YouVersion लोगो
खोज आइकन

प्रेरित 19:14-41

प्रेरित 19:14-41 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एक जना स्‍केवास नाउँ भएको यहूदी मुख्‍य पूजाहारीका सात जना छोराहरूले पनि यस्‍तो काम गर्थे। तर एक दिन दुष्‍ट आत्‍माले तिनीहरूलाई भन्‍यो, “येशूलाई म चिन्‍छु, पावललाई पनि म चिन्‍छु, तर तिमीहरूचाहिँ को हौ?” यसो भनेर त्‍यो दुष्‍ट आत्‍मा लागेको मानिस तिनीहरूमाथि झम्‍टेर जित्‍यो र तिनीहरू नाङ्गै-भुतुँगै भई शरीरभरि चोटै-चोट लिएर त्‍यहाँबाट भागे। यो कुरा एफिससमा हुने यहूदी र अरू जातिका मानिसहरूले सुने र सबै डराए। उनीहरूले प्रभु येशूको नाउँलाई ठूलो आदर गरे। धेरै जना विश्‍वास गर्नेहरू आएर आफ्‍नो काम खुल्‍लमखुल्‍ला मानिलिए। धेरैले जादूगरी र धामी-झाँक्रीको बारेमा लेखेका आफ्‍ना पुस्‍तकहरू ल्‍याएर सबैको सामु जलाइदिए। जलाएको पुस्‍तकको मोल अड्कल गर्दा झण्‍डै पचास हजार चाँदीको सिक्‍काको हिसाब हुन आयो। यसरी परमेश्‍वरको शिक्षा शक्तिशाली रूपले फैलँदै र बढ्दैगयो। त्‍यसपछि पावलले माकेडोनिया र अखैया इलाका भएर यरूशलेम जाने निधो गरे। उनले भने, “यरूशलेम गएपछि मैले रोम सहर पनि जानै पर्छ।” त्‍यसपछि उनले आफ्‍नो साथी तिमोथी र इरास्‍तसलाई माकेडोनियातिर पठाए, तर उनी आफूचाहिँ केही दिनसम्‍म एशिया इलाकामा नै बसे। त्‍यस समयमा मुक्तिको बाटोको प्रचार भएको हुनाले एफिससमा ठूलो हलचल मच्‍चियो। डेमेत्रियस नाउँ गरेको सुनारले आर्तेमिस देवीको चाँदीका ससाना मन्‍दिरहरू बनाउँथ्‍यो। यो काम गरेर ऊ र उसले राखेका कारिगरहरूले समेत थुप्रो पैसा कमाउँथे। अब डेमेत्रियसले आफ्‍ना कारिगर र तिनीहरूजस्‍तै पेशा भएका मानिसहरू सबैलाई भेला गराएर भन्‍यो, “भाइहरू हो, तिमीहरूलाई थाहै छ, यही व्‍यापारबाट हामीले पैसा कमाएका हौं। तर त्‍यो पावलले के भन्‍दै छ, तिमीहरू आफैं देख्‍दै र सुन्‍दै छौ। मानिसको हातले बनाएका देवताचाहिँ देवता नै होइनन् भन्‍दै छ। उसले यहाँ एफिसस र एशियामा बस्‍ने सबै जसो मानिसहरूलाई आफ्‍ना कुरा सिकाएर भर्माउन आँटिसक्‍यो। यसरी हाम्रो कामको मात्र होइन, तर महान् देवी आर्तेमिसको मन्‍दिरको पनि हेला हुनेछ अनि एशिया र संसारभरिका मानिसले मान्‍दैआएको महान् देवी आर्तेमिसको पूजा पनि बन्‍द हुनेछ।” यो कुरा सुनेर त्‍यहाँ जम्‍मा भएका मानिसहरूको रगत तात्‍यो र तिनीहरूले कराएर भन्‍न लागे, “एफिससमा रहनुहुने देवी आर्तेमिसको जय!” त्‍यस जय-जयकारले पूरै सहर गुन्जियो र सहरभरि होहल्‍ला मच्‍चिन लाग्‍यो। मानिसहरू हुल बाँधेर आए र माकेडोनियाबाट आएका पावलका साथी गायस र अरिस्‍तार्खसलाई समातेर रङ्गशालामा लगे। पावल भीडको अघि जान खोजे। तर प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूले उनलाई जान दिएनन्। एशिया इलाकाका केही सरकारी हाकिमहरूले समेत पावलको भलाइ चाहेर उनलाई ‘त्‍यस रङ्गशालामा देखा नपर्नुहोस्’ भन्‍ने सल्‍लाह दिए। मानिसको हुलमा ठूलो होहल्‍ला मच्‍चिरहेको थियो। कोही एक थोक भनेर कराउँथे त कोही अर्कै थोक भनेर चिच्‍च्‍याउँथे। तर धेरै मानिसहरूलाई किन भेला भएको हो, त्‍यति पनि थाहा थिएन। त्‍यतिखेर यहूदीहरूले अलेक्‍जेन्‍डर भन्‍ने मानिसलाई अघि सारे। भीडबाट कति जनाले कराउँदै उनलाई भइरहेको घटना बारे बताए। उनले हातको इशाराले सबैलाई शान्‍त गरेर बचाउको लागि केही बोल्‍न खोजे। तर उनलाई यहूदी हुन् भनेर चिनेपछि ती मानिसहरू करिब दुई घण्‍टा जतिसम्‍म “एफिससमा रहनुहुने देवी आर्तेमिसको जय! एफिससमा रहनुहुने देवी आर्तेमिसको जय!” भन्‍दै कराइरहे। आखिरमा नगर-सभाका सचिवले मानिसहरूलाई शान्‍त गराउन सके। उनले भने, “एफिससका दाजुभाइहरू हो, एफिसीहरूको सहरचाहिँ महान् देवी आर्तेमिसको मन्‍दिर र आकाशबाट झरेको उनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन र? कसैले पनि यो कुरा होइन भन्‍न सक्‍दैन। त्‍यसो हुँदा तपाईंहरू शान्‍त हुनुहोस्। यसरी जोशमा आएर विचारै नगरी कुनै काम गर्नु राम्रो होइन। तपाईंहरूले समातेर ल्‍याउनुभएका मानिसहरूले नता हाम्रो मन्‍दिर लुटेका छन् न तिनीहरूले हाम्रा देवीको निन्‍दा नै गरेका छन्। यदि डेमेत्रियस र उनका सुनार साथीहरूको कसैको विरोधमा केही कुरा छ भने तिनीहरूले न्‍यायालयमा गएर उजुर गर्न सक्‍छन्। अझै तपाईंहरू त्‍योभन्दा पनि बढी कुनै कुरो चाहनुहुन्‍छ भने हामी नागरिकहरूको सभा बोलाएर त्‍यस कुराको छलफल गरिदिन सक्‍नेछौं। आज यसरी होहल्‍ला मच्‍चिएकोले हामीलाई उत्‍पात मच्‍चाएको दोष लाग्‍ने डर छ। यदि दोष लगाइयो भने कारणबिना नै यस्‍तो हुलदङ्गा मच्‍चाएकोमा हामीले कुनै बहाना पनि गर्न सक्‍नेछैनौं।” यति भनिसकेपछि उनले भीडलाई बिदा गरे।

शेयर गर्नुहोस्
प्रेरित 19 पढ्नुहोस्

प्रेरित 19:13-41 पवित्र बाइबल (NERV)

कतिपय यहूदीहरू ठाउँ-ठाउँ डुल्दै दुष्ट-आत्माहरू मानिसहरूबाट हटाईदिन्थे। स्केवाका सात जना छोराहरूले त्यस्तो गर्थे (स्केवा प्रमुख पुजाहारी थिए) तब यी यहूदीहरूले प्रभु येशूको नाम प्रयोगगरी मानिसहरूबाट दुष्ट-आत्माहरू भागउने चेष्टा गर्थे। तिनीहरू भन्थे, “म तँलाई त्यो येशूको नाउँमा जसको नाउँ पावलले प्रचार गर्छ, आदेश गर्छु, बाहिर आइज।” तर एक पल्ट एउटा दुष्ट आत्माले ती यहूदीहरूलाई भने, “म येशूलाई चिन्दछु, अनि पावललाई चिन्दछु, तर तिमीहरू चाँहि को हौ?” तब त्यस मानिस जसमा दुष्ट आत्मा चढेको थियो त्यो उफ्रिएर ती यहूदीलाई झम्टियो। उ सबै भन्दा वलियो थियो। उसले तिनीहरूलाई कुट्यो र तिनीहरूको लुगाहरू च्यातिदियो। ती यहूदीहरू त्यस घरबाट नाङ्गै र घाइते अवस्थामा भागे। एफिससका सम्पूर्ण मानिसहरू, यहूदीहरू र ग्रीकहरूले यी कुराहरू थाहा पाए अनि निक्कै डराए अनि तिनीहरू सबैले प्रभु येशूको नाउँमा धेरै भन्दा धेरै सम्मान गर्न थाले। धेरै मानिसहरू पनि जो विश्वासी भएका थिए, अघि आए अनि तिनीहरूको दुष्ट कार्यहरू सबैको सामु स्वीकारे। तिनीहरूमध्ये कति जनाले टुनामुना प्रयोग गरेका थिए। तिनीहरूले आफ्नो टुनामुनाका पुस्तकहरू ल्याए अनि सबैको अघि ती पुस्तकहरू जलाए। ती पुस्तकहरूको मूल्य झण्डै पचास हजार चाँदीका सिक्काहरू जति अनुमान गरियो। यस्तो प्रकारले, प्रभुको वचन चारैतिर फैलिन थाल्यो अनि मानिसहरूमा जोडले प्रभाव पार्दै गयो। तब कुराहरू भइसके पछि, पावलले म्यासिडोनिया र अखैया अनि यरूशलेम जाने योजना बनाए। पावलले सोचे, “यरूशलेम भ्रमण गरिसके पछि म रोम भ्रमण गर्छु।” तिमोथि र इरास्तस दुइजना पावलका सहकर्मीहरू थिए। पावलले तिनीहरूलाई म्यासिडोनिया अगाडी नै पठाए। पावल केही समयको लागि एशियामै बसे। तर त्यस समयमा एफिससमा ठूलो अशान्ति भएको थियो। यो आशान्ति परमेश्वरको मार्गको विषय लिएर भएको थियो। त्यहाँ डेमेत्रियस नाउँ भएको एकजना मानिस थिए। उनले चाँदीको काम गर्थे। उनले देवी आर्तेमिस मन्दिरको चाँदीको सानो नमुनाहरू बनाए। यसरी यस्तो शिल्पी कर्मीहरूलाई निकै काम दिएर पैसा दिए डेमेत्रियसले यी सबै सुनारहरूलाई र यस्ता व्यवसायसित सम्बन्धित सबै मानिसहरूलाई भेला गरे अनि तिनीहरूलाई भने, “तिमीहरू राम्ररी जान्दछौ, यस कामबाट हामीले निकै पैसा कमाउँछौ। तर हेर, यो पावल भन्ने मानिसले के गरिरहेछ! सुन उसले के भनिरहेछ! पावलले धेरै जनालाई प्रभावित र परिवर्तन गरिसक्यो। उसले यहाँ एफिससमा र एशियाको सारा देशहरूमा यस्तो कार्यहरू गरिसकेकोछ। पावलले भन्छ कि मानिसहरूले बनाएको देवताहरू साँच्चो देवताहरू होइनन्। पावलले भनेका त्यस्ता कुराहरूले मानिसहरू हाम्रो पेशा विरुद्ध हुने खतरा हुन्छ। तर त्यहाँ अर्को खतरा पनि छः मानिसहरूले सोच्न सक्लान कि महान देवी आर्तेमिसको मन्दिर कुनै महत्वपूर्ण कुरो होइन! त्यस अवस्थामा उनको महानता नष्ट हुनेछ। आर्तेमिस देवी सारा एशिया र संसारको प्रत्येक ठाउँमा नै पूजिन्छन्।” यस्तो कुरा सुनेपछि तिनीहरू क्रोधित भए। तिनीहरू चिच्चाउन थाले, “आर्तिमिस, एफिससका महान देवी हुन्!” शहरका सबै मानिसहरू अस्तब्यस्त भए। तिनीहरूले गायस र अरिस्तार्खसलाई समाते। (यी दुइमानिसहरू म्यसोडोनियावासी थिए र पावलसँग यात्रा गरिरहेका थिए।) सबै मानिसहरू रंङ्ग-भवनतिर दगुरे। पावल पनि त्यस भित्र जान चाहन्थे, अनि मानिसहरूको भिड़लाई सम्बोधन गर्न चाहन्थे तर येशूका चेलाहरूले तिनीहरूलाई जान दिएनन्। त्यस देशका कतिपय नेताहरू पावलका मित्रहरू थिए। तिनीहरूले पावलाई तमासा-घरभित्र नजानु भन्ने खबर पठाए। कतिपय मानिसहरू एउटा कुरामा चिच्याईरहेका थिए कतिपय अर्कै कुरामा चिच्याई रहेका थिए। त्यो सभा अन्योलपूर्ण थियो। धेरै मानिसहरू त्यहाँ आफू किन आएका थिए बुझेकै थिएनन्। यहूदीहरूले अलेकज्याण्डर नाउँ भएको एक जना मानिसलाई जनताको अगाडी उभ्याए। मानिसले उनलाई अब के गर्नु सो भने। अलेकज्याण्डरले आफ्नो हात ती भिड़हरू भएतिर हल्लाए किनभने उसले तिनीहरूलाई ब्याख्या गरेर बुझाउन चाहन्थे। तर जब मानिसले चाल पाए कि अलेकज्याण्डर एक यहूदी थिए, तिनीहरू सबैबाट दुइ घण्टा सम्म एउटै स्वर आयो, “एफिससवासीहरूकी आर्तेमिस महान हुन्।” यो आवाज दुइ घण्टा सम्म चलिरह्यो। त्यसपछि शहरका हाकीमले तिनीहरूलाई शान्त पार्ने प्रयास गरे अनि भने, “एफिससका मानिसहरू हो! के संसारमा कोही मानिस छन् जसले एफिसस शहरको महादेवी आर्तेमस मन्दिर छ अनि उनको मूर्ति जो स्वर्गवाट झरेको हो भन्ने जान्दैन? कुनै मानिसले पनि त्यो सत्य होइन भन्न सक्तैन। यसर्थ तिमीहरू शान्त हौं अनि केही गर्न भन्दा अगाडी सोच। “तिमीहरूले यी मानिसहरूलाई ल्यायौ, तर तिनीहरूले हाम्रो देवी विरूद्ध एक शब्द पनि निन्दा गरेका छैनन्। तिनीहरूले मन्दिरबाट केही पनि चोरेका छैनन्। हाम्रो न्यायालयहरू छन् अनि त्यहाँ निर्णायकहरू छन्। डेमेत्रियस र उनका कारीगरहरूको कसैको विरोधमा केही छ भने तिनीहरू न्यायलयहरू जाउन्। न्यायलयमा तिनीहरूले आपसमा दोषारोपन गरून्। “अरू अझ केही चर्चा गर्न बाँकी रहे ती कुराहरू शहरवासीहरूको नियमित सभाले मिलाउने छ। किनभने आज यहाँ घटेको घट्नाको कारणले अब दङ्गाको दोष आउने सम्भावना छ। किनभने आजको यस सभाको जब कुनै ठोस कारणै छैन, यस समस्याको विषयमा वास्तवमा वयान दिन सकिंदैन।” शहरका हाकिमले यति भनेर सबैलाई घर-घर जान भने।

शेयर गर्नुहोस्
प्रेरित 19 पढ्नुहोस्

प्रेरित 19:14-41 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यहाँ एक जना स्‍केवास नाउँ भएको यहूदी प्रधान पूजाहारीका सात जना छोराहरूले यसो गर्थे। तब भूतात्‍माले जवाफ दिएर तिनीहरूलाई भन्‍यो, “येशूलाई म चिन्‍छु, र पावललाई पनि म चिन्‍छु, तर तिमीहरूचाहिँ को हौ?” त्‍यो भूतात्‍मा भएको मानिस तिनीहरूमाथि उफ्रँदै आयो, र तिनीहरू सबैलाई वशमा पारेर तिनीहरूलाई पछार्‍यो र तिनीहरू त्‍यस घरबाट नाङ्गो र घाइते भएर भागे। यो कुरा एफिसस-निवासी, यहूदी र ग्रीकहरूमा जाहेर भयो। अनि तिनीहरू सबैमाथि डर छायो, र प्रभु येशूको नाउँको प्रशंसा भयो। विश्‍वास गरेकाहरू धेरै जना आए, र तिनीहरूले गरेका आफ्‍ना-आफ्‍ना दुष्‍ट कामहरूको स्‍वीकार गरे र ती प्रकट गरे। तिनीहरूमध्‍ये धेरै जना, जस-जसले टुनामुना गर्थे, आ-आफ्‍ना पुस्‍तकहरू बटुलेर ल्‍याए, र सबैका सामुन्‍ने जलाइदिए। तिनीहरूले तिनको मोल गर्दा पचास हजार चाँदीका सिक्‍काको हिसाब लाग्‍यो। यसरी प्रभुको वचन फैलँदैगयो, र प्रभावशाली भयो। यी घटनाहरूपछि, पवित्र आत्‍माको प्रेरणामा पावलले अखैयाको बाटो भएर यरूशलेम जाने निर्णय गरे। तिनले भने, “त्‍यहाँ पुगेपछि म रोम जानैपर्छ” तिनका सेवा गर्नेहरू दुई जना, तिमोथी र इरास्‍तसलाई तिनले माकेडोनियामा पठाए, तर तिनी आफैचाहिँ केही दिन एशियामै बसे। त्‍यही बेलातिर यस मार्गको विषयमा खूबै हलचल मच्‍चियो। किनभने डेमेत्रियस नाउँ भएको एक जना चाँदीको शिल्‍पकारले आर्तेमिस देवीका चाँदीका ससाना मन्‍दिरहरू बनाएर कारीगरहरूलाई धेरै काम दिलाउँथ्‍यो। तब यिनीहरूलाई र अरू यस्‍तै पेशा भएकाहरूलाई त्‍यसले जम्‍मा गरेर भन्‍यो, “भाइ हो, तिमीहरूलाई थाहै छ, कि यही व्‍यापारबाट हामीलाई राम्रो आम्‍दानी हुन्‍छ। तिमीहरू देखिरहेछौ र सुनिरहेछौ, कि एफिससमा मात्र होइन, तर प्राय: समस्‍त एशियामा हातले बनाएका देवदेवताचाहिँ केही होइन भनी पावलले धेरै मानिसहरूका समूहलाई फुस्‍लाएर बहकाई लगेको छ। यसकारण हाम्रो व्‍यापारको प्रतिष्‍ठा नाश हुने मात्र होइन तर महान्‌ देवी आर्तेमिसको मन्‍दिरसमेत बेकम्‍मा हुनेछ, र सारा एशिया र संसारले मानिआएको देवी आफ्‍नो गौरवबाट पतित हुनेछिन्‌।” यो सुनेर तिनीहरू रीसले चूर भए, र “एफिसीहरूकी आर्तेमिस महान्‌ हुन्‌।” भनी चिच्‍च्‍याउन लागे। सारा सहरमा होहल्‍ला मच्‍चियो र तिनीहरू एक जुट भएर पावलका सहयात्री माकेडोनियावासी गायस र अरिस्‍तार्खसलाई समातेर रङ्गशालाभित्र घिस्‍स्‍याउँदै लगे। पावल मानिसहरूको भीड़मा जान चाहे, तर चेलाहरूले तिनलाई जान दिएनन्‌। एशियाका कतिपय प्रमुख मानिसहरू पावलका मित्र थिए। तिनीहरूले पावललाई रङ्गशालाभित्र नजानुहोस्‌ भनी बिन्‍ती गरी पठाए। तब तिनीहरू भिन्‍नाभिन्‍नै कुरा गर्दै चिच्‍च्‍याउन लागे। किनकि त्‍यो भीड़मा होहल्‍ला मच्‍चिएको थियो, र धेरैजसो मानिसहरूले त तिनीहरू किन जम्‍मा भएका हुन्‌ सो पनि जानेका थिएनन्‌। भीड़का कति मानिसहरूले अलेक्‍जेन्‍डरलाई अगि सारे, जसलाई यहूदीहरूले खड़ा गरेका थिए। अलेक्‍जेन्‍डरले हातले इशारा गरेर मानिसहरूका सामुन्‍ने बचाउको निम्‍ति केही भन्‍ने इच्‍छा व्‍यक्त गरे। तर तिनीहरूले त्‍यो त यहूदी रहेछ भन्‍ने थाहा पाएर सबै जनाले एक सोरले करीब दुई घण्‍टा जति “एफिसीहरूकी आर्तेमिस महान्‌ हुन्‌” भन्‍दै कराए। नगरका हाकिमले मानिसहरूलाई शान्‍त पारेपछि भने, “एफिससका मानिस हो, एफिसीहरूको सहरचाहिँ महान्‌ आर्तेमिसको मन्‍दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन र? तपाईंहरू जान्‍नुहुन्‍छ यो कुरा अकाट्य छ, यसकारण तपाईंहरू शान्‍त हुनुपर्छ र कुनै उत्ताउलो काम गर्नुहुँदैन। किनभने तपाईंहरूले ल्‍याउनुभएका यी मानिसहरूले मन्‍दिर लुटेका छैनन्‌ र हाम्री देवीको अपमान पनि गरेका छैनन्‌। यसकारण यदि डेमेत्रियस र तिनीसँग हुने कारीगरहरूको कसैको विरुद्धमा केही उजूर भए अदालतहरू खुला छँदैछन्, र न्‍यायाधीशहरू पनि छँदैछन्, तिनीहरू एक-अर्काको विरुद्ध मुद्दा लडून्‌। तर यसबाहेक अरू नै विषय उठाउन चाहनुहुन्‍छ भनेता त्‍यसको फैसला नियमित सभामा हुनेछ, किनकि आजको यस हूलदङ्गाको दोष हामीमाथि लाग्‍ने खतरा छ। किनभने यो कारणैविनाको दङ्गाफसादको केही स्‍पष्‍टीकरण हामी दिन सक्‍नेछैनौं।” यति भनेर तिनले सभालाई विसर्जन गरे।

प्रेरित 19:14-41 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

स्केवास नाम गरेका यहूदी मुख्य पुजारीका सात जना छोराहरूले त्यही गरिरहेका थिए। एक दिन एउटा दुष्‍ट आत्माले तिनीहरूलाई जवाफ दियो, “येशूलाई म चिन्छु र पावलको बारेमा पनि मलाई थाहा छ, तर तिमीहरूचाहिँ को हौ?” त्यसपछि दुष्‍ट आत्माले ग्रसित त्यो मानिस तिनीहरूमाथि उफ्रियो, र तिनीहरूलाई वशमा पार्‍यो। अनि त्यसले तिनीहरूमाथि यतिसम्म झम्ट्यो कि तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे। जब एफिससमा बस्‍ने यहूदीहरू र ग्रीकहरूले यो कुरा थाहा पाए, तब तिनीहरू सबै भयभीत भए। अनि प्रभु येशूको नामको ठूलो आदर गरियो। विश्‍वास गर्ने धेरै जनाले खुल्‍लमखुल्‍ला तिनीहरूले गरेका दुष्‍ट कामहरू स्वीकार गरे। जादु गर्ने धेरै जनाले आ-आफ्ना पुस्तकहरू एकैसाथ जम्मा गरे। अनि ती सार्वजनिक रूपमा जलाइदिए। ती पुस्तकहरूको मोल हिसाब गर्दा, कुल पचास हजार चाँदीको सिक्‍का थियो। यसरी प्रभुको वचन शक्तिशाली हुँदै फैलँदैगयो। यी सबै कुराहरू भइसकेपछि पावलले मनमनै म्यासिडोनिया र अखैया हुँदै यरूशलेम जाने निश्‍चय गरे। तिनले भने, “त्यहाँ गइसकेपछि म रोम पनि अवश्य जानैपर्छ।” आफ्ना दुई जना सहयोगीहरू तिमोथी र इरास्तसलाई तिनले म्यासिडोनिया पठाए; आफूचाहिँ केही समयका लागि एशियामै बसे। त्यसै समयतिर यस मार्गको बारेमा ठूलो खैलाबैला मच्‍चियो। डेमेत्रियस नामको चाँदीको काम गर्ने एक जना मानिस थियो, जसले आर्तेमिस देवीका मन्दिरहरूमा चाँदीका मूर्तिहरू बनाउँथ्यो। अनि यसले कारिगरहरूका लागि पनि प्रशस्त आम्दानी ल्याउँथ्यो। ती सबै शिल्पकारका साथै त्यस्तै पेशामा लागेका अन्य मानिसहरूलाई त्यसले एक ठाउँमा बोलाएर भन्यो: “हे मानिसहरू हो, तपाईंहरूलाई थाहा छ, यो व्यापारबाट हामीलाई राम्रो आम्दानी हुन्छ। अहिले तपाईंहरूले देख्नुभयो र सुन्‍नुभयो, कसरी पावल भन्‍ने यस व्यक्तिले यहाँ एफिसस र वास्तवमा एशियाका सबै प्रान्तहरूका धेरै मानिसहरूलाई राजी बनाउँदै बहकाउँदैछ; मानिसको हातले बनाइएका ईश्‍वरहरूचाहिँ ईश्‍वरहरू नै होइनन् भन्दै छ। यसैकारण हाम्रो व्यापारले आफ्नो प्रतिष्‍ठा गुमाउने खतरा मात्र हाम्रो सामु छैन। तर महान् देवी आर्तेमिसको मन्दिर पनि अब अपहेलित हुने डर छ। अनि एशियाका सबै प्रान्तहरू र संसारभरि पुजिने देवीको ईश्‍वरीय गौरव नाश हुनेछ।” जब तिनीहरूले यो कुरा सुने, तब तिनीहरू अत्यन्त क्रोधित भए, र चिच्याएर भन्‍न थाले: “एफिसीहरूकी देवी आर्तेमिस महान् हुनुहुन्छ!” चाँडै नै पूरा सहरमा ठूलो खैलाबैला मच्‍चियो। अनि म्यासिडोनियाबाट आएका पावलका सहयात्री गायस र अरिस्तार्खसलाई मानिसहरूले समातेर रङ्गशालातिर घिसार्दै लगे। भीडमा गएर पावलले केही भन्‍न चाहे, तर चेलाहरूले तिनलाई त्यसो गर्न दिएनन्। त्यस प्रान्तका पावलका केही अधिकृत मित्रहरूले पनि तिनलाई रङ्गशालातिर आउने साहस नगर्नुहोला भनी बिन्ती गरेर खबर पठाए। त्यहाँभित्र भेला भएको भीडमा ठूलो भ्रम पैदा भएको थियो: कोही मानिसहरू एउटा कुरा भनेर कराउँथे भने कोही अर्कै कुरा। अधिकांश मानिसहरूलाई त तिनीहरू त्यहाँ किन आएका थिए, त्यो पनि थाहा थिएन। भीडमा यहूदीहरूले अलेक्जेन्डरलाई अगाडि सारे। अनि तिनीहरूले कराउँदै तिनलाई निर्देशन दिए। अलेक्जेन्डरले हातले शान्त रहन इशारा गर्दै मानिसहरूका सामु बचाउको निम्ति बोल्न खोजे। तर तिनीहरूले उनी यहूदी हुन् भन्‍ने थाहा पाए, ती सबैले एकै सोरमा करिब दुई घण्टासम्म यसो भन्दै कराइरहे: “एफिसीहरूकी देवी आर्तेमिस महान् हुनुहुन्छ।” अनि त्यस नगरका हाकिमले भीडलाई साम्य पार्दै भने: “हे एफिससका मानिसहरू हो, महान् देवी आर्तेमिसको मूर्ति स्वर्गबाट खसेको हो, र उनको मन्दिरको रक्षक एफिसस सहर हो भनी के कसैलाई थाहा छैन र? त्यसकारण यी कुराहरू अकाट्य भएकाले तपाईंहरू शान्त हुनुहोस्, र कुनै पनि उत्ताउलो काम नगर्नुहोस्। तपाईंहरूले यी मानिसहरूलाई यहाँ घिसार्दै ल्याउनुभयो। तर यिनीहरूले न त मन्दिर लुटेका छन्, न त हाम्री आराध्य देवीको निन्दा नै गरेका छन्। त्यसैले डेमेत्रियस र उनका शिल्पकारहरूलाई कसैप्रति कुनै गुनासो छ भने त्यसको सुनुवाइका निम्ति अदालतहरू खुला छन्, र उचित अधिकारीहरू पनि छन्। त्यहाँ तिनीहरू आरोप पेश गर्न सक्छन्। यसबाहेक तपाईंहरू अरू केही कुरा ल्याउन चाहनुहुन्छ भने यसको छिनोफानो वैधानिक सभाबाटै हुनुपर्छ। हालको परिस्थितिमा आज भएको घटनाको कारण हामीमाथि हुलदङ्गा गरेको आरोप लाग्ने खतरा छ; त्यस्तो भएमा हामी यसको स्पष्‍टीकरण दिन सक्नेछैनौँ, किनकि यसको कुनै कारण नै छैन।” यति भनिसकेर तिनले त्यो सभालाई बिदा गरिदिए।