YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:16-20

यूहन्‍ना 14:16-20 पवित्र बाइबल (NERV)

म मेरो पितालाई माग्नेछु र उहाँले तिमीहरूलाई अर्को सहायक दिनुहुनेछ। उहाँ तिमीहरूसँग सधैँ रहने सहायक दिनुहुनेछ। सहायक सत्यको आत्मा हो। संसारले उहाँलाई देख्दैन र बुझ्दैन। तर तिमीहरू उहाँलाई जान्दछौ। उहाँ तिमीहरूसँग बाँच्नु हुन्छ र उहाँ तिमीहरूभित्र नै हुनु हुनेछ। “म तिमीहरूलाई आफ्ना आमा-बाबुले अनाथहरू छोडे जस्तो एक्लै छाड्नेछैन। म तिमीहरूकहाँ फर्की आउने छु। केही समय पछि बाटै मलाई संसारमा मान्छेहरूले फेरि देख्नेछैन। तर तिमीहरूले मलाई देख्नेछौं। तिमीहरू बाँच्नेछौं किनभने म बाँच्छु। त्यस दिनमा तिमीहरूले जान्नेछौं कि म पितामा छु। तिमाहरूले जान्नेछौ कि तिमीहरू ममा र म तिमीहरूमा हुनेछु।

शेयर गर्नुहोस्
यूहन्‍ना 14 पढ्नुहोस्

यूहन्‍ना 14:16-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

र म पितासँग बिन्‍ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्‍लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ। यिनी सत्‍यका आत्‍मा हुनुहुन्‍छ, जसलाई संसारले ग्रहण गर्न सक्‍दैन, किनभने संसारले उहाँलाई न त देख्‍छ न चिन्‍छ। तिमीहरू उहाँलाई चिन्‍छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्‍छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ। “म तिमीहरूलाई टुहुरा छोड्‌नेछैनँ। म तिमीहरूकहाँ आउनेछु। अब केही समयपछि संसारले मलाई कहिल्‍यै देख्‍नेछैन, तर तिमीहरूले मलाई देख्‍नेछौ। म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ। त्‍यस दिन तिमीहरूले जान्‍नेछौ, कि म मेरा पितामा छु, र तिमीहरू ममा, र म तिमीहरूमा छु।

शेयर गर्नुहोस्
यूहन्‍ना 14 पढ्नुहोस्

यूहन्‍ना 14:16-20 नेपाली समकालीन संस्करण (NCV)

म पितासँग विन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्‍लाहकार दिनुहुनेछ। उहाँ सधैं तिमीहरूसँग हुनुहुनेछ। उहाँ सत्यका आत्मा हुनुहुन्छ। संसारले उहाँलाई ग्रहण गर्न सक्दैन; किनकि संसारले उहाँलाई देख्दैन, अनि चिन्दैन पनि, तर तिमीहरूले उहाँलाई चिन्दछौ; किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र उहाँ तिमीहरूभित्र हुनुहुनेछ। म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ, म तिमीहरूकहाँ आउनेछु। केही बेरपछि संसारले मलाई कहिल्यै देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ। म जीवित भएकोले तिमीहरू पनि जीवित रहनेछौ। त्यस दिन म मेरा पितामा छु, तिमीहरू ममा छौ, अनि म तिमीहरूमा छु भनी तिमीहरूले बुझ्नेछौ।

शेयर गर्नुहोस्
यूहन्‍ना 14 पढ्नुहोस्

यूहन्‍ना 14:16-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

म पितासँग माग्‍नेछु र उहाँले तिमीहरूलाई मेरो सट्टामा अर्का एक जना सहायक पठाइदिनुहुनेछ र उहाँचाहिँ सधैँभरि तिमीहरूसँगै रहिरहनुहुनेछ। उहाँ सत्‍यका आत्‍मा हुनुहुन्‍छ। तर संसारले उहाँलाई पाउन सक्‍दैन किनभने संसारले उहाँलाई न देख्‍छ नता चिन्‍छ। तर तिमीहरूले उहाँलाई चिन्‍छौ किनभने उहाँ तिमीहरूसँगै रहनुहुन्‍छ र उहाँ तिमीहरूमा बास गर्नुहुनेछ। म तिमीहरूलाई टुहुराजस्‍तै पारेर छोड्दिनँ, म फेरि तिमीहरूकहाँ आउनेछु। अलि बेरपछि संसारले मलाई फेरि देख्‍नेछैन, तर तिमीहरूले भने मलाई देख्‍नेछौ। म फेरि जिउँदो भएको हुनाले तिमीहरू पनि जिउनेछौ। त्‍यस दिन ‘म मेरा पितामा छु अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु’ भन्‍ने कुरा तिमीहरूले बुझ्‍नेछौ।

शेयर गर्नुहोस्
यूहन्‍ना 14 पढ्नुहोस्