YouVersion लोगो
खोज आइकन

१ राजाहरू 16:8-34

१ राजाहरू 16:8-34 पवित्र बाइबल (NERV)

आसा यहूदाका राजा भएको छब्बीसौं बर्षमा एला राजा भए। एला बाशाका छोरा थिए। उनले तिर्सामा दुइ बर्ष शासन गरे। राजा एलाका अधिकारीहरू मध्ये एक जना जिम्री थिए। जिम्री एलाका आधी रथहरूको संञ्चालन गर्दथे। तर जिम्रीले एलाको विरोधमा षड्‌यन्त्र रचे। राजा एला तिर्सामा थिए। तिनी अर्साको घरमा मद्यपान गर्दै थिए अनि मदले मातेका थिए। अर्सा तिर्साको राजमहलको भारदार थियो। जिम्री घरभित्र पसे अनि राजा एलाको हत्या गरे। आसा यहूदाको राजा भएको समयको सत्ताइसौं बर्षमा यस्तो घट्ना भयो। तब जिम्री एलापछि इस्राएलका राजा भए। जिम्री नयाँ राजा भएपछि उनले बाशाको परिवारका सबैलाई मारे। उनले बाशाको परिवारका मानिसहरूमा एक जनालाई पनि जिउँदो छोडेनन्। जिम्रीले बाशाका साथीहरूलाई पनि मारे। यसकारण जिम्रीले बाशाको सम्पूर्ण परिवारलाई नष्ट पारिदिए। यो घटना त्यसरी नै भयो जसरी परमप्रभुले हुन्छ भन्नु भएको थियो जति बेला परमप्रभुले अगमवक्ता येहू मार्फत, बाशाको विरोधमा बोल्नु भएको थियो। बाशा र उनको छोरा एलाको पापले गर्दा यस्तो भयो। तिनीहरूले पापको काम गरे अनि इस्राएली मानिसहरूलाई पनि पाप गर्न लगाए। परमप्रभु रिसाउनु भयो किनभने तिनीहरूसँग देवमूर्तिहरू थिए। अरू कामहरू, जे एलाले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। आसा यहूदाका राजा भएको सत्ताइसौं बर्षमा जिम्री इस्राएलका राजा भए। जिम्रीले तिर्सामा सात दिनसम्म शासन गरे। त्यस समयमा इस्राएलको सेनाले गिब्बतोनमा जो पलिश्तिहरूको थियो पाल लगाई रहेका थिए। शिविरमा मानिसहरूले सुने, जिम्रीले राजाको विरोधमा गोप्य षड्‌यन्त्र रचेको छ। तिनीहरूले सुने, उनले राजालाई मारे। यस कारण सबै इस्राएलीहरूले त्यस दिन शिविरमा ओम्रीलाई इस्राएलको राजा बनाए। ओम्री सेनाका सेनापति थिए। यसकारण ओम्री र सबै इस्राएलीहरूले गिब्बतोन छोडे अनि तिर्सामाथि आक्रामण गरे। जब जिम्रीले शहरमा आक्रामण गरिएको देखे। उनी महलभित्र पसे अनि आगो सल्काए। उनले महल र आफूलाई जलाए। यसकारण जिम्री मरे किनभने उनले पाप गरेका थिए। जिम्रीले त्यो काम गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। उनले त्यसरी नै पाप काम गरे जसरी यारोबामले गरेका थिए। अनि यारोबामले इस्राएलीहरूलाई पाप गर्न लगाए। जिम्रीको गोप्य षडयन्त्र अनि अरू कार्यहरू जो जिम्रीले गरे, त्यो कथा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। इस्राएली मानिसहरू दुइ दलमा विभाजित भएका थिए। आधी मानिसहरूले गीनतका छोरा तिब्नीको अनुशरण गरे अनि उनलाई राजा बनाउन चाहे। अरू आधी मानिसहरूले ओम्रीको अनुशरण गरे। तर ओम्रीका अनुशरण कर्त्ताहरू गीनतको छोरो तिब्नीका अनुशरण कर्त्ताहरू भन्दा बलिया थिए। यस कारण तिब्नीलाई मारियो अनि ओम्री राजा भए। आसा यहूदाको राजा भएको समयको एकतीसौं बर्षमा ओम्री इस्राएलका राजा भए। ओम्रीले इस्राएलमा 12 बर्ष शासन गरे। 12 बर्षहरू मध्ये छः बर्ष उनले तिर्सा शहरमा शासन गरे। तब ओम्रीले सामरियाको पहाड किने। उनले यसलाई दुइ तोडा चाँदीमा शेमेरबाट किने। ओम्रीले पहाड माथि एउटा शहर बनाए। उनले पहाडको मालिक शेमेरको नाउँमा शहर को नाउँ सामरिया राखे। ओम्रीले त्यही काम गरे जसलाई परमप्रभुले भूल भन्नु भएको थियो। ओम्री उनी भन्दा पहिलेका सबै राजाहरू भन्दा दुष्ट थिए। उनले त्यही पाप गरे जुन नबातका छोरा यारोबामले गरेका थिए। यारोबामले इस्राएली मानिसहरूलाई पाप गर्न लगाए। यसकारण तिनीहरूले इस्राएलका परमप्रभु परमेश्वरलाई रीस उठाए। परमप्रभु रिसाउनुभो किनभने तिनीहरूले अर्थहीन मूर्तिहरूको पूजा गरे। ओम्रीको विषयमा अरू जानकारीहरू तथा उनले गरेको महान् कार्यको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। ओम्री मरे अनि उनलाई सामारियामा गाडियो। उनका छोरा आहाब उनीपछि नयाँ राजा भए। आसा यहूदाका राजा भएको समयमा अठतीसौं बर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए। आहाबले सामरिया शहरमा बसेर 22 बर्ष इस्राएलमा शासन गरे। आहाबले त्यही काम गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अनि आहाब अघिका राजाहरू भन्दा दुष्ट थिए। आहाबका लागि त्यही पापको काम गर्न पर्याप्त थिएन जुन नाबातका छोरा यारोबामले गरेका थिए। यसकारण आहाबले एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे। एतबाल सीदोनका राजा थिए। तब आहाबले बालको सेवा र पूजा शुरू गरे। आहाबले बालको पूजा गर्नका लागि सामरियामा एउटा मन्दिर बनाए। त्यस मन्दिरमा उनले एउटा वेदी बनाए। आहाबले अशेरा देवीको पूजा गर्नका लागि एउटा विशेष स्तम्भ पनि स्थापित गरे। आहाबले उनी भन्दा अघिका सबै राजाहरू भन्दा बढी इस्राएलका परमप्रभुलाई रीस उठाउनेकाम गरे। आहाबको शासनकालमा हीएलले जो बेतेलका थिए यरीहो शहर फेरि बसाए। त्यस समय हीएलले शहरमा काम शुरू गर्दा उनको ठूलो छोरा अबीरामको मृत्यु भयो। अनि जब हीएलले शहरको फाटक बनाए, उनको सानो छोरो सगूब मर्यो। यो त्यसरी नै भयो जसरी परमप्रभुले यस्तो हुन्छ भनी नूनको छोरा यहोशूद्वारा बोल्नु भएको थियो।

शेयर गर्नुहोस्
१ राजाहरू 16 पढ्नुहोस्

१ राजाहरू 16:8-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यहूदाका राजा आसाको छब्‍बीसौँ वर्षमा बाशाका छोरा एलाह इस्राएलका राजा भए, र तिनले तिर्सामा दुई वर्ष राज्‍य गरे। तिनका अधिकारीहरूमध्‍येका एक जना आधा रथ-सेनाका सेनापति जिम्रीले तिनको विरुद्धमा षड्‌यन्‍त्र गरे। त्‍यस बेला एलाहले तिर्सामा आफ्‍नो राजमहलको जिम्‍मावाल आर्साको घरमा मद्यपान गरिरहेका थिए। यहूदाका राजा आसाको सत्ताईसौँ वर्षमा जिम्रीले भित्र पसेर तिनलाई हिर्काएर मारे। ती नै जिम्री तिनीपछि राजा भए। जिम्री राजा भएर राज सुरु गर्ने बित्तिकै तिनले बाशाका परिवारका जम्‍मैलाई मारे। तिनले बाशाका कुटुम्‍ब र मित्रमध्‍येको एउटै पुरुषलाई पनि जिउँदो छोड़ेनन्‌। परमप्रभुले येहू अगमवक्ताद्वारा बाशाको विरुद्धमा भन्‍नुभएअनुसार यसरी जिम्रीले बाशाका जम्‍मै परिवारलाई नाश गरे। बाशा र तिनका छोरा एलाहले गरेका पाप र इस्राएललाई गर्न लाएका सबै पापहरूको कारण, र तिनीहरूले आफ्‍ना बेकामका मूर्तिहरूले गर्दा परमप्रभु इस्राएलका परमेश्‍वरलाई रीस उठाएको कारण यो भएको थियो। एलाहको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र? यहूदाका राजा आसाको सत्ताईसौँ वर्षमा जिम्रीले सात दिनसम्‍म तिर्सामा राज्‍य गरे। त्‍यस बेला सेनाचाहिँ पलिश्‍तीहरूको सहर गिब्‍बतोन नजिकको छाउनीमा थिए। छाउनीमा भएका इस्राएलीहरूले जिम्रीले षड्‌यन्‍त्र गरेर राजाको हत्‍या गरेका जब सुने, तब त्‍यही दिन छाउनीमा नै तिनीहरूले आफ्‍ना सेनापति ओम्रीलाई इस्राएलका राजा घोषणा गरे। तब ओम्री र तिनीसँग भएका जम्‍मै इस्राएलीहरू गिब्‍बतोनबाट हटेर तिर्सालाई घेरे। सहर लिएको देख्‍ने बित्तिकै जिम्री राजमहलको किल्‍लाभित्र पसे, र तिनले राजमहलमा आगो लगाइदिए। यसरी तिनी जलेर मरे। तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्‍यही गरेर अनि यारोबामका चालमा र उनले गरेका पाप र उनले इस्राएललाई गर्न लाएका पापमा हिँड़ेर ती पापहरू गरेको कारण यो भएको थियो। जिम्रीको शासनका अरू घटनाहरू र तिनले गरेको विद्रोह के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र? त्‍यसपछि इस्राएलका मानिसहरू दुई दलमा विभक्त भए। मानिसहरूमध्‍ये आधाले गीनतका छोरा तिब्‍नीलाई राजा बनाउनलाई सहयोग गरे र आधाले चाहिँ ओम्रीलाई सहयोग गरे। तर ओम्रीको पछि लाग्‍नेहरू गीनतका छोरा तिब्‍नीको पछि लाग्‍नेहरूभन्‍दा अझ शक्तिशाली थिए। यसैले तिब्‍नी मरे, र ओम्री राजा भए। यहूदाका राजा आसाको एकतीसौँ वर्षमा ओम्री इस्राएलका राजा भए, र तिनले जम्‍मा बाह्र वर्ष राज्‍य गरे। तीमध्‍ये छ वर्षचाहिँ तिनले तिर्सामा राज्‍य गरे। तिनले चाँदीका दुई तोड़ामा शेमेरको हातबाट सामरियाको डाँड़ा किनेर डाँड़ामा एउटा सहर बनाए, र त्‍यस डाँड़ाको पहिलो मालिक शेमेरको नाउँमा त्‍यसको नाउँ सामरिया राखे। तर ओम्रीले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे र तिनले आफूभन्‍दा अघिका सबै राजाहरूभन्‍दा अझ बढ़ी पाप गरे। तिनी नबातका छोरा यारोबामका सारा चाल र उनको पापमा चले, जुन पाप उनले इस्राएललाई गर्न लाएका थिए, र जसले गर्दा तिनीहरूले आफ्‍ना घिनलाग्‍दा मूर्तिहरूद्वारा परमप्रभु इस्राएलका परमेश्‍वरलाई रीस उठाएका थिए। ओम्रीको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्य र तिनका उपलब्‍धिहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र? ओम्री आफ्‍ना पित्रहरूसित सुते, र सामरियामा गाड़िए। अनि तिनीपछि तिनका छोरा आहाब राजा भए। यहूदाका राजा आसाको अठतीसौँ वर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए, र तिनले सामरियामा इस्राएलमाथि बाईस वर्ष राज्‍य गरे। ओम्रीका छोरा आहाबले आफ्‍ना अघिका सबै राजाहरूभन्‍दा परमप्रभुको दृष्‍टिमा अझ बढ़ी दुष्‍ट्याइँ गरे। नबातका छोरा यारोबामका पापी चालहरूमा हिँड्‌न तिनको निम्‍ति कम भएजस्‍तो मात्र होइन, तर तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेललाई पनि विवाह गरे, र बाल देवताको सेवा गरेर त्‍यसलाई पुज्‍न लागे। सामरियामा तिनले बनाएको बालको मन्‍दिरमा बालको निम्‍ति एउटा वेदी बनाए। आहाबले अशेरा देवीको मूर्ति पनि खड़ा गरे, र तिनले आफ्‍ना अघिका इस्राएलका सबै राजाहरूभन्‍दा बढ़ी परमप्रभु इस्राएलका परमेश्‍वरलाई रीस उठाउने काम गरे। आहाबको समयमा बेथेलका हीएलले यरीहोलाई पुनर्निर्माण गरे। त्‍यसको जग बसाल्‍दा तिनको जेठो छोरो अबीरामको मृत्‍यु भयो, र त्‍यसका मूल ढोकाहरू बनाउँदा तिनको कान्‍छो छोरो सगूबको मृत्‍यु भयो। यसरी परमप्रभुले नूनका छोरा यहोशूद्वारा भन्‍नुभएको वचन पूरा भयो।

१ राजाहरू 16:8-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यहूदाका राजा आसाको छब्बीसौँ वर्षमा बाशाका छोरा एलाह इस्राएलका राजा भए; र तिनले तिर्सामा दुई वर्ष राज्य गरे। तिनका सेवक जिम्रीले, जो आधा राजकीय रथहरूका सेनापति थिए, तिनको विरुद्धमा षड्यन्त्र रचे। त्यस बेला एलाचाहिँ तिर्सामा आफ्नो दरबारका प्रशासक अर्साको घरमा मद्यपान गरिरहेका थिए। यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्रीले दरबारभित्र पसेर तिनलाई प्रहार गरेर मारे। तब जिम्री नै तिनीपछि राजा भए। जिम्रीले सिंहासनमा बसेर शासन सुरु गर्नसाथ बाशाको सम्पूर्ण घरानालाई मारिदिए। चाहे आफन्त होस् वा मित्र, तिनले कुनै पुरुषलाई पनि जीवित राखेनन्। यसरी याहवेहले आफ्नो सेवक अगमवक्ता येहूद्वारा बोल्नुभएको वचनअनुसार जिम्रीले बाशाको सम्पूर्ण परिवारलाई नाश गरे। बाशा र तिनका छोरा एलाहले गरेका सम्पूर्ण पापहरू र इस्राएललाई पनि पाप गर्न लगाएको कारण र तिनीहरूका व्यर्थका मूर्तिहरूले याहवेह इस्राएलका परमेश्‍वरलाई रिस उठाएको कारण यो सबै भएको थियो। एलाहको शासनका अरू घटनाहरू, र तिनले गरेका सबै कामहरूको विषयमा चाहिँ इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्रीले तिर्सामा सात दिनसम्म राज्य गरे। त्यस बेला इस्राएली फौजले चाहिँ एउटा पलिश्ती सहर गिब्बतोनको छेउमा छाउनी हालेका थिए। जब जिम्रीले राजाको विरुद्धमा षड्यन्त्र गरेर तिनको हत्या गरेको कुरा छाउनीमा भएका इस्राएलीहरूले सुने, तब तिनीहरूले त्यसै दिन फौजका सेनापति ओम्रीलाई इस्राएलमाथि राजा घोषणा गरे। तब ओम्री र तिनीसित भएका सारा इस्राएलीहरू गिब्बतोनबाट निस्केर गए; र तिर्सालाई घेरे। जब जिम्रीले सहर आफ्नो कब्जाबाट गइसकेको देखे, तब तिनी दरबारको किल्‍लाभित्र पसे; र राज दरबारको चारैतिर आगो लगाइदिए। यसरी तिनी आफैँ पनि जलेर मरे। किनकि तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरेर पाप गरे, र यारोबामका मार्गहरूमा हिँडे; अनि तिनले त्यही पाप गरे, जुन यारोबामले इस्राएललाई गर्न लगाएका थिए। जिम्रीको शासनका अरू घटनाहरू र तिनले गरेका विद्रोहको विषयमा चाहिँ इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। तब इस्राएलका मानिसहरू दुई दलमा विभाजित भए। आधाले गीनतका छोरा तिब्नीलाई राजा बनाउन चाहन्थे; र बाँकी आधाले चाहिँ ओम्रीलाई साथ दिए। तर ओम्रीका पछि लाग्नेहरूले गीनतका छोरा तिब्नीका पछि लाग्नेहरूलाई परास्त गरे। यसकारण तिब्नी मारिए, र ओम्री राजा भए। यहूदाका राजा आसाको एकतीसौँ वर्षमा ओम्री इस्राएलमा राजा भए। तिनले बाह्र वर्ष राज्य गरे; छ वर्षचाहिँ तिनले तिर्सामा राज्य गरे। तिनले शेमेरबाट दुई टालेन्ट चाँदीमा सामरियाको डाँडा किने। त्यस डाँडामा एउटा सहर बनाए र त्यसलाई डाँडाका पहिलेका मालिक शेमेरको नामबाट सामरिया नाम राखे। तर ओम्रीले याहवेहको दृष्‍टिमा दुष्‍टता गरेर आफूभन्दा अगिका राजाहरूले भन्दा अझ बढी पाप गरे। तिनी नबातका छोरा यारोबाम र तिनका सबै मार्गहरूमा हिँडे; तिनले त्यही पाप गरे, जुन यारोबामले इस्राएललाई गर्न लगाएका थिए। यसरी तिनीहरूले आफ्ना व्यर्थका मूर्तिहरूद्वारा याहवेह इस्राएलका परमेश्‍वरलाई रिस उठाए। ओम्रीको शासनका अरू घटनाहरू, तिनले गरेका कार्य, र तिनका उपलब्धीहरूका विषयमा चाहिँ इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। ओम्री आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे; र सामरियामा गाडिए। तिनीपछि तिनका छोरा आहाब राजा भए। यहूदाका राजा आसाको अठतीसौँ वर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए; र तिनले सामरियामा इस्राएलमाथि बाइस वर्ष राज्य गरे। ओम्रीका छोरा आहाबले याहवेहको दृष्‍टिमा आफ्ना अगिका सबै राजाहरूले भन्दा अझ बढी दुष्‍टता गरे। तिनले नबातका छोरा यारोबामका पापहरूमा हिँड्न मामूली कुराजस्तै मात्र होइन, तर तिनले सीदोनीहरूका राजा एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे, अनि बाल-देवताको सेवा गरेर त्यसलाई पुजे। तिनले सामरियामा बालको मन्दिर बनाएर त्यसका निम्ति एउटा वेदी बनाए। आहाबले अशेराको खाँबो पनि खडा गरे। यसरी आफूअगिका इस्राएलका राजाहरूले भन्दा बढी याहवेह इस्राएलका परमेश्‍वरलाई रिस उठाउने कामहरू गरे। आहाबको समयमा बेथेलका हीएलले यरीहोलाई पुनर्निर्माण गरे। तिनले त्यसको जग बसाल्दा तिनको जेठा छोरा अबीरामको मृत्यु भयो। अनि त्यसका मूलढोकाहरू बनाउँदा तिनको कान्छा छोरा सगूबको मृत्यु भयो। यो सबै याहवेहले नूनका छोरा यहोशूलाई भन्‍नुभएअनुसार नै हुनगयो।

शेयर गर्नुहोस्
१ राजाहरू 16 पढ्नुहोस्

१ राजाहरू 16:8-34 पवित्र बाइबल (NERV)

आसा यहूदाका राजा भएको छब्बीसौं बर्षमा एला राजा भए। एला बाशाका छोरा थिए। उनले तिर्सामा दुइ बर्ष शासन गरे। राजा एलाका अधिकारीहरू मध्ये एक जना जिम्री थिए। जिम्री एलाका आधी रथहरूको संञ्चालन गर्दथे। तर जिम्रीले एलाको विरोधमा षड्‌यन्त्र रचे। राजा एला तिर्सामा थिए। तिनी अर्साको घरमा मद्यपान गर्दै थिए अनि मदले मातेका थिए। अर्सा तिर्साको राजमहलको भारदार थियो। जिम्री घरभित्र पसे अनि राजा एलाको हत्या गरे। आसा यहूदाको राजा भएको समयको सत्ताइसौं बर्षमा यस्तो घट्ना भयो। तब जिम्री एलापछि इस्राएलका राजा भए। जिम्री नयाँ राजा भएपछि उनले बाशाको परिवारका सबैलाई मारे। उनले बाशाको परिवारका मानिसहरूमा एक जनालाई पनि जिउँदो छोडेनन्। जिम्रीले बाशाका साथीहरूलाई पनि मारे। यसकारण जिम्रीले बाशाको सम्पूर्ण परिवारलाई नष्ट पारिदिए। यो घटना त्यसरी नै भयो जसरी परमप्रभुले हुन्छ भन्नु भएको थियो जति बेला परमप्रभुले अगमवक्ता येहू मार्फत, बाशाको विरोधमा बोल्नु भएको थियो। बाशा र उनको छोरा एलाको पापले गर्दा यस्तो भयो। तिनीहरूले पापको काम गरे अनि इस्राएली मानिसहरूलाई पनि पाप गर्न लगाए। परमप्रभु रिसाउनु भयो किनभने तिनीहरूसँग देवमूर्तिहरू थिए। अरू कामहरू, जे एलाले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। आसा यहूदाका राजा भएको सत्ताइसौं बर्षमा जिम्री इस्राएलका राजा भए। जिम्रीले तिर्सामा सात दिनसम्म शासन गरे। त्यस समयमा इस्राएलको सेनाले गिब्बतोनमा जो पलिश्तिहरूको थियो पाल लगाई रहेका थिए। शिविरमा मानिसहरूले सुने, जिम्रीले राजाको विरोधमा गोप्य षड्‌यन्त्र रचेको छ। तिनीहरूले सुने, उनले राजालाई मारे। यस कारण सबै इस्राएलीहरूले त्यस दिन शिविरमा ओम्रीलाई इस्राएलको राजा बनाए। ओम्री सेनाका सेनापति थिए। यसकारण ओम्री र सबै इस्राएलीहरूले गिब्बतोन छोडे अनि तिर्सामाथि आक्रामण गरे। जब जिम्रीले शहरमा आक्रामण गरिएको देखे। उनी महलभित्र पसे अनि आगो सल्काए। उनले महल र आफूलाई जलाए। यसकारण जिम्री मरे किनभने उनले पाप गरेका थिए। जिम्रीले त्यो काम गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। उनले त्यसरी नै पाप काम गरे जसरी यारोबामले गरेका थिए। अनि यारोबामले इस्राएलीहरूलाई पाप गर्न लगाए। जिम्रीको गोप्य षडयन्त्र अनि अरू कार्यहरू जो जिम्रीले गरे, त्यो कथा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। इस्राएली मानिसहरू दुइ दलमा विभाजित भएका थिए। आधी मानिसहरूले गीनतका छोरा तिब्नीको अनुशरण गरे अनि उनलाई राजा बनाउन चाहे। अरू आधी मानिसहरूले ओम्रीको अनुशरण गरे। तर ओम्रीका अनुशरण कर्त्ताहरू गीनतको छोरो तिब्नीका अनुशरण कर्त्ताहरू भन्दा बलिया थिए। यस कारण तिब्नीलाई मारियो अनि ओम्री राजा भए। आसा यहूदाको राजा भएको समयको एकतीसौं बर्षमा ओम्री इस्राएलका राजा भए। ओम्रीले इस्राएलमा 12 बर्ष शासन गरे। 12 बर्षहरू मध्ये छः बर्ष उनले तिर्सा शहरमा शासन गरे। तब ओम्रीले सामरियाको पहाड किने। उनले यसलाई दुइ तोडा चाँदीमा शेमेरबाट किने। ओम्रीले पहाड माथि एउटा शहर बनाए। उनले पहाडको मालिक शेमेरको नाउँमा शहर को नाउँ सामरिया राखे। ओम्रीले त्यही काम गरे जसलाई परमप्रभुले भूल भन्नु भएको थियो। ओम्री उनी भन्दा पहिलेका सबै राजाहरू भन्दा दुष्ट थिए। उनले त्यही पाप गरे जुन नबातका छोरा यारोबामले गरेका थिए। यारोबामले इस्राएली मानिसहरूलाई पाप गर्न लगाए। यसकारण तिनीहरूले इस्राएलका परमप्रभु परमेश्वरलाई रीस उठाए। परमप्रभु रिसाउनुभो किनभने तिनीहरूले अर्थहीन मूर्तिहरूको पूजा गरे। ओम्रीको विषयमा अरू जानकारीहरू तथा उनले गरेको महान् कार्यको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। ओम्री मरे अनि उनलाई सामारियामा गाडियो। उनका छोरा आहाब उनीपछि नयाँ राजा भए। आसा यहूदाका राजा भएको समयमा अठतीसौं बर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए। आहाबले सामरिया शहरमा बसेर 22 बर्ष इस्राएलमा शासन गरे। आहाबले त्यही काम गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अनि आहाब अघिका राजाहरू भन्दा दुष्ट थिए। आहाबका लागि त्यही पापको काम गर्न पर्याप्त थिएन जुन नाबातका छोरा यारोबामले गरेका थिए। यसकारण आहाबले एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे। एतबाल सीदोनका राजा थिए। तब आहाबले बालको सेवा र पूजा शुरू गरे। आहाबले बालको पूजा गर्नका लागि सामरियामा एउटा मन्दिर बनाए। त्यस मन्दिरमा उनले एउटा वेदी बनाए। आहाबले अशेरा देवीको पूजा गर्नका लागि एउटा विशेष स्तम्भ पनि स्थापित गरे। आहाबले उनी भन्दा अघिका सबै राजाहरू भन्दा बढी इस्राएलका परमप्रभुलाई रीस उठाउनेकाम गरे। आहाबको शासनकालमा हीएलले जो बेतेलका थिए यरीहो शहर फेरि बसाए। त्यस समय हीएलले शहरमा काम शुरू गर्दा उनको ठूलो छोरा अबीरामको मृत्यु भयो। अनि जब हीएलले शहरको फाटक बनाए, उनको सानो छोरो सगूब मर्यो। यो त्यसरी नै भयो जसरी परमप्रभुले यस्तो हुन्छ भनी नूनको छोरा यहोशूद्वारा बोल्नु भएको थियो।

शेयर गर्नुहोस्
१ राजाहरू 16 पढ्नुहोस्

१ राजाहरू 16:8-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यहूदाका राजा आसाको शासनकालको छब्‍बीसौं वर्षमा बाशाको छोरो एलाह इस्राएलका राजा भए र तिनले तिर्सामा दुई वर्ष राज्‍य गरे। राजाका आधा-रथहरूका सेनाका सेनापति जिम्री नाम गरेका अधिकृतले उनको विरुद्धमा षड्यन्‍त्र गरे। एक दिन तिर्सामा एलाहले आर्साको घरमा मद्य पिइरहेका थिए। आर्सा राजमहलको रेखदेख गर्ने अधिकारी थिए। जिम्री घरभित्र पसे, एलाहलाई मारे र उनको सट्टामा राजा भए। यहूदाका राजा आसाको शासनकालको सत्ताईसौँ वर्षमा यो घटना भएको थियो। आफू राजा हुनेबित्तिकै जिम्रीले बाशाका सारा सन्‍तानलाई मारे। उनका कुटुम्‍बको कुनै पुरुष र मित्रलाई जिउँदो छोडेनन्। यसरी परमप्रभुले अगमवक्ता येहूद्वारा बाशाको विरुद्धमा भन्‍नुभएअनुसार जिम्रीले बाशाका सारा सन्‍तानलाई मारे। मूर्तिपूजा गरेर र इस्राएलीहरूलाई पाप गर्न लाएर बाशा र उनको छोरो एलाहले परमप्रभु इस्राएलका परमेश्‍वरलाई रिस उठाएका थिए। एलाहले गरेका अरू सबै काम इस्राएलका राजाको इतिहासमा लेखिएका छन्। यहूदाका राजा आसाको शासनकालको सत्ताईसौँ वर्षमा जिम्रीले तिर्सामा सात दिनसम्‍म इस्राएलमाथि राज्‍य गरे। इस्राएली सेनाहरू पलिश्‍त देशको गिब्‍बतोन सहरलाई घेरा हालेर बसेका थिए। जिम्रीले राजाको विरुद्धमा षड्यन्‍त्र गरेर उनको हत्‍या गरे भनेर सुन्‍नासाथ तिनीहरूले त्‍यहीँ त्‍यति नै बेला आफ्‍ना सेनापति ओम्रीलाई इस्राएलका राजा बनाए। ओम्री र उनका सेनाहरूले गिब्‍बतोन छोडेर गए र तिर्सा सहर घेरामा हाले। तिनीहरूले तिर्सा लिएको देखेर जिम्री राजमहलको भित्री किल्‍लामा गए र महलमा आगो लाए र आफैं पनि जलेर मरे। परमप्रभुको विरुद्धमा उनले गरेका पापको कारणले त्‍यसो भयो। आफ्‍ना बाजे यारोबामले झैँ जिम्रीले पनि आफैंले पाप गरेर र इस्राएललाई पनि पाप गर्न लाएर परमप्रभुलाई असन्‍तुष्‍ट पारेका थिए। जिम्रीले गरेका अरू काम, उनले गरेका षड्यन्‍त्रबारे पनि इस्राएलका राजाको इतिहासमा लेखिएको छ। इस्राएलका मानिसहरू दुई दलमा छुट्टिएका थिए। एक दल गीनतको छोरो तिब्‍नीलाई राजा बनाउन चाहन्‍थे, अर्को दल ओम्रीको पक्षमा थियो। अन्‍तमा ओम्रीपट्टि लाग्‍नेहरूको विजय भयो। तिब्‍नी मरे र ओम्री राजा भए। यसरी यहूदाका राजा आसाको शासनकालको एकतीसौँ सालमा ओम्री इस्राएलका राजा भए र उनले बाह्र वर्ष राज्‍य गरे। पहिलो छ वर्ष उनले तिर्सामा राज्‍य गरे। त्‍यसपछि उनले छ हजार चाँदीका टुक्रा दिएर एक जना शेमेर नाम भएको मानिसका हातबाट सामरिया डाँडा किने, डाँडा सुरक्षित बनाएर त्‍यहाँ किल्‍ला बनाए, एउटा सहर बसाले र शेमेरको नाममा त्‍यस सहरको नाम सामरिया राखे। शेमेर त्‍यस डाँडाका मालिक थिए। ओम्रीले आफू अघिका राजाहरूले भन्दा बढी परमप्रभुको विरुद्धमा पाप गरे। यारोबामले झैँ आफैं पाप गरेर र इस्राएलीहरूलाई मूर्तिपूजा र पाप गर्न लाएर उनले परमप्रभु इस्राएलका परमेश्‍वरको क्रोध जगाए। ओम्रीले गरेका अरू सबै कामहरू र उनले हासिल गरेका कुराहरूबारे इस्राएलका राजाको इतिहासमा लेखिएका छन्। ओम्री मरे र सामरियामा गाडिए र तिनीपछि उनको छोरो आहाब राजा भए। यहूदाका राजा आसाको शासनकालको अठतीसौँ सालमा ओम्रीको छोरो आहाब इस्राएलका राजा भए र उनले सामरियामा बाईस वर्ष राज्‍य गरे। उनले आफूअघिका राजाहरूको भन्दा बढ्ता पाप गरे। यारोबाम राजाले झैँ पाप गरेर तिनी अघाएनन्। सीदोनका राजा एताबालकी छोरी ईजेबेललाई विवाह गरे र बाल-देवताको पूजासमेत गरे। सामरियामा उनले बाल-देवताको निम्‍ति एउटा मन्‍दिर बनाए र एउटा वेदी बनाएर मन्‍दिरमा राखे। उनले अशेरा देवीको पनि एउटा मूर्ति खडा गरे। उनीअघिका सारा इस्राएलका राजाहरूले भन्दा बढी खराबी गरेर उनले परमप्रभु इस्राएलका परमेश्‍वरको क्रोध जगाए। उनको शासनकालमा बेथेलको हीएलले यरीहो सहरलाई फेरि बसाले। परमप्रभुले नूनको छोरो यहोशूद्वारा अघिबाटै भन्‍नुभएअनुसार हीएलले यरीहोको जग बसाल्‍दा उनको जेठो छोरो अबीरामको मृत्‍यु भयो र सहरका ढोकाहरू बसाल्‍दा उनको कान्‍छो छोरो सगूबको मृत्‍यु भयो।

शेयर गर्नुहोस्
१ राजाहरू 16 पढ्नुहोस्