YouVersion लोगो
खोज आइकन

२ इतिहास 20:2-17

२ इतिहास 20:2-17 पवित्र बाइबल (NERV)

केही मानिसहरू आए अनि यहोशापातलाई भने, “एदोमबाट एक विशाल सेना तपाईंको विरूद्ध आउँदैछ। तिनीहरू खारा समुद्रको पल्लो छेउबाट आउँदैछन्। तिनीहरू हसासोन-तामारमा आइसकेका छन्।” (हासासोन-तामारलाई एन-गदी पनि भनिन्छ।) यहोशापात भयभीत भए अनि के गर्नु पर्ने भनी तिनले परमप्रभुसित सोध्ने निश्चय गरे। तिनले यहूदाका हरेकलाई उपवासको निम्ति समयको घोषणा गरे। यहूदाका मानिसहरू परमप्रभुसित सहायताको याचना गर्न एक साथ भेला भए। तिनीहरू यहूदाका सबै शहरहरूबाट परमप्रभुलाई सहायता माग्न आए। यहोशापात नयाँ आँगनको सामुन्ने परमप्रभुको मन्दिरमा थिए। तिनी यहूदा अनि यरूशलेमका मानिसहरूको सभामा उभिए। तिनले भने, “हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वर, तपाईं स्वर्गमा परमेश्वर हुनुहुन्छ। तपाईंले सबै राष्ट्रहरूका सबै देशहरूमाथि शासन गर्नु हुन्छ। तपाईंसित शक्ति अनि बल छन्। कुनै व्यक्ति तपाईंको विरूद्ध उठ्न सक्तैन। तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंले यो देशमा बस्ने मानिसहरूलाई छोडन बाध्य तुल्याउनु भयो। तपाईंले तपाईंका इस्राएली मानिसहरूका सामुन्ने यो काम गर्नु भयो। तपाईंले यो देश सदाको निम्ति अब्राहामका सन्तानहरूलाई दिनु भयो। अब्राहम तपाईंका मित्र थिए। अब्राहमका सन्तानहरू यो देशमा बस्थे अनि तिनीहरूले तपाईंको नाउँमा एउटा मन्दिर निर्माण गरे। तिनीहरूले भने, ‘यदि हामी माथि कष्ट आइपरे अर्थात तरवार, दण्ड, रोग वा अनिकाल, हामी यो मन्दिरको सामुन्ने अनि तपाईंको सामुन्ने उभिने छौं। तपाईंको नाउँ यो मन्दिरमा छ। हामी तपाईंलाई पुकार्ने छौं जब हामी कष्टमा पर्छौ। त्यसबेला तपाईंले हाम्रो बिन्ती सुनिदिनु हुनेछ अनि हामीलाई बचाउँनु हुनेछ।’ “तर अहिले, अम्मोन, मोआब अनि सेईर पर्वतका मानिसहरू यहाँ आएका छन्। तपाईंले त्यस बेला इस्राएलका मानिसहरूलाई तिनीहरूको देशमा जानदिनुभएन जब इस्राएलका मानिसहरू मिश्रदेशबाट आए। यसर्थ इस्राएलका मानिसहरू फर्किएका थिए अनि ती मानिसहरूलाई ध्वंश गरेका थिएनन्। तर हेर्नुहोस् तिनीहरूलाई ध्वंश नगरेकोमा ती मानिसहरूले हामीलाई कस्तो प्रकारको पुरस्कार दिए। तिनीहरू हामीलाई तपाईंको भूमिदेखि निकाल्न वाध्य तुल्याउन आएका छन्। तपाईंले यो भूमि हामीलाई दिनु भयो। हाम्रा परमेश्वर, तिनीहरूलाई दण्ड दिनु होस्। यो विशाल सेनाको विरूद्ध हाम्रो केही शक्ति छैन, जो हामी विरूद्ध आउँदैछन्। के गर्नु पर्ने सो हामी जान्दैनौं। त्यसै कारणले हामी सहायताका निम्ति तपाईं तिर हेर्दछौं।” यहूदाका समस्त मानिसहरू तिनीहरूका बालकहरू, पत्नीहरू अनि छोरा-छोरीहरू परमप्रभुको सामुन्ने उभिए। तब परमप्रभुको आत्मा यहजीएल माथि उत्रिए। यहजीएल जकर्याहका छोरा थिए। जकर्याह बनायाहका छोरा थिए। (बनायाह यीएलका छोरा अनि यीएल मतन्याहका छोरा थिए।) यहजीएल एक लेवी अनि आसापका सन्तान थिए सभाको माझमा। यहजीएलले भने, “मेरो कुरा सुन्नुहोस् राजा यहोशापात, यहूदा अनि यरूशलेममा बस्ने समस्त मानिसहरू। परमप्रभुले तपाईंलाई यसो भन्नु हुन्छः ‘यो विशाल सेनाको बारेमा भयभीत नहोऊ, चिन्ता नलेउ किनभने यो युद्ध तिमीहरूको युद्ध होइन। यो परमेश्वरको युद्ध हो। भोलि त्यहाँ तल जाऊ अनि ती मानिसहरूसित युद्ध गर। तिनीहरू सीसको उकालो भएर माथि आउने छन्। तिमीहरूले तिनीहरूलाई यरूएल मरुभूमिको अर्को छेऊमा भएको बेंसीको छेउमा भेट्नेछौ। यो युद्धमा तिमीहरूले लड्नु पर्नेछैन। आफ्ना स्थानहरूमा सुदृढ भएर बस। परमप्रभुले तिमीहरूलाई बचाउँनु भएको तिमीहरूले देख्नेछौ। यहूदा अनि यरूशलेम नडराऊ। सुर्ता नगर। परमप्रभु तिमीहरू साथ हुनुहुन्छ, यसर्थ ती मानिसहरूको विरूद्ध भोलि जाऊ।’”

शेयर गर्नुहोस्
२ इतिहास 20 पढ्नुहोस्

२ इतिहास 20:2-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

केही मानिसहरू आएर यहोशापात राजालाई यस्‍तो खबर दिए, “एदोमबाट एउटा ठूलो सेना मृत सागरको पारिपट्टिबाट तपाईंलाई आक्रमण गर्न आइरहेको छ। तिनीहरूले अघि नै हासेसोन-तामार कब्‍जा गरिसके।” (यो एन-गदीको अर्को नाम हो।) यहोशापात तर्से र अगुवाइको लागि परमप्रभुसित प्रार्थना गरे। त्‍यसपछि सम्‍पूर्ण देशमा उपवास बस्‍न आज्ञा दिए। यहूदाका हरेक सहरबाट मानिसहरू परमप्रभुको अगुवाइ लिन हतारसाथ यरूशलेममा आए। तिनीहरू यरूशलेमका बासिन्‍दाहरू मन्‍दिरको नयाँ आँगनमा भेला भए। यहोशापात राजा गएर तिनीहरूका सामुन्‍नेमा उभिए र उच्‍च सोरले प्रार्थना गरे, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्‍वर, स्‍वर्गमा तपाईंले सारा संसारका जातिहरूमाथि राज्‍य गर्नुहुन्‍छ। तपाईं बलियो र शक्तिशाली हुनुहुन्‍छ। कसैले तपाईंको सामना गर्न सक्‍दैन। तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ। जब तपाईंका प्रजा इस्राएल यस देशमा सर्दैआए, तपाईंले यस देशमा बास गर्ने मानिसहरूलाई धपाउनुभयो र आफ्‍ना मित्र अब्राहामका सन्‍तानलाई त्‍यो देश सदाकालको निम्‍ति दिनुभयो। तिनीहरूले यहाँ बसोबास गरेर तपाईंको आदरमा मन्‍दिर बनाएका छन्। हामीमाथि दण्‍डका रूपमा आपत् आइलाग्दा, लडाइँ, महामारी र अनिकाल आएको खण्‍डमा हामी आएर तपाईंको आराधना गरिने यस मन्‍दिरको सामुन्‍ने खडा हुन सक्‍छौं भनी तिनीहरूले जान्‍दछन्। आफ्‍ना कष्‍टका दिनमा तिनीहरूले तपाईंलाई प्रार्थना गर्न सक्‍छन् र तिनीहरूको बिन्‍ती सुनेर तपाईंले तिनीहरूलाई बचाउनुहुन्‍छ। “अब अम्‍मोन, मोआब र एदोमका मानिसहरूले हामीलाई आक्रमण गरेका छन्। हाम्रा पुर्खाहरू मिश्रबाट निस्‍किआउँदा तपाईंले तिनीहरूलाई ती देशमा पस्‍न दिनुभएन। हाम्रा पुर्खाहरू ती देशका बाहिरबाट घुमेर आए र तिनलाई नाश पारेनन्। त्‍यसको बदलामा तिनीहरू हामीलाई तपाईंले दिनुभएको देशबाट धपाउन आउँदै छन्। तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ! तिनीहरूलाई दण्‍ड दिनुहोस् किनभने हामीलाई आक्रमण गर्न आएको यो ठूलो सेनाअघि हामी असहाय छौं। के-कसो गर्ने भनेर हामी जान्‍दैनौं, तर हामी सहायताको निम्‍ति तपाईंतिर आँखा उचाल्‍छौं।” यहूदाका सबै पुरुषहरू आफ्‍ना स्‍वास्‍नी, बाल-बच्‍चालाई साथमा लिएर त्‍यहाँ मन्‍दिरमा उभिएका थिए। भीडमा भएका एक जना लेवीमाथि परमप्रभुको आत्‍मा उत्रनुभयो। तिनको नाम यहासेल थियो। तिनी जकरियाका छोरा थिए। तिनी मत्तन्‍याह, यहीएल र बनायाहबाट जन्‍मेका र आसापका गोत्रका पुरुष थिए। यहासेलले भने, “हे राजन्! अनि यरूशलेम र यहूदाका सबै बासिन्‍दाहरू हो! परमप्रभु भन्‍नुहुन्‍छ कि तिमीहरू यो ठूलो सेनाको सामना गर्न हताश नहुनू वा नडराउनू! लडाइँ परमेश्‍वरमा निर्भर छ, तिमीहरूमा होइन। भोलि तिनीहरू जीजको घाँटीबाट आएका बेलामा तिनीहरूमाथि हमला गर्नू। यरूएलको छेउको उजाड-भूमिमा पुर्‍याउने बेसी टुङ्गिएको ठाउँमा तिमीहरूसित तिनीहरूको भेट हुनेछ। तिमीहरूले यो लडाइँ लड्‍नुपर्नेछैन। खालि आफ्‍ना स्‍थानमा गई जागा होओ र पर्खिबस। परमप्रभुले तिमीहरूलाई विजय दिनुभएको देख्‍नेछौ। हे यहूदा र यरूशलेमका बासिन्‍दाहरू हो, दुबिधामा नपर, नडराओ! लडाइँ गर्न निस्‍क र परमप्रभु तिमीहरूसित हुनुहुन्‍छ!”

शेयर गर्नुहोस्
२ इतिहास 20 पढ्नुहोस्

२ इतिहास 20:2-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिनलाई यो समाचार सुनाइयो कि एक ठूलो सैन्‍य-दल खारा समुद्र पारि एदोमबाट तिनको विरुद्धमा लड़ाइँ गर्न आइरहेछ, र हासेसोन-तामार, अर्थात्‌ एन-गदीमा पुगिसकेको छ। यस्‍तो विपद्‌को समाचार सुनेर यहोशापातले परमप्रभुको अगुवाइ खोज्‍न अठोट गरे। तिनले सारा यहूदाभरि नै उपवास बस्‍नलाई घोषणा गरे। यहूदाका मानिसहरू परमेश्‍वरको सल्‍लाह माग्‍नलाई भेला भए। देशको हरेक सहरबाट तिनीहरू उहाँसित सल्‍लाह माग्‍न आए। यहूदा र यरूशलेमका सभाको सामुन्‍ने परमप्रभुका मन्‍दिरको नयाँ चोकको अगि खड़ा भएर यहोशापातले भने: “हे परमप्रभु हाम्रा पुर्खाहरूका परमेश्‍वर, के तपाईं नै स्‍वर्गमा विराजमान हुनुहुने परमेश्‍वर हुनुहुन्‍न? तपाईं जाति-जातिका सबै राज्‍यहरूमा शासन गर्नुहुन्‍छ। तपाईंकै हातमा शक्ति र बल छन्‌। तपाईंको सामना गर्ने कोही छैन। हे हाम्रा परमेश्‍वर, के तपाईंले नै आफ्‍नो प्रजा इस्राएलको सामुबाट यस देशका बासिन्‍दाहरूलाई धपाउनुभएको र आफ्‍ना मित्र अब्राहामका सन्‍तानलाई सदासर्वदाको निम्‍ति त्‍यो दिनुभएको होइन? तिनीहरू त्‍यसमा वास बसेका छन्, र तपाईंका नाउँको निम्‍ति यसो भनेर एउटा वासस्‍थान बनाएका छन्, ‘यदि विपत्ति हामीमाथि आइलाग्‍यो भने, अर्थात्‌ न्‍यायको तरवार वा रूढ़ी वा अनिकाल पर्‍यो भने, हामी यस मन्‍दिरको अगि जहाँ तपाईंको नाउँ छ, र तपाईंको सामुन्‍ने खड़ा हुनेछौं। अनि हामी आफ्‍नो विपत्तिमा तपाईंलाई पुकार्नेछौं, र तपाईंले हाम्रो बिन्‍ती सुनेर हामीलाई बचाउनुहुनेछ’। “मिश्रदेशबाट आउँदा तपाईंले इस्राएललाई अम्‍मोनी र मोआबीहरू र सेइर पर्वतका मानिसहरूको देशमा पस्‍न मनाही गर्नुभएको थियो, र यसैले उनीहरू यहाँ आएका छन्‌। इस्राएलीहरूले उनीहरूलाई त्‍यसै छोड़िदिए, र उनीहरूलाई नाश गरेनन्‌। तर अब हेर्नुहोस्, यी मानिसहरूले हामीलाई कस्‍तो बदला दिइरहेछन्‌। तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको जग्‍गादेखि उनीहरू हामीलाई धपाउन आइरहेछन्‌। हे हाम्रा परमेश्‍वर, उनीहरूको न्‍याय तपाईं गर्नुहुन्‍न र? किनभने हाम्रो देशलाई आक्रमण गर्न आइरहेको यो ठूलो सैन्‍य-दलको सामना गर्न हाम्रो केही शक्ति छैन। हामीले जे गर्नुपर्ने हो सो हामी जान्‍दैनौं, तर हामी आफ्‍ना आँखा तपाईंतिर उठाउँछौं।” यहूदाका सबै मानिसहरू, तिनीहरूका पत्‍नीहरू र तिनीहरूका बालकहरूसमेत त्‍यहाँ परमप्रभुको सामुन्‍ने खड़ा भए। तब आसापको वंशका एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्‍मा उत्रनुभयो। तिनी मत्तन्‍याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति अनि जकरियाका छोरा थिए। तिनले भने, “हे यहूदा र यरूशलेमका सबै बासिन्‍दा र राजा यहोशापात सुन्‍नुहोस्, परमप्रभु तपाईंहरूलाई यही भन्‍नुहुन्‍छ: ‘नडराओ, यस ठूलो सैन्‍यदलदेखि नआत्तिओ। किनभने लड़ाइँ परमप्रभुको हातमा छ, तिमीहरूका हातमा होइन। भोलि उनीहरूसँग युद्ध गर्न निस्‍क। उनीहरू जीजको उकालोबाट भएर आउँछन्‌। तिमीहरूले उनीहरूलाई यरूएलको उजाड़-स्‍थानमा भएको खोलाको पल्‍लो छेउमा भेट्‌नेछौ। यो लड़ाइँ तिमीहरूले लड्‌नुपर्नेछैन। ताँतीमा दृढ़ भएर पर्खिबस। परमप्रभुले तिमीहरूका उद्धारको काम गर्नुभएको तिमीहरू देख्‍नेछौ। नडराओ, न त आत्तिओ। भोलि उनीहरूको सामना गर्न तिमीहरू निस्‍किआओ। किनभने परमप्रभु तिमीहरूतर्फ हुनुहुनेछ’।”

२ इतिहास 20:2-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

मानिसहरू आएर यहोशापातलाई भने, “एउटा विशाल फौज तपाईंको विरुद्धमा एदोमबाट मृत सागरको अर्को किनारबाट हासेसोन-तामार (अर्थात् एन-गदी) मा आइसकेका छन्।” यहोशापातले डराएर याहवेहसित सल्‍लाह लिने सङ्कल्प गरे। तिनले सारा यहूदामा उपवास बस्‍नलाई घोषणा गरे। यहूदाका मानिसहरू याहवेहबाट सहायता माग्न एकसाथ आए। वास्तवमा तिनीहरू उहाँसित सल्‍लाह माग्न यहूदाको प्रत्येक सहरबाट आए। तब यहोशापात याहवेहको मन्दिरमा नयाँ चोकको सामु यहूदा र यरूशलेमको समुदायमा खडा भए, र भने: “हे याहवेह, हाम्रा पुर्खाहरूका परमेश्‍वर, के स्वर्गमा हुनुहुने परमेश्‍वर तपाईं नै हुनुहुन्‍न? तपाईंले पृथ्वीका सारा राज्यहरूमा शासन गर्नुहुन्छ। अधिकार र शक्ति तपाईंकै हातमा छन्, र कोही पनि तपाईंको विरुद्धमा खडा हुन सक्दैन। हे हाम्रा परमेश्‍वर, के तपाईंले आफ्नो जाति इस्राएलको सामु यस देशका मानिसहरूलाई धपाएर यसलाई तपाईंको मित्र अब्राहामका सन्तानहरूलाई सदाका निम्ति दिनुभएको होइन र? तिनीहरू यसमा बसोबास गरेका छन्, र तपाईंको नामको खातिर यसो भन्दै एउटा पवित्रस्थान बनाएका छन्, ‘यदि हामीमाथि कुनै विपत्ति आयो भने अथवा न्यायको तरवार अथवा महामारी अथवा अनिकाल आयो भने हामी तपाईंको नाम भएको यस मन्दिरको सामु तपाईंको उपस्थितिमा खडा भएर आफ्नो सङ्कष्‍टमा तपाईंलाई पुकार्नेछौँ; अनि तपाईंले हाम्रो अर्जबिन्ती सुनेर हामीलाई बचाउनुहुनेछ।’ “तर अब यहाँ अम्मोन, मोआब र सेइर पर्वतका मानिसहरू आएका छन्। इस्राएलीहरू इजिप्टबाट भएर आउँदा तिनीहरूका प्रान्तमा तपाईंले इस्राएलीहरूलाई आक्रमण गर्न दिनुभएन। यसैकारण इस्राएलीहरू यिनीहरूलाई नाश नगरी गइहाले। तिनीहरूले हामीलाई तपाईंले उत्तराधिकारस्वरूप दिनुभएको ठाउँबाट धपाउनलाई आएर कसरी बदला लिइरहेका छन्, त्यो हेर्नुहोस्। हे हाम्रा परमेश्‍वर, के तपाईंले तिनीहरूको न्याय गर्नुहुन्‍न? किनकि हामीमाथि आक्रमण गर्ने यो विशाल फौजको सामना गर्ने शक्ति हामीमा छैन।” यहूदाका सबै मानिसहरू, तिनीहरूका पत्नीहरू, सन्तानहरू र काखका बालबच्‍चाहरूसमेत त्यहाँ याहवेहको सामु खडा भए। तब याहवेहको आत्मा आसापको सन्तान एक जना लेवी यहजीएलमाथि आउनुभयो। तिनी मत्तन्याहका जनाति, यीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा थिए। तिनले भने: “हे सबै यहूदा र यरूशलेमका मानिसहरू र राजा यहोशापात, सुन्‍नुहोस्! याहवेहले तपाईंहरूलाई यसो भन्‍नुहुन्छ: ‘यो विशाल फौजको कारण नडराओ, र निराश नहोओ; किनकि यो लडाइँ तिमीहरूको होइन, तर परमेश्‍वरको हो। भोलि तिनीहरूको विरुद्धमा तल जाओ। तिनीहरू जीजको घाटीबाट उकालो चढिरहेका हुनेछन्, र तिमीहरूले तिनीहरूलाई यरूएलको वनमा भएको घाटीमा भेट्टाउनेछौ। तिमीहरूले यो लडाइँ लड्नु पर्नेछैन। आफ्नो मोर्चा लिनू र दह्रो भई खडा रहनू। हे यहूदा र यरूशलेम, याहवेहले तिमीहरूलाई दिने छुटकारालाई हेर! नडराओ र निराश नहोओ; भोलि तिनीहरूको सामना गर्न निस्कनू र याहवेह तिमीहरूसित हुनुहुनेछ।’ ”