1
रोमी 14:17-18
नेपाली समकालीन संस्करण
किनकि परमेश्वरको राज्य खाने र पिउने कुराको बारेमा होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो। किनभने जसले ख्रीष्टलाई यस प्रकारले सेवा गर्दछ, त्यसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ र मानिसहरूबाट स्वीकृत हुन्छ।
Compare
Explore रोमी 14:17-18
2
रोमी 14:8
यदि हामी जिउँछौं ता प्रभुको निम्ति जिउँछौं; यदि मर्छौं ता प्रभुको निम्ति मर्छौं। यसकारण हामी चाहे जिऔं वा मरौं, हामी प्रभुकै हौं।
Explore रोमी 14:8
3
रोमी 14:19
हामी हर प्रयास ती कुराहरूमा लागौं, जसले शान्तिमा डोर्याउँछ र पारस्परिक उन्नति गराउँछ।
Explore रोमी 14:19
4
रोमी 14:13
यसकारण हामी एक-अर्काको न्याय गर्न छोडौं। बरु आफ्नो मनमा दाजुभाइ वा दिदीबहिनीका बाटोमा बाधा हुने वा ठेस लाग्ने कुनै चीज नराख्ने सोच गरौं।
Explore रोमी 14:13
5
रोमी 14:11-12
धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘म जो जीवित छु, शपथ खान्छु,’ प्रभु भन्नुहुन्छ, ‘प्रत्येक घुँडा मेरो सामु टेकिनेछ; प्रत्येक जिब्रोले परमेश्वरलाई स्वीकार गर्नेछ।’ ” यसकारण हामी प्रत्येकले आफ्नो हिसाब परमेश्वरलाई दिनुपर्नेछ।
Explore रोमी 14:11-12
6
रोमी 14:1
विश्वासमा कमजोर भएका अरू विश्वासीहरूलाई स्वीकार गर, र उनीहरूका विचारमा विवाद र झगडा नगर।
Explore रोमी 14:1
7
रोमी 14:4
अर्काको सेवकलाई न्याय गर्ने तिमी को हौ र? त्यस सेवकको स्थिरता वा पतन त्यसको मालिकको हातमा निर्भर हुन्छ। तिनीहरू स्थिर रहनेछन्, किनकि प्रभु तिनीहरूलाई स्थिर गराउन सक्षम् हुनुहुन्छ।
Explore रोमी 14:4
Home
Bible
Plans
Videos