१ इतिहास पुस्तक परिचय
पुस्तक परिचय
पहिलो र दोस्रो इतिहासमा २ शमूएल र राजाहरूका पुस्तकहरूका घटनाक्रम नै दोहोरिएको देख्दछौं। इस्राएली राजाहरूको कथा यसरी दोहोरिएको यस विवरण भित्र हामी दुई प्रमुख उद्देश्य पत्ता लगाउँन सक्छौं।
१. इस्राएल र यहूदा राज्यहरूमा विभिन्न संकष्टहरू आइपरे तापनि परमेश्वरले आफ्नो प्रतिज्ञा भुल्नु भएन। आफ्ना जनहरूको निम्ति उहाँले अफ्नो योजना यहूदामा बाँचिरहेका मानिसहरूबाट पूरो गर्नुहुँदैथियो। यस विषयलाई देखाउनको निम्ति पहिलो र दोस्रो इतिहासका लेखकले दाऊद र सोलोमनका महान् उपलब्धिहरू देखाएका छन्, यहोशापात, हिजकिया, योआशका सुधारमूलक कामहरूलाई स्थान दिएका छन्। यसका साथै परमेश्वरप्रति इमान्दार रहने मानिसहरूको बारेमा उल्लेख गरेका छन्।
२. यी पुस्तकहरूका अर्को मूल उद्देश्य हो, परमेश्वरको पूजा आराधनाको सुरुवात् यरूशलेम मन्दिरमा भएको हो भनी बताउनु। पूजाहारी र लेवीहरूको व्यवस्थाबारे पनि यी पुस्तकमा विशेष विवरण दिइएको छ। मन्दिरको निर्माण सोलोमनले गरे तापनि दाऊदलाई मन्दिरका वास्तविक संस्थापकको रूपमा लेखकले हेरेका छन्।
पहिलो र दोस्रो इतिहासका पुस्तक एज्राले लेखेका हुन् भन्ने यहूदी परम्परा छ। यी पुस्तक ४५०-४२५ ई.पू. सम्म लेखिएको थियो।
Currently Selected:
१ इतिहास पुस्तक परिचय: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012