YouVersion Logo
Search Icon

१ शमूएल 26

26
जीपको मरुभूमिमा दाऊदले शाऊलको प्राण पुन: छोडिदिएका
1जीपीहरू गिबामा शाऊलकहाँ गएर यशीमोनतिर फर्केको हकीलाको पहाड़मा दाऊद लुकेका छन्‌ भनी सुनाइदिए। #भज ५४
2यसकारण दाऊदलाई त्‍यहाँ खोज्‍न भनी शाऊल तीन हजार चुनेका मानिसहरू आफ्‍नो साथमा लिएर झट्टै जीपको मरुभूमिमा झरे। 3यशीमोनतिर फर्केको हकीलाको पहाड़का छेउको बाटैमा उनले आफ्‍नो छाउनी हाले। तर दाऊदचाहिँ मरुभूमिमा नै बसे। शाऊल तिनलाई मरुभूमिमा खेद्‌नलाई आएका छन्‌ भनी सुन्‍ने बित्तिकै, 4दाऊदले चेवाहरू पठाए, र शाऊल अमुक ठाउँमा आइपुगेका छन्‌ भनी पत्ता लगाए।
5कति पनि ढिलो नगरी तिनी शाऊलले छाउनी हालेको ठाउँमा गए, र शाऊल र उनका सेनापति नेरका छोरा अबनेर सुतिरहेको ठाउँ देखे। आफ्‍नो फौजका चारैतिरको छाउनी बनाएर पङ्‌क्तिहरूका बीचमा शाऊल सुतिरहेका थिए।
6दाऊदले हित्ती अहीमेलेक र योआबका भाइ सरूयाहका छोरा अबीशैतिर फर्केर भने, “शाऊलकहाँ छाउनीभित्र मसित को जान्‍छ?”
अबीशैले जवाफ दिए “म जानेछु।”
7दाऊद र अबीशै राती छाउनीमा पसे, र शाऊललाई पङ्‌क्तिहरूका बीचमा उनको भालाचाहिँ सिरानीनेर भूइँमा गाड़ेर सुतिरहेका भेट्टाए। अबनेर र योद्धाहरूचाहिँ शाऊलका चारैतिर गोलो आकारमा सुतिरहेका थिए।
8अबीशैले दाऊदलाई भने, “परमेश्‍वरले तपाईंको शत्रुलाई आज तपाईंको हातमा सुम्‍पिदिनुभएको रहेछ। भालाले घोचेर एकै खेपमा उनलाई भूइँमा रोपिदिने मलाई हुकुम दिनुहोस्‌। मैले दुई खेप हिर्काउनैपर्दैन।”
9तर दाऊदले तिनलाई भने, “राजालाई केही हानि नगर। परमप्रभुका अभिषिक्त जनमाथि हात उठाउने कोचाहिँ निर्दोष हुन्‍छ?” 10दाऊदले अझै भने, “जीवित परमप्रभुको नाउँमा म भन्‍दछु कि परमप्रभु आफैले उनलाई मार्नुहुनेछ। कि त उनको काल आएर उनी मर्नेछन्‌ अथवा लड़ाइँमा गएर उनी खतम हुनेछन्‌। 11तर मैले परमप्रभुका अभिषिक्तको विरुद्धमा हात कहिले उठाउनु नपरोस्‌। अब उनको सिराननेर भएको भाला र पानीको सुराही लिएर जाऔं।” #१ शमू २४:६
12तब दाऊदले शाऊलको सिराननेर भएको भाला र पानीको सुराही लगे, र तिनीहरू गइहाले। छाउनीका सबै फौज सुतिरहेका थिए। कसैले तिनलाई देखेन, कसैलाई थाहै भएन, कोही पनि ब्‍यूँझेन। परमप्रभुबाट पठाइएको मस्‍त निद्रामा उनीहरू सुतिरहेका थिए।
13तब दाऊद अर्कोपट्टि गएर टाढ़ाको डाँड़ाको टाकुरामा उभिए। तिनीहरूका बीचमा निकै ठूलो खाली ठाउँ थियो। 14दाऊदले सेना र नेरका छोरा अबनेरलाई कराएर भने, “अबनेर, मलाई जवाफ देऊ।”
अबनेरले जवाफ दिए, “राजालाई हपार्ने तिमी को हौ?”
15दाऊदले अबनेरलाई भने, “के तिमी मर्द होइनौ? के इस्राएलमा तिमीजस्‍तै अरू कोही छन्‌? तिमीले किन आफ्‍ना प्रभु महाराजाको रक्षा गरेनौ? तिम्रा प्रभु महाराजालाई कसैले हानि गर्न आयो। 16यो त ठीक भएन। जीवित परमप्रभुको नाउँमा म भन्‍दछु कि तिमीहरू मारिने योग्‍यका छौ, किनभने तिमीहरूले आफ्‍ना मालिक, परमप्रभुका अभिषिक्त जनको रक्षा गरेनौ। हेर त, उहाँको सिरानका छेउको भाला र पानीको सुराही खोइ?”
17शाऊलले दाऊदको सोर चिनेर भने, “के तिमी नै हौ, मेरा छोरा दाऊद?”
दाऊदले भने, “मेरा प्रभु महाराजा, म नै हुँ।” 18मेरा प्रभुले उहाँको दासको खेदो किन गर्नुहुन्‍छ? मैले के गरेको छु र? कुन खराबीको म दोषी भएको छु र? 19हे मेरा प्रभु महाराजा, मैले जे भन्‍नु छ सो ध्‍यान दिएर सुन्‍नुहोस्‌। यदि परमप्रभुले नै हजूरलाई मेरो विरुद्धमा सुर्‍याउनुभएको हो भनेता एउटा भेटी उहाँलाई ग्रहणयोग्‍य होस्‌। तर यदि मानिसहरूले गरेको हो भने परमप्रभुको सामुन्‍ने तिनीहरूमाथि सराप परोस्‌। किनभने आज ‘त्‍यसले अरू देवताहरूको सेवा गरोस्‌’ भनी तिनीहरूले परमप्रभुका अधिकारको भागबाट मलाई निकालिदिएका छन्, र 20परमप्रभुको सामुन्‍नेबाट टाढ़ामा मेरो रगत बग्‍न नदिनुहोस्‌। किनभने राजा डाँड़ाहरू हुँदो तित्रालाई खेदेझैँ एउटा उपियाँलाई खोज्‍न निस्‍केर आउनुभएको छ।”
21तब शाऊलले जवाफ दिए, “मैले पाप गरें। फर्केर आऊ, हे दाऊद मेरा छोरा। आजको दिन तिमीले मेरो प्राणलाई बहुमूल्‍य ठान्‍यौ, अब फेरि कहिल्‍यै म तिम्रो हानि गर्नेछैनँ। म मूर्ख भएँ, मैले साह्रै ठूलो भूल गरें।”
22दाऊदले जवाफ दिए, “राजाको भाला यहाँ छ। हजूरको कुनै एक जना मानिस आएर त्‍यो लैजाओस्‌। 23परमप्रभुले हरेक मानिसलाई त्‍यसको धार्मिकता र विश्‍वसनीयताको निम्‍ति इनाम दिनुहुन्‍छ। परमप्रभुले आज मेरो हातमा हजूरलाई सुम्‍पिदिनुभएको थियो, तर मैले परमप्रभुका अभिषिक्त जनमाथि आफ्‍नो हात उठाउन इन्‍कार गरें। 24जसरी मैले हजूरको प्राणलाई आज बहुमूल्‍य सम्‍झें, त्‍यसरी नै परमप्रभुले मेरो प्राण पनि बहुमूल्‍य सम्‍झून्, र मलाई सबै आपत्तिदेखि मुक्त गरून्‌।”
25तब शाऊलले दाऊदलाई भने, “हे मेरा छोरा दाऊद, आशिष्‌ तिमीमाथि परोस्‌। तिमीले ठूला-ठूला कामहरू गर्नेछौ, र तिमी विजयी हुनेछौ।” तब दाऊद आफ्‍नो बाटो लागे, र शाऊलचाहिँ घर फर्के।

Currently Selected:

१ शमूएल 26: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in