१ राजाहरू 11:14-43
१ राजाहरू 11:14-43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले एउटा विरोधी, एदोमको राजकीय घरानाका एदोमी हददलाई सोलोमनको विरुद्धमा खड़ा गर्नुभयो। सुरुमा दाऊदले एदोमीहरूसित लड़ाइँ गरिरहेको बेलामा तिनका सेनापति योआबले त्यहाँ मारिएकाहरूलाई गाड्न जाँदा त्यस देशका सबै पुरुषहरूलाई नाश गरेका थिए। एदोमका सबै पुरुषहरूलाई सर्वनाश गरी नसकुञ्जेल योआब र सबै इस्राएलीहरू त्यहाँ छ महिनासम्म बसे। तर हदद त्यस बेला सानै केटा थिए, र आफ्ना पिताको सेवा गर्ने कुनै-कुनै एदोमी अधिकारीहरूका साथ मिश्रदेशमा भागे। उनीहरू मिद्यानबाट निस्केर पारानमा गए। पारानबाट केही मानिसहरू साथमा लिएर उनीहरू मिश्रदेशका राजा फारोकहाँ आए। उनले हददलाई एउटा घर र जग्गाजमिन अनि खाने-पिउने बन्दोबस्त जुटाइदिए। हददसित फारो यति प्रसन्न भए कि उनले आफ्नी पत्नी तहपेनस रानीकी एउटी बहिनीलाई हददसँग विवाह गरिदिए। तहपेनसकी बहिनीले हददबाट गनूबत नामक छोरो जन्माइन्, जसलाई तहपेनसले फारोको राजमहलमा हुर्काइन्। गनूबत त्यहाँ फारोका आफ्नै नानीहरूसँगै बढ़्यो। मिश्रदेशमा छँदा हददले दाऊद आफ्ना पित्रहरूसँग सुतिसकेका र तिनका सेनापति योआब पनि मरेका खबर सुने। तब हददले फारोलाई भने, “मलाई आफ्नो देशमा फर्कने अनुमति दिनुहोस्।” फारोले सोधे, “मेरो देशमा तिमीलाई केको अभाव भयो र तिमी आफ्नो देशमा फर्किजान चाहन्छौ?” हददले जवाफ दिए, “केही कुराको अभाव त छैन, तर बिन्ती छ, मलाई जान दिनुहोस्!” अनि परमेश्वरले सोलोमनको विरुद्धमा अर्को एक जना विरोधी खड़ा गर्नुभयो, अर्थात् एल्यादाका छोरा रेसोन, जो आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेर गएका थिए। जब दाऊदले सोबाको दललाई नष्ट गरे, तब उनले आफूतर्फ मानिसहरू भेला गरे, र उनी विद्रोहीहरूको दलका अगुवा भए। यी विद्रोहीहरू दमस्कसमा गए, जहाँ उनीहरू बसोबास गरे र त्यसलाई आफ्नो वशमा पारे। सोलोमन बाँचुञ्जेल रेसोन इस्राएलका विरोधी भइरहे, र हददले गरेको हानिमा उनले हानि थपिदिए। अनि रेसोनले अराममा राज्य गरे, र उनले इस्राएलको विरोध गरिरहे। नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए। तिनी सोलोमनका एक जना अधिकारी जेरेदाका एक एफ्राइमी थिए। तिनकी विधवा आमा सेरूआ थिइन्। तिनी राजाको विरुद्धमा कसरी बागी भए त्यसको विवरण यहाँ दिइन्छ। सोलोमनले टेवा दिने गाराहरू बनाएका थिए, र आफ्ना पिता दाऊदको सहरका पर्खालको चिरो बन्द गरिदिएका थिए। यारोबामचाहिँ एक होनहार मानिस थिए, र ती जवान मानिसको परिश्रम देखेर सोलोमनले तिनलाई योसेफका घरानाको सारा बेगार काम गर्नेहरूका नाइके खटाइदिए। त्यसै बेला यारोबाम यरूशलेमबाट बाहिर गइरहेका थिए, र बेलामा शीलोका अगमवक्ता अहियाहले तिनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्टो ओढ़ेका थिए। बाटोमा तिनी दुई मात्र थिए। आफूले ओढ़ेको नयाँ खास्टो फुकालेर अहियाहले त्यो च्यातेर बाह्र टुक्रा पारे। तब उनले यारोबामलाई भने, “यसबाट दश टुक्रा तिम्रो निम्ति लेऊ, किनकि परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘हेर, म सोलोमनको हातबाट राज्य खोस्नेछु, र तँलाई दश कुल दिनेछु। तर मेरो दास दाऊदको खातिर र इस्राएलका सबै कुलबाट चुनेको सहर यरूशलेमको खातिर एउटा कुलचाहिँ त्यसको हुनेछ। म यो गर्नेछु, किनभने तिनीहरूले मलाई त्यागेका छन्, र सीदोनीहरूकी अश्तोरेत देवी, मोआबको देवता कमोश र अम्मोनीहरूको देवता मोलोखलाई पुजेका छन्, र मेरा मार्गमा तिनीहरू हिँड़ेका छैनन् न त मेरो दृष्टिमा जे ठीक छ त्यो गरेका छन्, न सोलोमनको पिता दाऊदले गरेझैँ मेरा धार्मिक विधिविधानहरू मानेका छन्। “‘तर सोलोमनको हातबाट म जम्मै राज्य त लिनेछैनँ। मेरा आज्ञाहरू र धार्मिक-विधानहरू पालन गर्ने मैले चुनेको दास दाऊदको खातिर सोलोमन बाँचुञ्जेल त्यसलाई शासक बनाएको छु। त्यसको छोराको हातबाट लिएर दश कुलको राज्यचाहिँ तँलाई दिनेछु। मेरो नाउँ राख्नलाई चुनेको सहर यरूशलेममा मेरो सामुन्ने मेरो दास दाऊदको एउटा बत्ती बलिरहोस् भनेर एउटा कुलचाहिँ म त्यसको छोरालाई दिनेछु। तैपनि तँलाई चाहिँ म लिनेछु, र तेरो हृदयले इच्छा गरेका सबैमाथि तैंले शासन गर्नेछस्। तँ इस्राएलको राजा हुनेछस्। यदि मेरो दास दाऊदले गरेझैँ तैंले मेरा सबै आज्ञाहरू गरिस् र मेरा मार्गमा हिँड़िस् र मेरा धार्मिक-विधान र आज्ञाहरू पालन गरेर मेरो दृष्टिमा जे ठीक छ त्यो गरिस् भने, म तँसित हुनेछु। दाऊदको निम्ति निर्माण गरेझैँ म तेरो वंशलाई स्थायी बनाउनेछु, र इस्राएलचाहिँ म तँलाई दिनेछु। यसैको कारण म दाऊदका सन्तानहरूलाई विनम्र तुल्याउनेछु, तर सधैँसम्म त होइन’।” त्यसपछि सोलोमनले यारोबामलाई मार्न कोशिश गरे, तर यारोबाम मिश्रदेशमा शीशक राजाकहाँ भागेर गए र सोलोमनको मृत्यु नहोउञ्जेल त्यहीँ नै रहे। सोलोमनको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू र तिनले प्रदर्शन गरेका सबै बुद्धि के ती कुरा सोलोमनका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? सोलोमनले यरूशलेममा सारा इस्राएलमाथि चालीस वर्ष राज्य गरे। त्यसपछि तिनी आफ्ना पित्रहरूसित सुते, र आफ्ना पिता दाऊदको सहरमा गाड़िए। अनि तिनीपछि तिनका छोरा रहबाम राजा भए।
१ राजाहरू 11:14-43 पवित्र बाइबल (NERV)
त्यस समयमा परमप्रभुले एदोमका हददलाई सुलेमानको शत्रु बनाउनु भयो। हदद एदोमका राजाको परिवारका थिए। यस्तो यसरी नै भयो। पहिला दाऊदले एदोमलाई परास्त गरेका थिए। योआब दाऊदको फौजका सेनापति थिए। योआब एदोममा मरेका मानिसहरू गाड़न गए। योआबले अझै जिउँदै रहेका सबै मानिसहरूलाई मारे। योआब अनि सबै इस्राएलीहरू एदोममा छः महिना बसे। त्यस समयमा तिनीहरूले एदोमका सबै मानिसहरूलाई मारिदिए। तर त्यस समयमा हदद मात्र सानो केटा थियो। यसकारण हदद मिश्रतिर भाग्यो। उसको पिताका केही सेवकहरू ऊसँगै गए। तिनीहरूले मिद्यान छोडे अनि पारान गए। पारानमा केही अरू मानिसहरू तिनीहरूसँग मिसिए। तब सम्पूर्ण दल मिश्र गए। तिनीहरू मिश्रका राजा फिरऊनकहाँ गए अनि गुहार मागे। फिरऊनले हददलाई एउटा घर अनि केही जग्गा दिए। फिरऊनले उनलाई समर्थन गरे अनि खानका लागि खाद्य दिए। फिरऊनले हददलाई साह्रै नै मन पराए। उसले उसको विवाहको व्यावस्था गरिददिए फिरऊनकी साली थिइन् रानी तहपनेसकी बहिनी थिइन्। यसकारण तहपनेसकी बहिनीको विवाह हददसँग भयो। तिनीहरूको एउटा छोरा जन्मियो जसको नाउँ गनूबत राखे। रानी तहपनेसले गनूबतलाई आफ्ना नानीहरूसँग फिरऊनको महलमा हुर्किने अनुमति दिइन्। मिश्रमा हददले सुने, दाऊदको चोला उठ्यो। उनले यो पनि सुने, फौजका सेनापति योआबको मृत्यु भयो। यसकारण हददले फिरऊनलाई भने, “दयागरी मलाई मेरो देशमा आफ्नो घर जान दिनुहोस्।” तर फिरऊनले भने, “मैंले तिमीलाई चाहिएको प्रत्येक वस्तु यहाँ दिएको छु! तिमी किन तिम्रो देशमा फर्किन चाहन्छौ?” हददले उत्तर दिए, “कृपा गरेर मलाई घर फर्किन दिनुहोस्।” परमेश्वरले अर्को एक जना मानिसलाई पनि सुलेमानको शत्रु बनाउनुभयो। उनी एल्यादाका छोरा रसोन थिए। रसोन आफ्नो मालिकबाट भागेका थिए। उनका मालिक सोबाका राजा हददेजेर थिए। दाऊदले जब सोबाको सैनिकलाई परास्त गरेका थिए तब रसोनले केही मानिसहरूलाई जम्मा गरे अनि एउटा सानो फौजको प्रमुख भए। रसोन दमीशक गए अनि उहीं बसे। रसोन दमीशकका राजा भए। रसोनले अराममा शासन गरे। उनी इस्राएलीलाई घृणा गर्दथे, यसकारण सुलेमान जीवित रहुन्जेलसम्म इस्राएलको शत्रु भए। रसोन र हददले इस्राएलका लागि धेरै समस्याहरू सृष्टि गरे। नबातका छोरा यारोबाम सुलेमानका सेवकहरू मध्ये एक जना थिए। यारोबाम एप्रैम कुल समूहका थिए। उनी सरेदा शहरका थिए। यारोबामकी आमा सरूआ नाउँकी विधवा थिइन। उनी राजाको विरोधमा गईन्। यही कारण हो कसरी यरोबाम राजाको विरूद्ध बागी भए। सुलेमानले मिलो बनाउँदै थिए अनि आफ्ना पिताको नाउँमा बनिएको दाऊदको शहरको पर्खाल भित्रको खाली जग्गा मर्मत गराउँदै थिए। यारोबाम एकदमै योग्यवान व्यक्ति थिए। सुलेमानले यारोबाम एकदमै परिश्रमी भएको थाहा पाउनुभयो। यस कराण सुलेमानले यारोबामलाई यूसुफको कुल समूहको कर्मीहरूको जिम्मावाल बनाए। एक दिन यारोबाम यरूशलेम यात्रा गरिरहेका थिए। शीलोका अगमवक्ता अहियाहले उनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्टो ओढेका थिए। ती दुइ जना मानिस बाटोमा एक्लै थिए। अहियाहले खास्टो खोले अनि च्यातेर बाह्र टुक्रा पारे। तब अहियाहले यारोबामलाई भने, “यस खास्टोको दश टुक्रा तिमी आफ्नोलागि लेऊ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘म सुलेमानको राज्यलाई टुक्राउनेछु अनि तँलाई दश कुलहरू दिनेछु। अनि म दाऊदको परिवारलाई मात्र एउटा वंशमाथि शासन गर्न दिनेछु। म तिनीहरूलाई यस वंशलाई मात्र लिन दिनेछु। म यो सब मेरो सेवक दाऊद अनि यरूशलेमका लागि गर्नेछु। यरूशालेम त्यो शहर हो जसलाई इस्राएलका सबै कुलहरूबाट रोजेको थिएँ। म राज्यलाई सुलेमानबाट लिनेछु किनभने उसले मेरो अनुशरण गर्न छोडेको छ। ऊ सीदोनकी अश्तारोको पूजा गर्दैछ। ऊ मोआबका देवता कमोस अनि अम्मोनी देवता मिल्कोमको पूजा गर्दैछ। सुलेमानले साँच्चो र राम्रो काम गर्न छोडिसकेको छ। ऊ मेरो विधि-विधान र आदेशको पालन गर्दैन। ऊ त्यस प्रकार हिँडेन जसरी उसका पिता दाऊद हिंडेका थिए। यसकारण नै सुलेमानको कुलबाट राज्यलाइ लिनेछु। तर म सुलेमानलाई उसको रहल जीवन सम्म शासन गर्न दिनेछु। यो म मेरो सेवक दाऊदका लागि गर्नेछु। मैले दाऊदलाई मन पराएँ किनभने उनले मेरो सबै आदेश र नियमहरू पालन गरे। तर म उसको छोराबाट राज्यलाई लिनेछु अनि यारोबाम म तिमीलाई दशवटा कुलहरूमाथि शासन गर्ने अनुमति दिनेछु। म सुलेमानको छोरालाई एउटा वंशमाथि मात्र शासन गर्ने अनुमति दिनेछु। म यसो यसकारण गर्छु किनभने मेरो सेवक दाऊदको शासन यरूशलेममा मेरोअघि सधैँ रहनेछ। यरूशलेमलाई मैंले आफ्नो शहर रोजेको थिएँ। तर म तिमीले चाहेको प्रत्येक कुरामथि तिमीलाई शासन गर्ने मौका दिनेछु। तिमी सम्पूर्ण इस्राएल माथि शासन गर्नेछौ। यी सबै काम म तिम्रो लागि गर्नेछु यदि तिमीले मेरो आदेश पालन गर्यो सबै मेरो आदेशहरू मान्यो भने, यदि तिमी दाऊदले गरे जस्तैं मेरो सबै नियम र आदेशहरू पालन गर्यो भने, म तँ सित हुनेछु अनि तेरो सन्तानहरूलाई तँ पछि मैले दाऊदलाई गरे जस्तैं शासन गर्न अनुमति दिनेछु! म इस्राएललाई तँलाई सुम्पनेछु। म दाऊदका सन्ताहरूलाई दण्ड दिनेछु किन भने सुलेमानले यस्तो कार्य गर्यो। तर म तिमीहरूलाई कहिले पनि दण्ड दिने छैन।’” सुलेमानले यारोबामलाई मार्ने चेष्टा गरे। तर यारोबाम भागेर मिश्र गए। तिनी मिश्रका राजा शीशककहाँ गए। यारोबाम त्यहाँ सुलेमानको मृत्यु नहुन्जेलसम्म बसें। सुलेमानले आफ्नो शासन कालमा धेरै महान् अनि विवेकपूर्ण काम गरेका थिए। यी सबै काम सुलेमानको इतिहास नाउँक पुस्तकमा लेखिएका छन्। सुलेमानले सारा इस्राएलमाथि यरूशलेमा चालीस बर्षसम्म शासन गरे। सुलेमानको मृत्यु पछि उनलाई उनका पूर्खाहरू सँगै गाडीयो। आफ्ना पिता दाऊदको नाउँ भएको दाऊद शहरमा उनलाई गाडीयो। तब सुलेमानका छोरा रहबाम उनीपछि अर्को राजा भए।

१ राजाहरू 11:14-43 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब याहवेहले एदोमको राजकीय घरानाको एदोमी हददलाई सोलोमनको विरुद्धमा खडा गराउनुभयो। सुरुमा जब दावीदले एदोमसित लडाइँ गर्दैगर्दा, फौजका सेनापति योआबले मरेकाहरूलाई गाड्न गएको बेला, एदोमका सबै पुरुषहरूलाई मारेका थिए। एदोममा भएका सबै मानिसहरूलाई नष्ट नपारेसम्म, योआब र सारा इस्राएलीहरू छ महिनासम्म त्यहीँ बसेका थिए। तर त्यस बेला हददचाहिँ सानै थिए। अनि आफ्ना पिताको सेवा गर्ने केही एदोमी अधिकृतहरूसित भागेर तिनी इजिप्टमा पुगे। तिनीहरू मिद्यानबाट हिँडे, र पारानमा गए। तब आफूसित पारानका मानिसहरू लिएर तिनीहरू इजिप्टमा त्यहाँका राजा फारोकहाँ गए, जसले हददलाई एउटा घर, जमिन र भोजन जुटाइदिए। हददसित फारो यति खुशी भए कि तिनले आफ्नी पत्नी रानी तहपनेसकी बहिनीलाई तिनीसित विवाह गरिदिए। तहपनेसकी बहिनीले गनूबत नाम गरेको एउटा छोरा जन्माइन् र गनूबतलाई राजकीय महलमा फारोका छोराछोरीसित हुर्काइन्। हदद इजिप्टमा हुँदा तिनले दावीद आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरेको र फौजका सेनापति योआबको पनि मृत्यु भएको कुरा सुने। तब हददले फारोलाई भने, “मलाई आफ्नै देशमा फर्केर जान दिनुहोस्।” फारोले सोधे, “तपाईंलाई यहाँ के कुराको अभाव छ र तपाईं आफ्नै देशमा जान चाहनुहुन्छ?” हददले जवाफ दिए, “केही कुराको अभाव छैन; तैपनि बिन्ती छ, मलाई जान दिनुहोस्!” परमेश्वरले सोलोमनको विरुद्धमा अर्को विरोधीलाई खडा गर्नुभयो, जो एल्यादाको छोरो रेसोन थियो, र त्यो आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेको थियो। जब दावीदले सोबाको फौजलाई ध्वस्त पारे, तब रेसोनले आफ्ना चारैतिर मानिसहरू जम्मा गरे, र लुटेराहरूका दल बनाए। अनि आफूचाहिँ तिनीहरूका अगुवा बने। तिनीहरू दमस्कसमा गए; जहाँ तिनीहरू बसोबास गरे, र त्यसलाई आफ्नो अधीनमा लिए। सोलोमन बाँचुन्जेल रेसोन इस्राएलका विरोधी नै भइरहे, जसले हददले निम्त्याएका समस्यामा अझ थपिदिए। तसर्थ रेसोनले अराममा राज्य गरे र इस्राएलसँग शत्रुता राखे। नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए। तिनी सार्तानको एक एफ्राइमी र सोलोमनका एक अधिकारी थिए। तिनकी सेरूआ नाम भएकी विधवा आमा थिइन्। यारोबामले किन राजाको विरोध गरे, त्यसको वृतान्त यस्तो छ: सोलोमनले आधारका लागि कौसीहरू बनाए र तिनका पिता दावीदको सहरको पर्खालका खाली ठाउँलाई भरिदिएका थिए। यारोबामचाहिँ होनहार जवान थिए। ती जवान मानिसको परिश्रम देखेर सोलोमनले तिनलाई योसेफको घरानाका सम्पूर्ण मजदुरहरूका नाइके बनाइदिए। त्यस बेला यारोबामचाहिँ यरूशलेमबाट बाहिर जाँदैथिए, र तिनलाई नयाँ खास्टो ओढेका शीलोका अगमवक्ता अहीयाहले बाटोमा भेटे। त्यस मैदानमा तिनीहरू दुई जना मात्र थिए। अहीयाहले आफूले ओढेको नयाँ खास्टो समाते र त्यसलाई च्यातेर बाह्र टुक्रा पारे। तब तिनले यारोबामलाई भने, “तिमीले आफ्ना निम्ति दश टुक्रा लेऊ; किनकि याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘हेर्, म सोलोमनको हातबाट राज्य खोसेर तँलाई दश वटा कुल दिनेछु। तर मेरो सेवक दावीद र यरूशलेम सहरको खातिर, जसलाई मैले इस्राएलका कुलहरूबाट चुनेँ, एउटा कुल त्यससित रहनेछ। म यो गर्नेछु, किनकि तिनीहरूले मलाई त्यागेर सीदोनीहरूकी देवी अश्तोरेत, मोआबीहरूको देवता कमोश र अम्मोनीमहरूको देवता मोलेखलाई पुजेका छन्; अनि मेरा मार्गहरूमा हिँडेका छैनन्। न त मेरो दृष्टिमा जे ठिक छ, ती गरेका छन्; न त सोलोमनका पिता दावीदले झैँ मेरा उर्दीहरू, व्यवस्थाहरू पालन गरेका छन्। “ ‘तर म सोलोमनको हातबाट सम्पूर्ण राज्य लानेछैनँ। मैले चुनेको मेरो दास दावीदको खातिर म सोलोमनलाई त्यसको जीवनकालभरिको लागि शासक बनाइराख्नेछु। किनकि उसले मेरा आज्ञाहरू र उर्दीहरू पालन गरेको थियो। म त्यसको छोराको हातबाट राज्य लिएर तँलाई दश कुल दिनेछु। म त्यसको छोरालाई एक कुल दिनेछु; ताकि मैले आफ्नो नाम राख्न चुनेको यरूशलेम सहरमा मेरो सेवक दावीदको निम्ति एउटा बत्ती सधैँभरि मेरो सामु बलिरहोस्। तैपनि तेरो विषयमा चाहिँ म तँलाई लिनेछु, र तेरो हृदयले इच्छा गरेका सबैमाथि तैँले शासन गर्नेछस्; र तँ इस्राएलको राजा हुनेछस्। मैले आज्ञा दिएका सबै कुराहरू तैँले पालन गरिस् र मेरा सेवक दावीदले गरेझैँ मेरा मार्गहरूमा हिँडिस्, मेरा उर्दीहरू र आज्ञाहरू पालन गरेर मेरो दृष्टिमा जे ठिक छ, त्यो गरिस् भने म तँसित हुनेछु। मैले दावीदको निम्ति गरेझैँ म तेरो निम्ति एउटा वंश खडा गरिदिनेछु, र इस्राएल तँलाई दिनेछु। यसैकारण म दावीदको सन्तानलाई नम्र तुल्याउनेछु, तर सधैँभरिका लागि होइन।’ ” सोलोमनले यारोबामलाई मार्न खोजे, तर यारोबाम इजिप्टमा राजा शीशककहाँ भागेर गए। सोलोमनको मृत्यु नभएसम्म त्यहीँ बसे। सोलोमनको शासनकालका अरू घटनाहरूको विषयमा, र तिनले गरेका सबै कामहरू अनि देखाएका सबै बुद्धिहरूको विषयमा सोलोमनको इतिहासको पुस्तकमा ती लेखिएका छन्। सोलोमनले सारा इस्राएलमाथि यरूशलेममा चालीस वर्ष राज्य गरे। त्यसपछि तिनी आफ्ना पुर्खाहरूसित सुते, र आफ्ना पिता दावीदको सहरका चिहानमा गाडिए। तिनीपछि तिनका छोरा रहबाम राजा भए।
१ राजाहरू 11:14-43 पवित्र बाइबल (NERV)
त्यस समयमा परमप्रभुले एदोमका हददलाई सुलेमानको शत्रु बनाउनु भयो। हदद एदोमका राजाको परिवारका थिए। यस्तो यसरी नै भयो। पहिला दाऊदले एदोमलाई परास्त गरेका थिए। योआब दाऊदको फौजका सेनापति थिए। योआब एदोममा मरेका मानिसहरू गाड़न गए। योआबले अझै जिउँदै रहेका सबै मानिसहरूलाई मारे। योआब अनि सबै इस्राएलीहरू एदोममा छः महिना बसे। त्यस समयमा तिनीहरूले एदोमका सबै मानिसहरूलाई मारिदिए। तर त्यस समयमा हदद मात्र सानो केटा थियो। यसकारण हदद मिश्रतिर भाग्यो। उसको पिताका केही सेवकहरू ऊसँगै गए। तिनीहरूले मिद्यान छोडे अनि पारान गए। पारानमा केही अरू मानिसहरू तिनीहरूसँग मिसिए। तब सम्पूर्ण दल मिश्र गए। तिनीहरू मिश्रका राजा फिरऊनकहाँ गए अनि गुहार मागे। फिरऊनले हददलाई एउटा घर अनि केही जग्गा दिए। फिरऊनले उनलाई समर्थन गरे अनि खानका लागि खाद्य दिए। फिरऊनले हददलाई साह्रै नै मन पराए। उसले उसको विवाहको व्यावस्था गरिददिए फिरऊनकी साली थिइन् रानी तहपनेसकी बहिनी थिइन्। यसकारण तहपनेसकी बहिनीको विवाह हददसँग भयो। तिनीहरूको एउटा छोरा जन्मियो जसको नाउँ गनूबत राखे। रानी तहपनेसले गनूबतलाई आफ्ना नानीहरूसँग फिरऊनको महलमा हुर्किने अनुमति दिइन्। मिश्रमा हददले सुने, दाऊदको चोला उठ्यो। उनले यो पनि सुने, फौजका सेनापति योआबको मृत्यु भयो। यसकारण हददले फिरऊनलाई भने, “दयागरी मलाई मेरो देशमा आफ्नो घर जान दिनुहोस्।” तर फिरऊनले भने, “मैंले तिमीलाई चाहिएको प्रत्येक वस्तु यहाँ दिएको छु! तिमी किन तिम्रो देशमा फर्किन चाहन्छौ?” हददले उत्तर दिए, “कृपा गरेर मलाई घर फर्किन दिनुहोस्।” परमेश्वरले अर्को एक जना मानिसलाई पनि सुलेमानको शत्रु बनाउनुभयो। उनी एल्यादाका छोरा रसोन थिए। रसोन आफ्नो मालिकबाट भागेका थिए। उनका मालिक सोबाका राजा हददेजेर थिए। दाऊदले जब सोबाको सैनिकलाई परास्त गरेका थिए तब रसोनले केही मानिसहरूलाई जम्मा गरे अनि एउटा सानो फौजको प्रमुख भए। रसोन दमीशक गए अनि उहीं बसे। रसोन दमीशकका राजा भए। रसोनले अराममा शासन गरे। उनी इस्राएलीलाई घृणा गर्दथे, यसकारण सुलेमान जीवित रहुन्जेलसम्म इस्राएलको शत्रु भए। रसोन र हददले इस्राएलका लागि धेरै समस्याहरू सृष्टि गरे। नबातका छोरा यारोबाम सुलेमानका सेवकहरू मध्ये एक जना थिए। यारोबाम एप्रैम कुल समूहका थिए। उनी सरेदा शहरका थिए। यारोबामकी आमा सरूआ नाउँकी विधवा थिइन। उनी राजाको विरोधमा गईन्। यही कारण हो कसरी यरोबाम राजाको विरूद्ध बागी भए। सुलेमानले मिलो बनाउँदै थिए अनि आफ्ना पिताको नाउँमा बनिएको दाऊदको शहरको पर्खाल भित्रको खाली जग्गा मर्मत गराउँदै थिए। यारोबाम एकदमै योग्यवान व्यक्ति थिए। सुलेमानले यारोबाम एकदमै परिश्रमी भएको थाहा पाउनुभयो। यस कराण सुलेमानले यारोबामलाई यूसुफको कुल समूहको कर्मीहरूको जिम्मावाल बनाए। एक दिन यारोबाम यरूशलेम यात्रा गरिरहेका थिए। शीलोका अगमवक्ता अहियाहले उनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्टो ओढेका थिए। ती दुइ जना मानिस बाटोमा एक्लै थिए। अहियाहले खास्टो खोले अनि च्यातेर बाह्र टुक्रा पारे। तब अहियाहले यारोबामलाई भने, “यस खास्टोको दश टुक्रा तिमी आफ्नोलागि लेऊ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘म सुलेमानको राज्यलाई टुक्राउनेछु अनि तँलाई दश कुलहरू दिनेछु। अनि म दाऊदको परिवारलाई मात्र एउटा वंशमाथि शासन गर्न दिनेछु। म तिनीहरूलाई यस वंशलाई मात्र लिन दिनेछु। म यो सब मेरो सेवक दाऊद अनि यरूशलेमका लागि गर्नेछु। यरूशालेम त्यो शहर हो जसलाई इस्राएलका सबै कुलहरूबाट रोजेको थिएँ। म राज्यलाई सुलेमानबाट लिनेछु किनभने उसले मेरो अनुशरण गर्न छोडेको छ। ऊ सीदोनकी अश्तारोको पूजा गर्दैछ। ऊ मोआबका देवता कमोस अनि अम्मोनी देवता मिल्कोमको पूजा गर्दैछ। सुलेमानले साँच्चो र राम्रो काम गर्न छोडिसकेको छ। ऊ मेरो विधि-विधान र आदेशको पालन गर्दैन। ऊ त्यस प्रकार हिँडेन जसरी उसका पिता दाऊद हिंडेका थिए। यसकारण नै सुलेमानको कुलबाट राज्यलाइ लिनेछु। तर म सुलेमानलाई उसको रहल जीवन सम्म शासन गर्न दिनेछु। यो म मेरो सेवक दाऊदका लागि गर्नेछु। मैले दाऊदलाई मन पराएँ किनभने उनले मेरो सबै आदेश र नियमहरू पालन गरे। तर म उसको छोराबाट राज्यलाई लिनेछु अनि यारोबाम म तिमीलाई दशवटा कुलहरूमाथि शासन गर्ने अनुमति दिनेछु। म सुलेमानको छोरालाई एउटा वंशमाथि मात्र शासन गर्ने अनुमति दिनेछु। म यसो यसकारण गर्छु किनभने मेरो सेवक दाऊदको शासन यरूशलेममा मेरोअघि सधैँ रहनेछ। यरूशलेमलाई मैंले आफ्नो शहर रोजेको थिएँ। तर म तिमीले चाहेको प्रत्येक कुरामथि तिमीलाई शासन गर्ने मौका दिनेछु। तिमी सम्पूर्ण इस्राएल माथि शासन गर्नेछौ। यी सबै काम म तिम्रो लागि गर्नेछु यदि तिमीले मेरो आदेश पालन गर्यो सबै मेरो आदेशहरू मान्यो भने, यदि तिमी दाऊदले गरे जस्तैं मेरो सबै नियम र आदेशहरू पालन गर्यो भने, म तँ सित हुनेछु अनि तेरो सन्तानहरूलाई तँ पछि मैले दाऊदलाई गरे जस्तैं शासन गर्न अनुमति दिनेछु! म इस्राएललाई तँलाई सुम्पनेछु। म दाऊदका सन्ताहरूलाई दण्ड दिनेछु किन भने सुलेमानले यस्तो कार्य गर्यो। तर म तिमीहरूलाई कहिले पनि दण्ड दिने छैन।’” सुलेमानले यारोबामलाई मार्ने चेष्टा गरे। तर यारोबाम भागेर मिश्र गए। तिनी मिश्रका राजा शीशककहाँ गए। यारोबाम त्यहाँ सुलेमानको मृत्यु नहुन्जेलसम्म बसें। सुलेमानले आफ्नो शासन कालमा धेरै महान् अनि विवेकपूर्ण काम गरेका थिए। यी सबै काम सुलेमानको इतिहास नाउँक पुस्तकमा लेखिएका छन्। सुलेमानले सारा इस्राएलमाथि यरूशलेमा चालीस बर्षसम्म शासन गरे। सुलेमानको मृत्यु पछि उनलाई उनका पूर्खाहरू सँगै गाडीयो। आफ्ना पिता दाऊदको नाउँ भएको दाऊद शहरमा उनलाई गाडीयो। तब सुलेमानका छोरा रहबाम उनीपछि अर्को राजा भए।
१ राजाहरू 11:14-43 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब परमप्रभुले एदोमी राज्य-वंशका हददलाई सोलोमनको विरुद्धमा खडा गर्नुभयो। त्यसको धेरै अगाडि, जब दाऊद एदोम विजय गर्न गएका थिए, उनका सेनापति योआब मरेकाहरूलाई गाड्न त्यहाँ गएका थिए। उनी आफ्ना मानिसहरूसँग छ महिना एदोममा बसेका थिए। त्यति बेला तिनीहरूले प्रत्येक एदोमका पुरुषलाई मारे। मिश्रमा भागेर गएका हदद र उनका बुबाका एदोमी नोकरहरूबाहेक अरू सबै एदोमी पुरुषहरूलाई मारेका थिए (त्यत्ति बेला हदद बालकै थिए)। तिनीहरू मिद्यानबाट गई पारानमा बसे। त्यहाँ कोही अरू मानिसहरू तिनीहरूका साथ लागे। तब तिनीहरू मिश्रमा गए र त्यहाँका राजाकहाँ पुगे। मिश्रका राजाले हददलाई केही जमिन र एउटा घर दिए, खानपानको प्रबन्ध पनि गरिदिए। हददको राजासँग मित्रता भयो र राजाले उनलाई आफ्नी साली अथवा तहपनेस रानीकी बहिनीसित विवाह गरिदिए। तिनले गनूबत नामको हददको छोरो जन्माइन्। त्यस बालकलाई रानीले राजमहलमा हुर्काइन् र त्यो महलमा राजकुमारहरूसित बास गर्थ्यो। दाऊद र उनका सेनापति योआब मरे भन्ने खबर हददले मिश्रमा पाए र उनले मिश्रका राजालाई भने, “मलाई आफ्नै देशमा फर्किजान दिनुहोस्।” राजाले सोधे, “किन? के मैले केही कुरो दिइनँ र? के त्यही कारण तिमी घर फर्किजान चाहन्छौ?” “त्यसो त होइन तर म घर फर्किजान पाऊँ,” हददले राजालाई जवाफ दिए र उनी आफ्ना देशमा फर्किहाले। एदोमका राजा हुनाले हदद इस्राएलका ठूला शत्रु थिए। परमेश्वरले एल्यादाको छोरो रेसोनलाई पनि सोलोमनको विरुद्धमा खडा गरे। रेसोन आफ्ना स्वामी सोबाका राजा हददेजेरबाट भागेर गई एक हुल डाँकाहरूका सरदार भएका थिए। दाऊदले हददेजेरलाई जितेर उनका मित्र अरामी देशलाई नाश गरेपछि यो कुरा भएको हो। रेसोन र उनका दलका मानिसहरू दमस्कस गई बसे र त्यहाँ तिनीहरूले रेसोनलाई अरामीका राजा बनाए। सोलोमनको जीवनकालभरि रेसोनले इस्राएलसँग शत्रुता राखे। सोलोमन राजाको विरुद्धमा खडा हुने अर्को मानिस यारोबाम नाम गरेका उनकै अधिकृत थिए। उनी एफ्राइममा जेरेदाबाट आएका नबातका छोरा थिए। उनकी आमा सेरूआ नाम गरेकी विधवा थिइन्। उनको विद्रोहको कथा यस्तो छ। सोलोमनले यरूशलेमको पूर्वपट्टि जमिनमा माटो भर्दै थिए र सहरका पर्खालहरू मरमत गर्दै थिए। यारोबाम लायकका युवा थिए। जब उनले खटेर काम गरेका सोलोमनले देखे, तब उनलाई एफ्राइम र मनश्शे कुलका इलाकामा सबै बेगारी मजदुरहरूका अधिकृत खटाए। एक दिन यारोबाम यरूशलेमबाट गइरहेका बेलामा शीलोका अगमवक्ता अहियाहले उनलाई बाटोमा भेटे। अहियाहले आफूले ओढेको नयाँ खास्टो खोले र त्यसलाई बाह्र टुक्रा गरेर च्याते र यारोबामलाई भने, “दश टुक्रा तिमी लेऊ किनभने परमप्रभु इस्राएलका परमेश्वर तिमीलाई यसो भन्नुहुन्छ, ‘म सोलोमनका हातबाट देश लिनेछु र दश कुलहरू तँलाई दिनेछु। मेरो सेवक दाऊदको र मैले सारा इस्राएल देशबाट आफ्नो निम्ति चुनेको यरूशलेमको खातिर सोलोमनका हातमा एक कुल छोडिदिनेछु। सोलोमनले मलाई अस्वीकार गरेर पराई देवताहरू, सीदोनी देवी अश्तोरेत, मोआबी देवता कमोश र अम्मोनी देवता मोलेखलाई पुजेका हुनाले म यसो गर्दै छु। सोलोमनले मेरो आज्ञा मानेन, दुष्कर्म गर्यो र त्यसका पिताले झैँ मेरा नियम र आज्ञाहरू पालन गरेन। तर म सारा राज्य सोलोमनका हातबाट खोस्नेछैनँ र त्यसको जीवनभरि त्यसको राज्य त्यसकै हातमा रहनेछ। मैले चुनेको मेरो सेवक दाऊदको खातिर र मेरा नियम र आज्ञाहरू पालन गर्नेलाई म यसो गर्नेछु। म सोलोमनको छोरोका हातबाट राज्य खोस्नेछु र तँलाई दश कुल दिनेछु तर सोलोमनको छोरोको हातमा एक कुल छोडिदिनेछु र मेरो सेवक दाऊदको एक न एक जना सन्तानले यरूशलेममा सधैँ राज्य गर्नेछ। मैले यरूशलेम सहरलाई मलाई आराधना गर्ने स्थल चुनेको छु। यारोबाम, म तँलाई इस्राएलका राजा बनाउनेछु र तैँले इच्छा गरे जति सम्पूर्ण राज्यमा तैँले शासन गर्नेछस्। तैँले मेरा आज्ञाहरू पूरा पालन गरिस्, मेरा नियमहरूबमोजिम जीवन बिताइस् र मेरा सेवक दाऊदले झैँ मेरा आज्ञापालन गरेर मलाई सन्तुष्ट पारिस् भने म सदा तँसित रहनेछु। दाऊदलाई गरेझैँ म तँलाई इस्राएलका राजा बनाउनेछु र तँपछि तेरा सन्तानले त्यहाँ राज गर्ने पक्का गर्नेछु। सोलोमनका पापले गर्दा म दाऊदका सन्तानलाई दण्ड दिनेछु तर सधैँभरिको निम्ति त्यसो हुनेछैन।” अनि सोलोमनले यारोबामलाई मार्ने चेष्टा गरे तर उनी भागेर मिश्रका राजा शीशककहाँ गए र सोलोमन नमरेसम्म त्यहीँ बसिरहे। सोलोमनले गरेका अरू सबै काम तिनका जीवनी र बुद्धिका बारेमा सोलोमनका इतिहासमा लेखिएका छन्। सारा इस्राएलमाथि चालीस वर्ष उनले यरूशलेमबाट राज्य गरे। उनी मरे र दाऊदको सहरमा गाडिए। उनीपछि उनको छोरो रहबाम राजा भए।