भजनसंग्रह 105:12-22
भजनसंग्रह 105:12-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरका प्रजा थोरै थिए, तिनीहरू कनान देशमा परदेशी थिए। तिनीहरू एक देशदेखि अर्को देश, एक राज्यदेखि अर्को राज्य गरेर डुलिहिँड्थे। तर परमप्रभुले कसैलाई तिनीहरूलाई सताउन दिनुभएन, तिनीहरूका रक्षाको लागि उहाँले राजाहरूलाई चेतावनी दिनुभयो: “मेरा चुनिएका सेवकहरूलाई हानि नगर, मेरा अगमवक्ताहरूलाई नछुनू।” परमप्रभुले तिनीहरूका देशमा अनिकाल पठाउनुभयो र तिनीहरूका सबै खानेकुरा खोसिलिनुभयो। उहाँले तिनीहरूको अघि-अघि एक जना मानिस पठाउनुभयो: योसेफ, जसलाई दास बनाएर बेचिएको थियो। उनका खुट्टाहरू साङ्लामा बाँधिएका थिए, उनले भनेका भविष्यवाणी पूरा नहोऊञ्जेलसम्म उनको घिच्रामा फलामको सिक्री बाँधिएको थियो। परमप्रभुको वचनले उनलाई साँचो प्रमाणित गर्यो। मिश्रका राजाले उनलाई छोडिदिए, जाति-जातिका शासकले उनलाई छुटकारा दिए। तिनले उनलाई आफ्नो राज्य चलाउने भार सुम्पे र सारा देशमाथि शासक खटाए। उनले राजाका भारदारहरूमाथि शक्ति चलाए र सल्लाहकारहरूलाई आदेश दिने अधिकार पाए।
भजनसंग्रह 105:12-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब तिनीहरू गन्तीमा थोरै मात्र थिए, साह्रै थोरै, र त्यसमा पनि विदेशी थिए, तिनीहरू एक राष्ट्रबाट अर्को राष्ट्रमा, र एक राज्यबाट अर्को राज्यमा फिरन्ता भई हिँड्थे। उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन। तिनीहरूका खातिर उहाँले राजाहरूलाई पनि यसो भनेर हप्काउनुभयो, “मेरा अभिषेक भएकाहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर।” उहाँले त्यस देशमा अनिकाल पठाउनुभयो, र अन्नका सारा आपूर्ति नै नष्ट गरिदिनुभयो। उहाँले योसेफ नाउँ भएका एक जनालाई तिनीहरूका अगि पठाउनुभयो, जो कमारा हुनलाई बेचिएका थिए। तिनको खुट्टामा तिनीहरूले नेल ठोकेर दु:ख दिए, र तिनको गलामा फलामको जन्जीर लगाइदिए, जबसम्म तिनको वचन पूरा भएन, तथा परमप्रभुको वचनले तिनलाई सच्चा प्रमाणित गरेन। राजाले मानिस पठाएर तिनलाई छुटकारा गरिदिए, जनताका शासकले तिनलाई बन्धनबाट मुक्त गरे। राजाले तिनलाई आफ्नो राजभवनका प्रधान बनाए, र आफ्ना सबै सम्पत्तिका शासक तुल्याए, उनका राजकुमारहरूलाई तिनले चाहेजस्तो सिकाउनलाई, र उनका बुज्रुकहरूलाई ज्ञानका कुरा सिकाउनलाई।
भजनसंग्रह 105:12-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिनीहरू संख्यामा थोरै थिए, अति थोरै र त्यसमाथि पनि परदेशी थिए, तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा, एउटा राज्यबाट अर्को राज्यमा भौँतारिँदै हिँड्थे। उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन; तिनीहरूको खातिर उहाँले राजाहरूलाई यसरी हप्काउनुभयो: “मेरा अभिषिक्त जनहरूलाई नछोओ; मेरा अगमवक्ताहरूलाई केही हानि नगर!” उहाँले त्यस देशमा अनिकाल पठाउनुभयो, र तिनीहरूका आहाराको सम्पूर्ण स्रोत नष्ट गरिदिनुभयो; उहाँले योसेफ नाम गरेका पुरुषलाई, तिनीहरूको अगि पठाउनुभयो— जो दासको रूपमा बेचिएका थिए। तिनका खुट्टाहरूमा नेल ठोकेर तिनीहरूले घाइते पारेका थिए; तिनको घाँटीमा फलामको साङ्लाले बाँधेका थिए, उहाँका अगमवाणी पूरा नभएसम्म, याहवेहको वचनले तिनलाई सत्य प्रमाणित नगरेसम्म; तिनीहरूले त्यसो गरे। राजाले मानिस पठाएर तिनलाई छुटाए; जनताका शासकले तिनलाई मुक्त गरे। राजाले तिनलाई आफ्नो घरको मालिक, र आफ्ना सबै धनसम्पत्तिको शासक बनाए। तिनकै इच्छाअनुसार आफ्ना राजकुमारहरूलाई बुद्धि सिकाऊन्, र आफ्ना प्रधानहरूलाई ज्ञानका कुरा सिकाऊन् भनी खटाए।

भजनसंग्रह 105:12-22 पवित्र बाइबल (NERV)
परमेश्वरले त्यो वचन त्यतिबेला राख्नु भएको थियो। जब अब्राहामका परिवारहरू स-साना थिए। तिनीहरू त्यहाँ परदेशीहरू जस्तै बसे। तिनीहरू एक जातिदेखि अर्को जाति, एक राज्य देखि अर्को राज्य हुँदै भ्रमण गर्दै हिंडे। तर परमेश्वरले तिनीहरूप्रति अत्याचार गर्न दिनु भएन। परमेश्वरले राजाहरूलाई पनि तिनीहरूलाई दुःख नदिनु भनेर चेताउनी दिनुभएको थियो। परमेश्वरले भन्नुभयो, “मैले रोजेका मानिसहरूलाई दुःख नदेऊ। मेरो अगमवक्ताहरू प्रति अधर्मी व्यवहार गर्दै नगर।” परमेश्वरले त्यस देशमा अनिकाल पारिदिनु भयो। मानिसहरूले खानलाई प्रशस्त भोजन पाएनन्। तर परमेश्वरले यूसुफ नाउँका एकजनालाई तिनीहरूको अगाडि त्यस ठाउँमा पठाउनु भयो। यूसुफ एक कमारा सरह बेचियो। तिनीहरूले यूसुफका खुट्टा वरिपरि डोरीले कसे। तिनीहरूले उनको घाँटी वरिपरि फलामको घेरा हाली दिए। उनले भनेका अगमवाणी कुराहरू साँच्चै नहुन्जेल सम्म तिनी दास सरह नै भए। परमप्रभुको सन्देशले प्रमाण गर्यो कि यूसुफ ठीक मानिस हो। यसैले मिश्रका राजाले उनलाई मुक्त गरिदिएँ। राष्ट्रका शासकले उनलाई जेल मुक्त गरिदिएँ। उहाँले यूसुफलाई आफ्नो घरको जिम्मामा राखिदिए, यूसुफले आफ्नो स्वामीको सबै सम्पत्तिमाथि हेरचाह गरे। यूसुफले अन्य अगुवाहरूलाई निर्देश दिए। यूसुफले बुढापाकाहरूलाई शिक्षा दिए।