YouVersion लोगो
खोज आइकन

यशैया 52:7-15

यशैया 52:7-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

शुभ खबर लिएर, शान्‍तिको खबर लिएर, पर्वतहरू पार गरेर आउँदैगरेका सन्‍देशवाहक देख्‍न पाउनु कति आनन्‍दको कुरा हो! त्‍यसले मुक्तिको घोषणा गर्दछ र सियोनलाई भन्‍दछ, “तेरा परमेश्‍वर राजा हुनुहुन्‍छ!” सहरमा पहरादारी गर्नेहरू चिच्‍च्‍याइरहेका छन्, रमाहटसाथ एक भई कराइरहेका छन्! तिनीहरूले आफ्‍ना आँखाले सियोनका परमप्रभु फर्किआएको देख्‍नेछन्! हे यरूशलेमको ध्‍वस्‍त भएको जमिन, आनन्‍दले सोर उचाल्! परमप्रभुले आफ्‍नो सहरलाई छुटकारा दिनुहुनेछ र आफ्‍ना प्रजालाई सान्‍त्‍वना दिनुहुनेछ। परमप्रभुले आफ्‍नो पवित्र शक्ति प्रयोग गर्नुहुनेछ, उहाँले आफ्‍ना प्रजालाई बचाउनुहुनेछ र त्‍यो सारा संसारले देख्‍नेछ। मन्‍दिरका सर-सामान बोक्‍नेहरू हो, तिमीहरू बेबिलोनबाट पक्‍कै बिदा होओ! मनाइ गरिएका थोक नछोओ, आफैंलाई पवित्र राख र बिदा होओ। यसपालि तिमीहरू हतार-हतार बिदा हुनुपर्नेछैन, तिमीहरूले भाग्‍ने कोसिस गर्नुपर्नेछैन। परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूको अगुवाइ गर्नुहुनेछ र तिमीहरूलाई चारैतिरबाट रक्षा गर्नुहुनेछ। परमप्रभु भन्‍नुहुन्‍छ, “मेरो सेवक, आफ्‍नो काममा सफल हुनेछ, त्‍यो उच्‍च पारिनेछ, त्‍यसको ठूलो आदर हुनेछ। धेरै मानिसहरू त्‍यसलाई देख्‍दा विचलित भएका थिए, त्‍यो यस्‍तो बेरूप भएको थियो कि मानिसजस्‍तो देखिंदैनथ्‍यो। तर अब धेरै जातिहरू त्‍यसलाई देखेर छक्‍कपर्नेछन्, राजाहरू आश्‍चर्य मानी बोल्‍न सक्‍नेछैनन्। तिनीहरूले हेर्नेछन् र हामीले कहिल्‍यै नजानेको कुरा भएछ भनी बुझ्‍नेछन्।”

शेयर गर्नुहोस्
यशैया 52 पढ्नुहोस्

यशैया 52:7-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

सुसमाचार ल्याउनेहरू, शान्ति घोषणा गर्नेहरू, उद्धार घोषणा गर्नेहरू, सियोनलाई “तेरा परमेश्‍वरले राज्य गर्नुहुन्छ!” सुसमाचार ल्याउनेहरूका पाउ पहाडहरूहुँदो कति सुन्दर! सुन्! तेरा पहरेदारहरू आफ्ना सोर उचाल्छन्; तिनीहरू आनन्दले एकसाथ चिच्याउँछन्। जब याहवेह सियोनमा फर्केर आउनुहुन्छ, तब तिनीहरूले त्यो आफ्नै आँखाले छर्लङ्गै देख्नेछन्। हे यरूशलेमका भग्नावशेषहरू हो, आनन्दका गीतहरू जोडसित एकसाथ गाओ; किनकि याहवेहले उहाँका मानिसहरूलाई सान्त्वना दिनुभएको छ; उहाँले यरूशलेमलाई मोल तिरेर छुटाउनुभएको छ। सबै जातिहरूले देख्ने गरी याहवेहले आफ्ना पवित्र बाहुली देखाउनुभएको छ; पृथ्वीको पल्‍लो छेउका मानिसहरूले हाम्रा परमेश्‍वरको उद्धार देख्नेछन्। गइहाल! गइहाल! त्यहाँबाट निस्केर गइहाल! कुनै अशुद्ध थोक नछोओ! तिमीहरू जो याहवेहका पात्र बोक्छौ, त्यसबाट निस्केर आओ र शुद्ध होओ! तर तिमीहरू हतार-हतार गरी जानेछैनौ; अनि न त भागेर जानेछौ; किनकि याहवेह तिमीहरूका अगि-अगि जानुहुनेछ, र इस्राएलका परमेश्‍वर तिमीहरूका पछिल्तिर रक्षक बन्‍नुहुनेछ। हेर, मेरो सेवकले बुद्धिमानीसाथ काम गर्नेछ; ऊ उठाइनेछ र उच्‍च पारिनेछ, र ऊ अति सम्मानित पारिनेछ। जसरी उसदेखि धेरै जना चकित थिए— उसको अनुहार चिन्‍नै नसकिने गरी र उसको रूप मानिसको भन्दा पनि कुरूप बनाइएको थियो— त्यसरी नै उसले धेरै जातिहरूलाई पवित्र पार्नेछ; उसको कारण राजाहरूले आफ्ना मुख बन्द गर्नेछन्। किनकि तिनीहरूलाई नभनिएको कुराहरू तिनीहरूले देख्नेछन्; तिनीहरूले नसुनेका कुराहरू तिनीहरूले नै बुझ्नेछन्।

शेयर गर्नुहोस्
यशैया 52 पढ्नुहोस्

यशैया 52:7-15 पवित्र बाइबल (NERV)

एकजना समाचार-वाहक सु-समाचार लिएर पहाडमाथि आउँदै गरेको देख्नु आश्चर्यपूर्ण कुरा हो। समाचार-वाहकले सियोनमा यो घोषणा गरेको सुन्दा खुशीयाली आउँछ, “शान्ति छ! हामी सुरक्षित छौं! तिमीहरूका परमेश्वर राजा हुनुहुन्छ!” शहरका पहरादारहरू चिच्याउन थाले। तिनीहरू सबै एकार्कामा आनन्दित छन्। किनभने तिनीहरू प्रत्येकले परमप्रभु सियोन तर्फ फर्किरहेको देख्दछन्। यरूशलेम, तिम्रो भग्नावशेष भवनहरू फेरि खुशीले भरिनेछ। तिमीहरू सबै पुन आनन्दित हुनेछौ। किनभने यरूशलेममाथि परमप्रभु कृपालु हुनुहुन्छ। परमप्रभुले आफ्ना मानिसहरूलाई बचाउनुहुनेछ। परमप्रभुले आफ्नो पवित्र बाहुबल सारा जातिहरूलाई देखाउनु हुनेछ। टाढामा भएका सारा राष्ट्रहरूले परमप्रभुले, कसरी आफ्ना मानिसहरूको उद्धारलाई देख्नेछन्। तिमीहरू बन्दी मुक्त हुनुपर्छ। पूजाहरीहरू, त्यो ठाउँ छोड। तिमीहरूले जे चीजहरू बोक्छौ सबै पूजामा उपयोग हुन्छन्, यसैले आफूलाई शुद्ध पार। कुनै पनि अपबित्र चीजहरू नछोऊ। तिमीहरू कैदबाट मुक्त हुनेछौ, तर तिनीहरूले तिमीहरूलाई छोडन हतार गर्दैनन्। तिमीहरू बलपूर्वक खेदिनेछैनौ। तिमीहरू हिँड्नेछौ अनि तिमीहरूसँग परमप्रभु हिँडनुहुनेछ। परमप्रभु तिमीहरूका अघि-अघि जानुहुनेछ। अनि इस्राएलका परमेश्वर पछिल्तिर हुनुहुनेछ। “मेरो दासलाई हेर! ऊ एकदम सफल हुने छ। उनी एकदम मुख्य हुनेछ। भविष्यमा मानिसहरूले उनको आदर र सम्मान गर्नेछन्। तर मानिसहरू मेरो दासलाई देखेर छक्क पर्नेछन्। उसलाई यस्तो प्रकारले चोट पुर्याइएको थियो कि उसलाई मानिस भनेर चिन्नलाई पनि गाह्रो पर्थ्यो। तर अझ मानिसहरू छक्क पर्नेछन्। राजाले उसलाई हेर्नेछन, छक्क पर्नेछन् र मुखबाट एक शब्द पनि निस्कने छैन्। ती मानिसहरूले मेरो दासको कथा सुनेनन्। तिनीहरूले के भयो देखे। तिनीहरूले त्यो कथा सुनेनन् तर तिनीहरूले बुझे।”

शेयर गर्नुहोस्
यशैया 52 पढ्नुहोस्

यशैया 52:7-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

सुसमाचार प्रचार गर्नेहरूका पाउ डाँड़ाहरू हुँदो कति सुन्‍दर छन्, जसले शान्‍तिको घोषणा गर्दछन्, जसले शुभ समाचार ल्‍याउँछन्, जसले उद्धारको घोषणा गर्दछन्, जसले सियोनलाई भन्‍दछन्, “तेरा परमेश्‍वरले राज्‍य गर्नुहुन्‍छ।” ध्‍यानसित सुन्‌। तेरा पहरादारहरू आफ्‍नो सोर उचालेर एकसाथ आनन्‍दले कराउँछन्‌। जब परमप्रभु सियोनमा आउनुहुन्‍छ, तब तिनीहरूले त्‍यो आफ्‍नै आँखाले देख्‍नेछन्‌। हे यरूशलेमका भग्‍नावशेषहरू हो, आनन्‍दले एकसाथ गीतहरू गाओ, किनकि परमप्रभुले आफ्‍ना प्रजालाई सान्‍त्‍वना दिनुभएको छ, उहाँले मोल तिरेर यरूशलेमलाई छुटकारा दिनुभएको छ। सारा जातिहरूको दृष्‍टिमा परमप्रभुले आफ्‍नो पवित्र बाहुबल प्रकट गर्नुहुनेछ, र पृथ्‍वीको पल्‍लो छेउकाहरूले पनि हाम्रा परमेश्‍वरको उद्धारलाई देख्‍नेछन्‌। जाओ, जाओ, त्‍यहाँबाट जाओ, अशुद्ध थोक नछोओ! हे परमप्रभुका पात्र बोक्‍ने हो, त्‍यसबाट निस्‍केर आओ, र आफैलाई शुद्ध पार। तर तिमीहरू हतार-हतार गरेर अथवा भागेर जानेछैनौ, किनकि परमप्रभु तिमीहरूका अगिअगि जानुहुनेछ, इस्राएलका परमेश्‍वर तिमीहरूका पछिल्‍तिर रक्षक हुनुहुनेछ। हेर्, मेरो दासले बुद्धिले काम गर्नेछ। ऊ उचालिनेछ, अल्‍गाइनेछ र ऊ अति उच्‍च पारिनेछ। जसरी उसदेखि धेरै जना व्‍याकुल थिए— उसको अनुहार चिन्‍नै नसकिने गरी र उसको चेहरा मानिसको भन्‍दा पनि कुरूप बनाइएको थियो— त्‍यसरी नै उसले धेरै जातिहरूमाथि छर्कनेछ। उसको कारण राजाहरू चूपचाप रहनेछन्‌। किनकि तिनीहरूलाई नभनेको कुरा तिनीहरूले देख्‍नेछन्, र तिनीहरूले नसुनेका कुरा तिनीहरूले बुझ्‍नेछन्‌।