाको पुस्तकलाई हामी दुई भागमा विभाजन गर्न सक्छौं:
१. दुई राज्यहरूको वृतान्त ८५० ई.पू. देखि सामरियाको पतन र उत्तरी राज्यको अन्त्यसम्म अर्थात् ७२२ ई.पू. सम्म।
२. इस्राएल राज्यको पतनमा स्थापना भएको यहूदा राज्यको वृतान्तदेखि ५८६ ई.पू. मा नबुकदनेसर राजाले यरूशलेम हात पारेर विध्वंस गरेसम्मको समय।
यी ठूला-ठूला विपत्तिहरू देश र जातिमाथि आएका मुख्य कारण इस्राएल र यहूदाका राजाहरूले र जनताले परमेश्वरप्रति देखाएको विश्वासघात नै थियो। यरूशलेम विध्वंस गरेपछि यहूदाका मानिसहरूलाई अर्को मुलुकतिर कैदमा लगेको घटना इस्राएली इतिहासको निम्ति नै एउटा निर्णायक घुम्ती थियो। दोस्रो राजाको पुस्तकमा प्रमुख भूमिका लिएर देखा पर्ने अगमवक्ता हुन् एलियाका उत्तराधिकारी एलीशा।
Currently Selected:
२ राजाहरू पुस्तक परिचय: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012