YouVersion 標識
搜索圖示

उत्‍पत्ति 5

5
आदमका सन्‍तानहरू
1 # उत्‍पत्ति 1:27,28 आदमको वंशको सूची यस्‍तो छ। (परमेश्‍वरले मानिसजातिलाई सृष्‍टि गर्नुहुँदा आफ्‍नै रूपमा बनाउनुभयो। 2#मत्ती 19:4; मर्कूस 10:6उहाँले तिनीहरूलाई नर र नारी गरी बनाउनुभयो, आशिष् दिनुभयो र ‘मानव’ नाम दिनुभयो।) 3आदमको उमेर १३० वर्ष हुँदा उसको एउटा छोरो जन्‍म्‍यो, जो हेर्दा ऊनीजस्‍तै थियो र त्‍यसको नाम उसले शेत राखे। 4त्‍यसपछि आदम अरू ८०० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्‍मिए र 5उनी ९३० वर्ष पुग्‍दा मरे।
6शेत १०५ वर्ष उमेरको हुँदा उनका एउटा छोरो एनोश जन्‍मे। 7त्‍यसपछि उनी अरू ८०७ वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्‍मे 8र ९१२ वर्ष उमेर पुगेर उनी मरे।
9एनोशको उमेर ९० वर्ष पुग्‍दा उनको एउटा छोरो कनान जन्‍मे। 10त्‍यसपछि उनी अरू ८१५ वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्‍मे 11र ९०५ वर्ष पुग्‍दा उनी मरे।
12कनान ७० वर्षको हुँदा उनको एउटा छोरा महलालेल जन्‍मे। 13त्‍यसपछि उनी अरू ८४० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्‍मे 14र ९१० वर्ष उमेर पुगेर उनी मरे।
15महलालेल ६५ वर्ष पुग्‍दा उनको एउटा छोरो येरेद जन्‍म्‍यो। 16त्‍यसपछि उनी अरू ८३० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्‍मे 17र ८९५ वर्ष पुग्‍दा उनी मरे।
18येरेदको उमेर १६२ वर्ष पुग्‍दा उनको एउटा छोरो हनोक जन्‍म्‍यो। 19त्‍यसपछि उनी अरू ८०० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्‍मे 20र ९६२ वर्ष पुगेर उनी मरे।
21हनोक ६५ वर्ष पुग्‍दा उनको एउटा छोरो मतूशेलह जन्‍म्‍यो। 22त्‍यसपछि उनले अरू ३०० वर्षसम्‍म परमेश्‍वरको साथमा जीवन बिताए र उसका अरू छोरा-छोरीहरू जन्‍मे। 23उनी ३६५ वर्ष उमेर पुगिञ्‍जेल बाँचे। 24#हिब्रू 11:5; यहूदा 1:14उनले आफ्‍नो जीवन परमेश्‍वरको साथमा बिताए। त्‍यसपछि उनी देखिएनन्‌ किनभने परमेश्‍वरले उनलाई उठाई लैजानुभयो।
25मतूशेलहको उमेर १८७ वर्ष पुग्‍दा उनको एउटा छोरो लेमेख जन्‍म्‍यो। 26त्‍यसपछि उनी अरू ७८२ वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्‍मे 27र उनी ९६९ को उमेरमा मरे।
28लेमेख १८२ वर्षको हुँदा उनको एउटा छोरो जन्‍म्‍यो 29र उनले भने, “जुन भूमिलाई परमेश्‍वरले सराप दिनुभयो, त्‍यही भूमिदेखि यस बालकले हामीलाई हाम्रो कडा परिश्रमबाट आराम दिनेछ।” यसकारण उनले त्‍यसको नाम नोआ राखे। 30लेमेख अरू ५९५ वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू भए 31र ७७७ वर्ष उमेर पुग्‍दा ऊ मरे।
32नोआको उमेर ५०० वर्ष पुगेपछि उनका तीन छोराहरू शेम, हाम र येपेत जन्‍मिए।

醒目顯示

分享

複製

None

想要在所有設備上保存你的醒目顯示嗎? 註冊或登入