२ इतिहास 16:7-9
२ इतिहास 16:7-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आएर भने, “तपाईंले परमप्रभु आफ्ना परमेश्वरमाथि होइन तर अरामका राजामाथि भरोसा गर्नुभएकोले गर्दा इस्राएलका राजाको सेना तपाईंको हातबाट भागेको छ। के कूशीहरू र लिबियालीहरू असंख्य रथहरू र घोड़चढ़ीहरू भएको विशाल सेना थिएनन्? तापनि जब तपाईंले परमप्रभुमाथि भरोसा राख्नुभयो, तब उहाँले उनीहरूलाई तपाईंको हातमा सुम्पिदिनुभयो। किनकि जसका हृदय उहाँप्रति भक्त छन्, तिनीहरूलाई सहायता दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ। यस कुरामा तपाईंले मूर्खता गर्नुभयो। अब उप्रान्त तपाईंले युद्ध गरिरहनुपर्नेछ।”
२ इतिहास 16:7-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आए, र तिनले उनलाई भने: “तपाईंले याहवेह, तपाईंका परमेश्वरमाथि होइन; तर अरामका राजामाथि भरोसा गर्नुभएको कारण आरामका राजाका सेना तपाईंको हातबाट उम्क्यो। के कूशी र लिबियालीहरू धेरै संख्यामा रथहरू र घोडचढीहरू भएका शक्तिशाली फौज थिएनन् र? तरै पनि तपाईंले याहवेहमाथि भरोसा राख्नुभएको हुनाले उहाँले तिनीहरूलाई तपाईंका हातमा सुम्पिदिनुभयो। किनकि जसको हृदय उहाँप्रति पूर्ण रूपमा समर्पित छ, तिनीहरूलाई बलियो पार्नको लागि याहवेहको दृष्टि पृथ्वीभरि रहिरहेको हुन्छ। तपाईंले मूर्ख काम गर्नुभयो; यसैले अब उसो तपाईंले युद्ध गरिरहनुपर्नेछ।”

२ इतिहास 16:7-9 पवित्र बाइबल (NERV)
त्यसबेला दर्शी हनानी यहूदाका राजा आसा कहाँ आए। हनानीले तिनलाई भने, “आसा तिमीलाई सहायता गरोस् भनी तिमी अरामका राजा माथि भर पर्यौ। परमप्रभु तिम्रा परमेश्वर माथि भर परेनौ। तिमी परमप्रभु माथि भरपर्नु पर्ने थियो। तर तिमी सहायताका निम्ति परमप्रभु माथि भर नपरेको हुनाले राजा अरामका सैनिकहरू तिमीबाट उम्किए। कूशीहरू अनि लूबीहरूको अत्यन्त विशाल, शक्तिशाली सेना थिए। तिनीहरूसित अनेक रथ अनि सारथिहरू थिए। तर आसा त्यो विशाल शक्तिशाली सेनालाई परास्त गर्न सहायताका निम्ति तिमी परमप्रभु माथि भर पर्यौ अनि परमप्रभुले तिमीलाई तिनीहरूलाई परास्त पार्न दिनु भयो। परमप्रभुको दृष्टि पृथ्वीभरि ती मानिसहरूलाई हेर्दै नजर राख्नुहुन्छ जो उहाँ प्रति विश्वसनीय छन् जसद्वारा उहाँले ती मानिसहरूलाई शक्तिशाली तुल्याउन सक्नु हुन्छ। आसा, तिमीले मूर्खता पूर्ण काम गर्यौ। यसर्थ अब उप्रान्त तिमीले युद्ध गरिरहनु पर्नेछ।”
२ इतिहास 16:7-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यस बेला हनानी अगमवक्ताले आसा राजाकहाँ गएर भने, “तपाईं परमप्रभु हाम्रा परमेश्वरको सट्टामा अरामका राजामा भर पर्नुभयो। यसकारण अरामका राजाका सेना तपाईंका हातबाट उम्के। के कूशी र लिबियाली सेनाहरूसित धेरै रथ र घोडसवारहरू थिएनन् र? तर तपाईं परमप्रभुमा भर पर्नुभएको हुनाले उहाँले तपाईंलाई तिनीहरूमाथि विजय दिनुभयो। परमप्रभुले सारा संसारमाथि नजर राख्नुहुन्छ र ज-जसका हृदय उहाँप्रति विश्वासयोग्य छन्, तिनीहरूलाई बल दिनुहुन्छ। तपाईंले मूर्ख काम गर्नुभयो। यसकारण अब उसो सधैँ तपाईंले लडाइँ गर्नुपर्नेछ।”