YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 12:19-21

२ कोरिन्थी 12:19-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

के तिमीहरू यो सोचिरहेका छौ, कि यतिञ्‍जेल तिमीहरूका सामु हामी आफ्‍नै सफाइ दिइरहेका छौं? प्रिय हो, हामी परमेश्‍वरको सामुन्‍ने ख्रीष्‍टमा बोलिरहेका छौं, अनि यी सब तिमीहरूलाई बलिया बनाउनका निम्‍ति हो। किनभने म आउँदा मैले इच्‍छा गरेबमोजिम तिमीहरूलाई नभेट्टाउँला, र तिमीहरूले पनि मलाई आफूले इच्‍छा गरेबमोजिम भेट्टाउँदैनौ कि भन्‍ने मलाई डर लागेको छ। शायद त्‍यहाँ झगड़ा, डाह, क्रोध, स्‍वार्थ, बदख्‍वाइँ, निन्‍दो-चर्चो, अभिमान र गोलमाल हुन्‍छ होला। मलाई डर लाग्‍छ, कि म फेरि आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूका सामुन्‍ने होच्‍याइदिनुहुनेछ, र धेरै जनाका निम्‍ति मैले शोक गर्नुपर्नेछ, जुनहरूले अघि पाप गरेका थिए, र आफूले गरेका अशुद्धता, व्‍यभिचार र छाडापनबाट पश्‍चात्ताप गरेका छैनन्‌ होला।

शेयर गर्नुहोस्
२ कोरिन्थी 12 पढ्नुहोस्

२ कोरिन्थी 12:19-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हामीले तिमीहरूप्रति आफ्नै बारेमा सफाइ दिइरहेका छौँ भनी के सधैँ तिमीहरूले सम्झिरहेका छौ? ख्रीष्‍टमा भएकाहरूझैँ, हामीले परमेश्‍वरकै दृष्‍टिमा बोलिरहेका छौँ। अनि हे प्रिय मित्रहरू हो, हामी जे गर्छौँ, त्यो तिमीहरूलाई बलियो तुल्याउनका लागि नै हो। किनकि म आउँदा मैले चाहेजस्तो तिमीहरूलाई नभेट्टाउँला, र तिमीहरूले पनि मलाई जस्तो भएको चाहन्छौ, त्यस्तो नभेट्टाऔला भन्‍ने मलाई डर लागेको छ। सायद मतभिन्‍नता, ईर्ष्या, क्रोध, स्वार्थी महत्त्वाकांक्षा, निन्दा, कुरा काट्ने, अहङ्कार र अस्तव्यस्त पनि होला भन्‍ने मलाई डर लागेको छ। म फेरि आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूको सामु होच्याउनु होला भन्‍ने मलाई डर लागेको छ। अनि म ती धेरै जनासित दुःखी हुनेछु, जसले पहिल्यै पाप गरेर पनि तिनीहरू संलग्न रहेका अशुद्धताबाट, यौन सम्बन्धी पापबाट र भ्रष्‍ट आचरणबाट पश्‍चात्ताप गरेका छैनन्।

शेयर गर्नुहोस्
२ कोरिन्थी 12 पढ्नुहोस्

२ कोरिन्थी 12:19-21 पवित्र बाइबल (NERV)

के यतिन्जेल हामीले यी सब आफ्नै बचाउको लागि भन्दैथ्यौं? होइन। म परमेश्वर अघि अनि प्रभुको अघि भन्छु। तिमीहरू हाम्रा प्रिय मित्रहरू हौ। अनि जति हामी गर्छौं, तिमीहरूलाई दरिलो बनाउन गर्छौं। म यसो गर्छु किन कि मलाई डर छ, म तिमीहरूकहाँ आउँदा म जस्तो चाहन्छु त्यस्तो नपाउँला। मलाई डर छ कि तिमीहरू माझ तर्क, डाह, रिस, झगड़ा, ठूल्ठूला कुराहरू, दुष्ट कुरा, घमण्ड र गडबडी होला मलाई डर छ, म तिमीहरूकहाँ फेरि आउँदा मेरो परमेश्वले मलाई तिमीहरूका सामु लन्जित पार्नु हुनेछ। धेरै जना ज-जसले पहिले पाप गरेका थिए तर आफ्नो अनैतिकता, यौन पाप अनि लाजमर्दो कर्मको निम्ति पछुतो गर्न, आफ्नो हृदय परिवर्त्तन गरेका छैनन् र मैले तिमीहरूको लागि शोक गर्नु पर्ला।

शेयर गर्नुहोस्
२ कोरिन्थी 12 पढ्नुहोस्

२ कोरिन्थी 12:19-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यतिका कुरा हामीले आफ्‍नो बचाउमा भनेका छौं भन्‍ने सम्‍झ्‍यौ होला। परमेश्‍वरकै सामुन्‍ने ख्रीष्‍टमा भएर हामी भन्‍छौं। हामीले गरेका सबै कुराहरू तिमीहरूकै फाइदाका लागि हुन्। म त्‍यहाँ आउँदा मैले सोचेको भन्दा तिमीहरू बेग्‍लै भएका अनि तिमीहरूले सोचेका भन्दा म बेग्‍लै भएको हुन्‍छु कि भन्‍ने डर लागेको छ। तिमीहरूका बीचमा झगडा, डाहा र रिस गर्ने, आफ्‍नै भलो खोज्‍ने, गाली गर्ने, अर्काको कुरा गर्ने, अहङ्कार गर्ने, लडाइँ गर्नेहरू छन् भनी मलाई लागेको छ। अर्को पटक आउँदा मैले ती अघि नै पाप गर्ने र ती अशुद्ध काम, व्‍यभिचार गरेर पनि पछितो नगर्ने र पाप गर्नेका लागि शोक गर्नुपर्ला। यसरी परमेश्‍वरले मलाई तिमीहरूका सामुन्‍ने होच्‍याउनुहुन्‍छ कि भन्‍ने डर लागेको छ।

शेयर गर्नुहोस्
२ कोरिन्थी 12 पढ्नुहोस्