YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 77:10-20

भजनसंग्रह 77:10-20 NCV

तब मैले सोचेँ, “मेरो पीडाको कारणचाहिँ सर्वोच्‍च परमेश्‍वरको दाहिने बाहुली परिवर्तन भएको छ।” म याहवेहका हातका कामहरू स्मरण गर्नेछु; हो, म बितेका समयहरूका तपाईंका अचम्मका कामहरू याद गर्नेछु। म तपाईंका सबै कामहरूलाई विचार गर्नेछु र तपाईंका सबै महान् कार्यहरूलाई मनन गर्नेछु। हे परमेश्‍वर, तपाईंका मार्गहरू पवित्र छन्; हाम्रा महान् परमेश्‍वरझैँ अरू देव को छ र? तपाईं अचम्मका कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ; तपाईंले आफ्नो शक्ति जाति-जातिहरूका बीच प्रकट गर्नुहुन्छ। तपाईंको शक्तिशाली बाहुलीले आफ्ना मानिसहरूलाई, याकोब र योसेफका सन्तानहरूलाई उद्धार गर्नुभयो। सेला हे परमेश्‍वर, समुद्रले तपाईंलाई देख्यो, सागरले तपाईंलाई देख्यो र डरायो; गहिरो महासागर डराएर काम्यो। बादलहरूले झरी बर्साए, आकाशमा चट्याङ गुन्ज्यो; तपाईंको बिजुली काँडहरू चारैतिर चम्के। तपाईंको चट्याङको गर्जन आँधीबेहरीमा सुनियो; तपाईंको चम्किलो बिजुलीले संसारलाई उज्यालो पारिदियो; पृथ्वी काम्यो र भुइँचालो गयो। तपाईंको मार्गले समुद्र भएर डोर्‍यायो; तपाईंको बाटो महासागरको बीचमा थियो, यद्यपि तपाईंका पाइलाका छापहरू देखिएनन्। तपाईंले आफ्ना मानिसहरूलाई भेडाका बथानलाई जस्तै मोशा र हारूनका हातद्वारा डोर्‍याउनुभयो।

भजनसंग्रह 77 पढ्नुहोस्