हितोपदेश 21:17-26
हितोपदेश 21:17-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सुख-विलासको प्रेम गर्ने दरिद्र हुनेछ, दाखमद्य र तेललाई प्रेम गर्ने कहिल्यै धनी हुनेछैन। धर्मीका छुटकाराको साधन दुष्टहरू हुनेछन्, र बेईमानहरूचाहिँ ईमानदारीसँग चल्नेको साधन हुनेछन्। झगड़ालु र रिसाहा पत्नीसँग बस्नुभन्दा बरु मरुभूमिमा बस्नु बेस। बुद्धिमान् मानिसको घरमा उत्तम भोजन र तेल मौजूद हुन्छ, तर मूर्ख मानिसले आफूसँग भएको सबै उड़ाउँछ। धार्मिकता र प्रेमको पछि लाग्नेले जीवन, समुन्नति र आदर पाउँछ। बुद्धिमान् मानिसले बलिष्ठको सहरमाथि आक्रमण गर्छ, र तिनीहरूले भरोसा गरेको बलियो गढ़ खँगार पारिदिन्छ। आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई आपद्-विपद्बाट जोगाउँछ। अहङ्कारी र शेखीबाज मानिसको नाउँ “खिल्ली उड़ाउने” हो, त्यसले अभिमानीसाथ व्यवहार गर्दछ। अल्छेको लालसाले नै त्यसलाई मार्नेछ, किनभने त्यसका हातहरू काम गर्न अस्वीकार गर्छन्। दिनभरि नै त्यसले झन् बढ्ता लालसा गरिरहन्छ, तर धर्मीले मुट्ठी खोलेर दिन्छ।

हितोपदेश 21:17-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सुख-विलास मन पराउने गरिब हुनेछ; दाखमद्य र विलासिता मन पराउने कहिल्यै धनी हुनेछैन। दुष्टहरू धर्मीहरूको उद्धारको मोल, र विश्वासघाती निर्दोषहरूको उद्धारको मोल हुनेछन्। झगडालु र गनगने पत्नीसित बस्नुभन्दा त बरु मरुभूमिमा बस्नु असल हुन्छ। बुद्धिमान् मानिसको घरमा मनपर्दो धन र तेल हुन्छ; तर मूर्ख मानिसले आफूसँग भएको सबै उडाउँछ। धार्मिकता र प्रेमको पछि लाग्नेले जीवन, उन्नति र सम्मान पाउँछ। बुद्धिमान् मानिसले पराक्रमीको सहरमा आक्रमण गर्छ, र तिनीहरूले भरोसा गरेको किल्ला भत्काइदिन्छ। आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई विपत्तिबाट जोगाउँछ। अहङ्कारी र अभिमानी मानिसको नाम, “गिल्ला गर्ने” हो, त्यसले अभिमानसाथ व्यवहार गर्दछ। अल्छेको इच्छा त्यसकै मृत्यु हुनेछ; किनकि त्यसका हातहरूले काम गर्न इन्कार गर्छन्। दिनभरि नै त्यसले अझ बढी चाहना गर्छ, तर धर्मीले नसाँचिकन उदारतापूर्वक दिन्छ।
हितोपदेश 21:17-26 पवित्र बाइबल (NERV)
जसले सूख-भोगलाई प्रेम गर्छ ऊ दरिद्र बन्छ। जसले दाखरस अनि तेललाई प्रेम गर्छ ऊ धनी हुनु सक्दैन्। एउटा दुष्ट मानिस एउटा धर्मी मानिसको निम्ति उद्धारक हुनेछ, अनि त्यसरीनै एउटा अविश्वासी मानिस ईमान्दार मानिसको निम्ति हुनेछ। छिटो रिसाउने र झगडा़लु स्वभाव भएकी पत्नी सित बस्नुभन्दा निर्जन मरुभूमिमा रहनु असल हुन्छ। बुद्धिमान मानिसले आफूलाई चाहिने चीजहरू संचय गरेर राख्छ भने, मूर्खले यो सबैलाई खाने र खर्च गर्नेछ। जो ईमान्दार जीवन जीउँछ र विश्वास देखाउँछ उसले असल जीवन, सम्पत्ति अनि आदर आर्जन गर्छ। एकजना ज्ञानी मानिसहरूले स-शस्त्र सेनाहरूको शहर आक्रमण गरे अनि उनीहरूको सुरक्षित र भरपर्दो किल्लालाई ध्वंश गरि दिए। ज्ञानी मानिसलाई कुनै कुराको अफ्ठेरो पर्दैन। जसले आफ्नो मुख र जिब्रोलाई नियन्त्रणमा राख्छ उसले आफैंलाई कष्टबाट रक्षा गर्छ। जो मानिस जसले आफूलाई अरू मानिसहरू भन्दा श्रेष्ट ठान्छ त्यो घमण्डी हो अनि उसलाई “खिल्ली उडाउनेवाला” नामद्वारा बोलाइन्छ, उसले अत्यन्त घमण्डकासाथ काम गर्छ। एउटा अल्छे मानिसको लालसाले उसलाई मार्छ, किनभने उसको हातहरूले काम गर्न अस्वीकार गर्छन्। लोभि मानिसले उसका सबै दिनहरू धेरै पाउँने इच्छ गर्दै बिताउँछ, तर धर्मी मानिसले उदारता पूर्वक दिन्छ।
हितोपदेश 21:17-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सुख-विलास, मीठो भोजन र मद्यपानमा जीवन व्यतित गर्नेहरू गरीब बन्नेछन्। दुष्टले धर्मी मानिसहरूलाई दिउँला भनेको दु:ख आफैंमाथि ल्याउँदछ। कचकचे र दोष दिइरहने स्त्रीसित बास गर्नुभन्दा त मरुभूमिमा गई बास गर्नु असल हो। बुद्धिमान् मानिसको घर धन-सम्पत्ति र तेलले भरिएको हुन्छ तर मूर्खले ती सबै उडाउँछ। दयालु र इमानदार मानिसको लामो आयु हुन्छ, उसलाई अरू मानिसहरूले आदर र न्यायको व्यवहार गर्छन्। चतुर सेनापतिले शक्तिशाली मानिसहरूले भरिएको सहर सजिलै लिन सक्छ र सहरका पर्खाल भताभुङ्ग पारिदिन्छ। कष्टमा पर्नु छैन भने आफ्नो मुख सम्हाली राख। अहङ्कारी मानिस मलाई देखाऊ अनि मैले तिमीलाई हठी, घमण्डी र अविवेकी मानिस देखाउनेछु। मिहेनेत गर्न इच्छा नगर्ने अल्छीले आफैंलाई मार्छ। आफूले चाहेका थोकबारे त्यसले सोचै मात्र गरिबस्छ। तर धर्मीले मुट्ठी खोलेर दिन्छ।