1
रोमी 3:23-24
नेपाली नयाँ संशोधित संस्करण
किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्।
Compare
Explore रोमी 3:23-24
2
रोमी 3:22
येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ। किनभने केही भेद छैन
Explore रोमी 3:22
3
रोमी 3:25-26
परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन। परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो।
Explore रोमी 3:25-26
4
रोमी 3:20
यसैकारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिनेछैन, किनकि व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ।
Explore रोमी 3:20
5
रोमी 3:10-12
जसो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन। ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकम्मा भएका छन्। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।”
Explore रोमी 3:10-12
6
रोमी 3:28
यसकारण व्यवस्थाका कर्महरूको पालनविना विश्वासद्वारा नै मानिस धर्मी ठहरिन्छ भनी हामी ठान्छौं।
Explore रोमी 3:28
7
रोमी 3:4
त्यसो नहोस्, परमेश्वर सत्य र हरेक मानिस झूटो ठहरिओस्। जस्तो लेखिएको छ, “तपाईं आफ्ना वचनमा ठीक ठहरिनुहोस्, र इन्साफ हुँदा तपाईं विजयी हुनुहोस्।”
Explore रोमी 3:4
Home
Bible
Plans
Videos