भजनसंग्रह 107:35-43
भजनसंग्रह 107:35-43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले मरुभूमिलाई तालहरूमा, र सुक्खा जमिनलाई बग्ने खोलाहरूमा परिवर्तन गरिदिनुभयो। परमप्रभुले भोकाएकाहरूलाई त्यहाँ बस्न ल्याउनुभयो, अनि तिनीहरूले आफू बस्नलाई एउटा सहर निर्माण गरे। तिनीहरूले खेतमा बीउ छरे र दाखबारी लगाए, जसले असल फसल उत्पादन गर्यो। उहाँले तिनीहरूलाई आशिष् दिनुभयो, अनि तिनीहरूको सङ्ख्यामा धेरै वृद्धि भयो, र तिनीहरूका गाईबस्तुहरूलाई उहाँले घट्न दिनुभएन। अत्याचार, विपत्ति र शोकले गर्दा, तिनीहरूको संख्या घट्यो र तिनीहरू होच्याइए। उहाँ जसले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ, तिनीहरूलाई पथहीन मरुस्थलहरूमा भड्किहिँड्न दिनुभयो। तर दरिद्रहरूलाई उहाँले तिनीहरूको विपद्बाट उकास्नुभयो, र तिनका परिवारहरू भेड़ाका बथानझैँ बढ़ाउनुभयो। सोझाहरू यो देख्तछन्, र आनन्दित हुन्छन्, तर सबै दुष्टहरू आफ्ना मुख बन्द राख्छन्। जो बुद्धिमान् छ, त्यसले यी कुराहरूमा ध्यान देओस्, र परमप्रभुको महान् करुणामाथि विचार गरोस्।

भजनसंग्रह 107:35-43 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले मरुभूमिलाई तालमा र सुक्खा जमिनलाई पानीका मूलमा परिवर्तन गर्नुभयो; उहाँले त्यहाँ भोकाहरूलाई बासको निम्ति ल्याउनुभयो, र तिनीहरूले बसोबास गर्न सक्ने एउटा सहर निर्माण गरे। तिनीहरूले खेतबारीमा बिउ छरे, र दाखबारी लगाए, अनि प्रशस्त उब्जनी कटनी गरे; उहाँले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूको जनसंख्या बढाउनुभयो; अनि तिनीहरूका गाईबस्तुका बथान घट्न दिनुभएन। त्यसपछि अत्याचार, विपत्ति र शोकले गर्दा, तिनीहरूको जनसंख्या घट्यो र तिनीहरू होच्याइए; उहाँले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ, र तिनीहरूलाई पथविहीन उजाड ठाउँहरूमा भौँतारिँदै हिँड्ने बनाउनुभयो। तर गरिबहरूलाई उहाँले तिनीहरूका दुःखबाट उठाउनुभयो, र तिनीहरूका परिवारहरूलाई भेडाका बगालझैँ बढाउनुभयो। धर्मी मानिसहरू यो देखेर हर्षित हुन्छन्, तर सबै दुष्टहरूचाहिँ आफ्नो मुख बन्द गर्छन्। जो बुद्धिमान् छ, त्यसले यी कुराहरूमा ध्यान देओस्, र याहवेहको महान् प्रेममाथि चिन्तन गरोस्।
भजनसंग्रह 107:35-43 पवित्र बाइबल (NERV)
परमेश्वरले मरुभूमिलाई पानीको पोखरीमा परिवर्त्तन गर्नुभयो। परमेश्वरले बाँझो जमीनमा पानीको मूल फुटाउनु भयो। परमेश्वरले भोकाएका मानिसहरूलाई राम्रो ठाउँमा लानुभयो। अनि तिनीहरूले आफ्नो निम्ति शहर बसाए। ती मानिसहरूले त्यस धर्तीमा बिऊ छरे, र तिनीहरूले त्यहाँ अङ्गुरको खेती गरे। अनि तिनीहरूले असल बाली पाउन सके। परमेश्वरले ती मानिसहरूलाई आशीर्वाद दिनु भयो। तिनीहरूका सन्तानहरू बढे। तिनीहरूका अधिक भन्दा अधिक पशुहरू भए। घोर विपत्ति र सङ्कटहरूले गर्दा तिनीहरूका परिवारहरू सानो र कमजोर भए। परमेश्वरले तिनीहरूका शासकहरूलाई लज्जित र व्याकुल पार्नु भयो। उहाँले तिनीहरूलाई मरुभूमिमा भडकिहिँड्ने बनाउनु भयो जहाँ कुनै बाटो छैन। त्यसपछि परमेश्वरले ती गरीब मानिसहरूलाई तिनीहरूको दुःखबाट मुक्ति दिनुभयो। अनि तिनीहरूका परिवारहरू भेंडाका बथानहरू जस्ता विशाल हुँदै गए। असल मानिसहरूले त्यसलाई देख्छन् अनि तिनीहरू आनन्दित हुन्छन् तर दुष्ट मानिसहरूले त्यसलाई देखे पछि अनुहार खुम्च्याउँछन्। यदि कुनै मानिस ज्ञानी छ भने उसले यी कुराहरू सम्झने छ। परमेश्वरको प्रेम के हो, त्यसपछि मात्र उसले वास्तविक रूपमा बुझ्न थाल्नेछ।
भजनसंग्रह 107:35-43 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँले मरुभूमिलाई पानीको पोखरी बनाइदिनुभयो र सुखा भूमिलाई बग्ने खोलाहरूमा। उहाँले भोका मानिसहरूलाई त्यहाँ बस्न दिनुभयो र तिनीहरूले आफू बस्नलाई एउटा सहर बसाले। तिनीहरूले खेत-बारीमा बिउ छरे, अङ्गुरको बोट रोपे र प्रशस्त अन्न कटनी गरे। उहाँले आफ्ना प्रजालाई आशीर्वाद दिनुभयो र तिनीहरूका सन्तान धेरै भए, उहाँले तिनीहरूलाई गाई-वस्तुका बथानलाई घट्न दिनुभएन। जब निष्ठुर सतावट र दु:ख-कष्टले गर्दा परमेश्वरका प्रजाको हार र अपमान भयो, तब तिनीहरूका खेदो गर्नेहरूलाई उहाँले अपमानित तुल्याएर बोट नभएको मरुभूमिमा बरालिन लाउनुभो। तर अभावमा परेकाहरूलाई तिनीहरूका कष्टदेखि बचाउनुभयो, उहाँले तिनीहरूका परिवारलाई भेडाका बथानझैँ बढाउनुभयो। धर्मीहरूले यो देखेर रमाउँछन्, तर सबै दुष्टहरूका मुख चुप पारिन्छ। बुद्धिमान्हरूले यी कुराहरूबारे विचार गरून्, तिनीहरूले परमप्रभुको अनन्त प्रेमलाई मानिलिऊन्।