हितोपदेश 21:13-15
हितोपदेश 21:13-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
गरीबले पुकारा गर्दा यदि मानिसले आफ्नो कान बन्द गर्छ भने, त्यसले पनि पुकारा गर्नेछ तर जवाफ भने पाउनेछैन। गुप्तमा दिइएको उपहारले रीस मारिदिन्छ, र खास्टोभित्र लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गराउँछ। जब न्याय हुन्छ, धर्मीहरू हर्षित हुन्छन्, तर कुकर्मीहरू भने त्रासित हुन्छन्।

हितोपदेश 21:13-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसले गरिबको चीत्कार सुन्दैन, त्यसले पनि पुकार गर्दा जवाफ पाउनेछैन। गुप्तमा दिएको उपहारले क्रोधलाई शान्त गर्छ; लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गर्छ। उचित न्यायले धर्मी जनको हृदयमा आनन्द ल्याउँछ; तर कुकर्मीहरू भने त्रसित हुन्छन्।
हितोपदेश 21:13-15 पवित्र बाइबल (NERV)
यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन। गुप्तरूपले दिइएको उपहारले रीस शान्त पार्छ। लुकाएर दिएको घूसले अझै डरलाग्दो क्रोधलाई पनि शान्त पारिदिन्छ। न्यायले ईमान्दार मानिसहरूलाई आनन्दित तुल्याँउछ, तर कुकर्मीहरूलाई यसले भयभित पार्छ।
हितोपदेश 21:13-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कसैले दरिद्रको पुकार सुनेन भने त्यसले सहायताको निम्ति पुकार गर्दा पनि कसैले सुन्नेछैन। कोही रिसाएको छ भने सुटुक्क दिएको दानले त्यसको रिस मारिदिन्छ। ठीक न्याय हुँदा, धर्मी मानिसहरू रमाउँछन् तर दुष्टहरू निराश हुन्छन्।