1
उत्पत्ति 15:6
नेपाली नयाँ संशोधित संस्करण
अनि तिनले परमप्रभुमाथि विश्वास गरे, र यो तिनको निम्ति धार्मिकता गनियो।
เปรียบเทียบ
สำรวจ उत्पत्ति 15:6
2
उत्पत्ति 15:1
त्यसपछि दर्शनमा अब्रामकहाँ परमप्रभुको यो वचन आयो, “अब्राम, तँ नडरा। तेरो ढाल म नै हुँ, र तेरो इनाम अत्यन्त ठूलो हुनेछ।”
สำรวจ उत्पत्ति 15:1
3
उत्पत्ति 15:5
अनि उहाँले तिनलाई बाहिर लगेर भन्नुभयो, “आकाशतिर हेरेर तारा गन्न सक्छस् कि सक्दैनस्, गनिहेर।” उहाँले तिनलाई भन्नुभयो, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्।”
สำรวจ उत्पत्ति 15:5
4
उत्पत्ति 15:4
तब परमप्रभुको यो वचन फेरि तिनीकहाँ आयो, “यो मानिसचाहिँ तेरो उत्तराधिकारी हुनेछैन, तर जो तेरो आफ्नै छोरा हुन्छ त्यही नै तेरो उत्तराधिकारी हुनेछ।”
สำรวจ उत्पत्ति 15:4
5
उत्पत्ति 15:13
तब परमप्रभुले अब्रामलाई भन्नुभयो, “यो निश्चय जानिराख्, कि तेरा सन्तानहरू कुनै एउटा देशमा प्रवासी भएर बस्नेछन्, जुन देश तिनीहरूको होइन, र त्यस देशका मानिसहरूका कमारा-कमारी हुनेछन्, र चार सय वर्षसम्म तिनीहरू थिचोमिचोमा पर्नेछन्।
สำรวจ उत्पत्ति 15:13
6
उत्पत्ति 15:2
तर अब्रामले भने, “हे परमप्रभु परमेश्वर, तपाईंले मलाई के दिनुहुन्छ र? किनभने म सन्तानविहीन नै छु, मेरो घरको उत्तराधिकारी दमस्कसको एलीएजर हुनेछ।”
สำรวจ उत्पत्ति 15:2
7
उत्पत्ति 15:18
त्यसै दिन परमप्रभुले अब्रामसित यसो भनेर करार बाँध्नुभयो, “तेरा सन्तानहरूलाई मिश्रदेशको नदीदेखि महानदी यूफ्रेटिससम्मको यो देश मैले दिएको छु
สำรวจ उत्पत्ति 15:18
8
उत्पत्ति 15:16
चौथो पुस्तामा तेरा सन्तानहरू फेरि यहाँ आउनेछन्, किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भएको छैन।”
สำรวจ उत्पत्ति 15:16
หน้าหลัก
พระคัมภีร์
แผนการอ่าน
วิดีโอ