1
लूका 21:36
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तर आइपर्ने यी कुराहरूदेखि तिमीहरू उम्कन र मानिसको पुत्रको उपस्थितिमा खडा हुन सक्नलाई सधैँ जागा रहो र प्रार्थना गर।”
موازنہ
تلاش लूका 21:36
2
लूका 21:34
“होसियार बस, नत्रता तिमीहरूको हृदय प्रशस्त भोग-विलास, मतवालापन र जीवनको फिक्रीले मन्द होला, र त्यो दिन तिमीहरूमाथि नचिताएको पासोझैँ एक्कासि आइपर्ला।
تلاش लूका 21:34
3
लूका 21:19
स्थिर भई खडा रह्यौ भने तिमीहरूले जीवन प्राप्त गर्नेछौ।
تلاش लूका 21:19
4
लूका 21:15
किनकि म तिमीहरूलाई यस्तो वचन र बुद्धि दिनेछु, तिमीहरूका विरोधीहरूमध्ये कसैले पनि त्यसलाई रोक्न अथवा काट्न सामर्थ्य हुनेछैन।
تلاش लूका 21:15
5
लूका 21:33
आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्।
تلاش लूका 21:33
6
लूका 21:25-27
“सूर्य, चन्द्रमा र ताराहरूमा चिन्हहरू देखिनेछन्; पृथ्वीमा गर्जिरहेको र उर्लिरहेको समुद्रले राष्ट्रहरू सङ्कष्ट र व्याकुलमा पर्नेछन्। संसारमा के आइपर्नेछ भन्ने आशङ्काले मानिसहरू डरले मूर्च्छा पर्नेछन्; किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्। त्यस बेला तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महा महिमासहित बादलमा आइरहेको देख्नेछन्।
تلاش लूका 21:25-27
7
लूका 21:17
अनि तिमीहरूलाई सबै मानिसहरूले मेरो कारणले घृणा गर्नेछन्।
تلاش लूका 21:17
8
लूका 21:11
धेरै ठाउँहरूमा ठूला-ठूला भुइँचालाहरू, अनिकाल र महामारीहरू आउनेछन्। अनि डरलाग्दा घटनाहरू र आकाशबाट ठूला-ठूला चिन्हहरू देखा पर्नेछन्।
تلاش लूका 21:11
9
लूका 21:9-10
जब तिमीहरूले लडाइँहरू र क्रान्तिका हल्लाहरू सुन्नेछौ, तब नडराओ। पहिले यी कुराहरू घट्नैपर्छ; तरै पनि त्यति नै बेला अन्त्य आउँदैन।” त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ।
تلاش लूका 21:9-10
10
लूका 21:25-26
“सूर्य, चन्द्रमा र ताराहरूमा चिन्हहरू देखिनेछन्; पृथ्वीमा गर्जिरहेको र उर्लिरहेको समुद्रले राष्ट्रहरू सङ्कष्ट र व्याकुलमा पर्नेछन्। संसारमा के आइपर्नेछ भन्ने आशङ्काले मानिसहरू डरले मूर्च्छा पर्नेछन्; किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्।
تلاش लूका 21:25-26
11
लूका 21:10
त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ।
تلاش लूका 21:10
12
लूका 21:8
उहाँले जवाफ दिनुभयो: “धोकामा नपर, तिमीहरू होसियार रहो; किनकि धेरै जना मेरो नाममा ‘म उही हुँ,’ र, ‘समय नजिकै छ’ भन्ने दाबी गर्दै आउनेछन्। तिनीहरूका पछि नलाग।
تلاش लूका 21:8
صفحہ اول
بائبل
مطالعاتی منصوبہ
Videos