२ कोरिन्थी 10:3-16
२ कोरिन्थी 10:3-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने हामी संसारका हौं, तापनि सांसारिक लड़ाइँ त लड्दैनौं। किनकि हाम्रो युद्धका अस्त्र-शस्त्र सांसारिक होइनन्, तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ। परमेश्वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्टको आज्ञापालन गर्नलाई वशमा पार्छौं। तिमीहरूको आज्ञाकारिता पूरा भएपछि हरेक अनाज्ञाकारितालाई दण्ड दिन हामी तयार बस्नेछौं। तिमीहरू आँखाकै सामुन्ने भएका थोकलाई हेर। कुनै मानिसलाई यो भरोसा छ कि त्यो ख्रीष्टको हो भने, आफैलाई याद दिलाओस्, कि जस्तो त्यो ख्रीष्टको हो, हामी पनि ख्रीष्टका नै हौं। किनकि हाम्रो अधिकारको विषयमा मैले केही ज्यादै नै घमण्ड गरेँ भने पनि म शर्ममा पर्नेछैनँ, किनकि यो अधिकार तिमीहरूका बिगारको निम्ति होइन, तर तिमीहरूका सुधारको निम्ति प्रभुले दिनुभएको छ। मैले तिमीहरूलाई लेखेका पत्रहरू तिमीहरूलाई डर देखाउनलाई हो भन्ने नठान। किनकि तिनीहरू भन्छन्, “त्यसका चिट्ठीहरू गहकिला र प्रभावशाली हुन्छन्, तर त्यो आफै उपस्थित हुँदाचाहिँ त्यो कमजोर हुन्छ र त्यसको वचनको केही महत्त्व नै हुँदैन।” त्यस्ता मानिसहरूले यो याद राखून्, कि हामी आफ्नो अनुपस्थितिमा पत्रहरूद्वारा जे भन्छौं, उपस्थित हुँदा पनि सोही काम गर्छौं। आफ्नो तारीफ आफैले गर्ने कुनै-कुनै व्यक्तिहरूसँग हामी आफैलाई एकै श्रेणीमा राख्न, अथवा आफैलाई तिनीहरूसँग दाँज्न हामी साहस गर्दैनौं। तर तिनीहरू आफूले आफैलाई एक-अर्कासँग नापेर हेर्दा अथवा दाँज्दा तिनीहरू बेसमझका हुन्छन्। हामी सीमा नाघेर गर्व गर्दैनौं, तर तिमीहरूसम्मै पुग्नका निम्ति परमेश्वरले हामीलाई तोकिदिनुभएको सीमाभित्र नै रहनेछौं। तिमीहरूकहाँ आउँदै नआएजस्तो हामी बढ़ाइचढ़ाइ घमण्ड गर्दैनौं, किनभने ख्रीष्टको सुसमाचार लिएर तिमीहरूकहाँ पहिला पुग्ने हामी नै थियौं। हामी सीमा नाघेर अरूहरूको परिश्रममा गर्व गर्दैनौं, तर हाम्रो आशा यो छ, कि तिमीहरूको विश्वास बढ्दैजाँदा तिमीहरूका बीचमा हाम्रो क्षेत्र झन् बढ्दैजानेछ, ताकि हामी अरूको क्षेत्रमा अघि नै भइसकेको काममा घमण्ड नगरी तिमीहरूदेखि बाहिरका ठाउँहरूमा सुसमाचार प्रचार गर्न सकौं।
२ कोरिन्थी 10:3-16 पवित्र बाइबल (NERV)
हामी संसारमै बास गर्छौं। तर संसारिक मानिसहरूले झैं हामी लडाइँ गर्दैनौं। हामी त्यो हतियारहरू लिएर लडाई गर्छौं जुन संसारले चलाउने हतियाहरहरू भन्दा भिन्दै छ। हाम्रा हतियारहरूमा परमेश्वरको शक्ति छ। यो हतियारले शत्रुहरूको बलियो किल्ला समेत नाश पार्न सक्छ। हामी मानिसहरूका तर्कहरू नाश गर्छौं। अनि परमेश्वरको ज्ञानको विरूद्धमा उठेको हरेक अहङ्कारलाई नाश गर्छौं। अनि हामी हरेक विचारलाई पक्रन्छौं र त्यसलाई त्याग्ने वा ख्रीष्टलाई मान्ने बनाउँछौं। हरेक विचारलाई ख्रीष्टको आज्ञपालन गर्नलाई वशमा पार्छौ। तर पहिले तिमीहरूले नै पुरापुरी मान्नु पर्छ भन्ने हामी गर्छौ। तिमीहरूले आफ्ना अघिल्तिरको तथ्यलाई हेर्नु पर्छ। यदि कसैले आफू ख्रीष्टमा भएको निश्चितरूपले मान्छ भने उसले सम्झनु पर्छ हामी पनि उही जस्तो ख्रीष्ट मै छौं। त्यो साँच्चो हो, प्रभुले मलाई दिनु भएको अधिकारको कुरो लिएर म मुक्त रूपले गर्व गर्छु। तर उहाँले मलाई यो शक्ति तिमीहरूलाई दरिलो बनाउनलाई दिनु भएको हो, तिमीहरूमा चोट पुरयाउनुलाई होइन। त्यसैले म मेरो गर्व गराईमा लज्जित छैन। यो पत्रद्वारा तिमीहरूलाई तर्साउँदैछु भन्ने तिमीहरूले सोचेको म चाहँदिन। कोही मानिसहरू भन्छन्, “पावलका पत्रहरू त जोरदार र गहकिला हुन्छन्। तर जब उनी हामीसित रहन्छन्, उनी कमजोर रहन्छन्, अनि उनको भाषण योग्यता प्रशंसा गर्ने खालको रहँदैन।” यसो भन्ने मानिसहरूले यो जान्नुपर्छः हामी यस समय तिमीहरूसित छैनौं यसकारण हामी यी कुराहरू पत्रमा लेख्छौं। तर जब हामी त्यहाँ तिमीहरूसित हुन्छौं, हामी त्यही शक्ति देखाउँछौं जुन हामी आफ्ना पत्रहरूमा देखाउँछौं। हामी आफैंलाई त्यस्ता मानिसहरूको स्तरमा राख्ने आँट गर्दैनौं जो आफूलाई खुबै महत्वपूर्ण सम्झन्छन्। हामी आफूलाई तिनीहरूसित दाँज्दैनौं। तिनीहरू आपसमा आफू आफैं तुलना गर्छन्, तुलनाको स्तर तिनीहरू आफैं हुन् औ तुलनाको नापदण्ड आफैंलाई बनाउँछन्। यसले तिनीहरू केही जान्दैनन् भन्ने देखाउँछ। तर हामी सीमा नाघरे गर्व गर्दैनौ, हाम्रो गर्वको सीमा परमेश्वरले हामीलाई अह्राएको काम सम्म हुनेछ। यो काम हाम्रो तिमीहरूसिंतको काम अन्तर्गत पर्छ। हामी ज्यादा गर्व गर्दैनौ। यदि हामी तिमीहरू भएकोमा अहिले सम्म नपूगेको भए, हामी निकै गर्व गर्थ्यौं। तर हामी वास्तवमा तिमीहरूकहाँ आउपुगेकाछौं हामी तिमीहरूकहाँ ख्रीष्टको सुसमाचार लिएर आयौं। हामी आफ्नै कार्य क्षेत्रमा मात्रै आफ्नो गर्वलाई सीमित राख्छौं। अरूले गरेको काममा गर्व गर्दैनौं। हामी आशा गर्छौं, तिमीहरूको विश्वास बढ़छ, तिमीहरूले हाम्रो कामको क्षेत्र अझै व्यापक बनाउनमा सहायता गर्नेछौ। हामी तिमीहरूको शहर बाहिरी क्षेत्रमा पनि सुसमाचार प्रचार गर्न चाहन्छौं। अर्को इलाकामा अघि नै भइसकेको काममा हामी गर्व गर्दैनौं।

२ कोरिन्थी 10:3-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि हामी यस शरीरमा रहे तापनि हामी सांसारिक मानिसले गरेजस्तो युद्ध गर्दैनौँ। हामीले चलाउने हतियार यस संसारका हतियार होइनन्। तर गढहरू भत्काउनका लागि हाम्रा हतियारहरू चाहिँ ईश्वरीय शक्ति हुन्छ। हामी परमेश्वरको ज्ञानको विरुद्धमा उठ्ने तर्कहरू र प्रत्येक आडम्बरहरू नाश गर्छौँ, र ख्रीष्टप्रति आज्ञाकारी बनाउन प्रत्येक विचारलाई कैदी बनाउँछौँ। जब तिमीहरूको आज्ञाकारिता पूर्ण हुन्छ, तब हामी अनाज्ञाकारिताको प्रत्येक कामलाई दण्ड दिनेछौँ। तिमीहरूले बाहिरी कुराहरूलाई मात्र हेरिरहेका छौ। यदि कसैलाई “म ख्रीष्टको हुँ” भन्ने विश्वास छ भने त्यसले यो पनि ठानोस् कि हामी पनि त्यसरी नै ख्रीष्टका हौँ। प्रभुले हामीलाई दिनुभएको अधिकारबारे मैले धेरै नै घमण्ड गरे तापनि म यसको लागि शर्म मान्नेछैनँ; किनकि यो तिमीहरूलाई नाश गर्न होइन, तर आत्मिक उन्नतिका निम्ति दिनुभएको हो। तिमीहरूलाई मेरा पत्रहरूद्वारा डर देखाउनेजस्तो देखिन म चाहन्नँ। किनकि कतिले भन्छन्, “उसका पत्रहरू गहकिला र प्रभावशाली हुन्छन्, तर व्यक्तिगत रूपमा त्यो प्रभावहीन र उसको बोली पनि व्यर्थको छ।” यस्ता मानिसहरूले यो थाहा गरून्, कि हामी अनुपस्थित हुँदा हाम्रा पत्रहरूमा जस्ता छौँ, उपस्थित हुँदा पनि हाम्रा कामहरूमा त्यस्तै हुनेछौँ। आफ्नै प्रशंसा गर्ने कति जनासित हामी आफूलाई एकै दर्जामा राखेर तुलना गर्ने आँट गर्दैनौँ। यदि तिनीहरूले आफैँले आफूसित नाप्छन् र आफ्नो तुलना आफैँसित गर्छन् भने तिनीहरू बुद्धिमान् होइनन्। हामी सीमा नाघेर घमण्ड गर्दैनौँ, तर परमेश्वरले तोकिदिनुभएको क्षेत्रभित्र आफ्नो घमण्डलाई सीमित राख्दछौँ, अर्थात् त्यो क्षेत्र, जहाँ तिमीहरू पनि समावेश छौ। यदि हामी तिमीहरूका बीचमा नआएको भए हाम्रो घमण्ड ज्यादा हुनेथियो, तर हामी तिमीहरूको बीचमा ख्रीष्टको सुसमाचार लिएर आयौँ। हामी अरूले गरेका कामहरूको लागि घमण्ड गरेर सीमा नाघ्न चाहँदैनौँ। हाम्रो आशाचाहिँ यही हो, जब तिमीहरूको विश्वास बढ्दैजान्छ, त्यसरी नै तिमीहरूका बीचमा हाम्रो कर्मक्षेत्र पनि प्रशस्त बढ्नेछ। ताकि यसरी हामी तिमीहरूभन्दा टाढासम्म सुसमाचार प्रचार गर्न सकौँ। किनकि अरू मानिसको क्षेत्रमा भइसकेको कामको लागि हामी घमण्ड गर्न चाहँदैनौँ।
२ कोरिन्थी 10:3-16 पवित्र बाइबल (NERV)
हामी संसारमै बास गर्छौं। तर संसारिक मानिसहरूले झैं हामी लडाइँ गर्दैनौं। हामी त्यो हतियारहरू लिएर लडाई गर्छौं जुन संसारले चलाउने हतियाहरहरू भन्दा भिन्दै छ। हाम्रा हतियारहरूमा परमेश्वरको शक्ति छ। यो हतियारले शत्रुहरूको बलियो किल्ला समेत नाश पार्न सक्छ। हामी मानिसहरूका तर्कहरू नाश गर्छौं। अनि परमेश्वरको ज्ञानको विरूद्धमा उठेको हरेक अहङ्कारलाई नाश गर्छौं। अनि हामी हरेक विचारलाई पक्रन्छौं र त्यसलाई त्याग्ने वा ख्रीष्टलाई मान्ने बनाउँछौं। हरेक विचारलाई ख्रीष्टको आज्ञपालन गर्नलाई वशमा पार्छौ। तर पहिले तिमीहरूले नै पुरापुरी मान्नु पर्छ भन्ने हामी गर्छौ। तिमीहरूले आफ्ना अघिल्तिरको तथ्यलाई हेर्नु पर्छ। यदि कसैले आफू ख्रीष्टमा भएको निश्चितरूपले मान्छ भने उसले सम्झनु पर्छ हामी पनि उही जस्तो ख्रीष्ट मै छौं। त्यो साँच्चो हो, प्रभुले मलाई दिनु भएको अधिकारको कुरो लिएर म मुक्त रूपले गर्व गर्छु। तर उहाँले मलाई यो शक्ति तिमीहरूलाई दरिलो बनाउनलाई दिनु भएको हो, तिमीहरूमा चोट पुरयाउनुलाई होइन। त्यसैले म मेरो गर्व गराईमा लज्जित छैन। यो पत्रद्वारा तिमीहरूलाई तर्साउँदैछु भन्ने तिमीहरूले सोचेको म चाहँदिन। कोही मानिसहरू भन्छन्, “पावलका पत्रहरू त जोरदार र गहकिला हुन्छन्। तर जब उनी हामीसित रहन्छन्, उनी कमजोर रहन्छन्, अनि उनको भाषण योग्यता प्रशंसा गर्ने खालको रहँदैन।” यसो भन्ने मानिसहरूले यो जान्नुपर्छः हामी यस समय तिमीहरूसित छैनौं यसकारण हामी यी कुराहरू पत्रमा लेख्छौं। तर जब हामी त्यहाँ तिमीहरूसित हुन्छौं, हामी त्यही शक्ति देखाउँछौं जुन हामी आफ्ना पत्रहरूमा देखाउँछौं। हामी आफैंलाई त्यस्ता मानिसहरूको स्तरमा राख्ने आँट गर्दैनौं जो आफूलाई खुबै महत्वपूर्ण सम्झन्छन्। हामी आफूलाई तिनीहरूसित दाँज्दैनौं। तिनीहरू आपसमा आफू आफैं तुलना गर्छन्, तुलनाको स्तर तिनीहरू आफैं हुन् औ तुलनाको नापदण्ड आफैंलाई बनाउँछन्। यसले तिनीहरू केही जान्दैनन् भन्ने देखाउँछ। तर हामी सीमा नाघरे गर्व गर्दैनौ, हाम्रो गर्वको सीमा परमेश्वरले हामीलाई अह्राएको काम सम्म हुनेछ। यो काम हाम्रो तिमीहरूसिंतको काम अन्तर्गत पर्छ। हामी ज्यादा गर्व गर्दैनौ। यदि हामी तिमीहरू भएकोमा अहिले सम्म नपूगेको भए, हामी निकै गर्व गर्थ्यौं। तर हामी वास्तवमा तिमीहरूकहाँ आउपुगेकाछौं हामी तिमीहरूकहाँ ख्रीष्टको सुसमाचार लिएर आयौं। हामी आफ्नै कार्य क्षेत्रमा मात्रै आफ्नो गर्वलाई सीमित राख्छौं। अरूले गरेको काममा गर्व गर्दैनौं। हामी आशा गर्छौं, तिमीहरूको विश्वास बढ़छ, तिमीहरूले हाम्रो कामको क्षेत्र अझै व्यापक बनाउनमा सहायता गर्नेछौ। हामी तिमीहरूको शहर बाहिरी क्षेत्रमा पनि सुसमाचार प्रचार गर्न चाहन्छौं। अर्को इलाकामा अघि नै भइसकेको काममा हामी गर्व गर्दैनौं।
२ कोरिन्थी 10:3-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हो, हामी शरीरमा छौं तर शारीरिक स्वभावअनुसार हामी झगडा गर्दैनौं। हाम्रा हातहतियार शारीरिक हातहतियार होइन। हामीले चलाउने गरेका हतियार त परमेश्वरकै शक्तिशाली हतियार हुन्। यिनीहरूले किल्ला भत्काउन सक्छन्। यी हतियारले हामी नचाहिँदो वाद-विवादलाई हराउनेछौं। परमेश्वरको ज्ञानको अगि खडा भएका हरेक बहसहरू र घमण्डले भरिएका बाधा ल्याउनेहरूको हामी शेखी झार्दछौं। हामी सबै विचारलाई वशमा ल्याएर ख्रीष्टप्रति आज्ञाकारी बनाउँछौं। तिमीहरूले पूरै आज्ञा मानेको देखाएपछि हामी आज्ञा नमान्नेलाई सजाय दिन तयार हुनेछौं। तिमीहरू त बाहिर देखिने कुराहरूलाई मात्रै हेर्छौ। तिमीहरूमा कसैलाई म ख्रीष्टको हुँ भन्ने पूरा विश्वास छ भने यस्तो मान्छेले बुझ्नुपर्छ कि ऊजस्तै हामी पनि ख्रीष्टकै हौं। तिमीहरूलाई बिगार्न होइन, तर सुधार्नलाई प्रभुले हामीलाई अधिकार दिनुभएको छ। यो अधिकारको बारेमा ज्यादै घमण्ड गरें भने पनि म लजाउँदिनँ। मैले तिमीहरूलाई पत्र लेखेर तर्साउन खोजेको होइन। कोहीकोही भन्लान्, ‘पावलका पत्रहरू खरा र कडा हुन्छन्, तर सामु पर्दाचाहिँ त्यो निर्धो र बोल्न नसक्ने हुन्छ।’ त्यस्तो मान्छेले बुझ्नुपर्छ कि हामीले टाढाबाट लेखेको कुरा र छेउमा हुँदा गर्नुपर्ने कुरामा कुनै फरक पर्दैन। ठूला सम्झनेहरूसँग हामी आफूलाई दाँज्ने र हाराहारीमा राख्ने साहस गर्दैनौं। तिनीहरूले त कुरै बुझ्दैनन्। असल कुराको नाप उनीहरू आफैं तोक्छन् र त्यही नापले आ-आफूलाई नापेर मक्ख पर्छन्। तर हामीले त हद नाघेर घमण्ड गर्दैनौं। परमेश्वरले तिमीहरूसम्म पुग्ने कामको क्षेत्र हामीलाई दिनुभएको छ र त्यसैको बारे मात्र घमण्ड गर्छौं। तिमीहरू हामीले पाएको जिम्मावारीको क्षेत्रभित्र नै छौ। सबैभन्दा पहिले हामी नै तिमीहरूकहाँ ख्रीष्टको बारे सुसमाचार सुनाउन आयौं र तिमीहरूको बारेमा घमण्ड गर्दा हाम्रो हक मुताबिकको काम गरेका छौं। आफ्नो क्षेत्र नाघेर अरूले गरेको काममा हामी घमण्ड गर्दैनौं। हाम्रो ठूलो आशाचाहिँ तिमीहरूको विश्वास बढ्दैजाओस् अनि हामीलाई भएको कामको क्षेत्र पनि ठूलो हुँदैजाओस् भन्ने नै हो। यसरी बढ्दै-बढ्दै तिमीहरूबाट अरू देशहरूमा पनि हामीहरू सुसमाचार सुनाउन सक्नेछौं। यसो हुँदा अरूहरूले काम गरेको ठाउँमा काम गरेर हामीले घमण्ड गर्नुपर्दैन।