1
भजनसंग्रह 18:2
नेपाली नयाँ संशोधित संस्करण
परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारक हुनुहुन्छ। मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। उहाँ मेरो ढाल, र मेरा शक्तिशाली उद्धारक हुनुहुन्छ, मेरो गढ़।
Compare
Explore भजनसंग्रह 18:2
2
भजनसंग्रह 18:30
परमेश्वरको विषयमा भन्ने हो भने, उहाँको मार्गचाहिँ सिद्ध छ, परमप्रभुको वचन सच्चा छ। उहाँमा शरण लिनेहरू सबैका उहाँ ढाल हुनुहुन्छ।
Explore भजनसंग्रह 18:30
3
भजनसंग्रह 18:3
म परमप्रभुलाई पुकार्छु, जो प्रशंसाको योग्य हुनुहुन्छ, अनि म मेरा शत्रुहरूबाट बचाइनेछु।
Explore भजनसंग्रह 18:3
4
भजनसंग्रह 18:6
मेरो आपत्मा मैले परमप्रभुलाई पुकार गरें, र मदतको निम्ति मेरा परमेश्वरलाई हपारें। आफ्नो मन्दिरबाट उहाँले मेरो सोर सुन्नुभयो, मेरो पुकार उहाँको सामु, उहाँका कानमा पुग्यो।
Explore भजनसंग्रह 18:6
5
भजनसंग्रह 18:28
हे परमप्रभु, तपाईंले मेरो दियो बालिराख्नुहुन्छ, मेरा परमेश्वरले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ।
Explore भजनसंग्रह 18:28
6
भजनसंग्रह 18:32
उनै परमेश्वर, जसले मलाई शक्तिशाली तुल्याउनुहुन्छ, र मेरो मार्गलाई सिद्ध तुल्याउनुहुन्छ।
Explore भजनसंग्रह 18:32
7
भजनसंग्रह 18:46
परमप्रभु जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति-प्रशंसा होस्। मेरा उद्धारक परमेश्वर उच्च होऊन्।
Explore भजनसंग्रह 18:46
Home
Bible
Plans
Videos