हितोपदेश 16:1-7
हितोपदेश 16:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हृदयका योजनाहरू मानिसको हो, तर जिब्रोको जवाफ भने परमप्रभुबाट नै आउँछ। मानिसका सारा मार्गहरू आफैलाई निर्दोष लाग्ला, तर त्यसका अभिप्रायहरू परमप्रभुद्वारा नै जोखिएका हुन्छन्। तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे, र तेरा योजनाहरू सफल हुनेछन्। परमप्रभुले सबै कुरा उहाँको आफ्नै उद्देश्यका लागि बनाउनुहुन्छ, दुष्टलाई समेत विनाशको दिनको लागि उहाँले राख्नुभएको छ। परमप्रभु हृदयमा घमण्ड भएका सबैलाई घिनाउनुहुन्छ, यो निश्चय छ, तिनीहरू दण्डरहित रहनेछैनन्। प्रेम र विश्वासयोग्यताद्वारा पापको प्रायश्चित हुन्छ, परमप्रभुको भयद्वारा मानिस खराबीदेखि अलग रहन्छ। जब मानिसका मार्गहरू परमप्रभुलाई मन पर्ने हुन्छन्, उहाँले त्यसका शत्रुहरूलाई समेत त्यससँग मिलापमा राख्नुहुन्छ।

हितोपदेश 16:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हृदयका योजनाहरू मानिसका हुन्; तर जिब्रोको ठिक जवाफ भने याहवेहबाट नै आउँछ। हरेक मानिसलाई आफ्ना मार्गहरू निर्दोष लाग्छ; तर अभिप्रायहरू याहवेहबाट नै जाँचिएका हुन्छन्। तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ, र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ। याहवेहले हरेक कुरा आफ्नै उद्देश्यका निम्ति बनाउनुहुन्छ; उहाँले दुष्टलाई समेत विनाशको दिनको निम्ति राख्नुभएको छ। हृदयमा अहङ्कार भएका सबैलाई याहवेहले घृणा गर्नुहुन्छ; यो निश्चित छ, तिनीहरू दण्ड नपाई छोडिनेछैनन्। प्रेम र सत्यताद्वारा पापको प्रायश्चित हुन्छ; याहवेहप्रतिको श्रद्धाद्वारा मानिस खराबीदेखि अलग रहन्छ। जब कुनै मानिसको जीवन याहवेहको दृष्टिमा मनपर्दो हुन्छ, उहाँले त्यसका शत्रुलाई पनि त्यससित मिलापमा ल्याउनुहुन्छ।
हितोपदेश 16:1-7 पवित्र बाइबल (NERV)
मानिसले भन्न चाहन्छ त्यो आफूले निर्णय गर्छ तर त्यो कुरा व्यक्त गर्नु चाहिने ठीक शब्दहरू चुन्नमा ऊ परमप्रभुमा भर पर्छ। मानिसले सोच्छ कि उसले गरेको प्रत्येक कुराहरू सही हो तर परमप्रभुले उसका अभिप्रायहरू जाँच्नु हुन्छ। तिनीले जे सुकै गर त्यसलाई परमप्रभुमा सुम्पिदेऊ, अनि तिम्रो योजना सफल हुनेछ। परमप्रभुले प्रत्येक वस्तु आफ्नो उद्देश्यमूलक योजनाले रच्नु भएको हो र दुष्ट मानिसहरूलाई पनि उहाँले तिनीहरूको विपत्तिको योजना गर्नु भएको छ। जुन मानिसले आफूलाई अरू भन्दा असल सम्झन्छ, त्यसलाई परमप्रभुले घृणा गर्नु हुन्छ। निःसंन्देह त्यस्तो घमण्डी मानिसलाई उहाँले दण्ड दिनु हुन्छ। राज भक्ति अनि विश्वासयोग्यताले दोषलाई मेटिदिन्छ। अनि परमप्रभु प्रतिको सम्मानले विपत्तिबाट बचाउँछ। परमप्रभुलाई जब एकजना मानिसको मार्ग मन पर्छ उहाँले उसको शत्रुलाई पनि ऊ सित प्रेमभावमा बस्ने बनाउनु हुन्छ।
हितोपदेश 16:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीले आफ्ना योजनाहरू त बनाउँछौं तर आखिरी निर्णय परमेश्वरको हो। आफूले गरेको हरेक काम ठीक छ भनी तिमीले सोचौला तर परमप्रभुले तिम्रो उद्देश्य जाँच्नुहुन्छ। आफूले गर्ने काम परमप्रभुलाई सुम्पिदेऊ र तिम्रा योजनाहरू सफल हुनेछन्। परमप्रभुले आफ्नो उद्देश्यअनुसार सबै कुरा प्रयोग गर्नुहुन्छ, दुष्टतालाई पनि आफ्नो उद्देश्यअनुसार नाश गर्नुहुन्छ। अहङ्कारीलाई परमप्रभुले घृणा गर्नुहुन्छ, उहाँले तिनीहरूलाई दण्डबाट उम्कन दिनुहुन्न। विश्वासयोग्य र भक्त बन र परमेश्वरले तिम्रा पाप क्षमा गर्नुहुन्छ। परमप्रभुको आज्ञापालन गर र तिम्रो केही खराबी हुँदैन। परमप्रभुलाई प्रसन्न तुल्यायौ भने तिम्रा शत्रुहरू तिम्रा मित्रहरू बन्नेछन्।