YouVersion लोगो
खोज आइकन

२ इतिहास 32:7-26

२ इतिहास 32:7-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“सङ्कल्‍प गर र भरोसा राख। अश्‍शूरी महाराजा वा उनका अगुवाइमा आउने सेनाको डर नमान। उनीपट्टि भन्दा हामीपट्टि धेरै शक्ति छ। उनीसित मानवशक्ति छ तर हामीसित परमप्रभु, हाम्रा परमेश्‍वर हुनुहुन्‍छ र उहाँले हामीलाई मद्दत दिनुहुन्‍छ र हाम्रो लडाइँ लडिदिनुहुन्‍छ।” राजाका यी शब्‍दले मानिसहरूको हौसला बढ्यो। केही समयपछि सनहेरीब र तिनका सेना लाकीशमै हुँदा हिजकिया र तिनीसित यरूशलेममा भएका यहूदावासीहरूलाई सनहेरीबले यस्‍तो खबर पठाए: “म अश्‍शूरका महाराजा, सनहेरीब यो प्रश्‍न गर्दछु कि के कुराको भरोसामा तिमीहरू घेरामा परेका यरूशलेममा बस्‍न साहस गर्दछौ? परमप्रभु तिम्रा परमेश्‍वरले हाम्रा शक्तिबाट तिमीहरूलाई बचाउनेछन् भनी हिजकियाले भन्‍छन् होला; तर हिजकियाले तिमीहरूलाई छल्‍दै छन् र भोक र तिर्खाले मर्न लाउनेछन्। परमप्रभुको आराधना-स्‍थल र वेदीहरू नाश गर्ने अनि यहूदा र यरूशलेमका मानिसहरूलाई खालि एउटै वेदीमा मात्र आराधना गर्नू र धूप जलाउनू भन्‍ने उनी नै हुन्। म र मेरा पिता-पुर्खाले अरू जातिका मानिसहरूलाई के गरे, के त्‍यो तिमीहरू जान्‍दैनौ? के अरू कुनै जातिका देवताले ती मानिसहरूलाई अश्‍शूरका महाराजाका हातबाट बचाए? के ती सारा देशका कुनै देवताहरूले कहिल्‍यै हाम्रा हातबाट तिनीहरूका देश बचाएका थिए? तब तिम्रा परमेश्‍वरले तिमीहरूलाई बचाउनेछन् भनी कसरी सोच्‍दछौ? अब हिजकियाले तिमीहरूलाई त्‍यसरी धोका दिन र गलत बाटोमा लैजानदेखि आफैंलाई जोगाओ। उनका कुरामा पत्‍यार नगर! कुनै जातिका कुनै ईश्‍वरले कहिल्‍यै आफ्‍ना मानिसहरूलाई अश्‍शूरी महाराजाका हातबाट बचाउन सकेका छैनन्। त्‍यही प्रकारले तिम्रा परमेश्‍वरले पनि अवश्‍यै तिमीहरूलाई बचाउन सक्‍नेछैनन्!” अश्‍शूरी अधिकृतहरूले परमप्रभु परमेश्‍वर र उहाँका सेवक हिजकियाबारे अझ नराम्रा कुराहरू भने। महाराजाले लेखेका चिट्ठीले परमप्रभु इस्राएलका परमेश्‍वरको अपमान भएको थियो। त्‍यसमा “जाति-जातिका देवताहरूले मेरो शक्तिबाट आफ्‍ना प्रजालाई बचाएका छैनन् न त हिजकियाका परमेश्‍वरले नै मबाट आफ्‍ना प्रजालाई बचाउन सक्‍नेछन्,” भनी लेखिएको थियो। सहरका पर्खालमा उभेका यरूशलेमका बासिन्‍दाहरूलाई तर्साउन र हताश गराउन ती अधिकृतहरूले यो कुरा हिब्रू भाषामा कराई-कराई सुनाए। त्‍यसरी तिनीहरूले यरूशलेम सजिलैसित कब्‍जा गर्न खोज्‍थे। यरूशलेमका परमेश्‍वरबारे पनि तिनीहरूले त्‍यसरी नै भने, जसरी अरू जातिहरूका देवताहरूबारे भन्‍थे। ती देवताहरू मानिसहरूका हातले बनाएका मूर्तिहरू मात्र थिए। तब हिजकिया राजा र आमोजको छोरो यशैया अगमवक्ताले परमेश्‍वरलाई प्रार्थना गरे र मद्दतको लागि उहाँलाई पुकारे। परमप्रभुले एउटा स्‍वर्गदूत पठाउनुभयो र उनले अश्‍शूरी सेनाका सिपाही र अधिकृतहरूलाई मारे। बदनाम भएर राजा अश्‍शूर देशमा फर्किए। एक दिन आफ्‍नो देवताको मन्‍दिरमा राजा हुँदा उनकै केही छोराहरूले उनलाई तरवारले हानेर मारे। यस प्रकारले हिजकिया राजा र यरूशलेमका मानिसहरूलाई परमप्रभुले सनहेरीब, अश्‍शूरका महाराजाका शक्तिबाट र तिनीहरूका अरू शत्रुहरूबाट पनि बचाउनुभयो। उहाँले तिनीहरूलाई छिमेकीका सबै देशहरूसित शान्‍तिसँग बास गर्न दिनुभयो। धेरै मानिसहरू परमप्रभुलाई भेटी चढाउन र हिजकियालाई उपहार बोकेर यरूशलेममा आउँथे। त्‍यस बेलादेखि सबै जातिहरूले हिजकियालाई आदर गर्न थाले। त्‍यस बेलातिरै हिजकिया राजा बिरामी भए र झण्‍डै मरे। उनले प्रार्थना गरे र तँ निको हुनेछस् भनी परमप्रभुले तिनलाई एउटा चिन्‍ह दिनुभयो। तर हिजकिया अति घमण्‍डी भए। परमप्रभुले आफ्‍ना निम्‍ति जे-जति गर्नुभएको थियो, त्यसको निम्‍ति उनले परमेश्‍वरलाई धन्‍यवाद दिएनन्। त्‍यसकारण यहूदा र यरूशलेमले कष्‍ट भोग्‍नुपर्‍यो। तापनि अन्‍तमा हिजकिया र यरूशलेमका बासिन्‍दाहरू नम्र बने। यसकारण हिजकियाको मृत्‍यु नभएसम्‍म परमप्रभुले ती मानिसहरूलाई दण्‍ड दिनुभएन।

शेयर गर्नुहोस्
२ इतिहास 32 पढ्नुहोस्

२ इतिहास 32:7-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अश्‍शूरका राजा र उनले ल्‍याएको यस ठूलो सेनाले तिमीहरूका हृदयमा त्रास नल्‍याऊन्, किनकि हामीसित उनीहरूभन्‍दा अझ बढ़ी एक सामर्थी हुनुहुन्‍छ। उनीहरूसित शारीरिक शक्ति मात्र छ, तर परमप्रभु हाम्रा परमेश्‍वर हामीलाई सहायता गर्न र हाम्रा निम्‍ति युद्ध गर्न हामीसित हुनुहुन्‍छ।” यहूदाका राजा हिजकियाको वचनले गर्दा मानिसहरूको हौसला बढ़्यो। त्‍यसपछि उनी र उनका सेनाले लाकीशको वरिपरि घेरा हालिरहेको बेलामा अश्‍शूरका राजा सनहेरीबले यहूदाका राजा हिजकिया र यरूशलेमका सबै यहूदीहरूलाई यो समाचार दिन भनी यरूशलेममा अधिकृतहरू पठाए: “अश्‍शूरका राजा सनहेरीब यो भन्‍दछन्‌: घेरा हालिएको यरूशलेममा बस्‍न तिमीहरूलाई कहाँबाट यस्‍तो साहस आयो? जब ‘परमप्रभु तिमीहरूका परमेश्‍वरले अश्‍शूरका राजाको हातबाट बचाउनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई भन्‍छन्, तब तिमीहरू बसेकै ठाउँमा तिमीहरूलाई अनिकाल अथवा तिर्खाले मार्नलाई तिनले तिमीहरूलाई धोखामा पार्दैछन्‌। के हिजकिया आफैले यी नै ईश्‍वरका अल्‍गा-अल्‍गा ठाउँहरू र वेदीहरू भत्‍काएर ‘यहूदा र यरूशलेमका मानिसहरूलाई एउटै मात्र वेदीमा पूजा गर्नू र त्‍यहाँ मात्र बलिदान चढ़ाउनू’ भनी भनेका थिएनन्‌ र? “म र मेरा पुर्खाहरूले अरू देश-देशका सबै मानिसहरूलाई के-कसो गर्‍यौं सो तिमीहरूलाई थाहै छैन? के यी जातिहरूका देवताहरूले मेरो हातबाट यिनीहरूका देशहरू बचाउन सके र? मेरा पुर्खाहरूले सत्‍यनाश गरेका जातिहरूका देवताहरूमध्‍ये कसले मेरो हातबाट आफ्‍ना मानिसहरूलाई बचाउन सक्‍यो? तब कसरी तिमीहरूका ईश्‍वरले तिमीहरूलाई बचाउन सक्‍छन्‌? तिमीहरूलाई यसरी धोका दिन र भ्रममा पार्न हिजकियालाई मौका नदेओ। तिमीहरू तिनीमाथि विश्‍वास नगर, किनकि कुनै देवताले आफ्‍ना मानिसहरूलाई मेरो अथवा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन भने, तिमीहरूका ईश्‍वरले तिमीहरूलाई मेरो हातबाट कसरी बचाउन सक्‍छन्‌ र?” सनहेरीबका अधिकृतहरूले परमप्रभु परमेश्‍वर र उहाँका सेवक हिजकियाका विरुद्धमा अझै ज्‍यादा भने। राजा आफैले यसो भनेर परमप्रभु इस्राएलका परमेश्‍वरलाई तुच्‍छ ठानेर पत्रहरू लेखे: “जसरी अरू देशका देवताहरूले आफ्‍ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेनन्, त्‍यसरी नै हिजकियाका ईश्‍वरले पनि आफ्‍ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्‍नेछैनन्‌।” तब उनीहरूले सहर कब्‍जा गर्नलाई यरूशलेमको पर्खालमा उभिने मानिसहरूलाई हिब्रू भाषामा डर र त्रासले आतङ्क पार्न चर्को सोरमा नारा लाए। मानिसका हातले बनाएका पृथ्‍वीका अरू मानिसहरूका देवताहरूलाई गरेझैँ उनीहरूले यरूशलेमका परमेश्‍वरलाई निन्‍दा गरे। यस अवस्‍थामा राजा हिजकिया र आमोजका छोरा यशैया अगमवक्ताले स्‍वर्गतिर कराएर प्रार्थना गरे। तब अश्‍शूरका राजाको छाउनीमा हुने सबै योद्धा, नायक र अधिकृतहरूलाई संहार गर्न भनी परमप्रभुले एउटा स्‍वर्गदूत पठाउनुभयो। तब सनहेरीब बेइज्‍जती भएर आफ्‍नो देशमा फर्के। जब उनी आफ्‍नो देवताको मन्‍दिरमा पसे तब उनका छोरामध्‍येका कोही-कोहीले उनलाई तरवारले काटेर मारे। यसरी परमप्रभुले हिजकिया र यरूशलेमका बासिन्‍दाहरूलाई अश्‍शूरका राजा सनहेरीब र तिनीहरूका अरू सबै शत्रुहरूबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिर शान्‍ति दिनुभयो। धेरै मानिसहरूले यरूशलेममा परमप्रभुको निम्‍ति भेटीहरू र यहूदाका राजा हिजकियाको निम्‍ति दामी-दामी उपहारहरू ल्‍याए। त्‍यसपछि तिनले सबै जातिहरूद्वारा ठूलो सम्‍मान पाए। त्‍यसपछि हिजकिया सिकिस्‍त बिरामी भए, र तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभुले तिनलाई जवाफ दिएर एउटा चिन्‍ह दिनुभयो। तर हिजकिया अभिमानी भएका थिए, अनि परमप्रभुले तिनलाई दया देखाउनुभएकोमा तिनी कृतज्ञ भएनन्‌। यसैकारणले तिनीमाथि अनि यहूदा र यरूशलेममाथि परमप्रभुको क्रोध पर्‍यो। आफ्‍नो अभिमानीको निम्‍ति हिजकिया र यरूशलेमका मानिसहरूले पश्‍चात्ताप गरे। त्‍यसले गर्दा हिजकियाको समयभरि नै परमप्रभुको क्रोध फेरि तिनीहरूमाथि परेन।

२ इतिहास 32:7-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अश्शूरका राजा र तिनको विशाल फौजदेखि नडराओ; किनकि हामीसित हुनुहुने तिनीसित भएकाहरूभन्दा महान् हुनुहुन्छ। तिनीसित शारीरिक हतियारहरू मात्र छन्, तर हामीसित हामीलाई सहायता गर्ने र हाम्रा युद्धहरू लडिदिनुहुने याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ।” यसरी यहूदाका राजा हिजकियाले भनेका कुराबाट मानिसहरूले आत्मबल पाए। त्यसपछि जब अश्शूरका राजा सनहेरीब र तिनका सबै दलहरूले लाकीशलाई घेरा हलिरहेका थिए, तब तिनले आफ्ना अधिकृतहरूलाई यहूदाका राजा हिजकिया र त्यहाँ भएका सम्पूर्ण यहूदावासीहरूका निम्ति यो सन्देशको साथ यरूशलेममा पठाए: “अश्शूरका राजा सनहेरीब यसो भन्छन्: तिमीहरूले कुन कुरामाथि भरोसा राखेर आफू यरूशलेमभित्र घेरा हालेर बसेका छौ? जब हिजकियाले भन्छन्, ‘याहवेह हाम्रा परमेश्‍वरले हामीलाई अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ।’ तर तिनले तिमीहरूलाई भोक र तिर्खाले मर्नको लागि धोका दिँदैछन्। के हिजकिया आफैँले ‘एउटै मात्र वेदीमा आराधना गर्नुपर्छ र यसैमाथि बलिदानहरू चढाउनुपर्छ’ भन्दै आफैँले यहूदा र यरूशलेमका मानिसहरूलाई देवस्थान र वेदीहरू हटाउन लगाएका थिएनन् र? “मैले र मेरा पुर्खाहरूले अरू देशका मानिसहरूलाई जे गरेका छौँ, के तिमीहरू जान्दैनौ? के ती जातिहरूका देवताहरूले मेरो हातबाट तिनीहरूको देशलाई कहिल्यै बचाउन सकेका थिए? मेरा पुर्खाहरूले नाश गरेका जातिहरूका सबै देवताहरूमध्ये कसले आफ्ना मनिसहरूलाई मबाट बचाउन सक्यो र? त्यसो भए कसरी तिमीहरूका ईश्‍वरले तिमीहरूलाई मेरो हातबाट छुटाउन सक्लान्? अब हिजकियालाई तिमीहरूलाई धोका दिएर छल्न नदेऊ। तिनीमाथि विश्‍वास नगर; किनकि कुनै पनि जाति र राज्यका देवताले आफ्नो जातिलाई मेरो हातबाट अथवा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन। तिमीहरूलाई झन् के बचाउन सक्लान् र!” सनहेरीबका अधिकृतहरूले याहवेह परमेश्‍वरको र उहाँको सेवक हिजकियाको विरुद्धमा अरू कुराहरू पनि बोले। राजाले याहवेह इस्राएलका परमेश्‍वरलाई अपमान गर्दै यसो भन्दै उहाँको विरोध गरेर पत्र लेखे: “अरू देशहरूका मानिसहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट छुटाउन नसकेझैँ हिजकियाका ईश्‍वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट छुटाउनेछैन।” तब सहरलाई कब्जा गर्नलाई तिनीहरूले पर्खालमा भएका यरूशलेमका मानिसहरूलाई आतङ्कित बनाउन र तर्साउनलाई तिनीहरूलाई हिब्रू भाषामा हपारे। यरूशलेमका परमेश्‍वरको विषयमा तिनीहरूले संसारका अरू जातिहरूका देवताहरूको विषयमाझैँ मानिसहरूका हातका काम मात्र हो भनी भने। राजा हिजकिया र आमोजका छोरा अगमवक्ता यशैयाले यस विषयमा स्वर्गतिर पुकार गरेर प्रार्थना गरे। तब याहवेहले एउटा स्वर्गदूत पठाउनुभयो र तिनले अश्शूरका राजाका छाउनीमा भएका लडाकु मानिसहरू, अगुवाहरू र अधिकृतहरूको नामनिशानै मेटिदिए। यसरी तिनी अपमानित भएर आफ्नै देशमा फर्के। तिनी आफ्नै देवताको मन्दिरमा गएपछि तिनका आफ्नै छोराहरूमध्ये केहीले तिनलाई तरवारले छिनाइदिए। यसरी याहवेहले हिजकिया र यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब र अरू सबैका हातबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिरबाट रक्षा गर्नुभयो। धेरैले याहवेहको निम्ति यरूशलेममा भेटीहरू र यहूदाका राजा हिजकियाको निम्ति बहुमूल्य उपहारहरू ल्याए। त्यस समयदेखि उसो राजा हिजकियालाई सबै जातिहरूले अति सम्मान गर्न थाले। ती दिनहरूमा हिजकिया बिरामी भएर मर्न लागे। तिनले याहवेहसित प्रार्थना गरे, र उहाँले तिनलाई जवाफ दिएर एउटा चिन्ह दिनुभयो। तर हिजकियाहको हृदय अहङ्कारी थियो; तिनले आफूमाथि देखाइएको दयाप्रति कुनै प्रतिक्रिया देखाएनन्। यसकारण याहवेहको क्रोध तिनी, यहूदा र यरूशलेममाथि रह्‍यो। तब हिजकियाले आफ्नो हृदयको अहङ्कारको निम्ति पश्‍चात्ताप गरे, जसरी यरूशलेमका मानिसहरूले गरेका थिए। यसकारण याहवेहको क्रोध हिजकियाको शासनकालमा तिनीहरूमाथि आएन।

शेयर गर्नुहोस्
२ इतिहास 32 पढ्नुहोस्

२ इतिहास 32:6-26 पवित्र बाइबल (NERV)

हिजकियाहले युद्धका अधिकारीहरूलाई मानिसहरू प्रति जिम्मावार रहनुका निम्ति चुने। तिनले यी अधिकारीहरूसित शहर द्वार नजिकको खुल्ला स्थानमा भेट गरे। हिजकियाहले ती अधिकारीहरूसित कुरा-कानी गरे अनि तिनीहरूलाई उत्सहित तुल्याए। तिनले भने, “बलियो र साहसी होऊ। अश्शूरका राजा वा तिनीसित भएका विशाल सेनासित नडराऊ वा चिन्ता नगर। अश्शूरका राजा जो तिनीसित भएको शक्ति भन्दा हामीसित महान शक्ति छ। अश्शूरका राजाका मानिसहरू मात्र छन्। तर हामी सित परमप्रभु हाम्रा परमेश्वर साथ हुनुहुन्छ। हाम्रा परमेश्वरले हामीलाई सहायता गर्नु हुने छ। हाम्रा लडाईहरू उहाँले लडी दिनु हुनेछ।” यसरी यहूदाका राजा हिजकियाहले मानिसहरूलाई उत्साह दिए अनि तिनीहरूलाई शक्तिशाली अनुभव गराए। अश्शूरका राजा सनहेरीब अनि तिनका सबै सेनाहरू लाकीश शहरको नजिकमा छाउनी लाएर बसेका थिए जसमा कि तिनीहरूले यसलाई परास्त गर्न सकून्। तब सनहेरीबले आफ्ना अधिकारीहरूलाई यहूदाका राजा हिजकियाह अनि यरूशलेमका सबै मानिसहरूका निम्ति सनहेरीबाका अधिकारीहरूसित संन्देश थियो। तिनीहरूले भने, “अश्शूरका राजा सनहेरीब यसो भन्नु हुन्छ, ‘तिमीहरू के कुरामा विश्वास गर्छौ जसले तिमीहरूलाई युद्धको स्थितिमा पनि यरूशलेममा बसिरहन सिकायौ? हिजकियाहले तिमीहरूलाई मूर्ख बनाउँदै छन्। तिमीहरूलाई छल गरेर यरूशलेममा बसिरहन लाएका छन् जसमा कि तिमीहरू भोक र तिर्खाद्वारा मर्ने छौ। हिजकियाहले तिमीहरूलाई भन्छन्, “परमप्रभु हाम्रा परमेश्वरले हामीलाई अश्शूरका राजा देखि बचाउँनु हुन्छ।” हिजकियाह आफैंले परमप्रभुको उच्च स्थानहरू अनि वेदीहरू हटाए। तिनले तिमी यहूदा अनि यरूशलेमका मानिसहरूलाई भने कि तिमीहरूले केवल एउटा वेदीमा मात्र पूजा गर्नु पर्छ अनि धूप बाल्नु पर्छ। निश्चय नै तिमीहरू जान्दछौ कि मेरा पुर्खाहरू अनि मैले अन्य देशका मानिसहरू प्रति के गरेका छु? अन्य देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाउँन सकेनन्। ती देवाताहरूले तिनीहरूका मानिसहरूलाई नष्ट गर्न देखि मलाई रोक्न सकेनन्। मेरा पुर्खाहरूले ती देशहरूलाई ध्वंश गरे। कुनै यस्तो देवता छैन जसले मलाई उहाँका मानिसहरूलाई नष्ट गर्न देखि रोक्न सक्छन्। यसर्थ तिम्रो देवताले तिमीहरूलाई म बाट बचाउँन सक्छन् भनी तिमी सोच्छौ? हिजकियाहलाई तिमीहरूले मूर्ख तुल्याउन वा तिमीहरूलाई छल्न नदेऊ। तिनी प्रति विश्वास नगर किनभने कुनै राष्ट्र वा राज्यका कुनै पनि देवता आफ्ना मानिसहरूलाई म वा मेरा पुर्खाहरूबाट बचाउँन कहिले पनि समर्थ भएनन्। यसर्थ तिम्रा देवताले तिमीहरूलाई नष्ट गर्न बाट मलाई रोक्न सक्छन् भनी नसोच।’” अश्शूरका राजाका अधिकारीहरूले परमप्रभु परमेश्वरको विरूद्ध अनि परमेश्वरका सेवक हिजकियाहको विरूद्ध अत्यन्त नराम्रा कुराहरू भने। अश्शूरका राजाले पत्रहरू पनि लेखे जसमा परमप्रभु इस्राएलका परमेश्वरको अपमान गरिएको थियो। यी शब्दहरू अश्शूरका राजाद्वारा पत्रहरूमा भनेको थिएः “अन्य राष्ट्रहरूका देवताहरूले तिनीहरूका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न सकेनन्। यस्तै प्रकारले हिजकियाहका परमेश्वरले उहाँका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न समर्थ हुने छैनन्।” तब अश्शूरका राजाका अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई जोडले कराए जो शहरका पर्खालमा थिए। ती अधिकारीले हिब्रू भाषा प्रयोग। गरे जब तिनीहरू माथि भएका मानिसहरू प्रति कराए। अश्शूरका राजाका ती अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई भयभीत तुल्याउन भनी यसो गरे। तिनीहरूले ती कुराहरू भने जसद्वारा तिनीहरू यरूशलेम शहरलाई कब्जा गर्न सकुन्। ती अधिकारीहरूले संसारका मानिसहरूले पूजा गर्ने देवताहरूको विरूद्ध नराम्रा कुराहरू भने। ती देवताहरू केवल मानिसहरूले अफ्ना हातहरूद्वारा बनाएका कुराहरू हुन्। त्यही प्रकारले, ती अधिकारीहरूले त्यस्तै नराम्रा कुराहरू यरूशलेमका परमेश्वरको विरूद्ध भने। राजा हिजकियाह अनि अगमवक्ता यशौया-आमोसका छोराले यो समस्याको विषयमा प्रार्थना गरे। तिनीहरूले ठूलो आवाजमा स्वर्गतिर हेरेर प्रार्थना गरे। तब परमप्रभुले अश्शूरका राजाको छाउनीमा एक स्वर्गदूतलाई पठाउनु भयो। त्यो स्वर्गदूतले अश्शूरी सेनाका सबै सैनिकहरू अनि प्रमुखहरू र अधिकारीहरूलाई मारिदिए। यसर्थ अश्शूरका राजा आफ्नै देशतर्फ फर्किए, अनि तिनका मानिसहरू तिनी प्रति लज्जित थिए। तिनी आफ्ना देवताको मन्दिर भित्र गए अनि तिनका आफ्नै केही छोराहरूले तिनलाई त्यही तरवारद्वारा मारिदिए। यसरी परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब अनि सबै अन्य मानिसहरूबाट बचाउँनु भयो। परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूको हेरचाह गरिदिनु भयो। धेरै मानिसहरूले यरूशलेममा परमप्रभुका निम्ति उपहारहरू ल्याए अनि यहूदाका राजा हिजकियाहका निम्ति मूल्यवान वस्तुहरू ल्याए। त्यस समयदेखि सबै राष्ट्रहरूले हिजकियाहलाई सम्मान गरे। ती दिनहरूमा हिजकियाह साह्रै बिरामी भए अनि मृत्युको नजिक पुगे। तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभु हिजकियाहसित बोल्नु भयो अनि तिनलाई संकेत दिनु भयो। तर हिजकियाहको हृदय घमण्डले भरिएको थियो, यसर्थ तिनले परमेश्वरको दयालुपन प्रति परमेश्वरलाई धन्यवाद चढाएनन्। यसै कारणले गर्दा परमेश्वर हिजकियाह अनि यहूदा र यरूशलेमका मानिसहरू प्रति क्रोधित हुनु भयो। तर हिजकियाह अनि यरूशलेममा बस्ने ती मानिसहरूले तिनीहरूको हृदय र जीवनलाई परिवर्त्तन गरे। तिनीहरू नम्र भए र घमण्ड गर्न छोडे त्यसकारण हिजकियाह जीवित रहेसम्म परमप्रभुको क्रोध तिनीहरूमाथि परेन।