1
यूहन्ना 10:10
सरल नेपाली पवित्र बाइबल
चोर त चोर्न, मार्न र नाश गर्नलाई मात्र आउँछ। तर मचाहिँ तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भनेर आएको हुँ।
ஒப்பீடு
यूहन्ना 10:10 ஆராயுங்கள்
2
यूहन्ना 10:11
“असल गोठालो म नै हुँ। असल गोठालोचाहिँ आफ्नो भेडा बचाउन मर्न पनि तयार हुन्छ।
यूहन्ना 10:11 ஆராயுங்கள்
3
यूहन्ना 10:27
मेरा भेडाहरूले चाहिँ मेरा कुरा सुन्छन्। म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्।
यूहन्ना 10:27 ஆராயுங்கள்
4
यूहन्ना 10:28
म तिनीहरूलाई अनन्त जीवन दिन्छु। तिनीहरू कहिल्यै नाश हुनेछैनन् र कसैले पनि तिनीहरूलाई मबाट खोसेर लैजान सक्नेछैन।
यूहन्ना 10:28 ஆராயுங்கள்
5
यूहन्ना 10:9
गोठमा पस्ने ढोकाचाहिँ म नै हुँ, मबाट भित्र पस्नेहरू सबै बाँच्नेछन्। उनीहरू भित्र-बाहिर आउने-जाने गर्नेछन् र खर्कमा चर्न पाउनेछन्।
यूहन्ना 10:9 ஆராயுங்கள்
6
यूहन्ना 10:14-15
“असल गोठालो म नै हुँ। पिताले मलाई र मैले पितालाई चिनेजस्तै म मेरा भेडाहरूलाई चिन्छु र भेडाहरूले पनि मलाई चिन्छन्। म भेडाहरूको लागि आफ्नो जीवन नै दिन पनि तयार छु।
यूहन्ना 10:14-15 ஆராயுங்கள்
7
यूहन्ना 10:29-30
तिनीहरूलाई मेरो जिम्मामा दिनुहुने मेरा पिताचाहिँ सबैभन्दा महान् हुनुहुन्छ अनि मेरा पिताको हातबाट त झन् तिनीहरूलाई कसैले पनि खोस्न सक्दैन। पिता र म एकै हौं।”
यूहन्ना 10:29-30 ஆராயுங்கள்
8
9
यूहन्ना 10:18
कसैले यसलाई खोस्नेछैन, यो त म आफ्नो खुसीले दिनेछु। मलाई आफ्नो प्राण अरूको लागि दिने हक छ साथै यो प्राण फेरि फिर्ता लिने हक पनि छ। मेरा पिताले मलाई दिनुभएको आज्ञा पनि यही नै हो।”
यूहन्ना 10:18 ஆராயுங்கள்
10
यूहन्ना 10:7
त्यति बेला येशूले फेरि भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, भेडाको गोठमा पस्ने ढोका म नै हुँ।
यूहन्ना 10:7 ஆராயுங்கள்
11
यूहन्ना 10:12
तर भेडा हेर्न राखेको नोकरचाहिँ ब्वाँसालाई देख्दा भेडालाई छोडेर भाग्छ किनभने भेडाहरू उसका आफ्ना होइनन्। ब्वाँसाले भेडाहरूलाई झम्टन्छ र तितरबितर पार्छ।
यूहन्ना 10:12 ஆராயுங்கள்
12
यूहन्ना 10:1
येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, भेडाको गोठमा ढोकाबाट नपसी अरूतिरबाट पस्नेचाहिँ चोर र डाकु हो।
यूहन्ना 10:1 ஆராயுங்கள்
முகப்பு
வேதாகமம்
வாசிப்புத் திட்டங்கள்
காணொளிகள்