YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 106:16-31

भजनसंग्रह 106:16-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

छाउनीमा तिनीहरू मोशासित र परमप्रभुमा अर्पण गरिएका हारूनसँग डाहा गरे। धर्ती फाटेर दातानलाई निल्‍यो, र अबीरामको दललाई पुरिदियो। तिनीहरूका समर्थकहरूका बीचमा आगो दन्‍किउठ्यो, आगोको ज्‍वालाले दुष्‍टहरूलाई भस्‍म पार्‍यो। होरेबमा तिनीहरूले बाछा बनाए, र धातुको मूर्तिपूजा गरे। यसरी तिनीहरूले आफ्‍नो गौरवलाई घाँस खाने गोरुको मूर्तिसँग साटे। तिनीहरूले आफ्‍ना उद्धारकर्ता परमेश्‍वरलाई बिर्से, जसले मिश्रदेशमा महान्‌ कार्यहरू गर्नुभएको थियो, जसले हामको देशमा आश्‍चर्यकर्महरू, र लाल समुद्रको किनारमा भयङ्कर काम गर्नुभएको थियो। यसकारण उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुभएको थियो, तर उहाँको विनाश पार्ने क्रोध हटाउनलाई उहाँका चुनिएका जन मोशा उहाँको सामुन्‍ने खड़ा भए। तब तिनीहरूले सुन्दर देशलाई तुच्‍छ ठाने, तिनीहरूले उहाँको प्रतिज्ञामा विश्‍वास गरेनन्‌। तिनीहरू आफ्‍ना पालहरूमा गनगनाए, र परमप्रभुको आज्ञापालन गरेनन्‌, यसकारण तिनीहरूलाई उजाड-स्‍थानमा विनाश पार्छु भनी उहाँले हात उचालेर शपथ खानुभयो, अनि तिनीहरूका वंशलाई जातिहरूका बीचमा छरपष्‍ट पार्छु, र तिनीहरूलाई देश-विदेशमा तितरबितर पार्छु भन्‍नुभयो। तिनीहरूले पोरको बाल देवताको पूजा गरे, र निर्जीव देवताहरूलाई चढ़ाएका बलिका थोकहरू खाए। तिनीहरूले आफ्‍ना दुष्‍ट कामले परमप्रभुलाई क्रोधित पारे, र तिनीहरूमा रूढ़ी फैलियो। तर पीनहास उठेर मध्‍यस्‍थता गरे, र यसैले रूढ़ी थामियो। अनि यो तिनको निम्‍ति पुस्‍तौँसम्‍म सदाको लागि धार्मिकता गनियो।

शेयर गर्नुहोस्
भजनसंग्रह 106 पढ्नुहोस्

भजनसंग्रह 106:16-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिनीहरूले छाउनीमा मोशासित र याहवेहमा अर्पण गरिएका हारूनसँग डाह गरे। तब धर्ती फाटेर दातानलाई निल्यो; र अबीरामको दललाई पुरिदियो। तिनीहरूका समर्थकहरूका बीचमा आगो दन्क्यो; ज्वालाले दुष्‍टहरूलाई भस्म पार्‍यो। होरेबमा तिनीहरूले एउटा बाछा बनाए; र धातुको त्यस मूर्तिलाई आराधना गरे। यसरी तिनीहरूले परमेश्‍वरलाई दिने आफ्ना महिमा घाँस खाने साँढेको मूर्तिसँग साटे। तिनीहरूले आफ्ना उद्धारकर्ता परमेश्‍वरलाई बिर्से, जसले इजिप्टमा महान् कामहरू गर्नुभएको थियो; जसले हामको देशमा अचम्मका कामहरू, र लाल समुद्रको किनारमा अद्‌भुत कार्यहरू गर्नुभएको थियो। यसकारण उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुभयो। तर उहाँका चुनिएका जन मोशा तिनीहरूलाई नाश पार्ने उहाँको क्रोध हटाउनलाई उहाँको सामु खडा भए। तब तिनीहरूले त्यो आनन्दको देशलाई तुच्छ ठाने; उहाँका प्रतिज्ञामा तिनीहरूले विश्‍वास गरेनन्। तिनीहरूले आफ्ना पालहरूमा गनगन गरे; र याहवेहमा आज्ञाकारी भएनन्। यसकारण तिनीहरूलाई उजाडस्थानमा विनाश पार्छु भनी उहाँले हात उचालेर शपथ खानुभयो, तिनीहरूका वंशलाई जातिहरूका बीचमा छरपस्ट पार्छु, र तिनीहरूलाई देश-विदेशभरि तितरबितर पार्छु भन्‍नुभयो। तिनीहरूले पोर भन्‍ने ठाउँको बाल-देवताको पूजा गरे, र निर्जीव देवताहरूलाई चढाइएका बलिका थोकहरू खाए। तिनीहरूले आफ्ना दुष्‍ट कामहरूद्वारा याहवेहलाई क्रोधित तुल्याए; अनि तिनीहरूका बीचमा महामारी फैलियो। तर पीनहासले साहसका साथ हस्तक्षेप गरे; र महामारी थामियो। यो तिनको निम्ति अनन्त पुस्ताहरूको लागि धार्मिकताझैँ गनियो।

भजनसंग्रह 106:16-31 पवित्र बाइबल (NERV)

मानिसहरू मोशादेखि डाह गर्न थाले। तिनीहरू हारूनदेखि पनि ईर्ष्यालु भए जो परमप्रभुका पवित्र पूजाहारी हुनुहुन्थ्यो। यसैकारण परमेश्वरले ती डाही मानिसहरूलाई दण्ड दिनुभयो। धर्ती चिरिएर दातानलाई निलिदियो। त्यसपछि चिरिएको जमीन बन्द भए अनि अबिरामको समुदाय जमीन भित्र छोपिएर गयो। तब त्यस भीडको माझमा आगो लाग्यो, र त्यो आगोले ती दुष्टहरूलाई जलाई दियो। ती मानिसहरूले होरेब पर्वतमा सुनको बाछो बनाएर तिनीहरूले त्यस मूर्तिलाई पूजा गरे! तिनीहरूले आफ्ना गौरवमय परमेश्वरसित घाँस खाने बाछोको मूर्ति साटे। परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। तर तिनीहरूले उहाँको बारेमा ती सबै बिर्सीदिए। जुन परमेश्वरले मिश्रमा महान कार्यहरू गर्नु भएको थियो, तिनीहरूले उहाँको बारेमा भुलिदिए। परमेश्वरले हाम्रो देशमा आश्चर्यजनक कुराहरू गर्नुभयो। परमेश्वरले लाल समुद्रको छेउमा डरलाग्दो कामहरू गर्नुभयो! परमेश्वरले ती मानिसहरूलाई नष्ट गर्न चाहनु हुन्थ्यो। तर परमेश्वरले चुन्नु भएको दास मोशाले, बाटो छेके। परमेश्वर अत्यन्त रिसाउनु भयो, तर मानिसहरूमाथि परमेश्वरको रीस रोक्न मोशाले उहासँग बिन्ति गरे। यसैले परमेश्वरले मानिसहरूलाई नष्ट गर्नु भएन। तर ती मानिसहरूले कनान भन्ने रमाइलो ठाउँमा जान अस्वीकार गरिदिए। तिनीहरूले त्यस ठाउँमा भएका मानिसहरूलाई परास्त पार्न परमेश्वरले सहायता गर्नुहुन्छ भनी भरोसा गरेनन्। हाम्रा पिता-पुर्खाहरूले परमेश्वरका वचन पालन गर्न अस्वीकार गरे! तर तिनीहरूले आफ्नो परमेश्वरको विरोधमा नालिश गरे। यसकारण परमेश्वरले शपथ लिनु भयो कि तिनीहरू मरुभूमिमा मर्नेछन्। परमेश्वरले अन्य मानिसहरूले तिनीहरूका सन्तानहरूलाई परास्त गरोस् भनी वचन दिनुभयो परमेश्वर हाम्रा पिता-पूर्खाहरूलाई आफ्नै सम्प्रदायहरू माझ तितर-बितर पार्न वचनबद्ध हुनुभयो। त्यसपछि बाल-पोरमा, परमेश्वरका जनहरू बाललाई पूज्न भनी त्यहाँ सम्मिलित भए। परमेश्वरका मानिसहरू उत्सवमा सहभागी हुन पुगे र मरेका मानिसहरू का नाउँमा चढाएका बलिहरू खाए। परमेश्वर आफ्ना मानिसहरूमाथि भयङ्कर रूपमा क्रोधित भए अनि तिनीहरूलाई डरलाग्दो बिमारी पारिदिनु भयो। तर पीनहासले परमेश्वर प्रति प्रार्थना गरे। अनि त्यो हैंजा रोकियो। पीनहासले उचित काम गरेको परमेश्वरलाई थाहा थियो। परमेश्वरले उसलाई सदा-सर्वदा सम्झनु हुने छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 106 पढ्नुहोस्

भजनसंग्रह 106:16-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुका पवित्र सेवकहरू; मोशा र हारूनलाई, तिनीहरूले मरुभूमिमा ईर्ष्‍या गरे। तब पृथ्‍वी फाट्यो र दातानलाई निल्‍यो र अबीराम र त्‍यसका परिवार त्‍यहाँ गाडिए। तिनीहरूका पछि लाग्‍नेहरूमाथि आगोको वर्षा भयो र ती दुष्‍ट मानिसहरू भस्‍म भए। तिनीहरूले होरेबमा सुनको बाछो बनाए र त्‍यस मूर्तिको पूजा गरे। तिनीहरूले परमेश्‍वरलाई दिने महिमालाई एउटा घाँस खाने पशुको मूर्तिसँग साटे। मिश्रमा आफ्‍ना सामर्थी कामहरूद्वारा तिनीहरूलाई बचाउनुहुने परमेश्‍वरलाई तिनीहरूले बिर्से। त्‍यहाँ कस्‍ता उदेकका कामहरू उहाँले गर्नुभयो! लाल समुद्रमा कस्‍ता आश्‍चर्यका काम गर्नुभयो! जब परमेश्‍वरले ती आफ्‍ना प्रजालाई नाश गर्ने काम गर्नुभयो, तब उहाँको चुनिएका सेवक मोशा खडा भएर तिनीहरूलाई परमेश्‍वरको क्रोधबाट नष्‍ट हुनदेखि बचाए। तर तिनीहरूले परमेश्‍वरको प्रतिज्ञामा भरोसा नगरेका कारणले तिनीहरूले त्‍यो मनोहर देशलाई इन्‍कार गरिबसे। तिनीहरूले आफ्‍ना तम्‍बुमा गनगन गरिबसे र परमप्रभुको वचन सुनेनन्। यसकारण उहाँले तिनीहरूलाई एउटा कडा चेतावनी दिनुभयो, “म तिमीहरूलाई मरुभूमिमा नष्‍ट पार्नेछु।” तिनीहरूका सन्‍तान अविश्‍वासीहरूका माझमा छरपष्‍ट हुने र परदेशमा मर्नुपर्ने चेतावनी दिनुभयो। तब पोरमा परमेश्‍वरको प्रजाले बाल देवताको पूजामा भाग लिए र निर्जीव देवताहरूलाई बलि चढाएका कुराहरू खाए। यसरी आफ्‍ना कामले तिनीहरूले परमप्रभुको क्रोधलाई जगाए र तिनीहरूका बीचमा एउटा डरलाग्‍दो रोग फैलियो। पीनहासले उठेर अपराधीहरूलाई दण्‍ड दिए र त्‍यो रुढी बन्‍द भयो। त्‍यसपछि सधैँ यो कुरा उनका गुणको रूपमा याद गरिन्‍छ र सधैँ त्‍यसरी याद गरिनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 106 पढ्नुहोस्