यशैया 19:20-25
यशैया 19:20-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मिश्रदेशमा सर्वशक्तिमान् परमप्रभुको निम्ति त्यो एउटा चिन्ह र साक्षी हुनेछ। अत्याचारीहरूको कारण तिनीहरूले परमप्रभुलाई पुकारा गर्दा, उहाँले तिनीहरूका निम्ति एक जना मुक्तिदाता र एक जना रक्षक पठाउनुहुनेछ, र उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ। यसरी परमप्रभु मिश्रीहरूमा प्रकट हुनुहुनेछ, र त्यस दिन तिनीहरूले परमप्रभुलाई स्वीकार गर्नेछन्। तिनीहरूले बलिदानहरू र अन्नबलिहरूद्वारा उहाँलाई आराधना गर्नेछन्, र तिनीहरूले परमप्रभुको निम्ति भाकल गरेर त्यो पूरा गर्नेछन्। परमप्रभुले मिश्रदेशलाई महामारीद्वारा प्रहार गर्नुहुनेछ। उहाँले तिनीहरूलाई हिर्काउनुहुनेछ, र तिनीहरूलाई निको पनि पार्नुहुनेछ। तिनीहरू परमप्रभुतर्फ फर्कनेछन्। उहाँले तिनीहरूको बिन्ती सुन्नुहुनेछ, र उहाँले तिनीहरूलाई निको पार्नुहुनेछ। त्यस दिन मिश्रदेशदेखि अश्शूर देशसम्म एउटा मूलबाटो हुनेछ। अश्शूरीहरू मिश्रदेशमा र मिश्रीहरू अश्शूर देशमा आवतजावत गर्नेछन्। मिश्रीहरू र अश्शूरीहरूले एकैसाथ आराधना गर्नेछन्। त्यस दिन मिश्र र अश्शूरका साथ पृथ्वीमा आशिष्को निम्ति इस्राएलचाहिँ तेस्रो देश हुनेछ। सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई यसो भनेर आशिष् दिनुहुनेछ, “मिश्र मेरो प्रजा, अश्शूर मेरो हातको काम र इस्राएल मेरो उत्तराधिकारी धन्यका होऊन्।”
यशैया 19:20-25 पवित्र बाइबल (NERV)
सेनाहरूका परमप्रभुले गर्नु भएको महान र प्रभावपूर्ण कार्यहरूको यो चिह्न हुनेछ। कुनै पनि समय मानिसहरू परमप्रभुदेखि केही माग्न चिच्याइ रूनेछन् अनि परमप्रभुले सहयोगी पठाउनु हुनेछ। परमप्रभुले मानिसहरूलाई बचाउन र रक्षा गर्नलाई एक मानिस पठाउनु हुनेछ। त्यस मानिसले तिनीहरूमाथि अरूले गरेको अन्याय र दुष्ट कार्यबाट बचाउनेछ। त्यसबेला, मिश्रका मानिसहरूले परमप्रभुले साँचो रूपमा जान्नेछन्। मिश्रका मानिसहरूले परमेश्वरलाई प्रेम गर्नेछन्। मानिसहरूले परमेश्वरको सेवा गर्नेछन् र धेरै बलिदानहरू अर्पण गर्नेछन्। तिनीहरूले परमप्रभुसित भाकल गर्नेछन्। अनि तिनीहरूले ती प्रतिज्ञाहरू कायम राख्नेछन्। परमप्रभुले मिश्रका मानिसहरूलाई दण्ड दिनु हुनेछ। अनि त्यसपछि परमप्रभुले तिनीहरूलाई क्षमा गर्नु हुनेछ। तिनीहरू परमप्रभुपट्टि फर्केर आउनेछन्। परमप्रभुले तिनीहरूका प्रार्थना सुन्नु हुनेछ र तिनीहरूलाई क्षमा गर्नुहुनेछ। त्यस समयमा मानिसहरू अश्शूरबाट मिश्र अनि मिश्रबाट अश्शूर जानेछन्। मिश्र र अश्शूरका मानिसहरूसँगै आराधना गर्नेछन्। त्यस समयमा इस्राएल, अश्शूर र मिश्रले संयुक्त भई पृथ्वीमाथि शासन गर्नेछन्। यो त्यो देशको लागि एक आशीर्वाद हुनेछ। सेनाहरूका परमप्रभुले त्यस देशलाई आशीर्वाद दिनुहुनेछ। उहाँले भन्नु हुनेछ, “मिश्र, तिमीहरू मेरा मानिसहरू हौ। अश्शूर, मैले तिमीलाई बनाएँ। इस्राएल तिमी मेरो सम्पत्ति हौ। तिमीहरू सबै धन्य हौ!”
यशैया 19:20-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ती कुराले सर्वशक्तिमान् परमप्रभु मिश्रमा हुनुहुन्छ भन्ने कुरा बुझाउँछ। जब त्यहाँका मानिसहरूमाथि अत्याचार हुँदछ र तिनीहरूले मद्दतको लागि परमप्रभुलाई पुर्कादछन्, उहाँले तिनीहरूका लागि एउटा मुक्तिदाता पठाउनुहुनेछ। परमप्रभु आफैं मिश्रबासीहरू माझ प्रकट हुनुहुनेछ, तब तिनीहरूले उहाँलाई ग्रहण गरी पुज्नेछन् र उहाँलाई बलिदान र भेटीहरू चढाउनेछन्। तिनीहरूले उहाँसित गम्भीर प्रतिज्ञाहरू गर्नेछन् र ती पूरा गर्नेछन्। परमप्रभुले मिश्रीहरूलाई दण्ड दिनुहुनेछ तर उहाँले तिनीहरूलाई निको पार्नुहुनेछ। त्यो समय आएपछि मिश्र र अश्शूरका बीच एउटा राजमार्ग हुनेछ। ती दुई देशका मानिसहरू आपसमा आउ-जाउ गर्नेछन् र दुई जातिले एकसाथ पूजा गर्नेछन्। त्यो समय आएपछि इस्राएलचाहिँ मिश्र र अश्शूरको दाँजोमा आउनेछ र ती तीन राष्ट्रहरू सारा संसारको निम्ति आशिष्को कारण बन्नेछन्। सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र यसो भन्नुहुनेछ, “मिश्र मेरो प्रजा, अश्शूर मेरो सृष्टि र इस्राएल मेरो चुनिएको प्रजा, म तिमीहरूलाई आशीर्वाद दिनेछु।”
यशैया 19:20-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यो इजिप्टमा सेनाहरूका याहवेहको निम्ति एउटा चिन्ह र साक्षी हुनेछ। आफ्ना अत्याचारीहरूको कारण तिनीहरूले याहवेहलाई पुकार्दा, उहाँले तिनीहरूलाई एक जना उद्धारकर्ता र रक्षक पठाउनुहुनेछ; अनि उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ। यसरी याहवेहले आफूलाई इजिप्टियनहरूकहाँ चिनाउनुहुनेछ; अनि त्यस दिन तिनीहरूले याहवेहलाई स्वीकार गर्नेछन्। तिनीहरूले बलिदान र अन्नबलिले पुज्नेछन्; तिनीहरूले याहवेहमा भाकल गर्नेछन् र ती पूरा गर्नेछन्। याहवेहले इजिप्टमाथि विपत्तिले प्रहार गर्नुहुनेछ; उहाँले तिनीहरूलाई प्रहार गर्नुहुनेछ र निको पार्नुहुनेछ। तिनीहरू याहवेहतिर फर्कनेछन्, र उहाँले तिनीहरूका बिन्ती सुनेर तिनीहरूलाई निको पार्नुहुनेछ। त्यस दिन इजिप्टदेखि अश्शूरसम्म एउटा राजमार्ग हुनेछ। अश्शूरीहरू इजिप्टमा आउनेछन्, र इजिप्टियनहरू अश्शूरमा जानेछन्; अनि इजिप्टियनहरू र अश्शूरीहरूले एकैसाथ आराधना गर्नेछन्। त्यस दिन इजिप्ट र अश्शूरको साथमा इस्राएल पृथ्वीमा एउटा आशिष्को तेस्रो देश बन्नेछ। सेनाहरूका याहवेहले यसो भनेर तिनीहरूलाई आशिष् दिनुहुनेछ, “इजिप्ट मेरो प्रजा, अश्शूर मेरो हातको काम र इस्राएल मेरो उत्तराधिकारी धन्यका होऊन्।”