तिमीहरूलाई पनि त्यस्तै नै हुन्छ: अहिले तिमीहरूको शोकको समय हो, तर मैले फेरि तिमीहरूलाई देख्नेछु, र तिमीहरू रमाउनेछौ, अनि कसैले पनि तिमीहरूको आनन्द खोस्नेछैन। अनि त्यस दिन तिमीहरूले मलाई फेरि केही पनि माग्नेछैनौ। म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले मेरो नाउँमा जे माग्छौ, त्यो मेरा पिताले तिमीहरूलाई दिनुहुनेछ।