मत्ती 24:30-31
मत्ती 24:30-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन्। उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्।
मत्ती 24:30-31 नेपाली समकालीन संस्करण (NCV)
“त्यस बेला मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, अनि पृथ्वीका सबै जातिहरूले विलाप गर्नेछन्। तिनीहरूले मानिसका पुत्रलाई शक्ति र महा महिमासहित आकाशका बादलहरूमा आइरहेका देख्नेछन्। अनि उसले आफ्ना दूतहरूलाई तुरहीको चर्को स्वरसित पठाउनेछ, अनि तिनीहरूले आकाशको एक कुनादेखि अर्को कुनासम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई बटुल्नेछन्।
मत्ती 24:30-31 पवित्र बाइबल (NERV)
“त्यसबेला आकाशमा केही चिन्ह देखीने छन् र ती मानिसको पुत्रको चिन्ह हुनेछन्। संसारभरिका सबै मानिसहरू रूनेछन्। सबै मानिसहरूले मानिसको पुत्रलाई आकाशमा बादलसँग आँउदै गरेको देख्नेछन्। मानिसको पुत्र शक्ति र महान गौरव लिएर आउनेछन्। चारै दिशाबाट आकासको एक छेऊ देखि अर्को छेउसम्म परमेश्वरद्वारा चुनिएको मानिसहरूलाई भेला गर्न मानिसको पुत्रले तुरहीको आवाज सहित स्वर्गदूतहरूलाई पठाउनु हुनेछ।
मत्ती 24:30-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि आकाशमा मानव पुत्र आउने चिन्ह देखापर्नेछ। मानव पुत्रलाई ठूलो शक्ति र महामहिमाको साथ आकाशको बादलमा आइरहेको देखेर संसारका सबै जातिहरू रुने-कराउने गर्नेछन्। तुरही फुकिनेछ अनि मानव पुत्रले स्वर्गदूतहरूलाई पृथ्वी र आकाशका चारै कुनामा पठाउनेछन् र परमेश्वरले चुनेकाहरूलाई जम्मा गरेर ल्याउनेछन्।