YouVersion लोगो
खोज आइकन

यशैया 43:1-19

यशैया 43:1-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर अब हे याकूब, तिमीलाई रच्‍नुहुने, हे इस्राएल, तिमीलाई सृष्‍टि गर्नुहुने परमप्रभु भन्‍नुहुन्‍छ: “नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु। मैले तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु, तँ मेरै होस्‌। तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु। तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन्‌। तँ आगोबाट हिँड़ेर जाँदा डढ्‌नेछैनस्‌। त्‍यसको ज्‍वालाले तँलाई भस्‍म पार्नेछैन। किनभने म परमप्रभु, तेरा परमेश्‍वर हुँ, इस्राएलका परमपवित्र, तेरा उद्धारक। तँलाई छुटाउनका निम्‍ति मिश्रदेश, र तेरो सट्टामा कूश र सेबा म दिन्‍छु। तँ मेरो दृष्‍टिमा बहुमूल्‍य र आदरणीय भएकाले, र मैले तँलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सट्टामा, र जाति-जातिहरूलाई तेरो जीवनको सट्टामा दिनेछु। नडरा, किनकि म तँसित छु। म तेरा छोराछोरीहरूलाई पूर्वदेखि ल्‍याउनेछु, र पश्‍चिमदेखि तिमीहरूलाई भेला गर्नेछु। म उत्तर दिशालाई भन्‍नेछु, ‘तिनीहरूलाई दिइहाल्‌।’ र दक्षिण दिशालाई भन्‍नेछु, ‘तिनीहरूलाई नथुन्‌।’ मेरा छोराहरूलाई टाढ़ादेखि र मेरा छोरीहरूलाई पृथ्‍वीको पल्‍लो छेउदेखि ल्‍याओ, हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मैले मेरो महिमाको निम्‍ति सृष्‍टि गरेको छु, जसको आकार मैले नै रचें र बनाएँ।” आँखा भएर पनि अन्‍धा र कान भएर पनि बहिरा हुनेहरूलाई बाहिर डोर्‍याओ। सबै जाति-जातिहरू एकैसाथ जम्‍मा होऊन्‌ र मानिसहरू भेला होऊन्‌। तिनीहरूमध्‍ये कसले हामीलाई यो कुरा बतायो, र पहिलेका कुराहरू घोषणा गर्‍यो? तिनीहरू सच्‍चा ठहरिनलाई आ-आफ्‍ना साक्षी ल्‍याऊन्, र अरूहरूले सुनेर भनून्, “यो सत्‍य हो।” परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ, र तिमीहरूले मलाई चिन्‍न र विश्‍वास गर्न सक, अनि म उही हुँ भनी बुझ्‍न सक। मभन्‍दा अघि कोही ईश्‍वर नै बनिएको थिएन, न त म पछि कोही हुनेछ। म हुँ, म नै परमप्रभु हुँ। मबाहेक अरू कोही मुक्तिदाता छैन। मैले प्रकट गरेको छु, बचाएको छु र घोषणा गरेको छु— तिमीहरूका बीचमा मैले यो गरेको हुँ, अन्‍य ईश्‍वरले होइन। तिमीहरू मेरा साक्षी हौ, कि म नै परमेश्‍वर हुँ,” परमप्रभु भन्‍नुहुन्‍छ। “हो, प्राचीन समयदेखि नै म उही हुँ। मेरो हातबाट कसैले छुटाउन सक्‍दैन। जब म काम गर्छु, त्‍यसलाई कसले उल्‍टाउन सक्‍छ?” परमप्रभु तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्‍नुहुन्‍छ: “तिमीहरूका खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु। म सबै बेबिलोनीहरूलाई उनीहरूले गर्व गरेका जहाजहरूमा शरणार्थीहरूलाई झैँ ल्‍याउनेछु। म परमप्रभु, तिमीहरूका परमपवित्र, इस्राएलका सृष्‍टिकर्ता, तिमीहरूका राजा हुँ।” परमप्रभु यही भन्‍नुहुन्‍छ— “समुद्रमा बाटो बनाउनुहुने, शक्तिशाली सागरमा मार्ग बनाउनुहुने, रथहरू र घोड़ाहरू, सेना र थप सेनालाई एकैसाथ निकाल्‍नुहुने, तिनीहरू जो फेरि उठ्‌न नसक्‍ने गरी पड़िरहेका थिए, सलेदो निभाएझैँ निभाएका थिए: “बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर। हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्‍यो अब हुन आउँछ। के तिमीहरू त्‍यो देख्‍दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु।

शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्

यशैया 43:1-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तर अब, हे याकोब, तँलाई रच्नुहुने, हे इस्राएल, तँलाई सृष्‍टि गर्नुहुने, याहवेह यसो भन्‍नुहुन्छः “नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु; मैले तँलाई नाम काढेर बोलाएको छु; तँ मेरै होस्। तँ पानीबाट भएर जाँदा म तँसित हुनेछु; अनि तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई बगाउनेछैनन्। तँ आगोबाट हिँडेर जाँदा तँ जल्नेछैनस्; त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन। किनकि म याहवेह नै तेरा परमेश्‍वर हुँ; इस्राएलका पवित्र परमेश्‍वर, तेरा उद्धारकर्ता हुनुहुन्छ। तेरो छुटकाराको मोलको निम्ति मैले इजिप्ट दिएको छु; तेरो सट्टामा कूश र सेबा दिएँ। मेरो दृष्‍टिमा तँ बहुमूल्य र आदरणीय छस्; अनि मैले तँलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सट्टामा र राष्ट्रहरूलाई तेरो जीवनको सट्टामा दिनेछु। नडरा, किनकि म तँसित छु; म तेरा सन्तानहरूलाई पूर्वबाट ल्याउनेछु, र तँलाई पश्‍चिमबाट भेला गराउनेछु। म उत्तरलाई भन्‍नेछु, ‘तिनीहरू मलाई दिइहाल्!’ र दक्षिणलाई भन्‍नेछु, ‘तिनीहरूलाई नरोक्।’ मेरा छोराहरूलाई टाढा-टाढाबाट ल्याओ; अनि मेरा छोरीहरूलाई पृथ्वीको छेउ-छेउबाट ल्याओ; मेरो नामले बोलाइएको हरेकलाई, जसलाई मैले आफ्नो महिमाको निम्ति सृष्‍टि गरेँ, जसलाई मैले नै रचेँ।” आँखा भएर अन्धा र कान भएर पनि बहिरा हुनेहरूलाई डोर्‍याएर निकाल। सबै जातिहरू एकसाथ जम्मा होऊन्; अनि मानिसहरू भेला होऊन्। तिनीहरूमध्ये कसले यो अगिबाटै बतायो; अनि अगिका कुराहरूको हामीलाई घोषणा गर्‍यो? तिनीहरू ठिक हुन् भनेर प्रमाणित गर्न तिनीहरूले साक्षीहरू ल्याऊन्, ताकि अरूले सुनून् र “यो साँचो हो” भनून्। “तिमीहरू मेरा साक्षी हौ; याहवेह घोषणा गर्नुहुन्छ, मैले चुनेको मेरा सेवक, ताकि म उही हुँ भनी तिमीहरूले जान्‍न सक; अनि मलाई विश्‍वास गर्न र बुझ्न सक। मभन्दा पहिले कुनै ईश्‍वर रचिएको थिएन, न त मपछि कोही हुनेछ। म हुँ, म नै याहवेह हुँ। मबाहेक अरू कुनै उद्धारकर्ता छैन। मैले प्रकट गरेको छु, बचाएको छु र घोषणा गरेको छु— तिमीहरूबीच भएको कुनै परदेशी देवताले होइन। मेरा साक्षी तिमीहरू नै हौ,” भनी याहवेह घोषणा गर्नुहुन्छ, कि, “म नै परमेश्‍वर हुँ, हो, प्राचीनकालदेखि म उही हुँ। मेरो हातबाट कसैले छुटाउन सक्दैन। जब म काम गर्छु, कसले त्यसलाई उल्टाउन सक्छ?” याहवेह, तिमीहरूका उद्धारक, इस्राएलका पवित्र परमेश्‍वर भन्‍नुहुन्छ— “तिमीहरूको खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु; अनि सबै बेबिलोनीहरूलाई तिनीहरूले गर्व गरेका जहाजहरूमा शरणार्थीहरूलाई झैँ ल्याउनेछु। म नै याहवेह, तिमीहरूका पवित्र परमेश्‍वर, इस्राएलका सृष्‍टिकर्ता, तिमीहरूका राजा हुँ।” याहवेह यसो भन्‍नुहुन्छ, जो समुद्रबाट बाटो बनाउनुहुने, शक्तिशाली सागरमा मार्ग बनाउनुहुने, रथ र घोडाहरू, सेना र थप सेनालाई एकैसाथ निकाल्नुहुने, तिनीहरू, जो फेरि उठ्न नसक्ने गरी लोटेका थिए; सलेदो निभाइएझैँ निभाइएका थिए: “पहिलेका कुराहरू नसम्झ, बितेका कुराहरूमा नअल्झ। हेर, म एउटा नयाँ काम गर्दैछु! अहिले नै यो प्रष्‍ट हुन्छ; के तिमीहरू यसलाई देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र उजाडभूमिमा खोलाहरू बनाउँदैछु।

शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्

यशैया 43:1-19 पवित्र बाइबल (NERV)

याकूब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इस्राएल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, “तिमीहरू नडराऊ! मैले तिमीहरूलाई बचाएँ। मैले तिम्रो नाउँ राखे। तिमी मेरो हौ। जब तिमीमाथि कष्टहरू पर्छन्, म तिम्रो साथमा छु। जब तिमी नदीहरू तर्छौ तिमीलाई चोट लाग्नेछैन। जब तिमी आगोबाट हिंड्दछौ, तिमी जल्ने छैनौ; आगोको ज्वालाले तिमीलाई लपेट्ने छैन्। किनभने म, परमप्रभु, तेरो परमेश्वर हुँ। म इस्राएलको परम-पवित्र तेरो उद्धारक तिमीहरूको उद्धारको निम्ति मैले मिश्र भुक्तान गरेको थिएँ। तिमीलाई आफ्नो बनाउन मैले कूश र सेबालाई दिएको थिएँ। तिमी मेरो निम्ति अत्यन्त मुख्य छौ। यसकारण म तिम्रो सम्मान गर्छु। म तिमीलाई प्रेम गर्छु र तिम्रोलागि सारा मानिसहरू एवं जातिहरू प्रदान गर्नेछु ताकि तिमी बाँच्न सक। “यसैले नडराऊ! म तिमीहरूको साथमा छु। म तिम्रो नानीहरूलाई भेला गरेर तिमीकहाँ ल्याइदिनेछु। म तिनीहरूलाई पूर्व र पश्चिमबाट भेला गर्नेछु। म उत्तर दिशालाई भन्नेछु मेरा मानिसहरू मलाई देऊ! म दक्षिण दिशालाई भन्नेछु; मेरा मानिसहरूलाई बन्दी बनाएर नराख! मेरा छोरा-छोरीहरू जो टाढा-टाढा छन्, मलाई देऊ। ती सबै मानिसहरू देऊ जो मेरा हुन् मेरो नाउँ तिनीहरूसित संयुक्त छ। मैले ती मानिसहरू आफ्नोलागि सृष्टि गरें। तिनीहरूलाई सृष्टि गरें यसकारण तिनीहरू मेरा हुन्।” परमेश्वर भन्नुहुन्छ, “जसका आँखाहरू छन् तर तिनीहरू अन्धा छन् भने, ती मानिसहरू मकहाँ ल्याऊ। ती मानिसहरू मकहाँ ल्याऊ जसका कानहरू छन् तर बहिरा छन्। सबै मानिसहरू र जाति-जातिहरू राष्ट्र एकैसाथ भेला हुनुपर्छ। हुन सक्छ तिनीहरूका झूटा देवताहरू मध्ये एकजनाले प्रारम्भमा के भएको थियो बताउन चाहन्छ। तिनीहरूले आफ्ना कुरालाई प्रमाणित पार्नलाई साक्षीहरू पनि ल्याउनु पर्छ। साक्षीहरूले साँच्चो कुरा बोल्नु पर्छ। तब तिनीहरू ठीक रहेछन् भन्ने साबित हुनेछ।” परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरो साक्षी हौ। मैले चुनेका दास तिमी हौ। मैले तिमीहरूलाई छानें ताकि तिमीहरूले मानिसहरूलाई मप्रति विश्वस्त पार्नलाई सहयोग गर। मैले तिमीहरूलाई छाने ताकि तिमीहरूले बुझ्नु पर्छ कि ‘म नै उही हुँ’ म नै साँचो परमेश्वर हुँ। मभन्दा पहिल्ये त्यहाँ कोही पनि परमेश्वर थिएन अनि म पश्चात पनि कोही परमेश्वर हुने छैन। म हुँ, म नै परमप्रभु हुँ। मबाहेक अरू कोही पनि मुक्तिदाता छैन। म एकजना हुँ जसले तिनीहरूसित बोल्यो। मैले तिमीलाई बचाएँ, मैले ती कुराहरू भनें। त्यो तिमीसित जो थियो नयाँ वस्तु होइन। तिमी म साक्षी हौ अनि मेरो तिम्रो परमेश्वर हुँ।” परमप्रभु आफैंले यी कुरा भन्नुभयो, “म सधैँ नै परमेश्वर रहेको छु। जब म कुनै काम गर्छु, कसैले पनि त्यो मैले गरेको कुरा बद्लिन सक्तैनँ। अनि कसैले पनि मानिसहरूलाई मेरो शक्तिबाट बचाउनँ सक्तैन।” परमप्रभु, इस्राएलका परम-पवित्रले, तिमीहरूलाई बचाउनु हुनेछ। अनि परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका खातिर म बाबेलमा सेनाहरू पठाउने छु। धेरै मानिसहरू पक्राउ पर्नेछन्। ती मानिसहरू, कल्दीहरू, उनीहरू कै आफ्ना जहाजहरूमा लैजानेछु। (कल्दीहरू आफ्ना जहाजहरूमाथि गर्व गर्छन्।) म परमप्रभु तिमीहरूका परम-पवित्र हुँ। मैले इस्राएल बनाएँ, म तिमीहरूका राजा हुँ।” परमप्रभुले समुद्रमा बाटोहरू बनाउनु हुनेछ। उहाँले धमिलो पानीबाट पनि आफ्ना मानिसहरूको लागि बाटो बनाउनु हुनेछ। अनि परमप्रभु भन्नुहुन्छ, “मानिसहरू ज-जसले मेरो विरूद्ध तिनीहरूको रथहरू, घोडाहरू, र सेनाहरू सहित लड्ने छन तिनीहरू पराजित हुनेछन्। तिनीहरू फेरि उठ्न सक्ने छैनन तिनीहरू नष्ट हुनेछन्। तिनीहरू मैनबत्ती जस्तो थामिने छन्। यसकारण जो शुरूमा भएको थियो त्यसलाई नसम्झ। धेरै बर्ष अगडी जे भइसकेको छ त्यसलाई नसोच। किनभने म नयाँ काम गर्नेछु। अब तिमी नयाँ पालुवा जस्तो उम्रनेछौ। निसन्देह तिमी जान्दछौ कि यो सत्य हो। म साँच्चि नै मरुभूमिमा बाटो बनाउने छु। म साँच्चि नै सुख्खा जग्गाहरूमा नदीहरू बगाउनेछु।

शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्

यशैया 43:1-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे इस्राएल, तेरो सृजना गर्ने परमप्रभु यसो भन्‍नुहुन्‍छ, “नडरा, मैले तँलाई उद्धार गरेको छु। मैले तँलाई नाम लिएर बोलाएको छु, तँ मेरो होस्। तँ गहिरो पानीबाट भएर जाँदा म तँसित हुनेछु। तेरा कष्‍टले तँलाई अत्‍याउनेछैन। तँ आगोको बीचबाट भएर जाँदा जल्‍नेछैनस्। तँमाथि आइपर्ने कठोर कठिनाइले तेरो हानि गर्नेछैन किनभने म परमप्रभु तेरा परमेश्‍वर हुँ, इस्राएलका पवित्र परमेश्‍वर, जसले तँलाई बचाउँछ। म तँलाई छुटकारा दिन मिश्रदेश, तेरो सट्टामा कूश र सेबा देशहरू दिनेछु। तेरो प्राण बचाउन तेरो सट्टामा म सबै जातिहरू दिनेछु किनभने तँ मेरो निम्‍ति अति बहुमूल्‍य छस्। अनि मैले तँलाई आदर दिएको छु र प्रेम गर्दछु। नडरा, म तँसित छु! “पूर्व र पश्‍चिमका देशबाट म तेरा सन्‍तानहरूलाई बटुलेर घर ल्‍याउनेछु। तिनीहरूलाई छोडिदिन म उत्तर दिशालाई भन्‍नेछु र तिनीहरूलाई नरोक्‍न दक्षिण दिशालाई भन्‍नेछु। मेरा सन्‍तानहरू टाढा देशबाट, संसारका हरेक कुनाबाट फर्किआऊन्। तिनीहरू मेरा आफ्‍नै सन्‍तानहरू हुन्। मेरै महिमा ल्‍याउन मैले तिनीहरूको सृजना गरें।” परमेश्‍वर भन्‍नुहुन्‍छ, “मेरा प्रजालाई अदालतमा हाजिर गर, आँखा छँदाछँदै पनि तिनीहरू अन्‍धा छन्। कान छन् तर पनि तिनीहरू बहिरा छन्! मुद्दामा सबै जातिहरूलाई हाजिर गराओ। तीमध्‍ये कसले भविष्‍यका कुरा बताउन सक्‍छ? वा अहिले के भइरहेको छ, सो अघिबाट बताएको थियो? आफू ठीक छौ भनी प्रमाण दिनलाई र आफ्‍ना शब्‍द सत्‍य छन् भनी साक्षी दिन लाउनलाई तिनीहरूले आ-आफ्‍ना साक्षीहरू ल्‍याऊन्। “हे इस्राएलका मानिसहरू हो, तिमीहरू मेरा साक्षी हौ। तिमीहरूले मलाई चिन र विश्‍वास गर र म एक मात्र परमेश्‍वर हुँ भनी बुझ भनेर मैले तिमीहरूलाई मेरा सेवक हुनलाई छानें। मबाहेक अरू कोही परमेश्‍वर छैन, त्‍यस्‍तो कहिल्‍यै थिएन र कहिल्‍यै हुने पनि छैन। “म एक मात्र परमप्रभु हुँ, मबाहेक बचाउन सक्‍ने अरू कोही पनि छैन। के-के हुनेछ, त्‍यो मैले अघिबाटै भनें र तिमीहरूलाई मद्दत गर्न आएँ। कुनै विदेशी देवताले त्‍यसो कहिल्‍यै गरेको छैन– तिमीहरू मेरा साक्षी हौ। म परमेश्‍वर हुँ र सदा रहिरहनेछु। कोही मेरो शक्तिबाट भाग्‍न सक्‍दैन, कसैले मेरो काम बदल्‍न सक्‍दैन।” इस्राएलका पवित्र परमेश्‍वर, तिमीहरूलाई बचाउनुहुने परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरूलाई बचाउन म बेबिलोनको विरुद्धमा एउटा सेना पठाउनेछु, म सहरका मूल-ढोकाहरू फोडिदिनेछु र त्‍यहाँका मानिसहरूको सोर रुवाइमा फेरिनेछ। म परमप्रभु, तिमीहरूका पवित्र परमेश्‍वर हुँ। हे इस्राएलका मानिसहरू हो, मैले तिमीहरूको सृष्‍टि गरें, म तिमीहरूको राजा हुँ।” उहिल्‍यै परमप्रभुले सागर बीचबाट भएर जाने एउटा बाटो बनाउनुभयो, उर्लंदो पानीको बीच भएर जाने एउटा मार्ग। एउटा शक्तिशाली सेनालाई रथ र घोडाहरूका सेनालाई उहाँले नाश पार्नुभयो। तिनीहरू कहिल्‍यै नउठ्‍ने गरी लोटे, दियोको ज्‍वाला निभाएझैँ तिनीहरू निभाइए! तर परमप्रभु भन्‍नुहुन्‍छ, “बितेका कुराहरू याद नगर, उहिलेका घटनाहरू सम्‍झिनबस्। मैले के नयाँ कुरा गर्दै छु, त्‍यो हेर। त्‍यो कुरा भइरहेको छ, त्‍यो अहिले तिमीहरू देख्‍न सक्‍छौ! म उजाड-भूमिका बीचबाट एउटा बाटो निकाल्‍नेछु, त्‍यहाँ खोला बहाउनेछु।

शेयर गर्नुहोस्
यशैया 43 पढ्नुहोस्

यशैया 43:1-19

यशैया 43:1-19 NNRV
शेयर गर्नुहोस्
Read Full Chapter