1
उपदेशक 3:1
सरल नेपाली पवित्र बाइबल
यस संसारमा जे-जति हुन्छ, परमेश्वरको निर्धारित समयमा नै हुन्छ।
Compare
Explore उपदेशक 3:1
2
उपदेशक 3:2-3
जन्मने एउटा समय छ, मर्ने एउटा समय। रोप्ने एउटा समय छ, उखेल्ने एउटा समय। मार्ने एउटा समय छ, निको पार्ने एउटा समय। भत्काउने एउटा समय छ, बनाउने एउटा समय।
Explore उपदेशक 3:2-3
3
उपदेशक 3:4-5
रुने एउटा समय छ, हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, नाच्ने एउटा समय। ढुङ्गा फ्याँक्ने एउटा समय छ, ती बटुल्ने एउटा समय। अँगालो हाल्ने एउटा समय छ, अँगालो नहाल्ने एउटा समय।
Explore उपदेशक 3:4-5
4
उपदेशक 3:7-8
च्यात्ने एउटा समय छ, सिउने एउटा समय। चुप लाग्ने एउटा समय छ, बोल्ने एउटा समय। प्रेम गर्ने एउटा समय छ, घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, मिलाप गर्ने एउटा समय।
Explore उपदेशक 3:7-8
5
उपदेशक 3:6
भेट्टाउने एउटा समय छ, हराउने एउटा समय। राख्ने एउटा समय छ, फाल्ने एउटा समय।
Explore उपदेशक 3:6
6
उपदेशक 3:14
म जान्दछु कि परमेश्वरले जे गर्नुहुन्छ, त्यो सधैँभरि रहँन्छ। त्यसमा केही थप्न वा हटाउन सकिंदैन। अनि उहाँले हामीलाई उहाँको भय मान्न सिकाउनुहुन्छ।
Explore उपदेशक 3:14
7
उपदेशक 3:17
मैले मनमा सोचें, “परमेश्वरले धर्मी र अधर्मीहरूलाई एकनास न्याय गर्नुहुनेछ किनभने हरेक कुरा, हरेक कामको आफ्नै समय छ। आफ्नै समयमा ठीक-ठीक हुँदैजानेछ।”
Explore उपदेशक 3:17
Home
Bible
Plans
Videos