१ यूहन्ना 3
3
1हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौं, र साँच्चै हौं पनि। यसैकारणले त संसारले हामीलाई चिन्दैन, किनभने त्यसले उहाँलाई चिनेन।#यूह १:१२ 2प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान हौं, र हामी के होऔंला, सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौं, कि जब उहाँ प्रकट हुनुहुन्छ, तब हामी उहाँजस्तै हुनेछौं। किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौं। 3अनि जस्तो उहाँ पवित्र हुनुहुन्छ, उहाँमाथि यो आशा राख्ने हरेक मानिसले आफूलाई पवित्र पार्छ।
4पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ। पाप नै व्यवस्था भङ्ग हो। 5पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो भन्ने कुरा तिमीहरू जान्दछौ। र उहाँमा कुनै पाप छैन।#यूह १:२९ 6उहाँमा रहने कसैले पाप गरिरहँदैन। पाप गरिरहने कसैले उहाँलाई न देखेको छ न त चिनेको नै छ।
7साना बालकहरू, कुनै मानिसले तिमीहरूलाई छल्न नपाओस्। जो धार्मिकतामा चल्छ, ऊ धर्मी हो, जस्तो उहाँ धर्मी हुनुहुन्छ। 8जसले पाप गर्छ त्यो दियाबलसको #3:8 शैतानको हो। किनकि दियाबलसले त सुरुदेखि नै पाप गर्दैआएको छ। दियाबलसका कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभएको हो। 9परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन, किनकि उहाँको स्वभाव त्यसमा रहन्छ, र त्यसले पाप गरिरहन सक्दैन, किनभने त्यो परमेश्वरबाट जन्मेको हो। 10परमेश्वरको सन्तान को हो र दियाबलसको सन्तान को हो, यसैबाट प्रष्ट हुन्छ— जो धार्मिकतामा चल्दैन ऊ परमेश्वरको सन्तान होइन, र त्यो व्यक्ति पनि होइन, जसले आफ्नो दाजुभाइलाई प्रेम गर्दैन।
पारस्परिक प्रेम
11तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो, “हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।”#यूह १३:३४ 12कयिनजस्तो नहोओ, जो दुष्ट थियो। उसले आफ्नो भाइको हत्या गर्यो। उसले आफ्नो भाइको हत्या किन गर्यो? किनकि उसका आफ्ना कामहरू दुष्ट थिए, अनि उसको भाइका कामहरूचाहिँ धार्मिक थिए।#उत ४:८ 13भाइ हो, संसारले तिमीहरूलाई घृणा गर्दा अचम्म नमान। 14हामी जान्दछौं, कि हामी त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौं, किनभने हामी आफ्ना दाजुभाइहरूलाई प्रेम गर्छौं। जसले प्रेम गर्दैन,#यूह ५:२४ त्यो मृत्युमा रहिरहन्छ। 15आफ्नो दाजुभाइलाई घृणा गर्ने हरेक हत्यारा हो, र कुनै हत्यारासँग अनन्त जीवन रहँदैन भन्ने तिमीहरूलाई थाहै छ।
16प्रेम के हो भनी हामी यसैबाट थाहा पाउँछौं, कि उहाँले हाम्रा निम्ति आफ्नो प्राण दिनुभयो र हामीले पनि आफ्ना दाजुभाइहरूका निम्ति आफ्नो प्राण दिनुपर्छ। 17कसैसित संसारको धन-सम्पत्ति छ, र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने, परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ? 18मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्यताले प्रेम गरौं। 19यसैबाट हामी जान्न सक्छौं कि हामी सत्यका हौं, र यसरी उहाँको सामुन्ने हाम्रा हृदयलाई ढाड़स दिन सक्छौं। 20जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ, हामी जान्दछौं परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सब कुरा जान्नुहुन्छ।
21प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिदैंन भने परमेश्वरको सामुन्ने हामीलाई साहस हुन्छ। 22अनि हामी जे माग्छौं, सो उहाँबाट पाउँछौं, किनभने हामी उहाँका आज्ञा पालन गर्छौं, र उहाँलाई मन पर्ने कामहरू गर्छौं। 23अनि उहाँको आज्ञा यही हो, कि हामीले उहाँका पुत्र येशू ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ, र उहाँले हामीलाई आज्ञा दिनुभएबमोजिम हामीले एक अर्कोलाई प्रेम गर्नुपर्छ।#यूह १३:३४; १५:१२,१७ 24उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्छन्, र उहाँ तिनीहरूमा रहनुहुन्छ। उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौं, कि उहाँ हामीमा वास गर्नुहुन्छ।
Currently Selected:
१ यूहन्ना 3: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012