YouVersion लोगो
खोज आइकन

हितोपदेश 16:8-17

हितोपदेश 16:8-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

धार्मिकतासित थोरै हुनु अन्‍यायसँग धेरै लाभ भएको भन्‍दा उत्तम हो। मानिसले आफ्‍नो हृदयमा आफ्‍नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्‍यसका कदमहरूको निर्धारण गर्नुहुन्‍छ। राजाका ओठले दिव्‍यवाणी बोल्‍दछ, र तिनको मुखले न्‍यायलाई आघात पुर्‍याउनुहुँदैन। ठीक नाप र तराजूहरू परमप्रभुबाटकै हुन्, थैलीमा भएका सबै ढकहरू उहाँकै काम हो। राजाहरूले कुकर्म घिनाउँछन्, किनभने धार्मिकताद्वारा नै सिंहासन स्‍थापित हुन्‍छ। राजाहरू ईमानदार ओठसँग प्रसन्‍न हुन्‍छन्, सत्‍य बोल्‍ने मानिसलाई तिनीहरू कदर गर्छन्‌। राजाको क्रोध मृत्‍युको दूत हो, तर बुद्धिमान्‌ मानिसले त्‍यो शान्‍त गराउँछ। जब राजाको मुहार उज्‍यालो हुन्‍छ, यसको अर्थ जीवन हुन्‍छ। तिनको निगाह वसन्‍त ऋतुका झरीको बादलजस्‍तै हो। सुनभन्‍दा बुद्धि प्राप्‍त गर्नु, र चाँदीभन्‍दा त बरु समझदारी चुन्‍नु कत्ति उत्तम हुन्‍छ। ईमानदारको मूलबाटो खराबीदेखि अलग रहन्‍छ। जसले आफ्‍नो बाटोको रखवाली गर्छ, त्‍यसले आफ्‍नो जीवनको रखवाली गर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 16 पढ्नुहोस्

हितोपदेश 16:8-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

इमानदारीसित कमाएको थोरै धन बेइमानीसित कमाएको धेरै धनभन्दा उत्तम हो। मानिसले यसो गरुँला, उसो गरुँला, भन्‍छ तर परमप्रभुले नै उसलाई काममा डोर्‍याउनुहुन्‍छ। राजा दिव्‍य अख्‍तियारले बोल्‍छन्, उनको न्‍याय सधैँ ठीक हुन्‍छ। परमप्रभुले ठीक-ठीक ढक र तराजुहरू चलाएको र उचित तरिकाले व्‍यापार गरेको चाहनुहुन्‍छ। राजाहरूले दुष्‍ट्याइँलाई सहन सक्‍दैनन् किनभने उचित न्‍यायले सरकार स्‍थिर रहँदछ। राजाले साँचो कुरा सुन्‍न चाहन्‍छन् र सत्‍य बोल्‍नेलाई उनले रुचाउँछन्। बुद्धिमान् मानिसले राजालाई खुसी राख्‍ने चेष्‍टा गर्छ। राजा रिसाउनाले कसैको ज्‍यान जान सक्‍छ। राजाको कृपा-दृष्‍टि बसन्‍त ऋतुमा झरी ल्‍याउने बादलजस्‍तै हो; त्‍यसले जीवन दिँदछ। सुन र चाँदी कमाउनुभन्दा ज्ञान र बुद्धि प्राप्‍त गर्नु धेरै असल हो। सोझा मानिसहरू कुबाटोतिर जाँदैनन्, कतातिर जाँदछौ, होशियार गर्‍यौ भने आफ्‍नो प्राण जोगाउँछौ।

शेयर गर्नुहोस्
हितोपदेश 16 पढ्नुहोस्

हितोपदेश 16:8-17 पवित्र बाइबल (NERV)

बेइमानीको माध्यमबाट पाएको ठूलो लाभ भन्दा, धार्मिकताबाट कामाएको थोरै धन उत्तम हो। हृदयमा मानिसले आफ्नो मार्ग ठीक पार्छ तर परमप्रभुले उसको गोडाहरूलाई मार्ग दर्शन गराउनु हुन्छ। राजाले बोलेको नै नियम बन्दछ, यसर्थ उसले न्यायसँग बोल्नु पर्छ। सही तराजु र नाप परमप्रभु सित सम्बन्धित रहन्छन्। उहाँ चाहानु हुन्छ कि सबै व्यवसाय-धन्धाहरू न्याय पूर्वक रहुन्। राजाले दुष्ट्याईं गर्नु घृणीत हो किनभने धार्मीकताद्वारा सिंहासन सबल हुन्छ। साँच्चो कुरा सुन्न मन पराउँने राजाहरूले ईमानदारीसंग बोल्ने मानिसहरूलाई मन पराउँछन्। जब राजा क्रोधित हुन्छ उसले कसैलाई पनि मार्न सक्छ तर ज्ञानी मानिसले उसलाई शान्त गराउँन सक्छ। राजा खुशी भए प्रत्येकको जीवन राम्रो हुन्छ। जब राजा तिमी सित खुशी हुन्छ, तब वसन्त ऋतुमा बादलबाट पानी परे झैं हुन्छ। ज्ञान प्राप्त गर्नु सुन भन्दा असल हो। समझशक्ति प्राप्त गर्नु चाँदी भन्दा असल हो। धर्मी मानिसहरूको बाटोले दुर्भाग्यलाई त्याग्छ, आत्मालाई जोगाउँन चाहने मानिसले ऊ कहाँ जान्छ त्यसको ख्याल गर्नु पर्छ।

हितोपदेश 16:8-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

बेइमानी गरेर कमाएको प्रशस्त कमाइभन्दा, धार्मिकताको साथमा थोरै भएको असल हुन्छ। मानिसले हृदयमा आफ्नो योजना बनाउँछ; तर त्यसका कदमहरू भने याहवेहले नै निर्धारण गर्नुहुन्छ। राजाको ओठले ईश्‍वरवाणी बोल्दछ; र तिनको मुखले न्यायलाई चोट पुर्‍याउनुहुँदैन। ठिक तराजु र तौल याहवेहकै हुन्, थैलोभित्रका सबै ढकहरू उहाँद्वारा नै बनिएका हुन्। राजाहरूले कुकर्मलाई घृणा गर्दछन्, किनकि धार्मिकताद्वारा नै सिंहासन स्थापित हुन्छ। राजाहरूले इमानदार ओठलाई मन पराउँछन्; सत्य बोल्ने मानिसलाई तिनीहरूले मन पराउँछन्। राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले त्यसलाई शान्त गराउँछ। जब राजाको अनुहार उज्यालो हुन्छ, तब त्यसको अर्थ जीवन हुन्छ; अनि तिनको निगाह बसन्त ऋतुका झरीको बादलजस्तै हो। सुनभन्दा बुद्धि प्राप्‍त गर्नु, र चाँदीभन्दा समझदारी रोज्नु कत्ति असल हो! धर्मीको राजमार्ग खराबीदेखि अलग रहन्छ; आफ्नो चालको रक्षा गर्नेहरूले आफ्नो जीवनको रक्षा गर्छन्।

शेयर गर्नुहोस्
हितोपदेश 16 पढ्नुहोस्

हितोपदेश 16:8-17 पवित्र बाइबल (NERV)

बेइमानीको माध्यमबाट पाएको ठूलो लाभ भन्दा, धार्मिकताबाट कामाएको थोरै धन उत्तम हो। हृदयमा मानिसले आफ्नो मार्ग ठीक पार्छ तर परमप्रभुले उसको गोडाहरूलाई मार्ग दर्शन गराउनु हुन्छ। राजाले बोलेको नै नियम बन्दछ, यसर्थ उसले न्यायसँग बोल्नु पर्छ। सही तराजु र नाप परमप्रभु सित सम्बन्धित रहन्छन्। उहाँ चाहानु हुन्छ कि सबै व्यवसाय-धन्धाहरू न्याय पूर्वक रहुन्। राजाले दुष्ट्याईं गर्नु घृणीत हो किनभने धार्मीकताद्वारा सिंहासन सबल हुन्छ। साँच्चो कुरा सुन्न मन पराउँने राजाहरूले ईमानदारीसंग बोल्ने मानिसहरूलाई मन पराउँछन्। जब राजा क्रोधित हुन्छ उसले कसैलाई पनि मार्न सक्छ तर ज्ञानी मानिसले उसलाई शान्त गराउँन सक्छ। राजा खुशी भए प्रत्येकको जीवन राम्रो हुन्छ। जब राजा तिमी सित खुशी हुन्छ, तब वसन्त ऋतुमा बादलबाट पानी परे झैं हुन्छ। ज्ञान प्राप्त गर्नु सुन भन्दा असल हो। समझशक्ति प्राप्त गर्नु चाँदी भन्दा असल हो। धर्मी मानिसहरूको बाटोले दुर्भाग्यलाई त्याग्छ, आत्मालाई जोगाउँन चाहने मानिसले ऊ कहाँ जान्छ त्यसको ख्याल गर्नु पर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 16 पढ्नुहोस्

हितोपदेश 16:8-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

इमानदारीसित कमाएको थोरै धन बेइमानीसित कमाएको धेरै धनभन्दा उत्तम हो। मानिसले यसो गरुँला, उसो गरुँला, भन्‍छ तर परमप्रभुले नै उसलाई काममा डोर्‍याउनुहुन्‍छ। राजा दिव्‍य अख्‍तियारले बोल्‍छन्, उनको न्‍याय सधैँ ठीक हुन्‍छ। परमप्रभुले ठीक-ठीक ढक र तराजुहरू चलाएको र उचित तरिकाले व्‍यापार गरेको चाहनुहुन्‍छ। राजाहरूले दुष्‍ट्याइँलाई सहन सक्‍दैनन् किनभने उचित न्‍यायले सरकार स्‍थिर रहँदछ। राजाले साँचो कुरा सुन्‍न चाहन्‍छन् र सत्‍य बोल्‍नेलाई उनले रुचाउँछन्। बुद्धिमान् मानिसले राजालाई खुसी राख्‍ने चेष्‍टा गर्छ। राजा रिसाउनाले कसैको ज्‍यान जान सक्‍छ। राजाको कृपा-दृष्‍टि बसन्‍त ऋतुमा झरी ल्‍याउने बादलजस्‍तै हो; त्‍यसले जीवन दिँदछ। सुन र चाँदी कमाउनुभन्दा ज्ञान र बुद्धि प्राप्‍त गर्नु धेरै असल हो। सोझा मानिसहरू कुबाटोतिर जाँदैनन्, कतातिर जाँदछौ, होशियार गर्‍यौ भने आफ्‍नो प्राण जोगाउँछौ।

शेयर गर्नुहोस्
हितोपदेश 16 पढ्नुहोस्

हितोपदेश 16:8-17

हितोपदेश 16:8-17 NNRV
शेयर गर्नुहोस्
Read Full Chapter