भजनसंग्रह 78:56-72
भजनसंग्रह 78:56-72 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिनीहरूले परमेश्वरको परीक्षा गरे, र सर्वोच्चको विरुद्धमा बागी भए, र उहाँका कानूनहरू पालन गरेनन्। तिनीहरू आफ्ना पुर्खाहरूझैँ बेवफादार र विश्वासघाती बने, र भर पर्न नसकिने बिग्रेको धनुझैँ भए। तिनीहरूले डाँड़ाका थानहरूमा वेदी स्थापित गरी उहाँलाई क्रोधित तुल्याए, र तिनीहरूले आफ्ना मूर्तिहरूले उहाँलाई ईर्ष्यालु बनाए। जब परमेश्वरले यो सुन्नुभयो, तब उहाँ अत्यन्त क्रोधित हुनुभयो, र इस्राएलीहरूलाई पूर्ण रूपले इन्कार गर्नुभयो। उहाँले शीलोमा भएको पवित्र वासस्थान त्याग्नुभयो, त्यो पाल जो उहाँले मानिसहरूका बीचमा राख्नुभएको थियो। उहाँले आफ्नो शक्तिको सन्दूक शत्रुहरूका हातमा पठाइदिनुभयो, आफ्नो गौरव शत्रुहरूका हातमा जान दिनुभयो। उहाँले आफ्नो प्रजा तरवारलाई सुम्पनुभयो, र आफ्नो उत्तराधिकारका मानिसहरूसँग औधी रिसाउनुभयो। आगोले तिनीहरूका जवानहरू भस्म पारिए, र तिनीहरूका कन्याहरूका निम्ति विवाहको गीत भएन। तिनीहरूका पूजाहारीहरू तरवारले काटिए, र तिनीहरूका विधवाहरूले शोक मनाउन सकेनन्। तब परमप्रभु निद्राबाट बिउँझेझैँ बिउँझनुभयो, मद्यको उन्मादबाट बिउँझेको मानिसझैँ। उहाँले आफ्ना विरोधीहरूलाई तितरबितर पार्नुभयो, उहाँले उनीहरूलाई सदाको निम्ति शर्ममा पार्नुभयो। तब उहाँले योसेफका सन्तानलाई त्याग्नुभयो, उहाँले एफ्राइमको कुललाई छान्नुभएन। तर उहाँले यहूदाको कुललाई चुन्नुभयो, सियोन पर्वतलाई, जसलाई उहाँले प्रेम गर्नुभयो। उहाँले आफ्नो पवित्रस्थान उच्च स्वर्गझैँ बनाउनुभयो, र पृथ्वीजस्तै, जो उहाँले सदाको लागि स्थापित गर्नुभएको छ। उहाँले आफ्ना दास दाऊदलाई चुन्नुभयो, र तिनलाई भेड़ाहरूको गोठबाट लिनुभयो। भेड़ाहरूको रखवाली गर्ने कामबाट, उहाँले दाऊदलाई याकूबका सन्तान, र आफ्नो उत्तराधिकार इस्राएलको गोठालो हुनलाई ल्याउनुभयो। दाऊदले हृदयको ईमानदारीसाथ तिनीहरूलाई चराए, अनि निपुण हातले तिनीहरूको नेतृत्व गरे।

भजनसंग्रह 78:56-72 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तिनीहरूले परमेश्वरको परीक्षा गरे र सर्वोच्च परमेश्वरको विरुद्धमा विद्रोही भए; तिनीहरूले उहाँका विधि-विधानहरू पालन गरेनन्। तिनीहरूका पितापुर्खाहरू जस्तै बेइमान र विश्वासघाती, भर पर्न नसकिने बाङ्गो धनुजस्तै भए। तिनीहरूका देवस्थानहरूद्वारा उहाँलाई क्रोधित तुल्याए; तिनीहरूका मूर्तिहरूका कारण उहाँलाई डाही तुल्याए। जब परमेश्वरले तिनीहरूको सोर सुन्नुभयो, उहाँ अत्यन्तै रिसाउनुभयो; उहाँले इस्राएलीहरूलाई पूर्ण रूपमा इन्कार गर्नुभयो। उहाँले शीलोमा भएको पवित्रस्थानलाई त्याग्नुभयो, जुन पाल मानिसहरूका बीचमा उहाँले राख्नुभएको थियो। उहाँको शक्तिको सन्दुक निर्वासनमा पठाइदिनुभयो, उहाँको महिमालाई शत्रुहरूका हातमा जान दिनुभयो। उहाँले आफ्ना मानिसहरूलाई तरवारले काटिन सुम्पिदिनुभयो; आफ्ना उत्तराधिकारसँग अत्यन्तै रिसाउनुभयो। आगोले तिनीहरूका जवान पुरुषहरू भस्म पारिए, र उनीहरूका कन्याहरूका निम्ति वैवाहिक गीत गाइएन; तिनीहरूका पुजारीहरू तरवारले मारिए, र तिनीहरूका विधवाहरूले विलाप गर्न पाएनन्। तब प्रभु निद्राबाट बिउँझिएझैँ जाग्नुभयो; र मद्यले मातेका लडाकुझैँ उहाँ बिउँझनुभयो। उहाँले आफ्ना शत्रुहरूलाई बदला लिनुभयो; उहाँले तिनीहरूलाई अनन्तको निम्ति लाजमा पार्नुभयो। तब उहाँले योसेफका पालहरूलाई त्याग्नुभयो, उहाँले एफ्राइमको वंशलाई छान्नुभएन; तर यहूदाका कुललाई छान्नुभयो, सियोन पर्वत, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो। यही ठाउँमा उहाँले आफ्नो पवित्रस्थान उच्च स्थानहरूझैँ बनाउनुभयो। उहाँले पृथ्वीलाईझैँ त्यस ठाउँलाई सदाको लागि स्थापित गर्नुभएको छ। उहाँले दावीदलाई आफ्नो सेवक चुन्नुभयो, र तिनलाई भेडीगोठबाट उठाउनुभयो; उहाँले भेडा गोठालोबाट, दावीदलाई याकोबका मानिसहरू र आफ्नो उत्तराधिकार इस्राएलीहरूको गोठालो हुनलाई ल्याउनुभयो। अनि दावीदले हृदयको इमानदारीतामा तिनीहरूको हेरचाह गरे; निपुणतासाथ तिनीहरूको अगुवाइ गरे।
भजनसंग्रह 78:56-72 पवित्र बाइबल (NERV)
तर तिनीहरूले सर्वशक्तिमान् परमेश्वरलाई जाँचे, अनि उहाँको विरोधमा लगातार बिद्रोह गरे। तिनीहरूले उहाँका आज्ञाहरू पालन गरेनन्। इस्राएल का मानिसहरू परमप्रभु परमेश्वरबाट विमुख भई टाढा गए। तिनीहरूका पिता-पुर्खाहरूले जस्तै तिनीहरूले पनि गरे। तिनीहरूले झट्टारो फ्याँके जस्तै व्यवहार गरे। इस्राएल का मानिसहरूले अग्ला ठाउँहरू बनाए अनि परमेश्वरलाई रीस उठाए। तिनीहरूले मिथ्या देवताहरूका सालिगहरू बनाए र परमेश्वरलाई ईर्ष्यालु बनाए। परमेश्वरले यस्तो सुनेपछि एकदम क्रोधित हुनु भयो। अनि उहाँले इस्राएललाई पूर्ण नष्ट गर्नुभयो। उहाँले शीलोमा भएको पवित्र पाललाई त्यागी दिनुभयो। परमेश्वर मानिसहरू माझ पालमा बस्नु भयो। परमेश्वरले आफ्नो मानिसहरूलाई अरू जातिद्वारा पक्राउनु भयो। शत्रुहरूले उहाँको “सुन्दर रत्न” लगे। परमेश्वरले आफ्ना मानिसहरूलाई क्रोध देखाउनु भयो। उहाँले युद्धमा तिनीहरूलाई मर्न छाडी दिनुभयो। जवान पुरूषहरू जलेर मरे, अनि केटीहरूले विवाहको गीत गाउन पाएनन्। पूजाहारीहरू मारिदिए, तर विधवाहरू तिनीहरूका निम्ति रोएनन्। अन्तमा, निंन्द्रामा हिंडीरहने मानिस जस्तै, धेरै मद पिएको सिपाही जस्तै, हाम्रो स्वामी ब्यूँझनु भयो। परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेर पछि हटाउनु भयो। उहाँले शत्रुहरूलाई हराएर सदाको निम्ति अपमानित गर्नुभयो। तर परमेश्वरले यूसुफको परिवारलाई रद्ध गर्नुभयो। उहाँले एप्रैमको परिवारलाई पनि ग्रहण गर्नु भएन। अँहँ, परमेश्वरले यहूदाको परिवारलाई चुन्नु भयो। परमेश्वरले सियोन, उहाँले प्रेम गरेको पर्वत चुन्नु भयो। परमेश्वरले त्यो उच्च पर्वतमा आफ्नो मन्दिर बनाउनु भयो। परमेश्वरले आफ्नो पवित्र मन्दिर पृथ्वी झैं सदा-सर्वदाको निम्ति बनाउनु भयो। परमेश्वरले दाऊदलाई आफ्नो खास दासको रूपमा छान्नु भयो। दाऊदले भेंडागोठ सम्हाली रहेका थिए, तर परमेश्वरले उनलाई त्यस कामबाट टाढो लैजानु भयो। दाऊदले भेंडालाई हेरचाह गरिरहेका थिए तर परमेश्वरले दाऊदलाई, उहाँका आफ्ना मानिसहरूलाई, हेरचाह गर्ने काम सुम्पनु भयो। याकूबका मानिसहरूको हेरचाह गर्ने, इस्राएल का मानिसहरूलाई हेरचाह गर्ने, परमेश्वरको सम्पत्ति हेरचाह गर्ने काम सुम्पनु भयो। दाऊदले आफ्नो शुद्ध हृदयले तिनीहरूलाई डोर्याए। र खुब सतर्कता साथ तिनीहरूलाई अगुवाई गरे।
भजनसंग्रह 78:56-72 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर तिनीहरूले सर्वशक्तिमान् परमेश्वरको विरुद्धमा विद्रोह गरे, र उहाँको परीक्षा गरे। तिनीहरूले उहाँका आज्ञाहरू मानेनन्। तर तिनीहरू आफ्ना पुर्खाहरूजस्तै विद्रोही र विश्वासघाती भए, बाङ्गो काँडझैँ भर पर्न नसकिने भए। तिनीहरूले अरू देवी-देवताका पूजा गर्ने स्थानहरू बनाएकाले उहाँको रिस जगाए र आफ्ना मूर्तिहरूद्वारा उहाँको क्रोध औधी दन्काइदिए। त्यो देखेर परमेश्वर रिसाउनुभयो र उहाँले आफ्ना प्रजालाई पूर्णरूपले इन्कार गर्नुभयो। उहाँले आफ्नो तम्बु शिलोमा त्याग्नुभयो, जहाँ हाम्रा बीच बास गर्नुभएको थियो। उहाँले हाम्रा शत्रुहरूलाई करारको सन्दुक कब्जा गर्न दिनुभयो। त्यो सन्दुक उहाँको शक्ति र महिमाको चिन्ह थियो। उहाँ आफ्नै प्रजासँग रिसाउनुभयो, शत्रुहरूलाई तिनीहरूको संहार गर्न दिनुभयो। युवाहरू लडाइँमा मारिए र युवतीहरूले विवाह गर्ने कोही पाएनन्। हिँसाले पुरोहितहरू मारिए र तिनका विधवाहरूले शोक मनाउनसम्म पाएनन्। अन्तमा निद्रादेखि बिउँझेझैँ प्रभु जाग्नुभयो, मद्यले रन्केको मानिसझैँ उहाँ उठ्नुभयो। धेरै दिन लाजमा पर्ने गरी हार गराएर उहाँले तिनीहरूलाई धपाउनुभयो। उहाँले योसेफका सन्तानलाई अस्वीकार गर्नुभयो, उहाँले एफ्राइम कुललाई चुन्नुभएन। त्यसका सट्टामा उहाँले यहूदा कुल र सियोन पहाडलाई चुन्नुभयो, जुन सियोन पहाडलाई उहाँले खुबै प्रेम गर्नुहुन्छ। त्यस ठाउँमा उहाँले स्वर्गको आफ्नो भवनजस्तै आफ्नो मन्दिर बसाल्नुभयो; त्यसलाई पृथ्वीजस्तै दरिलो गरी सघैंभरिको लागि सुरक्षित बनाउनुभयो। उहाँले आफ्ना दास दाऊदलाई चुन्नुभयो, आफ्ना भेडा-बाख्राको बथान चराइरहेको चरनबाट लिनुभयो; उहाँले त्यसलाई इस्राएलका राजा बनाउनुभयो र परमेश्वरका प्रजाको गोठालो बनाउनुभयो। दाऊदले तिनीहरूलाई निस्वार्थसित हेरचाह गरे, र तिनीहरूलाई निपूणतासाथ डोर्याए।