1
यूहन्ना 5:24
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
“म तिमीहरूलाई साँच्चै भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ, र त्यो दोषी ठहराइने छैन। तर त्यो मृत्युबाट जीवनमा प्रवेश गरिसकेको हुन्छ।
Linganisha
Chunguza यूहन्ना 5:24
2
यूहन्ना 5:6
जब येशूले त्यसलाई त्यहाँ पस्रिएको देख्नुभयो र त्यो लामो समयदेखि त्यस अवस्थामा रहेछ भनी थाहा पाउनुभयो, तब उहाँले त्यसलाई सोध्नुभयो, “के तिमी निको हुन चाहन्छौ?”
Chunguza यूहन्ना 5:6
3
यूहन्ना 5:39-40
तिमीहरू लगनशील भई धर्मशास्त्रमा खोजी गर्दछौ। किनकि तिमीहरूले त्यसद्वारा तिमीहरूलाई अनन्त जीवन मिल्छ भनी विचार गर्दछौ। ती धर्मशास्त्रहरूले नै मेरो विषयमा गवाही दिन्छन्, तर पनि जीवन प्राप्त गर्न मकहाँ आउन तिमीहरू अस्वीकार गर्छौ।
Chunguza यूहन्ना 5:39-40
4
यूहन्ना 5:8-9
त्यसपछि येशूले त्यसलाई भन्नुभयो, “उठ! तिम्रो ओछ्यान उठाऊ, र हिँड।” तुरुन्तै त्यो मानिस निको भयो, र आफ्नो ओछ्यान उठाएर हिँड्यो। यो घटना भएको दिन शब्बाथ थियो।
Chunguza यूहन्ना 5:8-9
5
यूहन्ना 5:19
येशूले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, पुत्र आफूले केही गर्न सक्दैन। उसले त पिताले जे गरिरहनुभएको देख्छ, त्यही मात्र गर्छ। किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले पनि त्यही गर्छ।
Chunguza यूहन्ना 5:19