यूहन्‍ना 16:22-23

यूहन्‍ना 16:22-23 NNRV

यसरी नै अहिले तिमीहरूलाई शोक हुन्‍छ, तर म फेरि तिमीहरूलाई देख्‍नेछु, र तिमीहरूका हृदय आनन्‍दित हुनेछन्‌। अनि कसैले तिमीहरूको आनन्‍द तिमीहरूबाट खोस्‍नेछैन। त्‍यो दिन तिमीहरूले मलाई केही सोध्‍नेछैनौ। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्‍छौ, उहाँले त्‍यो तिमीहरूलाई दिनुहुनेछ।