लूका 21:31-34
लूका 21:31-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसै गरी तिमीहरू पनि जब यी कुरा भइरहेका देख्छौ, तब परमेश्वरको राज्य नजिकै छ भनी जान। “साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै घटना पूरा नभएसम्म यो पुस्ता बितिजानेछैन। आकाश र पृथ्वी बितिजानेछन्, तर मेरा वचन बित्नेछैनन्। “तर तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता भोग-विलास, मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला, र तिमीहरूमाथि एक्कासि त्यो दिन पासोझैँ आइपर्ला।
लूका 21:31-34 नेपाली समकालीन संस्करण (NCV)
त्यसरी नै तिमीहरूले यी कुराहरू भइरहेका देख्नेछौ, परमेश्वरको राज्य नजिकै छ भनी जान। “म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्चय नै नष्ट भएर जानेछैन। आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्। “होसियार बस, नत्र ता तिमीहरूको हृदय प्रशस्त भोग-विलास, मतवालीपन र जीवनको फिक्रीले मन्द होला, अनि त्यो दिन तिमीहरूमाथि नचिताएको पासोझैं एक्कासि आइपर्ला।
लूका 21:31-34 पवित्र बाइबल (NERV)
त्यसरीनै जब यी सब भइरहेको देख्नेछौ, तब परमेश्वरको राज्य नजिकै आइ पुग्न लागेको हुनेछ। “म तिमीहरूलाई साँच्चै भन्दछु। जबसम्म यी घट्नाहरू घटी सक्तैनन वर्त्तमान पुस्ता तुरिएको हुँदैनन्। आकाश र पृथ्वी ध्वंस हुनेछ, तर मैले भनेका वचनहरू कहिले खेरा जाने छैनन्। “होशियार बस! आफ्नो समय महा-भोजहरूमा मात्र नबिताऊ। अथवा, संसारिक कुराहरूमा मात्र समय नफाल। किनभने त्यो दिन तिमीमा धरापमा परे झैं झट्टै आई लाग्नेछ।
लूका 21:31-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसरी नै मैले भनेका यी सबै कुराहरू हुँदैगरेको देख्दा परमेश्वरको राज्य आइसक्न लागेछ भनेर तिमीहरूले जान्नेछौ। साँच्चै म तिमीहरूलाई भन्छु, यी सबै कुरा पूरा नहुञ्जेल यो जाति नाश हुनेछैन। आकाश र पृथ्वी बितेर जानेछन् तर मैले भनेका कुराहरू बित्नेछैनन्। “चनाखो भएर बस, धेरै भोज-भतेरपछि नलाग, मातेर नहिँड र यस जीवनको निम्ति फिक्री नगर। नत्रता तिमीहरूको मन बोधो हुनेछ र “त्यो दिन” तिमीहरूले नचिताएको बेलामा आउनेछ।