यशैया 36:4-21
यशैया 36:4-21 पवित्र बाइबल (NERV)
कप्तानले तिनीहरूलाई भने, “हिजिकियाहलाई, महाराज, अश्शूरका राजाले यसो भन्छन्, “‘तिमीहरूले सहायताको लागि केमा भरोसा गरिरहेकाछौ? म तिमीहरूलाई भन्दछु यदि तिमीहरूले शक्ति र युद्धको योजनामा भरोसा गर्दछौ, यो व्यार्थ हो। तिनीहरू खोक्रा शब्दहरू बाहेक केही होइनन्। अब म तिमीहरूलाई सोध्दछु, तिमीहरूकोमाथि भरोसा गरेर मेरो विरूद्धमा विद्रोह गरिरहेका छौ? के तिमीहरू सहयोगको लागि मिश्रमाथि भर परिरहेकाछौ? मिश्र एउटा भाँचिएको लौरो जस्तो छ। यदि तिमीहरू सहायताको लागि त्यता ढल्किन्छौ भने, त्यसले केवल तिमीहरूलाई चोट पुर्याउनेछ र तिम्रो हातमा दुलो पारिदिनेछ। मिश्रका राजा फिरऊनमाथि कसैले पनि भरोसा राख्न सक्दैन्। “‘तर तिमीहरू यसो भन्न सक्छौ, “हामी आफ्ना परमप्रभु परमेश्वरबाट सहायता पाउने भरोसा गरिरहेछौ।” तर म जान्दछु हिजकियाहले ती वेदीहरू र उच्च स्थानहरू नष्ट पारे जहाँ मानिसहरूले परमप्रभुलाई पूज्दथे। अनि हिजकियाहले यहूदा र यरूशलेमका मानिसहरूलाई भने, “तिमीहरूले यहाँ यरूशलेमको एउटा बेदीमा आराधना गर्नुपर्छ।” “‘यदि तिमीहरू अझ लडाइँ गर्न चाहन्छौ भने मेरो मालिक, अश्शूरका राजाले तिमीहरूसँग यो सम्झौता गर्नेछन्। यदि तिमीहरूले युद्धको लागि घोड-सवारहरू पाउन सक्छौ भने म दुइ हजार घोडाहरू दिने वचन दिन्छु। तर त्यसो हुँदा पनि तिमीहरूले मेरो मालिकका निम्न स्तरका अधिकारीहरू सम्मलाई पराजित गर्न सक्दैनौ। यसकारण किन तिमीहरू लगातार मिश्रका रथहरू र घोड-सवारी सेनाहरूमा भर पर्छौ? “‘अहिले के तिमीहरू सोच्दछौ कि म परमप्रभुको सहयोग बिना यो देश ध्वंश गर्न आएको थिएँ? होइन! परमप्रभुले मलाई भन्नुभयो, “यो देशको विरूद्ध उठ्, जा र नष्ट पार।”’” तब एल्याकीम, शेब्ना र योआहले रबशाकेलाई भने, “दया गरेर हामी प्रति अरामी भाषामा बोल्नु होस्। हामी त्यो भाषा बुझ्छौ। हामीसित यहूदी भाषामा नबोल्नु होस्। यदि तिमीले हाम्रो भाषा प्रयोग गर्यौ भने शहरका पर्खालहरूमा भएका मानिसहरूले पनि बुझ्नेछन्।” तर रबशाकेले भने, “के मेरा मालिकले तिमीहरू र तिमीहरूका मालिकहरूसित मात्र बोल्न पठाएको होइन्। मेरो मालिकले ती मानिसहरूसँग पनि बोल्न पठाए जो पर्खालहरूमाथि बसिरहेका छन्। ती मानिसहरूसँग खाद्य र पानी सम्म छैन, तिमीहरूले जस्तै तिनीहरूले आफ्नै दिशा खानेहरू र आफ्नै पिसाब पिउनेछन्।” तब रबशाके यहूदी भाषामा साह्रो चिच्याए अनि यसो भने, “अश्शूरका महाराजाको यो सन्देश सुन: “‘हिजकियाहले तिमीहरूलाई मूर्ख नबनाओस। उसले आफ्नो शक्तिले तिमीहरूलाई बचाउँन सक्दैन्। हिजकियाहमाथि भरोसा नगर जब उसले भन्दछ, “परमप्रभुमा भरोसा गर! परमप्रभुले निश्चय हामीलाई बचाउँनु हुनेछ। परमप्रभुले अश्शूरका राजालाई यो शहर परास्त गर्न दिनुहुने छैन।” “‘हिजकियाहबाट ती शब्दहरू नसुन्। अश्शूरका महाराजाको कुरा सुन्। अश्शूरका राजाले भन्दछ, “हामीले एउटा सम्झौता गर्नुपर्छ। तिमीहरू शहरबाट मकहाँ आउनु पर्छ। तब मात्र प्रत्येक मानिसले आफ्नो घर जानलाई स्वतन्त्र हुनेछ। प्रत्येक मानिसले आफ्ना दाखको बोटबाट स्वतन्त्र रूपले दाख खान पाउनेछ। अनि प्रत्येक मानिसले स्वतन्त्र रूपमा आफ्नो नेभाराको बोटबाट फल खान पाउने छ। प्रत्येक मानिसहरूले आफ्ना इनारबाट स्वतन्त्र रूपमा पानी पिउन पाउने छ। जबसम्म म आउँदिन तिमीहरूले त्यसो गर्न सक्छौ अनि तिमीहरू प्रत्येकलाई त्यस भूमिमा लिएर जाँदिन जो तिमीहरूकै आफ्नो जस्तै छ। त्यस नयाँ देशमा तिमीहरूले राम्रो अन्न र नयाँ दाखरस, रोटी अनि अङ्गुरका लहराहरू पाउनेछौ।” “‘हिजकियाहलाई कष्ट पुर्याउन नदेऊ। हिजकियाह भन्दछ, “परमप्रभुले हामीलाई बचाउनु हुने छ।” तर म तिमीहरूलाई सोध्छु, के अन्य जातिहरूका देवताहरूले तिनीहरूको देशलाई अश्शूरका राजाबाट बचाउन सक्यो? अँहँ। हमात र अर्पादका देवताहरू कहाँ छन? तिनीहरू परास्त भए। सपर्बेमका देवताहरू कहाँ छन्? तिनीहरू परास्त भए! के तिनीहरूले शक्तिद्वारा सामरियालाई बचाए? अँहँ। के अन्य देवताहरूले अरू देशहरूमा मबाट आफ्ना ठाउँहरू बचाए? अँहँ! के परमप्रभुले मबाट यरूशलेम बचाउन सक्नुहोला त?’” तर यरूशलेमका मानिसहरू एकदम चुपचाप थिए। तिनीहरूले एक शब्द पनि कप्तानलाई भनेनन् किनभने राजा हिजकियाहले तिनीहरूलाई हुकुम दिएका थिए। उनले भने, “उसलाई केही पनि नभन।”
यशैया 36:4-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
युद्धका सेनापतिले तिनीहरूलाई भने, “हिजकियालाई भन, ‘महाराजाधिराज, अश्शूरका राजा यसो भन्नुहुन्छ, तिमी के आशामा भरोसा गरिरहेछौ? तिमीसित लड़ाइँको योजना र सैनिक बल छ भनी तिमी भन्छौ, तर तिमी त केवल फोस्रा कुरा गर्दछौ। तिमी कसमाथि भरोसा गरिरहेका छौ र मेरो विरुद्धमा बागी भएका छौ? हेर, तिमी अब भाँचिएको निगालोको लहुरोमा भरोसा राख्छौ, अर्थात् मिश्रदेशमा, जसमा कोही मानिस भर पर्यो भने, त्यसले त्यसको हातमा चोट पार्नेछ। मिश्रदेशका राजा फारोमाथि भर पर्ने सबैका निम्ति उनी यस्तै छन्। अनि “हामी आफ्ना परमप्रभु परमेश्वरमाथि भर पर्दछौं” भनी यदि तिमी मलाई भन्छौ भने, के उहाँ उही हुनुहुन्न, जसका अल्गा-अल्गा ठाउँहरू र जसका वेदीहरू हिजकियाले यहूदा र यरूशलेमलाई यसो भन्दै हटाए, “तिमीहरूले यस वेदीको सामुन्ने आराधना गर्नुपर्छ?” “‘यसकारण आओ, मेरा मालिक अश्शूरका राजासित सौदा गर। म तिमीलाई दुई हजार घोड़ा दिनेछु। हेरौं, तीमाथि तिमी सवार चढ़ाउन सक्छौ कि सक्दैनौ? रथहरू र घोड़ाहरूका निम्ति मिश्रदेशमाथि भर परे तापनि कसरी तिमी मेरा मालिकका अधिकृतहरूमध्येका एक जना साना अधिकृतलाई पनि धपाउन सक्छौ? यसबाहेक के म यस देशलाई आक्रमण गरी नष्ट पार्न परमप्रभुविना आएको छु? परमप्रभुले नै मलाई “त्यस देशमा गएर त्यसलाई नष्ट गर्” भनी भन्नुभएको छ’।” तब एल्याकीम, शेब्ना र योआले युद्धका सेनापतिलाई भने, “बिन्ती छ, तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्नुहोस्, किनकि हामी त्यो भाषा बुझ्छौं। पर्खालमा भएका मानिसहरूले सुन्ने गरी हिब्रू भाषामा हामीसित नबोल्नुहोस्।” तर युद्धका सेनापतिले भने, “के मेरा मालिकले तिमीहरू र तिमीहरूका मालिककहाँ मात्र यी कुरा भन्न मलाई पठाउनुभएको हो र? के उहाँले मलाई पर्खालमा बस्ने मानिसहरूकहाँ पनि पठाउनुभएको होइन र— जसले तिमीहरूले जस्तै आफ्नै दिसा खानुपर्छ र आफ्नै पिसाब पिउनुपर्नेछ?” तब युद्धका सेनापति खड़ा भए, र ठूलो सोरमा हिब्रू भाषामा यसो भने, “महाराजाधिराज अश्शूरका राजाका कुरा सुन! महाराजा यसो भन्नुहुन्छ, हिजकियाले तिमीहरूलाई धोका नदेओस्, किनकि त्यसले तिमीहरूलाई छुटाउन सक्नेछैन! हिजकियाले तिमीहरूलाई यसो भनेर परमप्रभुमाथि भरोसा गर्न पनि नलाओस्, ‘परमप्रभुले निश्चय नै हामीलाई छुटकारा दिनुहुनेछ। उहाँले यो सहर अश्शूरका राजाको हातमा सुम्पिदिनुहुनेछैन’। “हिजकियाको कुरा नसुन। अश्शूरका महाराजा यसो भन्नुहुन्छ: तिमीहरू मसित मिलाप गर, र निस्केर मकहाँ आओ। तब तिमीहरू हरेकले आ-आफ्नो दाखको फलबाट र नेभाराको फलबाट खाऔला, र आ-आफ्नो पानीको कुण्डबाट पानी पिऔला, जबसम्म म आएर तिमीहरूकै जस्तो अन्न र नयाँ दाखमद्य अनि रोटी र दाखबारीले भरिएको देशमा तिमीहरूलाई लैजाँदिनँ। “हिजकियाले तिमीहरूलाई यसो भनेर भ्रममा नपारोस्, ‘परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ’। के जाति-जातिका कुनै देवताले आफ्नो देशलाई अश्शूरका राजाको हातबाट कहिल्यै बचाउन सकेको छ र? हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेम देवताहरू कहाँ छन्? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटाएका छन्? यी देशहरूका देवताहरूमध्ये कसले आफ्नो देशलाई मेरो हातबाट बचाउन सकेको छ र? तब परमप्रभुले यरूशलेमलाई मेरो हातबाट कसरी बचाउन सक्नुहोला त?” तर मानिसहरू चूप लागिबसे, र उनलाई जवाफमा एउटै कुरा पनि भनेनन्। किनकि उनलाई केही जवाफ नदिनू भन्ने राजाको हुकुम थियो।

यशैया 36:4-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैदानका सेनापतिले तिनीहरूलाई भने, “हिजकियालाई भन्नू: “ ‘महान् राजा, अश्शूरका राजा, यसो भन्नुहुन्छ: तपाईंले आफ्नो भरोसा कुन आधारमाथि राख्नुभएको छ? तपाईं भन्नुहुन्छ तपाईंसित लडाइँको रणनीति र सैन्य-बल छ। तपाईं खोक्रो कुरा गर्नुहुन्छ। तपाईं कसमाथि भरोसा गरेर मेरो विरुद्धमा बागी हुनुभएको छ? अब हेर्नुहोस्, तपाईं इजिप्टमाथि भर पर्नुभएको छ। त्यो एउटा दुर्बल निगालो मात्र हो, जसले मानिसको हात मात्र घोच्छ, र त्यसमाथि अडेस लाग्नेलाई चोट मात्र लाग्छ! इजिप्टका राजा फारोमाथि भर पर्ने जोसुकैको निम्ति पनि यस्तै हुन्छ। तपाईंले मलाई “हामी याहवेह हाम्रा परमेश्वरमाथि भरोसा राख्छौँ” भन्नुहुन्छ भने के त्यो त्यही देवता होइन, जसका अल्गा देवस्थानहरू र वेदीहरू हिजकियाले हटाएर यहूदा र यरूशलेमलाई “तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ” भनेका थिए? “ ‘यसकारण अब मेरा मालिक अश्शूरका राजासित लेनदेन गर्नुहोस्। म तपाईंलाई दुई हजार घोडाहरू दिनेछु तपाईंले तीमाथि सवार गर्नेहरू जुटाउन सक्नुहुन्छ भने! तपाईं रथहरू र घोडचढीहरूका निम्ति इजिप्टमाथि भर परिरहनुभएको छ भने मेरा मालिकका अधिकृतहरूमध्ये सबैभन्दा सानोलाई कसरी अस्वीकार गर्नुहुन्छ? यसबाहेक के म याहवेहविना नै यस देशमाथि आक्रमण गरेर यसलाई नाश गर्न आएको छु र? याहवेह स्वयम्ले मलाई यस देशको विरुद्धमा आक्रमण गरेर नाश गर्नू भन्नुभएको छ।’ ” तब एल्याकीम, शेब्ना र योआले मैदानका सेनापतिलाई भने, “कृपा गरी आफ्ना सेवकहरूसित अरामी भाषामा कुरा गर्नुहोस्। किनकि हामी यो भाषा बुझ्दछौँ। पर्खालमाथि भएका मानिसहरूले सुन्ने गरी हिब्रू भाषामा नबोलिदिनुहोस्।” तर सेनापतिले जवाफ दिए, “के मेरा मालिकले यी कुराहरू तिमीहरूका मालिक र तिमीहरूलाई मात्र भन्नु भनेर पठाउनुभएको हो, र पर्खालमाथि बस्ने मानिसहरूलाई होइन—जसले तिमीहरूले झैँ आफ्नै दिसा खानुपर्नेछ र पिसाब पिउनुपर्नेछ?” तब ती सेनापतिले उठेर कराएर हिब्रूमा भने, “महान् राजा, अश्शूरका राजाका कुरा सुन! राजा यसो भन्नुहुन्छ, हिजकियाले तिमीहरूलाई छल्न नपाऊन्। तिनले तिमीहरूलाई मेरा हातबाट छुटाउन सक्नेछैनन्। हिजकियाले तिमीहरूलाई याहवेहमाथि भरोसा गर्नलाई यसो भन्दै धोका दिन नपाऊन्, ‘याहवेहले निश्चय हामीलाई छुटाउनुहुनेछ। यो सहर अश्शूरका राजाका हातमा दिइनेछैन।’ “हिजकियाको कुरा नसुन्नू। अश्शूरका राजा भन्नुहुन्छ: मसित मिलाप गरेर बाहिर मकहाँ आओ। तब तिमीहरू प्रत्येकले आफ्नै दाख र नेभाराको फलबाट खानेछौ र आफ्नै इनारबाट पिउनेछौ। जबसम्म म आएर तिमीहरूलाई तिमीहरूकै आफ्नै देशजस्तो ठाउँमा—अन्न र नयाँ दाखमद्यको देशमा—रोटी र दाखबारी भएको देशमा लैजान्नँ। “हिजकियाले तिमीहरूलाई, ‘याहवेहले हामीलाई बचाउनुहुन्छ’ भनेर भ्रममा नपारून्। के आजसम्म कुनै जातिको देवताले आफ्नो देशलाई अश्शूरका राजाको हातबाट छुटाउन सकेको छ? हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेमका देवताहरू कहाँ छन्? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटाउन सके? यी देशहरूका कुन देवताले आफ्नो देशलाई मबाट बचाउन सकेको छ र? त्यसो भए कसरी याहवेहले मेरो हातबाट यरूशलेमलाई छुटाउन सक्नुहुन्छ?” तर मानिसहरू चुप रहे अनि जवाफमा केही भनेनन्, किनकि राजाले तिनीहरूलाई, “त्यसलाई कुनै जवाफ नदिनु” भनेर आज्ञा दिएका थिए।
यशैया 36:4-21 पवित्र बाइबल (NERV)
कप्तानले तिनीहरूलाई भने, “हिजिकियाहलाई, महाराज, अश्शूरका राजाले यसो भन्छन्, “‘तिमीहरूले सहायताको लागि केमा भरोसा गरिरहेकाछौ? म तिमीहरूलाई भन्दछु यदि तिमीहरूले शक्ति र युद्धको योजनामा भरोसा गर्दछौ, यो व्यार्थ हो। तिनीहरू खोक्रा शब्दहरू बाहेक केही होइनन्। अब म तिमीहरूलाई सोध्दछु, तिमीहरूकोमाथि भरोसा गरेर मेरो विरूद्धमा विद्रोह गरिरहेका छौ? के तिमीहरू सहयोगको लागि मिश्रमाथि भर परिरहेकाछौ? मिश्र एउटा भाँचिएको लौरो जस्तो छ। यदि तिमीहरू सहायताको लागि त्यता ढल्किन्छौ भने, त्यसले केवल तिमीहरूलाई चोट पुर्याउनेछ र तिम्रो हातमा दुलो पारिदिनेछ। मिश्रका राजा फिरऊनमाथि कसैले पनि भरोसा राख्न सक्दैन्। “‘तर तिमीहरू यसो भन्न सक्छौ, “हामी आफ्ना परमप्रभु परमेश्वरबाट सहायता पाउने भरोसा गरिरहेछौ।” तर म जान्दछु हिजकियाहले ती वेदीहरू र उच्च स्थानहरू नष्ट पारे जहाँ मानिसहरूले परमप्रभुलाई पूज्दथे। अनि हिजकियाहले यहूदा र यरूशलेमका मानिसहरूलाई भने, “तिमीहरूले यहाँ यरूशलेमको एउटा बेदीमा आराधना गर्नुपर्छ।” “‘यदि तिमीहरू अझ लडाइँ गर्न चाहन्छौ भने मेरो मालिक, अश्शूरका राजाले तिमीहरूसँग यो सम्झौता गर्नेछन्। यदि तिमीहरूले युद्धको लागि घोड-सवारहरू पाउन सक्छौ भने म दुइ हजार घोडाहरू दिने वचन दिन्छु। तर त्यसो हुँदा पनि तिमीहरूले मेरो मालिकका निम्न स्तरका अधिकारीहरू सम्मलाई पराजित गर्न सक्दैनौ। यसकारण किन तिमीहरू लगातार मिश्रका रथहरू र घोड-सवारी सेनाहरूमा भर पर्छौ? “‘अहिले के तिमीहरू सोच्दछौ कि म परमप्रभुको सहयोग बिना यो देश ध्वंश गर्न आएको थिएँ? होइन! परमप्रभुले मलाई भन्नुभयो, “यो देशको विरूद्ध उठ्, जा र नष्ट पार।”’” तब एल्याकीम, शेब्ना र योआहले रबशाकेलाई भने, “दया गरेर हामी प्रति अरामी भाषामा बोल्नु होस्। हामी त्यो भाषा बुझ्छौ। हामीसित यहूदी भाषामा नबोल्नु होस्। यदि तिमीले हाम्रो भाषा प्रयोग गर्यौ भने शहरका पर्खालहरूमा भएका मानिसहरूले पनि बुझ्नेछन्।” तर रबशाकेले भने, “के मेरा मालिकले तिमीहरू र तिमीहरूका मालिकहरूसित मात्र बोल्न पठाएको होइन्। मेरो मालिकले ती मानिसहरूसँग पनि बोल्न पठाए जो पर्खालहरूमाथि बसिरहेका छन्। ती मानिसहरूसँग खाद्य र पानी सम्म छैन, तिमीहरूले जस्तै तिनीहरूले आफ्नै दिशा खानेहरू र आफ्नै पिसाब पिउनेछन्।” तब रबशाके यहूदी भाषामा साह्रो चिच्याए अनि यसो भने, “अश्शूरका महाराजाको यो सन्देश सुन: “‘हिजकियाहले तिमीहरूलाई मूर्ख नबनाओस। उसले आफ्नो शक्तिले तिमीहरूलाई बचाउँन सक्दैन्। हिजकियाहमाथि भरोसा नगर जब उसले भन्दछ, “परमप्रभुमा भरोसा गर! परमप्रभुले निश्चय हामीलाई बचाउँनु हुनेछ। परमप्रभुले अश्शूरका राजालाई यो शहर परास्त गर्न दिनुहुने छैन।” “‘हिजकियाहबाट ती शब्दहरू नसुन्। अश्शूरका महाराजाको कुरा सुन्। अश्शूरका राजाले भन्दछ, “हामीले एउटा सम्झौता गर्नुपर्छ। तिमीहरू शहरबाट मकहाँ आउनु पर्छ। तब मात्र प्रत्येक मानिसले आफ्नो घर जानलाई स्वतन्त्र हुनेछ। प्रत्येक मानिसले आफ्ना दाखको बोटबाट स्वतन्त्र रूपले दाख खान पाउनेछ। अनि प्रत्येक मानिसले स्वतन्त्र रूपमा आफ्नो नेभाराको बोटबाट फल खान पाउने छ। प्रत्येक मानिसहरूले आफ्ना इनारबाट स्वतन्त्र रूपमा पानी पिउन पाउने छ। जबसम्म म आउँदिन तिमीहरूले त्यसो गर्न सक्छौ अनि तिमीहरू प्रत्येकलाई त्यस भूमिमा लिएर जाँदिन जो तिमीहरूकै आफ्नो जस्तै छ। त्यस नयाँ देशमा तिमीहरूले राम्रो अन्न र नयाँ दाखरस, रोटी अनि अङ्गुरका लहराहरू पाउनेछौ।” “‘हिजकियाहलाई कष्ट पुर्याउन नदेऊ। हिजकियाह भन्दछ, “परमप्रभुले हामीलाई बचाउनु हुने छ।” तर म तिमीहरूलाई सोध्छु, के अन्य जातिहरूका देवताहरूले तिनीहरूको देशलाई अश्शूरका राजाबाट बचाउन सक्यो? अँहँ। हमात र अर्पादका देवताहरू कहाँ छन? तिनीहरू परास्त भए। सपर्बेमका देवताहरू कहाँ छन्? तिनीहरू परास्त भए! के तिनीहरूले शक्तिद्वारा सामरियालाई बचाए? अँहँ। के अन्य देवताहरूले अरू देशहरूमा मबाट आफ्ना ठाउँहरू बचाए? अँहँ! के परमप्रभुले मबाट यरूशलेम बचाउन सक्नुहोला त?’” तर यरूशलेमका मानिसहरू एकदम चुपचाप थिए। तिनीहरूले एक शब्द पनि कप्तानलाई भनेनन् किनभने राजा हिजकियाहले तिनीहरूलाई हुकुम दिएका थिए। उनले भने, “उसलाई केही पनि नभन।”
यशैया 36:4-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
के कुराले हिजकिया राजालाई ढुक्कै पार्यो, त्यो राजाले जान्न चाहनुहुन्छ भनी अश्शूरी सेनापतिले तिनीहरूलाई भने। तिनले सोधे, “के शब्दले सैनिक निपुणता र शक्तिको ठाउँ लिन सक्छ भनी तिमीहरू ठान्छौ? कसले तिमीलाई अश्शूरका विरुद्धमा विद्रोह गर्न मद्दत गर्छ भनी तिमीहरू भन्ठान्छौ? मिश्रले तिमीहरूलाई मद्दत गर्छ भनी तिमीहरू आशा गर्दछौ, त्यो त फुटेको निगालाको लट्ठी टेकेजस्तो मात्र हुन्छ– त्यो भाँचिएर तिमीहरूकै हातमा रोपिनेछ। कोही मिश्रका राजामाथि भर पर्छ भने, त्यस्तै हुन्छ।” अश्शूरी सेनापतिले कुरा अघि बढाए, “तिमीहरू परमप्रभु तिम्रा परमेश्वरमा भर परेका छौ भनी तिमीहरू मलाई भन्छौ? हिजकियाले यरूशलेमको वेदीमा मात्र आराधना गर्न यहूदा र यरूशलेमका मानिसहरूलाई भनेको बेलामा तिनले परमप्रभुकै आराधना र वेदीहरू नाश पारेका थिए। महाराजाको नाममा म तिमीहरूसित एउटा बाजी राख्छु। तिमीहरूले घोडा चढ्न सक्ने दुई हजार पुरुष निकाल्यौ भने म तिमीहरूलाई दुई हजार घोडाहरू दिनेछु। तिमीहरू सबैभन्दा तल्लो दर्जाका अश्शूरी अधिकृतको पनि दाँजोमा छैनौ अनि कसरी मिश्रीहरूले तिमीहरूलाई रथ र घोडचढी सेना पठाइदिन्छन् भनी आशा गर्छौ। के मैले परमप्रभुको सहायताबिना गरेको हो भनी तिमीहरू सोच्दछौ? परमप्रभु आफैंले तिम्रो देशलाई हमला गरी नाश गर्न मलाई भन्नुभएको हो।” तब एल्याकीम, शेब्ना र योआले ती सेनापतिलाई भने, “हामीसित अरामी भाषामा बोल्नुहोस्। हामी अरामी बुझ्छौं। हिब्रू भाषामा नबोल्नुहोस्। पर्खालमा भएका सबै मानिसहरूले हाम्रा कुरा सुन्दैछन्।” तिनले जवाफ दिए, “तिमीहरू के यो सोच्दछौ कि राजाले मलाई यी कुरा राजा र तिमीहरूलाई मात्र भन्न पठाएका हुन्? होइन, पर्खालमा बसेका मानिसहरूसँग पनि म बोल्दै छु। तिनीहरूले पनि तिमीहरूजस्तै आफ्नो मल खानु र आफ्नो मूत्र पिउनुपर्नेछ।” तब ती सेनापतिले उभिएर हिब्रू भाषामा जोडले भने, “अश्शूरका महाराजाले तिमीहरूलाई के भन्दै छन्, त्यो तिमीहरू सुन। तिमीहरूलाई हिजकियाका छलमा नपर्न राजाले चेतावनी दिँदै छन्। हिजकियाले तिमीहरूलाई बचाउन सक्दैन। परमप्रभुमा भर पर्नुपर्छ भन्ने तिनको कुरा नपत्याओ। परमप्रभुले तिमीहरूलाई बचाउनुहुनेछ र हाम्रा अश्शूरी सेनालाई तिम्रा सहर कब्जा गर्न दिनुहुन्न भनी नसोच। हिजकियाका कुरा नसुन! सहरबाट निस्किआएर समर्पण गर्न अश्शूरका राजाले तिमीहरूलाई आज्ञा गरेका छन्। त्यस बेलासम्म तिमीहरू आफ्नो बारीका दाख र नेभारा खान अनि आफ्नै कुवाका पानी पिउन पाउनेछौ, जबसम्म राजाले तिमीहरूलाई तिमीहरूका जस्तै अर्को एउटा देशमा बसाल्नेछैनन्। त्यहाँ दाखमद्य दिने दाखबारी र रोटी बनाउन अन्न हुनेछन्। परमप्रभुले हाम्रो रक्षा गर्नुहुन्छ भनी सोच्ने मूर्खहरू तिमीहरूलाई हिजकियाले बचाउन नसकोस्। के अरू कुनै देशमा देवी-देवताहरूले ती देशलाई अश्शूरका राजाका हातबाट बचाए? अहिले ती देवी-देवताहरू कहाँ छन्? हमात र अर्पादका देवी-देवताहरू कहाँ छन्? सपर्बेमका देवी-देवताहरू कता गए? के कसैले सामरियालाई बचायो? यी सबै देशका कुन देवताले कहिल्यै ती देशहरूलाई हाम्रा राजाका हातबाट बचाए? तब परमप्रभुले यरूशलेमलाई बचाउनुहुन्छ भनी तिमीहरू कसरी सोच्न सक्छौ?” मानिसहरू चुप भए। हिजकिया राजाले तिनीहरूलाई त्यसरी नै चुप रहन भनेका थिए। तिनीहरूले एउटै शब्द बोलेनन्।