भजनसंग्रह 103:13-22
भजनसंग्रह 103:13-22 पवित्र बाइबल (NERV)
परमप्रभु आफ्ना भक्तजनहरूसँग त्यस्तो स्नेही हुनुहुन्छ, जसरी एक पिता आफ्ना छोरा-छोरीहरूसँग हुन्छ। परमेश्वरले हाम्रो बारेमा सबै कुराहरू जान्नुहुन्छ, हामी धूलाका कणहरूबाट बनिएका हौं भनेर परमेश्वर जान्नुहुन्छ। हाम्रो जीवन छोटो छ भनेर उहाँले जान्नुहुन्छ। हाम्रो जीवन घाँस जस्तै हो भन्ने कुरा पनि जान्नुहुन्छ। परमेश्वर जान्नुहुन्छ हामीहरू जङ्गली फूलहरू जस्तै हौं। जुन फूलहरू छिट्टै हुर्किन्छन्,। त्यसपछि तातो बतासको झोका आएर मर्छन। झट्टै तिमी भन्न सक्दैनौ कि फूल कहाँ फुलिरहेथ्यो। तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैँ माया गर्नुभयो अनि उहाँले आफ्ना भक्तजनहरूलाई अनवरत प्रेम गर्नुहुन्छ। परमेश्वरको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ। परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ, जसले उहाँको करार पालन गर्छ। परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ, जसले उहाँको आदेश पालन गर्छन्। परमेश्वरको सिंहासन स्वर्गमा छ। अनि उहाँले सबै थोकमा शासन गर्नुहुन्छ। हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर। तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्। तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ। हे उहाँका सबै सिपाहीहरू! परमप्रभुको प्रशंसा गर। तिमीहरू उहाँको दासहरू हौ। जो परमप्रभुले इच्छा गर्नुहुन्छ तिमीहरू त्यही काम गर्दछौ। परमप्रभुले प्रत्येक थोक प्रत्येक ठाउँमा बनाउनु भयो। परमेश्वरले प्रत्येक ठाउँमा भएका सबै थोकहरूमा राज गर्नु हुन्छ, अनि ती सबै थोकहरूले परमप्रभुको गुण-गाऊनु पर्छ! हे मेरो प्राण परमप्रभुको गुण-गान गर!
भजनसंग्रह 103:13-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एउटा बुबा आफ्ना छोरा-छोरीहरूसँग जति दयालु हुन्छ, आफ्ना आदर गर्नेहरूसँग परमप्रभु त्यति नै दयालु हुनुहुन्छ। हामी केले बनिएका छौं, उहाँले जान्नुहुन्छ, हामी माटो मात्र हौं भनी उहाँलाई याद छ। हाम्रो बारेमा चाहिँ: हाम्रो जीवन घाँसजस्तै छ, जङ्गली फूलझैँ हामी फुल्दछौं र बढ्छौं; तब हावा त्योमाथि बहन्छ र त्यो उडि जाँदछ र त्यसलाई फेरि कसैले देख्दैनन्। तर परमप्रभुलाई आदर गर्नेहरूको लागि चाहिँ उहाँको प्रेम सदाकालको निम्ति रहनेछ। उहाँको करार साँचो प्रकारले मान्नेहरूमाथि र उहाँका आज्ञा विश्वासयोग्यसाथ पालन गर्नेहरूमाथि तिनीहरूका पुस्ता-पुस्तासम्म उहाँको भलाइ रहिरहनेछ। परमप्रभुले स्वर्गमा आफ्नो सिंहासन राख्नुभो, सबैमाथि उहाँले राज्य गर्नुहुन्छ। तिमी उहाँका आज्ञा मान्ने र उहाँका वचन सुन्ने, बलिया र सामर्थी स्वर्गदूतहरूले परमप्रभुको प्रशंसा गर। स्वर्गका सबै शक्तिहरू, जसले उहाँको सेवा र इच्छा पालन गर्दछन्, तिमीहरूले परमप्रभुको प्रशंसा गर! उहाँका राज्यका सबै ठाउँहरूमा भएका सबै प्राणीहरूले परमप्रभुको प्रशंसा गर। हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्!
भजनसंग्रह 103:13-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई टिठ्याउँछन्, त्यसरी नै उहाँका भय मान्नेहरूलाई परमप्रभुले टिठ्याउनुहुन्छ। किनभने उहाँ जान्नुहुन्छ, हाम्रो सृष्टि कसरी भएको हो, हामी धूलो मात्र हौं भनी उहाँ सम्झनुहुन्छ। मानिसको आयु त घाँसको आयुजत्तिकै छ, मैदानको फूलझैँ त्यो ढकमक्क फुल्दछ, अनि बतास त्यस फूलमाथि भएर जान्छ, र त्यो विलीन हुन्छ, र त्यसको ठाउँले पनि त्यसको याद गर्दैन। तर परमप्रभुको करुणा आफ्ना भक्तहरूमाथि र उहाँको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ— तिनीहरूमाथि ज-जसले उहाँको करार पालन गर्दछन्, र उहाँका आदेशहरू पालन गर्न ख्याल गर्छन्। परमप्रभुले आफ्नो सिंहासन स्वर्गमा स्थिर गर्नुभएको छ, र उहाँको प्रभुत्वले सबैमाथि शासन गर्दछ। हे उहाँका स्वर्गदूतहरू हो, उहाँको वचन पालन गर्ने शक्तिशाली जन हो, परमप्रभुको प्रशंसा गर। हे स्वर्गका सबै सेना हो, उहाँको इच्छाअनुसार काम गर्ने सेवक हो, परमप्रभुको प्रशंसा गर। हे उहाँका सारा सृष्टि हो, उहाँका समस्त राज्यमा रहेका हो, परमप्रभुको प्रशंसा गर। ए मेरो प्राण, परमप्रभुको प्रशंसा गर्!
भजनसंग्रह 103:13-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई टिठ्याउँछन्, त्यसरी नै याहवेहले उहाँको भय मान्नेहरूलाई टिठ्याउनुभएको छ; किनकि उहाँले हाम्रो बनावट जान्नुहुन्छ, हामी धुलो मात्र हौँ भनी उहाँ सम्झनुहुन्छ। मानिसको आयु घाँसजस्तो छ, मैदानका फूलझैँ त्यो ढकमक्क फुल्दछ; अनि बतास त्यस फूलमाथि भएर जाँदा त्यो विलाएर जान्छ; र त्यसको ठाउँले पनि त्यसको याद गर्दैन। तर याहवेहको अचुक प्रेम, उहाँको भय मान्नेहरूमाथि अनन्तदेखि अनन्तसम्म रहिरहन्छ र उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूका सन्तानहरूमाथि रहन्छ— तिनीहरूमाथि जस-जसले उहाँको करार पालन गर्दछन्, र उहाँका विधिहरू स्मरण गरेर त्यसअनुसार चल्दछन्। याहवेहले आफ्नो सिंहासन स्वर्गमा स्थापित गर्नुभएको छ; र उहाँको प्रभुत्वले सबैमाथि शासन गर्दछ। हे उहाँका शक्तिशाली स्वर्गदूतहरू हो, उहाँका आदेश सुनेर उहाँका योजना पूरा गर्नेहरू हो, याहवेहको प्रशंसा गर! हे उहाँका सारा स्वर्गीय सेनाहरू हो, उहाँको इच्छाअनुसार काम गर्ने सेवकहरू हो, याहवेहको प्रशंसा गर। हे याहवेहका सारा सृष्टि हो, उहाँका सबै राज्यमा रहेकाहरू हो, उहाँको प्रशंसा गर!