1
उत्पत्ति 3:6
नेपाली नयाँ संशोधित संस्करण
जब स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्दो, र बुद्धि पाउनलाई त्यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्यस रूखको फल टिपेर खाइन्, र आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि खाए।
Jämför
Utforska उत्पत्ति 3:6
2
उत्पत्ति 3:1
परमप्रभु परमेश्वरले बनाउनुभएका वन-पशुहरूमध्ये सर्प सबभन्दा धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, “के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रूखको फल नखानू भनी भन्नुभएको छ?”
Utforska उत्पत्ति 3:1
3
उत्पत्ति 3:15
तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।”
Utforska उत्पत्ति 3:15
4
उत्पत्ति 3:16
स्त्रीलाई उहाँले भन्नुभयो, “तेरो सुत्केरी-वेदना म ज्यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्माउनेछस्। तेरो इच्छा पतितर्फ नै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ।”
Utforska उत्पत्ति 3:16
5
उत्पत्ति 3:19
माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्। किनकि माटैबाट तँ निकालिएको थिइस्। तँ माटै होस्, र माटैमा फर्किजानेछस्।”
Utforska उत्पत्ति 3:19
6
उत्पत्ति 3:17
त्यसपछि आदमलाई उहाँले भन्नुभयो, तैंले तेरी पत्नीको कुरा सुनेर मैले नखानू भनेको रूखको फल खाएको हुनाले, “भूमि तेरो कारण श्रापित भएको छ। तेरो जीवनभरि दु:खसँग त्यसको उब्जनी तैंले खानेछस्।
Utforska उत्पत्ति 3:17
7
उत्पत्ति 3:11
उहाँले सोध्नुभयो, “तँ नाङ्गै छस् भनेर कसले भन्यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्यो खाइस्?”
Utforska उत्पत्ति 3:11
8
उत्पत्ति 3:24
उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो।
Utforska उत्पत्ति 3:24
9
उत्पत्ति 3:20
आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्।
Utforska उत्पत्ति 3:20
Hem
Bibeln
Läsplaner
Videor