1
याकोब 1:2-3
नेपाली समकालीन संस्करण
मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूले धेरै किसिमका आपत-विपतहरूको सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ, किनकि तिमीहरूको विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ भनी तिमीहरू जान्दछौ।
Compare
Explore याकोब 1:2-3
2
याकोब 1:5
यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्कीकन दिनुहुने परमेश्वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ।
Explore याकोब 1:5
3
याकोब 1:19
मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरूहो, यस कुरालाई विचार गर: हरेक मानिस सुन्नमा छिटो, बोल्न र रिस गर्नमा ढिलो होओस्
Explore याकोब 1:19
4
याकोब 1:4
तिमीहरू परिपक्व र पूर्ण भएर कुनै कुराको अभाव नहोस् भनेर धैर्यताले आफ्नो काम पूरा गर्नुपर्छ।
Explore याकोब 1:4
5
याकोब 1:22
वचन सुनेर मात्र आफूलाई धोका नदेओ; यसले के भन्छ, सो गर।
Explore याकोब 1:22
6
याकोब 1:12
त्यो मानिस धन्यको हो, जो आपत-विपतहरूमा स्थिर रहन्छ; किनकि त्यस जाँचमा त्यो पक्का ठहरिएपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुनचाहिँ परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूको लागि प्रतिज्ञा गर्नुभएको छ।
Explore याकोब 1:12
7
याकोब 1:17
हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदल्नुहुन्न।
Explore याकोब 1:17
8
याकोब 1:23-24
जसले वचन सुन्छ, तर यसले के भन्छ, सो गर्दैन, त्यो एउटा यस्तो मानिस हो, जसले आफ्नो अनुहार ऐनामा हेर्छ; अनि आफूलाई हेरिसकेपछि ऊ गइहाल्छ; तब ऊ कस्तो देखिन्छ, सो झट्टै बिर्सिहाल्छ।
Explore याकोब 1:23-24
9
याकोब 1:27
हाम्रा पिता परमेश्वरले शुद्ध र निर्दोष ठहराउनुभएको धर्म यही हो, अर्थात् अनाथ र विधवाहरूलाई तिनीहरूका सङ्कष्टमा हेरचाह गर्नु अनि आफूलाई संसारको दूषित कुराहरूदेखि जोगाएर राख्नु।
Explore याकोब 1:27
10
याकोब 1:13-14
परीक्षामा पर्दा कसैले पनि “परमेश्वरले मलाई परीक्षा गर्नुहुँदैछ” भनी नभनोस्; किनकि दुष्ट कुराहरूबाट परमेश्वर परीक्षित हुन सक्नुहुन्न, न ता उहाँले कसैलाई परीक्षा गर्नुहुन्छ। तर हरेक व्यक्ति आफ्नै खराब इच्छाहरूद्वारा खिँचिन्छ र मोहित भएर परीक्षामा पर्दछ।
Explore याकोब 1:13-14
11
याकोब 1:9
दीन अवस्थाको विश्वासीहरूले परमेश्वरले दिनुभएको आफ्नो उच्च अवस्थामा गर्व गरोस्
Explore याकोब 1:9
Home
Bible
Plans
Videos