YouVersion लोगो
खोज आइकन

यशैया 30:20-26

यशैया 30:20-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुले तिमीहरूलाई दु:खको रोटी र क्‍लेशको पानी दिनुभए तापनि तिमीहरूका शिक्षकहरू अझ लुकाइनेछैनन्‌। तिमीहरूका आफ्‍नै आँखाले तिमीहरूले तिनीहरूलाई देख्‍नेछौ। तिमीहरू दाहिने अथवा देब्रे लाग्‍दा तिमीहरूका कानले तिमीहरूका पछिल्‍तिर यसो भन्‍ने आवाज सुन्‍नेछौ, “बाटो यही हो, यसैमा हिँड़।” तब खोपेर चाँदीले मोहोरिएका तिमीहरूका देवताहरू र सुनका तिमीहरूका मूर्तिहरू तिमीहरूले दूषित तुल्‍याउनेछौ। तिमीहरूले तिनलाई महिनावारीको अशुद्ध कपड़ाझैँ फालिदिनेछौ, र तिनलाई यसो भन्‍नेछौ, “पर जाओ!” तिमीहरूले जमिनमा छर्ने बीउका निम्‍ति उहाँले पानी पठाइदिनुहुनेछ। भूमिबाट उब्‍जने अन्‍न सप्रिएका र प्रशस्‍त हुनेछन्‌। त्‍यस दिन गाई-गोरुहरू फराकिला चरनमा चर्नेछन्‌। तिमीहरूका खेतमा हलो जोत्‍ने गोरु र गधाहरूले काँटा र बेल्‍चाले फैलाइराखेको नुनिलो दाना र भुस खानेछन्‌। त्‍यो ठूलो हत्‍याको दिन जब धरहराहरू भत्‍कन्‍छन्, तब सबै अल्‍गा-अल्‍गा पर्वतहरू र सबै उच्‍च डाँड़ाहरूमा पानीका खोलाहरू बग्‍नेछन्‌। त्‍यसबाहेक जब परमप्रभुले आफ्‍नो प्रजाका घाउहरू बाँध्‍नुहुनेछ, र उहाँले लाउनुभएको तिनीहरूका चोट निको पार्नुहुनेछ, त्‍यस दिन जून घामजस्‍तै लाग्‍नेछ र सूर्यको प्रकाश सात दिनको ज्‍योतिझैँ सात गुणा बढ़ी चहकिलो हुनेछ।

शेयर गर्नुहोस्
यशैया 30 पढ्नुहोस्

यशैया 30:20-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

प्रभुले तिमीहरूलाई विपत्तिको रोटी र कष्‍टको पानी दिनुभए तापनि तिमीहरूका शिक्षकहरू फेरि लुकाइनेछैनन्; तिमीहरूका आफ्नै आँखाले तिनीहरूलाई देख्नेछौ। तिमीहरू दाहिने अथवा देब्रेतिर फर्के तापनि तिमीहरूका कानले आफ्ना पछिल्तिरबाट, “बाटो यही हो, यसमा हिँड” भन्‍ने सोर सुन्‍नेछन्। तब आफूले चाँदीले मोहोरेका मूर्तिहरू र सुनले ढालेका प्रतिमाहरूलाई तिमीहरूले अपवित्र तुल्याउनेछौ। तिमीहरूले त्यसलाई रजस्वलाको लुगाझैँ फ्याँकेर त्यसलाई, “पर जा!” भन्‍नेछौ। तिमीहरूले जमिनमा छरेका बिउ उमार्नका निम्ति उहाँले वर्षा पनि पठाइदिनुहुनेछ; अनि जमिनबाट आएको भोजन उत्तम र प्रशस्त हुनेछ। त्यस दिन तिमीहरूका गाईबस्तु ठूला मैदानहरूमा चर्नेछन्। खेतमा जोत्ने गोरुहरू र गधाहरूले काँटा र बेल्चाले मिसाएको घाँस र दाना खानेछन्। त्यस भयानक संहारको दिनमा धरहराहरू ढल्दा प्रत्येक अग्लो पर्वत र हरेक ठूलो डाँडामा पानीका खोलाहरू बग्नेछन्। याहवेहले आफ्ना मानिसहरूका घाउहरूमा पट्टी बाँध्नुहुँदा र उहाँले दिनुभएका चोटहरू निको पार्नुहुँदा, त्यस दिन चन्द्रमा सूर्यजस्तै लाग्नेछ; अनि सूर्य सधैँभन्दा सात गुणा बढी चम्किलो, सात दिनको उज्यालो एकै दिनमा चम्केजस्तो हुनेछ।

शेयर गर्नुहोस्
यशैया 30 पढ्नुहोस्

यशैया 30:20-26 पवित्र बाइबल (NERV)

अतीतमा, मेरो मालिकले तिमीहरूलाई दु:ख र कष्ट दिनुभयो। त्यो तिमीहरूले खाएको रोटी र पानी जस्तो थियो। तर परमेश्वर तिमीहरूका गुरू हुनुहुन्छ, अनि उहाँ तिमीहरूबाट लगातार लुकेर बस्नु हुनेछैन्। तिमीहरूले आफ्ना गुरूलाई आफ्नै आँखाले हेर्न पाउनेछौ। तब यदि तिमीहरूले गल्ती काम गर्छौ भने वा गल्तीबाटो नै गयौ भने, तिमीहरूले एक आवाज सुन्नेछौ तिमीहरूको आफ्ना आवाज पछाडी, “यो तिमीहरूको दाहिने बाटो हो। तिमीहरू यही बाटो जानुपर्छ।” तिमीहरूले सुन र चाँदीले मूर्तिहरूलाई ढाकिदिएका छौ। ती झूटो देवताहरूले तिमीहरूलाई फोहरी बनाई दिए। तर तिमीहरूले ती झूटो देवताहरूलाई आराधना गर्न रोक्न सक्छौ। तिमीहरूले ती झूटो देवताहरूलाई फोहर मैला, कसिङ्गर जस्तै टाढा फाली दिनेछौ। त्यस समय, परमप्रभुले तिमीहरूका निम्ति बर्षा पठाई दिनुहुनेछ। तिमीहरूले भूमिमा बिऊहरू रोप्नेछौ, अनि त्यस भूमिले तिमीहरूका निम्ति खाद्यान्न उप्जाई दिनेछ। तिमीहरूले प्रशस्त बाली पाउनेछौ। आफ्ना पाल्तु पशुहरूका लागि त्यस भूमिले प्रशस्त मात्रामा खाद्यन्न दिनेछ। त्यहाँ तिमीहरूका भेंडाका लागि विस्तृत र्खक हुनेछ। तिमीहरूका गोरू र गधाहरूले आवश्यक अनुसार सबै प्रकारको दाना पाउनेछन्। पशुहरूका निम्ति दाना यति विध्न हुन्छ कि पशुहरूलाई दाना दिंदा पनि तिमीहरू फरूवा र बेल्चाहरू चलाउँछौ। प्रत्येक पहाड र पर्वतसित पानी भरिएको भन्ज्याङ हुनेछन्। यी कुराहरू धेरै संख्यामा मानिसहरू मारिए पछि अनि भूमिमा धरहराहरू ढलेपछि मात्र हुनेछन्। त्यस समयमा चन्द्रमाको प्रकाश सूर्यको प्रकाश भन्दा चहकिलो हुनेछ। घामको प्रकाश अहिलेको भन्दा सात गुणा बढी चहकिलो हुनेछ। एक दिनको घामको प्रकाश एक साताको प्रकाश जति हुनेछ। यी कुराहरू त्यति बेला हुनेछ जब परमप्रभुले आफ्नो मानिसहरूको घाउहरूमा पट्टी लगाउनु हुनेछ अनि निको पार्नुहुनेछ।

शेयर गर्नुहोस्
यशैया 30 पढ्नुहोस्

यशैया 30:20-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुले तिमीहरूलाई सङ्कष्‍टको समयमा जान लगाए पनि उहाँ आफैं तिमीहरूलाई शिक्षा दिन तिमीहरूका साथ रहनुहुनेछ र तिमीहरूले अझै उहाँको खोजी गर्नुपर्दैन। तिमीहरूले दायाँ वा बायाँ बाटो बिरायौ भने पछिल्‍तिरबाट उहाँको सोर सुन्‍नेछौ, “बाटो यही हो। यसैमा हिँड्।” तिमीहरूले आफ्‍ना सुन र चाँदीले मोहोरेका मूर्तिहरू निकालेर कसिङ्गरझैँ यसो भन्‍दै फ्‍याँक्‍नेछौ, “मेरो दृष्‍टिबाट टाढा हो।” जहिले-जहिले तिमीहरू बिउ छरौला, ती उमार्नलाई परमप्रभुले झरी पठाइदिनुहुनेछ, भूमिले प्रशस्‍त अन्‍नबाली दिनेछ। अनि तिमीहरूका पाल्‍तु पशुले प्रशस्‍त चरन पाउनेछन्। तिम्रा बारी जोत्‍ने गोरु र गधाहरूले सबैभन्दा उत्तम घाँस र दाना खानेछन्। तिम्रा शत्रुहरूका किल्‍लाहरू कब्‍जा गरेको, तिनका मानिसहरू संहार भएको दिन, हरेक डाँडा र पर्वतबाट खोलाका पानी बगिआउँनेछन्। जूनचाहिँ घाम जत्तिकै चम्‍किलो हुनेछ र घाम सधैँभन्दा सात गुणा चम्‍किलो, सात दिनको उज्‍यालो एकै दिनमा चम्‍केझैँ हुनेछ। परमप्रभुले आफ्‍ना मानिसहरूलाई लगाउनुभएको चोटमा पट्टी बाँधेर जाती पार्नुभएको दिन यी कुरा पूरा हुनेछन्।

शेयर गर्नुहोस्
यशैया 30 पढ्नुहोस्