YouVersion लोगो
खोज आइकन

१ राजाहरू 12:1-24

१ राजाहरू 12:1-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

रहबाम शकेममा गए, किनकि सारा इस्राएल तिनलाई राजा बनाउन त्‍यहाँ गएका थिए। जब नबातका छोरा यारोबामले यो कुरा सुने (तिनी अहिलेसम्‍म मिश्रदेशमा नै थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के। यसकारण मानिसहरूले यारोबामलाई बोलाइपठाए, र तिनी र इस्राएलका जम्‍मै समुदाय रहबामकहाँ गएर तिनलाई भने, “तपाईंका पिताले हामीलाई गह्रौँ जुवा बोकाइदिनुभएको थियो, तर उहाँले हामीमाथि लगाउनुभएको यो कठोर परिश्रम र गह्रौँ जुवालाई तपाईंले हलुङ्गो गरिदिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं।” रहबामले जवाफ दिए, “मलाई तीन दिनको समय देओ, र फेरि आओ।” यसैले मानिसहरू गइहाले। तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा तिनका सेवा गर्ने धर्म-गुरुहरूसित सल्‍लाह मागे। तिनले सोधे, “यी मानिसहरूलाई मैले कस्‍तो जवाफ दिनुपर्ने हो?” तिनीहरूले भने, “यदि आज हजूर यी मानिसहरूका सेवक भएर तिनीहरूको सेवा गर्नुहुन्‍छ र अहिले तिनीहरूले चाहेको जवाफ हजूरले तिनीहरूलाई दिनुहुन्‍छ भने, तिनीहरू सधैँ हजूरका सेवकहरू हुनेछन्‌। तर ती धर्म-गुरुहरूले दिएको सल्‍लाह तिनले इन्‍कार गरे, र तिनले आफूसँग बढ़ेका र तिनको सेवा गर्ने जवान मानिसहरूको सल्‍लाह लिए। तिनले तिनीहरूलाई सोधे, “तिमीहरूको सल्‍लाह के छ? ‘तपाईंका पिताले हामीहरूमाथि बोकाउनुभएको जुवा हलुङ्गो गरिदिनुहोस्‌’ भन्‍ने यी मानिसहरूले बिन्‍ती गरेकामा म कस्‍तो जवाफ दिऊँ?” तिनीसँग बढ़ेका ती जवान मानिसहरूले जवाफ दिए, “‘हजूरका पिताले हामीमाथि गह्रौँ जुवा बोकाइदिनुभएको थियो, र त्‍यो हलुङ्गो पारिदिनुहोस्‌’ भनी हजूरलाई भन्‍ने यी मानिसहरूलाई भन्‍नुहोस्, ‘मेरो कान्‍छी औँली मेरा पिताको कम्‍मरभन्‍दा मोटो छ। मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा बोकाइदिनुभएको थियो। म त्‍यो अझै गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई बेतले कुट्‌न लगाउनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले डस्‍न लगाउनेछु’।” “तीन दिनपछि मकहाँ आओ” भनी राजाले भनेझैँ यारोबाम र ती सबै मानिसहरू रहबामकहाँ फर्केर आए। राजाले ती मानिसहरूलाई कड़ा जवाफ दिए। धर्म-गुरुहरूले दिएका सल्‍लाह तिनले इन्‍कार गर्दै ती जवानहरूले दिएको सल्‍लाह मानेर भने, “मेरा पिताले त तिमीहरूको जुवा गह्रौँ पारिदिनुभएको थियो। म त्‍यो अझै गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई बेत लगाउनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले डस्‍न लगाउनेछु।” यसरी राजाले ती मानिसहरूको कुरा सुनेनन्, किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई उहाँले भन्‍नुभएको वचन पूरा हुनलाई परमप्रभुले यस्‍तो स्‍थिति ल्‍याउनुभएको थियो। जब राजाले तिनीहरूका कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले राजालाई जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्‍सा छ र? यिशैका छोरामा हाम्रो के भाग छ? हे इस्राएली हो, आ-आफ्‍नो पालमा जाओ, हे दाऊद, तिमी आफ्‍नै घर सम्हाल।” यसैकारण इस्राएलीहरू आ-आफ्‍नो घर लागे, तर यहूदाका सहरहरूमा बस्‍ने इस्राएलीहरूमाथि रहबामले अझै शासन गरे। राजा रहबामले बेगार काममा लगाउने मानिसहरूका जिम्‍मावाल अदोनीरामलाई पठाए, तर सबै इस्राएलीहरूले तिनलाई ढुङ्गाले हानेर मारे। तापनि राजा रहबामचाहिँ आफ्‍नो रथमा चढ़ेर यरूशलेममा भागेर जान सफल भए। अनि आजको दिनसम्‍म दाऊदका घरानाको विरुद्धमा इस्राएल बागी भएको छ। जब यारोबाम फर्केर आएका छन्‌ भनी सबै इस्राएलीहरूले सुने, तब तिनीहरूले मानिसहरू पठाएर तिनलाई सभामा बोलाए, र सारा इस्राएलमाथि तिनलाई राजा तुल्‍याए। यहूदाको कुल मात्र दाऊदका घरानाको राजभक्त भइरहे। जब रहबाम यरूशलेममा आइपुगे, तब सोलोमनका छोरा रहबामको निम्‍ति राज्‍य फिर्ता लिन इस्राएलका घरानाको विरुद्धमा लड़ाइँ गर्न यहूदा र बेन्‍यामीनका कुलका एक लाख असी हजार योद्धाहरूलाई तिनले भेला गराए। तर परमेश्‍वरका जन शमायाहकहाँ परमेश्‍वरको यो वचन आयो: “सोलोमनको छोरो यहूदाको राजा रहबामलाई र यहूदा र बेन्‍यामीनका सारा घराना र बाँकी मानिसहरूलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तिमीहरू आफ्‍ना दाजुभाइ इस्राएलको विरुद्धमा युद्ध गर्न उक्‍लेर नजाओ। तिमीहरू हरेक आ-आफ्‍नो घर फर्केर जाओ, किनकि यो काम मैले गरेको हो’।” यसैले परमप्रभुले तिनीहरूलाई हुकुम गर्नुभएझैँ तिनीहरूले परमप्रभुको वचन पालन गरेर तिनीहरू आ-आफ्‍नो घर गए।

शेयर गर्नुहोस्
१ राजाहरू 12 पढ्नुहोस्

१ राजाहरू 12:1-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

सारा इस्राएलले तिनलाई शेकेममा राजा बनाउन गएकाले रहबाम त्यहाँ गए। जब नबातका छोरा यारोबामले यो कुरा सुने, (तिनी राजा सोलोमनदेखि भागेर गएदेखि इजिप्टमा नै थिए), तब तिनी इजिप्टबाट फर्किए। यसकारण तिनीहरूले यारोबामलाई बोलाउन पठाए। अनि तिनी र इस्राएलको समुदाय रहबामकहाँ गएर तिनलाई भने: “तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभएको थियो। अब उहाँले हामीमाथि लगाइदिनुभएको त्यस कठोर परिश्रम र गह्रौँ जुवालाई हलुङ्गो पारिदिनुहोस्; र हामी तपाईंको सेवा गर्नेछौँ।” रहबामले जवाफ दिए, “मलाई सोच्नको लागि तीन दिन दिनुहोस्। त्यसपछि मकहाँ फर्केर आउनुहोस्।” यसकारण मानिसहरू गए। तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा, तिनका सेवा गर्ने प्रधानहरूसित यसो भनेर सल्‍लाह मागे, “यी मानिसहरूलाई म के जवाफ दिऊँ? तपाईंहरूले मलाई के सल्‍लाह दिनुहुन्छ?” तिनीहरूले उत्तर दिए, “यदि आज तपाईं यी मानिसहरूका सेवक बन्‍नुभयो र तिनीहरूलाई मनपर्दो जवाफ दिनुभयो भने तिनीहरू सधैँभरि नै तपाईंका सेवक हुनेछन्।” तर रहबामले प्रधानहरूले दिएका सल्‍लाह इन्कार गरे; अनि तिनीसितै हुर्केका र तिनकै सेवा गरिरहेका जवान मानिसहरूसित सल्‍लाह लिए। तिनले तिनीहरूलाई सोधे, “तिमीहरूले के सल्‍लाह दिन्छौ? ‘तपाईंका पिताले हामीमाथि राखिदिनुभएको बोझ अलिक हल्का पारिदिनुहोस्’ भन्‍ने यी मानिसहरूलाई कसरी जवाफ दिऊँ?” तिनीसितै हुर्केका ती जवान मानिसहरूले जवाफ दिए, “तपाईंलाई ‘तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभयो; तर हाम्रा जुवा हल्का पारिदिनुहोस्’ भन्‍ने यी मानिसहरूलाई यसो भन्‍नुहोस्, ‘मेरो कान्छी औँला मेरा पिताको कम्मरभन्दा झन् मोटो छ। मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई अझ गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई कोर्राले ताडना दिनुभयो, तर मचाहिँ तिमीहरूलाई बिच्छीहरूले डस्‍न लगाउनेछु।’ “तीन दिनमा मकहाँ फर्केर आउनुहोस्” भनी राजाले भनेझैँ, तीन दिनपछि यारोबाम र सबै मानिसहरू रहबामकहाँ आए। राजाले ती मानिसहरूलाई कठोरतापूर्वक जवाफ दिए। ती प्रधानहरूले तिनलाई दिएको सल्‍लाहलाई इन्कार गरे। तिनले जवान मानिसहरूको सल्‍लाह सुनेर यसो भने, “मेरा पिताले तपाईंहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई झन् गह्रौँ पारिदिनेछु। मेरा पिताले तपाईंहरूलाई कोर्राले ताडना दिनुभयो; तर मचाहिँ तपाईंहरूलाई बिच्छीहरूले डस्‍न लाउनेछु।” यसरी राजाले मानिसहरूका कुरा सुनेनन्; किनकि याहवेहले शीलोका अहीयाहद्वारा नबातका छोरा यारोबामलाई भन्‍नुभएको वचन यसरी नै पूरा हुनुपर्थ्यो। जब सारा इस्राएलले राजाले तिनीहरूका कुरा नसुनेका देखे; तिनीहरूले राजालाई जवाफ दिए: “दावीदमा हाम्रो के हिस्सा छ, यिशैका छोरामा के भाग छ? हे इस्राएल, आफ्ना पालहरूमा जाओ! हे दावीद, तिमी आफ्नै घर सम्हाल!” यसरी इस्राएलीहरू आ-आफ्ना घरतिर गए। तर यहूदाका सहरहरूमै बसिरहेका इस्राएलीहरूमाथि रहबामले नै शासन गरे। राजा रहबामले ज्यालाविना काममा लगाउनेका जिम्मावाल अदोनीरामलाई पठाए; तर सारा इस्राएलले तिनलाई ढुङ्गाले हानेर मारे। तर राजा रहबाम आफ्नो रथमा चढेर यरूशलेममा भागेर जान सफल भए। यसकारण इस्राएल आजको दिनसम्मै दावीदको घरानाको विरुद्धमा छ। जब सारा इस्राएलीहरूले यारोबाम फर्किआएको कुरा सुने, तब तिनीहरूले खबर पठाएर तिनलाई सभामा बोलाए। अनि तिनलाई सारा इस्राएलमाथि राजा तुल्याए; र यहूदाको कुल मात्र दावीदको घरानाप्रति विश्‍वासयोग्य भइरहे। जब रहबाम यरूशलेममा आइपुगे, तब आफ्नो राज्य फिर्ता ल्याउने उद्देश्यले इस्राएलको विरुद्धमा लडाइँ गर्नलाई सारा यहूदा र बेन्यामीनका घरानाबाट एक लाख असी हजार लडाकु मानिसहरू बटुले। तर परमेश्‍वरको यो वचन उहाँको जन शमायाहकहाँ आयो: “यहूदाका राजा सोलोमनका छोरा रहबाम, यहूदा र बेन्यामीनका सम्पूर्ण घरानालाई अनि बाँकी रहेका मानिसहरूलाई यसो भन्: याहवेह यसो भन्‍नुहुन्छ, ‘आफ्ना दाजुभाइ इस्राएलीहरूको विरुद्धमा लडाइँ गर्न नजानू। तिमीहरू प्रत्येक आ-आफ्ना घरमा फर्केर जाओ; किनकि यो कुरा मैले नै गरेको हुँ।’ ” यसकारण तिनीहरूले याहवेहको वचन माने; अनि याहवेहले आज्ञा गर्नुभएझैँ तिनीहरू फेरि आ-आफ्ना घर फर्के।

शेयर गर्नुहोस्
१ राजाहरू 12 पढ्नुहोस्

१ राजाहरू 12:1-24 पवित्र बाइबल (NERV)

रहबाम राकेम गएका हुनाले रहबामलाई राजा बनाउनु सबै इस्राएलीहरू शकेम गएका थिए। नबातका छोरा यारोबाम अझै मिश्रमा थिए। जब तिनले यो सुने अझ नबातका छोरो यारोबाम मिश्रमा नै थिए। तिनी राजा सुलेमानबाट भागेका थिए र मिश्रमा बसेका थिए। तिनी र सारा इस्राएली समूह रहबाम कहाँ गए अनि भने, राजा सुलेमान मरेपछि उनलाई उनका पूर्खाहरू सित गाडीयो। त्यसपछि उनका छोरा रहबाम नयाँ राजा भए। इस्राएलका सबै मानिसहरू शकेम गए। तिनीहरू रहबामलाई राजा बनाउन गएका थिए। रहबाम पनि राजा हुनका लागि शकेम गए। मानिसहरूले रहबामलाई भने, “तिम्रा पिताले हामीलाई कठोर परिश्रम गर्न वाध्य गराए। अब यसलाई हाम्रो लगि सजिलो बनाऊ। तिम्रा पिताले हामी माथि लगाएको कठोर कार्य रोक। तब हामी तिम्रो सेवा गर्नेछौं।” रहबामले भने, “अहिलेलाई जाऊ अनि तीन दिन पछि म कहाँ फर्केर आऊ।” यसकारण तिनीहरू सबै त्यहाँबाट गए। केही बूढापाका मानिसहरू थिए जसले सुलेमानलाई जिउँदो रहदा निर्णय लिनुमा सघाएका थिए। यसैकारण राजा रहबामले ती मानिसहरूलाई उनले के गर्नुपर्छ भनी सोधे। उनले भने, “ती मानिसहरूलाई म के उत्तर दिनेछु यस बारेमा तिमीहरू के सोच्छौ?” ती बूढा-प्रधानहरूले भने, “यदि आज तपाईंले मानिसहरूको इच्छा पूरा गरिदिनुभयो र तिनीहरूलाई दया पूर्ण उत्तर दिनुभयो भने तब तपाईंसँग ईमान्दारी हुनेछ अनि तपाईंको जीवन भरि सेवा गर्नेछन्।” तर रहबामले यो उपदेश सुनेनन्। उनले युवकहरूलाई केही सोधे जो उनका मित्र थिए। रहबामले भने, “मानिसहरूले भने, ‘तिम्रा पिताले हामीलाइ दिएको काम भन्दा सजिलो काम देऊ।’ यी मानिसहरूलाई के उत्तर दिनु हो यस बारे के भन्छौ? तिनीहरूलाई मैले के बताउनु पर्ने हो?” राजाका युवा साथीहरूले भने, “ती मानिसहरू तपाईंकहाँ आए अनि भने, ‘तिम्रा पिताले हामीलाई कठोर कार्य गर्न बाध्य गराए। अनि तपाईंलाई तिनीहरूको काम सजिलो बनाउँन सोधिरहेका छन्।’ तिमीले तिनीहरूलाई भन्नु पर्छ, ‘मेरो कान्छी औलो मेरा पिताको कम्मर भन्दा ठूलो छ। मेरो पिताले तिमीहरूलाई कठोर कार्य गर्न बाध्य गराए। तर म तिमीलाई अझै कठिन काम गर्न लगाउने छु! मेरा पिताले तिमीहरू माथि काम गराउन कडा आदेश दिएका थिए। म तिमीहरूलाई कोर्रा लगाउने छु जसमा धातुका धारीला टुक्रा हुनेछन् तिमीलाई घाइते गर्नका लागि।’” रहबामले मानिसहरूलाई बताएका थिए, “म कहाँ तेस्रो दिनमा आऊ।” यसकारण तीन दिनपछि इस्राएलका मानिसहरू रहबाम भए कहाँ फर्केर आए। त्यस समयमा राजा रहबामले तिनीहरूसँग कडा कुरा गरे। उनले बुढा-प्रधानका सर-सल्लाह सुनेनन्। उनले त्यही गरे जो उनका साथीहरूले गर्न भनेका थिए। रहबामले भने, “मेरा पिताले तिमीहरूलाई कठोर कार्य गर्न वाध्य गराए। यस कारण म तिमीहरूलाई अझै कठोर कार्य दिनेछु। मेरा पिताले तिमीहरू माथि काम गराउन कडा आदेश दिएका थिए। म तिमीहरूलाई घाइते बनाउनका लागि कोर्रा लगाउने छु जसमा धातुका धारिला टुक्राहरू हुनेछन्।” यसकारण राजाले ति कुराहरू गरेनन् जो मानिसहरूले चाहेका थिए। यो सबको पछि परमप्रभुको इच्छा हुनु थियो। परमप्रभुले यो कार्य नाबातका छोरा यारोबामलाई दिएको उनको वचन पूरा गर्नका लागि यस्तो गर्नुभयो! परमप्रभुले उहाँका प्रतिज्ञा यरोबामलाई दिनका निम्ति अगमवक्ता अहियाहलाई प्रयोग गर्नुभयो। अहियाह शीलोका थिए। इस्राएलका सबै मानिसहरूले नयाँ राजाले उनीहरूको बिन्ती सुन्न अस्वीकार गरेको बुझे। यसकारण नै मानिसहरूले राजालाई भनेः “के हामी दाऊदको परिवारको हिस्सा हौं? होइनौं। के हामी यिशैको भूमिबाट केही पाउँछौं? पाउँदैनौं। यसकारण इस्राएली हो, हामी आफ्नो घर जाऔं। दाऊदका छोराले आफ्ना मानिस माथि शासन गरून्!” यसकारण इस्राएलका मानिसहरू घर फर्किए। तर रहबामले अझै इस्राएलीहरू माथि शासन गरिरहे जो यूहदाका शहरहरूमा बसेका थिए। अदोराम नाउँक एक जना मानिस त्यहाँ थिए जो श्रमिकहरूका जिम्मेदारी थिए। तब राजा रहबामले अदोरामलाई मानिसहरूसँग कुरा गर्न पठाए। तर इस्राएलका मानिसहरूले उसलाई ढुङ्गाले उसमाथि हानीरहे। तब राजा रहबाम आफ्नो रथमा चढ्न हतारिए अनि भागेर यरूशलेम गए। यसकारण इस्राएलका मानिसहरू दाऊद परिवारको विरोधमा विद्रोह गर्यो अनि तिनीहरू आज पनि दाऊदको परिवारको विरोधमा छन्। इस्राएलका सबै मानिसहरूले यारोबाम फर्किएर आएको सुने। त्यसकारण तिनीहरूले उनलाई सभामा बोलाए अनि उनलाई सम्पूर्ण इस्राएलको राजा बनाए। यहूदाको एउटा समूहले मात्र दाऊदको परिवारलाई अनुशरण गरिरह्यो। रहबाम यरूशलेम फर्किए। उनले यहूदा अनि बिन्यामीनको कुल समूहहरूलाई जम्मा गरे। त्यो 1,80,000 सैनिकहरूको फौज थियो। सुलेमानका छोरा रहबाम इस्राएलका मानिसहरूको विरूद्ध लडाँइ गर्न चाहन्थे। उसले उसको राज्य फिर्ता लिन चाहन्थे। तर परमप्रभुले एक जना अगमवक्तासँग बोल्नु भयो। उनको नाउँ शमायाह थियो। परमेश्वरले भन्नुभयो, “यहूदाका राजा, सुलेमानका छोरा रहबाम अनि यहूदा तथा बिन्यामीनका मानिसहरूसँग पनि कुरा गर। उनीहरूलाई भन, ‘परमप्रभुले भन्नुहुन्छ तिमीहरूले आफ्ना दाज्यू-भाइहरूको विरोध गर्नु हुँदैन। तिमीहरू मध्ये प्रत्येकले घर फर्किनु पर्छ। मैले नै यी घटनाहरू हुने बनाएको हुँ।’” यस कराण रहबामको फौजका सैनिकहरूले परमप्रभुको आदेश पालन गरे। तिनीहरू सबै घर फर्किए।

१ राजाहरू 12:1-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

रहबाम शकेममा गए। त्‍यहाँ उत्तरका सबै इस्राएली मानिसहरू तिनलाई राजा बनाउन भेला भएका थिए। सोलोमन राजाबाट भागेर मिश्रमा गएका नबातको छोरो यारोबामले यो कुरा सुनेर मिश्रबाट फर्किगए। उत्तरका इस्राएली कुलका मानिसहरूले उनलाई बोलाउन पठाए र तिनीहरू सबै मिलेर रहबामकहाँ गए र तिनलाई भने, “तपाईंका बुबा सोलोमनले हामीसित कठोर व्‍यवहार गरे र हामीलाई सताए। ती सतावटका बोझहरू तपाईंले हल्‍का गरिदिएर हाम्रो जीवनमा आराम दिनुभयो भने हामी तपाईंका राजभक्त प्रजा हुनेछौं।” रहबामले उत्तर दिए, “तीन दिनमा तिमीहरू फर्किआओ र म तिमीहरूलाई मेरो जवाफ दिनेछु।” त्यसपछि तिनीहरू बिदा भए। रहबाम राजाले आफ्‍ना पिताका सल्‍लाहकार रहेका बुढापाकाहरूसित सल्‍लाह लिए र तिनीहरूलाई सोधे, “म यिनीहरूलाई के जवाफ दिऊँ,” के सल्‍लाह दिन्‍छौ? तिनीहरूले जवाफ दिए, “यी मानिसहरूको सेवा असल प्रकारले तपाईं गर्न चाहनुहुन्‍छ भने तिनीहरूलाई तिनीहरूले चाहेको उत्तर दिनुहोस् र तिनीहरूले सदैव भक्तिसाथ तपाईंको सेवा गर्नेछन्।” तर ती बुढापाकाहरूका सल्‍लाह तिनले सुनेनन् र त्‍यसका सट्टामा आफूसँग बढेका युवाहरूकहाँ गए, जो त्‍यस बेला तिनका सल्‍लाहकार भएका थिए। तिनले सोधे, “म के गरूँ, कस्‍तो सल्‍लाह दिन्‍छौ? हाम्रा बोझ हल्‍का गरिदेऊ भनी मलाई बिन्‍ती गर्ने मानिसहरूलाई म के जवाफ दिऊँ?” तिनीहरूले जवाफ दिए, “तिनीहरूलाई यसो भन्‍नुहोस्– ‘मेरा पिताका कम्‍मरभन्दा मेरो कान्‍छी औँलो अलि मोटो छ। मेरा पिताले तिमीहरूलाई गह्रौं भारी बोकाए, म ती भारीभन्दा अझ गह्रौं भारी बोकाउनेछु। मेरा पिताले तिमीहरूलाई हलुङ्गो कोर्रा लाएथे, म घोडाको चाबुक लाउनेछु’!” तीन दिनपछि यारोबाम र सबै मानिसहरू रहबाम राजाकहाँ तिनको आदेशअनुसार आए। राजाले बुढा-पाकाका सल्‍लाह सुनेनन् र मानिसहरूलाई युवाहरूका सल्‍लाह बमोजिम रूखो उत्तर दिए। तिनले भने, “मेरा बुबाले तिमीहरूलाई गह्रौं भारी बोकाए, म अझ गह्रौं भारी बोकाउनेछु। उनले तिनीहरूलाई हलुङ्गो कोर्राले हिर्काएथे, म घोडाको चाबुक लाउनेछु!” शीलोका अगमवक्ता अहियाहद्वारा परमप्रभुले नबातको छोरा यारोबामलाई जे भन्‍नुभएको थियो, त्‍यो पूरा गर्ने परमप्रभुको इच्‍छा थियो। त्‍यही कारण राजाले प्रजाका बिन्‍तीमा केही ध्‍यान दिएनन्। राजाले आफ्‍ना कुरा नसुनेका देखेर मानिसहरूले चिच्‍च्‍याएर भने, “दाऊद र तिनका सन्‍तानबाट हामीलाई के आशा? तिनीहरूले हाम्रा लागि कहिले के नै गरे र? इस्राएलीहरू हो! घर छिट्टै हिंडौं, दाऊदका सन्‍तानले आफ्‍नो घर आफैं सम्‍हालोस्!” त्‍यसपछि इस्राएलका मानिसहरू बिदा भए। रहबाम यहूदा कुलका देशमा बास गर्ने मानिसहरूका मात्र राजा भए। तब रहबाम राजाले बेगारी मजदुरहरूमाथि अधिकृत खटाइएका अदोनीरामलाई इस्राएलीहरूकहाँ पठाए तर तिनीहरूले उनलाई ढुङ्गाले हानेर मारे। त्‍यसो हुँदा रहबाम हतार-हतार आफ्‍नो रथमा चढेर यरूशलेममा भागेर गए। त्‍यस बेलादेखि आजसम्‍म इस्राएलका उत्तरी देशका मानिसहरू दाऊदका राजवंशको विरुद्धमा बागी भएका छन्। यारोबाम मिश्रदेशबाट फर्किआएका छन् भनी इस्राएलका मानिसहरूले सुनेर तिनीहरूले तिनलाई एउटा जनसभामा बोलाए र इस्राएलका राजा बनाए। यहूदा कुलले मात्र दाऊदका सन्‍तानप्रति राजभक्ति देखाइरहे। जब रहबाम यरूशलेममा आइपुगे, तब उनले यहूदा र बेन्‍यामीन कुलबाट एक लाख असी हजार सबैभन्दा असल सैनिकहरू एकसाथ भेला गरे। युद्ध गरी इस्राएलका उत्तरी भागका कुलहरूमाथि फेरि अधिकार गर्ने तिनको इच्‍छा थियो। तर रहबाम अनि यहूदा र बेन्‍यामीन कुलका सबै मानिसहरूलाई यो सन्‍देश दिन परमप्रभुले शमायाह अगमवक्तालाई आज्ञा दिनुभयो– “आफ्‍नै दाजुभाइ इस्राएलका मानिसहरूमाथि हमला नगर। तिमीहरू सबै घर जाओ। जे भएको छ, त्‍यो मेरो इच्‍छाले भएको हो।” तिनीहरू सबैले परमप्रभुका आज्ञापालन गरे र तिनीहरू आफ्‍ना घर फर्के।

शेयर गर्नुहोस्
१ राजाहरू 12 पढ्नुहोस्