YouVersion Logo
Search Icon

१ इतिहास 8

8
बेन्यामीनी शाऊलको वंशावली
1बेन्‍यामीनचाहिँ जेठा छोरा बेला, माहिला अश्‍बेल, साहिँला अहरह,
2काहिँला नोहा र कान्‍छा रफाका पिता थिए।
3बेलाका छोराहरू:
अद्दार, गेरा, अबीहूद,
4अबीशू, नामान, अहोह,
5गेरा, शपूपान र हुराम।
6एहूदका सन्‍तान, जो गेबामा बसेका र मानहतमा निर्वासनमा लगिएकाहरूका परिवार-परिवारका मुख्‍य मानिसहरू थिए:
7नामान, अहियाह र गेरा, जसले नै तिनीहरूलाई निर्वासनमा लगेका थिए। गेराचाहिँ उज्‍जा र अहीहूदका पिता थिए।
8आफ्‍ना पत्‍नीहरू हुशीम र बारालाई त्‍यागेपछि मोआब देशमा सहरेमका छोराहरू जन्‍मे।
9आफ्‍नी पत्‍नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्‍काम,
10यूस, साकिया र मिर्मा जन्‍मे। सहरेमका ती छोराहरू परिवार-परिवारका मुख्‍य मानिसहरू थिए।
11हुशीमबाट अबीतूब र एल्‍पाल जन्‍मिए।
12एल्‍पालका छोराहरू:
एबेर, मिशाम र शेमेद, जसले चाहिँ ओनो र लोदलाई त्‍यसका बस्‍तीहरूसमेत बनाए, 13अनि बरीआ र शेमा पनि, जसले गातका बासिन्‍दाहरूलाई निकालेर अय्‍यालोनमा बस्‍नेहरूका परिवार-परिवारका मुखियाहरू भएका थिए।
14अहियो, शाशक, यरेमोत,
15जबदियाह, आराद, एदेर,
16मिखाएल, यिश्‍पा र योहाचाहिँ बरीआका छोराहरू थिए।
17जबदियाह, मशुल्‍लाम, हिज्‍की, हेबेर,
18यिश्‍मरै, यिज्‍लीअ, र योबाबचाहिँ एल्‍पालका छोराहरू थिए।
19याकीम, जिक्री, जब्‍दी,
20एलीएनै, सिल्‍लतै, एलीएल,
21अदायाह, बरायाह र शिम्रातचाहिँ शिमीका छोराहरू थिए।
22यिश्‍पान, एबेर, एलीएल,
23अब्‍दोन, जिक्री, हानान,
24हनन्‍याह, एलाम, अन्‍तोतियाह,
25यिपदिया र पनूएलचाहिँ शाशकका छोराहरू थिए।
26शम्‍शरै, सहर्याह, अतल्‍याह,
27यारेश्‍याह, एलिया र जिक्रीचाहिँ यरोहामका छोराहरू थिए।
28यिनीहरू नै आफ्‍नो वंशावलीअनुसार परिवार-परिवारका मुखिया र प्रधानहरू थिए र तिनीहरू यरूशलेममा बस्‍थे।
29गिबोनका पिता यीएलचाहिँ गिबोनमा बस्‍थे। तिनकी पत्‍नीको नाउँ माका थियो। 30तिनका जेठा छोरा अब्‍दोन, तिनीपछि सूर, कीश, बाल, नेर, नादाब,
31गदोर, अहियो, जेकेर, र मिक्‍लोत थिए।
32मिक्‍लोतचाहिँ शिमाहका पिता थिए। तिनीहरू यरूशलेममा आफ्‍ना कुटुम्‍बहरूका नजिक बस्‍थे।
33नेरचाहिँ कीशका पिता थिए, कीशचाहिँ शाऊलका पिता थिए, अनि शाऊलचाहिँ जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए।
34जोनाथनका छोरा:
मरीब्‍बाल थिए, जो मीकाका पिता थिए।
35मीकाका छोराहरू:
पीतोन, मेलेक, तारे र आहाज।
36आहाजचाहिँ यहोअदाका पिता थिए। यहोअदाचाहिँ आलेमेत, अज्‍मावेत र जिम्रीका पिता थिए। जिम्री मोसका पिता थिए। 37मोसचाहिँ बिनेका पिता थिए। तिनका छोरा रफाह, तिनका छोरा एलासा र तिनका छोरा आसेल थिए।
38आसेलका छ भाइ छोराहरू थिए, र तिनीहरूका नाम यी नै हुन्‌:
अज्रीकाम, बोकरू, इश्‍माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।
39तिनका भाइ एशेकका छोराहरू:
जेठा छोरा ऊलाम, माहिला येऊश र कान्‍छा एलीपेलेत।
40ऊलामका छोराहरू वीर-वीर धनुर्धारीहरू थिए। तिनका धेरै छोराहरू र नातिहरू थिए— जम्‍मा १५० जना। यी सबै बेन्‍यामीनका सन्‍तान थिए।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for १ इतिहास 8