YouVersion Logo
Search Icon

१ तिमोथी 4

4
तिमोथीलाई शिक्षा
1पवित्र आत्‍मा प्रष्‍टै भन्‍नुहुन्‍छ, कि पछि आउने समयमा छली आत्‍मा र भूतप्रेतका सिद्धान्‍ततिर मन लाएर कोही विश्‍वासबाट तर्किजानेछन्‌। 2झूट बोल्‍ने मानिसहरूका छलद्वारा नै यो हुनेछ, जुनहरूका विवेक तातो फलामले डामेको जस्‍तो हुन्‍छ। 3तिनीहरू विवाह निषेध गर्छन्‌। विश्‍वास गर्नेहरू र सत्‍य जान्‍नेहरूले धन्‍यवादसाथ ग्रहण गर्नुपर्ने परमेश्‍वरले सृजनुभएका भोजनहरूबाट अलग्‍ग बस्‍ने आदेश दिन्‍छन्‌। 4परमेश्‍वरले सृजनुभएको हरेक कुरा असल छ, र धन्‍यवादसाथ ग्रहण गरे कुनै थोक पनि इन्‍कार गरिनुपर्दैन। 5किनभने त्‍यो परमेश्‍वरको वचन र प्रार्थनाले चोखो तुल्‍याइन्‍छ।
6यदि तिमीले भाइहरूका सामु यी शिक्षा राखिदियौ भने तिमीले अनुसरण गरेका असल सिद्धान्‍त र विश्‍वासको वचनमा पुष्‍ट भएर तिमी ख्रीष्‍ट येशूका असल सेवक हुनेछौ। 7भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस। बरु आफैलाई भक्तिमा तालीम देऊ। 8किनभने शारीरिक तालीम केहीसम्‍म लाभको हुन्‍छ, तर ईश्‍वरभक्तिचाहिँ हरप्रकारले लाभदायक हुन्‍छ, किनकि यसमा वर्तमान र भविष्‍यत्‌ जीवन दुवैको निम्‍ति प्रतिज्ञा रहेको हुन्‍छ।
9यो भनाइ निश्‍चित र सम्‍पूर्ण रूपले ग्रहणयोग्‍य छ, 10किनकि यस उद्देश्‍यले हामी परिश्रम र प्रयत्‍न गर्दछौं, किनकि हाम्रो आशा जीवित परमेश्‍वरमा राखिएको छ, जो सबै मानिसका, विशेष गरी उहाँमाथि विश्‍वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्‍छ।
11यी नै कुराको आज्ञा देऊ र सिकाऊ। 12जवान छौ भन्‍दैमा कसैले तिमीलाई तुच्‍छ नठानोस्, तर विश्‍वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्‍वासमा र शुद्धतामा तिमी एक उदाहरण बन। 13म नआउञ्‍जेलसम्‍म धर्मशास्‍त्र पाठ गरी सुनाउनमा, प्रचार गर्नमा र शिक्षा दिनमा ध्‍यान देऊ। 14तिमीसँग भएका वरदानको अवहेलना नगर, जुन वरदान एल्‍डरहरूले तिनीहरूका हात तिमीमाथि राख्‍दा अगमवाणीद्वारा तिमीलाई मिलेको थियो।
15यी कर्तव्‍यहरू पालन गर। तिनीहरूमा नै लागिबस, ताकि तिम्रो प्रगति सबैले देखून्‌। 16आफ्‍नो विषयमा र आफ्‍नो शिक्षाको विषयमा होशियार बस। यी कुरामा लागिरह। यसो गर्नाले तिमीले आफैलाई र सुन्‍नेहरूलाई समेत बचाउनेछौ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in